[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
  ~ चौतारी १९६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 114976 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-15-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~  चौतारी १९६ ~



आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्











हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९६  
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 196 editions.


 
Posted on 07-16-10 1:10 PM     [Snapshot: 529]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिते ...... तिम्रै समाचार हो क्यारे ...... मलाई त के थाहा र ...... अब जिद्दिनै गर्छौ भने ..... जाने भने जाम ......... फेरी त्याहा गये पछी झम्टी हाल्ने होइन नि .... पहिले आफु भन्दा ठुला बडाको ख्याल गर्नु पर्छ ....... दाई अब म हो ? भनेर सोद्ध्ने ...... मैले सन्तुस्ट भाब मा हो भने पछी मात्र अघी सर्ने ....




ओहो .... ति दुई चन्चल नयन हेरेर प्याला नरित्याएको पनि धेरै नै भएछ ...... खुइयायायायाया 
 
Posted on 07-16-10 2:15 PM     [Snapshot: 549]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्याला रित्याउं, अनि गाला मिठ्याउं कि ?
शरम र धरम बिचको ताला मिल्काउं कि ?



 
Posted on 07-16-10 2:31 PM     [Snapshot: 555]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल


पत्या बुढा भनेर त्यसै कहाँ भन्या हो र ठुल्दाइ लाई


गो ठुल्दाइ गो


 
Posted on 07-16-10 3:29 PM     [Snapshot: 576]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्याला रित्याउं, अनि गाला मिठ्याउं कि ?
शरम र धरम बिचको ताला मिल्क्याउं कि ?


पस्चाताप हैन प्रेमको माला उनेर 
म आफु भित्रै रमाउँ कि ?


 
Posted on 07-16-10 3:55 PM     [Snapshot: 586]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सेलाये छन त हाम्रा औतारिहरु !

झन मैले भरै लाई भनेर ह्या भोड्का को कक्टेल र चिकेन चिल्ली बनाएर ठीक्क पारेर भट्मास् नि सादेर राखिसक्या छु ! ए जाग हो ! आओ घाटी चिस्याउने हो भने !
 
Posted on 07-16-10 4:01 PM     [Snapshot: 589]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोड्का को कक्टेल भन्दा नि यो गर्मी मा त एसो चिसो हाइनी साइनी चुस्क्याउन पो मजा आउथ्यो माट्साब।
बरु बाइर निस्केर पोलौ न कुखुरो, अनी मार्साब अझै एता अचम्म भो नि त आज
 
Posted on 07-16-10 4:15 PM     [Snapshot: 594]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो बिस्टे गर्मी मा त चिसो हाइनी अझ यता त कार्ल्सबर्ग नै पाईन्छ तेइ मजा हुन्थ्यो ! तर बनाइ त हालियो क्यार्नु !

म त अघी २ बजे नै  हुइकिहाले नि अड्डा बाट ! ह्या कत्ती काम गर्नु भनेर !

अनी सर को के छ त यसपाली को पलान ?
 
Posted on 07-16-10 4:28 PM     [Snapshot: 597]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै यता रहेछन शुक्रबार नि। म पनि एक जना लौका लाई कुरेर बस्या । पुरानो मित्रको मित्र फिलि आउने रे। भेटउं भन्छ क्याअर्नी ??

 
Posted on 07-16-10 4:32 PM     [Snapshot: 601]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म पनि तार्न बसे अब , चिसो र तारेको मासु , चिरिप्प पारेर झिरिप्प हुनु परो कि कसो?


झिकत रिठ्ठे तिम्रो कार्लस्बर्ग पिउ त्यो साँधेको बदाम सँग ।


 
Posted on 07-16-10 4:35 PM     [Snapshot: 603]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तीन भाई जम्मा भईसकेछन, लु लु कार्ल्स्बर्ग सँग त्यो साँधेको चिकन त साह्रै सुहाउने नि हो
हर्के बङुर सक्यौ अस्ती संन्चर बार ढाल्या ?
ठुल्दाइ जिब्रो फ्राइ खानु पर्ने पोहोर जस्तो, कहिले होला अब? 
भोली को पिलान भोकाको चट्टान भन्ने ठाम राइछ एत तेतै जाने बिचार  मा छु सर।
 
