[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माया प्रेम अनी मेरो लहरी

[Please view other pages to see the rest of the postings. Total posts: 90]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 29453 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 11-13-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

यता सुन त - कसैले बोलायो - मैले वास्ता नै नगरि बसिरहे
सुननssssss भन्या - यो पटक चाँही के भन्न करै लाग्यो। किन किन बोलाएको भन्दै उ तिर लागे, मैसाबको हातमा पर्फिउम को बोटल थियो, यो कस्तो छ भन्दै पर्फिउम मलाई छर्किन थाल्यो। कस्तो केटी को जस्तो रैछ।  केटी को त होनी भनेर हास्न थाली। मैले आँखा तरेर हेरे अनी अर्को तिर लाग्न खोजे - कहाँ जान लागेको एकछिन म सँग बस्न हुँदैन, त्यहाँ कसलाई हेर्न जान लागेको - को छ त्यहा तिम्रो - भनेर कराउन थाली। आफुलाई रिस उठिराथियो - उठेर के गर्ने बोली फुट्दैन - फुट्या भए देखाइदिन्थे नफुटेर पो आपत। पाइन्टको गोजिमा हात राखेर उस्लाई हेरी रहे। भित्र आगो थिए - बाहिर फेरी पानी - जस्ताइ मेरो शरीर र आत्मा को बिचमा भ्याकुम छ थर्मस मा जस्ताइ के। के भन्ने आफुले आफुलाई लाटो भनौ भने पढेलेखेको छु, सबै कुरा बुझ्छु, आनलाइज गर्न सक्छु तर बाठो भनौ भने उसको अगाडि बिना पानी को माछा जस्ताइ, केही गर्न नसक्ने, कुनै डिसिजन नै लिन सक्दिन, खै के हो के हो - यस्तै सोचेर ट्वाल्ल परीराथे - उता बाट आवाज आयो के ट्वाल्ल परेर बसिरा, म कस्तो किउट देखेकी छु है आज, मलाई देखेर फ्ल्याट भा हो भनेर - मैले केही बुझ्नु भन्दा अगाडिनै मेरो टाउको मेरो घाँटी माथि बाट तल माथि गर्न थाल्यो, अनी त यू आर सो किउट भनेर हाँसी  मोरी।   

यो एउटा किनौ है रे भनेर सोध्यो - यो भनेको चाँही पर्फिम। किन चाहियो यो तिमी सँग छ होइन मैले प्रश्न गरे। छन त छ तर यो चाँही लटेस्ट आको के - स्मेल पनि राम्रो छ। फेरी म सँग कुपन पनि छ २०% अफ, - मलाई उसको कुरा चित्त बुझेको थिएन - अब मेरो चित्त न हो बुझे पनि के नबुझे पनि