Posted on 07-16-10 4:43 PM     [Snapshot: 606]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो पार्टी छ । ग्राजुएशन पार्टी । हार मात्र दिएर नपुग्ने उप-हार दिनु पर्ने । घाटा कै बिजिनेस छ ।
 
Posted on 07-16-10 4:48 PM     [Snapshot: 608]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बूङूर त अस्ती होल्यान्ड हारेको झोक्मा कोक सँग खार सकियो बिस्टे, आज त कुखोरो तार्ने हो ।
ठुल्दाइको त ब्यबस्था भै सकेको रैछ , ल बधाई छ , रिठ्ठे कता गो फेरी लु साधेको भटमाश कता छ खै झिकत ।
 
Posted on 07-16-10 5:04 PM     [Snapshot: 613]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हर्के नि त आएछ नि !

काँटी ल्याउनु र मैले साधेको बदाम !

एइ चिकेन चिल्ली छ खानि भे खाउ चिरिप्प पारेर !

तिम्रामा बुङुर ढाल्या बेला हाम्लाई एक चोक्टा मासु नि सम्झेउ? हाम्रा त मुखै छैन जस्तो अरेउ त !

ठुल्दाइ आर्का पार्टी खान भन्दा नि अब आफ्नो पार्टी ख्वाउने नि सुरसार गर्नु पर्‍यो नि ! यो समर सक्के पछी त के मजा भो र खै

बिस्टे गुरु भोकाको चट्टान मा के रछ त खास हेर्न पर्नी चाँही? 
 
Posted on 07-16-10 5:06 PM     [Snapshot: 616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो डेराँ त जहिले आए नि पार्टी रिट्ठे । जहिले झरे नि हुन्छ, हुलमुल पो हुन्न ।

 
Posted on 07-16-10 5:08 PM     [Snapshot: 616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चिसो कार्ल्स्बर्ग र चिकेन चिल्ली र चिकेन पकौडा ल्या' छु ! को को खाने हो खाओ !



http://2.bp.blogspot.com/_jhlSdMizhlU/SNq5P-K6dxI/AAAAAAAAC0Q/5zb6X1kOvIw/s400/ChickenChilliBalls.jpghttp://chronicle.com/img/photos/biz/Carlsberg_beer.jpghttp://liveindiancuisine.com/recipe_pics/7Chicken%20Chilli.jpg
Last edited: 19-Jul-10 09:31 AM

 
Posted on 07-16-10 5:11 PM     [Snapshot: 622]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले झन त्यो ह्याकुलो चै रिठ्ठे लाई मुन पर्छ भनेर छुट्टार राख्देको थिए तिमी नआएसी आँफै बजाइयो ताइ चिन् चिउरा सँग , अस्ती नेपालबाट लेर आको थियो साथीले ताइ चिन् चिउरा बङरा दुख्ने गरेर चपाइयो नि गान्ठे, अहिले सम्म गिजा दुखेको छ ।


लु हामीनी आउने हो मो मो खान ठुल्दाइकोमा ।


 
Posted on 07-16-10 5:15 PM     [Snapshot: 626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बज्जेले आन्द्रानै बट्टरिने गरी खानाको फोटो राखेछ , कती मिठो छ होला है त्यो चिकेन चिल्ली , मलाई त चार बोतल चाहिन्छ । लु बसम चिरिप्प पारेर झिरिप्प हुनु परो अब चै जे पर्ला पर्ला।
 
Posted on 07-16-10 5:33 PM     [Snapshot: 632]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste from abu dhabi airport! on the way to Nepal, will be back soon!


harke hantakali dherai na khaau, cherapati laagla..........he he he!


 
Posted on 07-16-10 8:06 PM     [Snapshot: 650]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Have a safe journey Crazs


Bring some koseli for us all chautarians


 
Posted on 07-19-10 8:13 AM     [Snapshot: 730]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


शुक्रबार 21.06 पूर्बी समय पछी एउटा मुसो नि चौतारीमा छिरेका राइन छ । कर्फ्यू लाग्या थियो कि क्या हो ?


जाग उठ, अल्छि का पोका अनी बोकाहरु हो । महिला पहिला उठेर कत्रो प्रगती गरी सके ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters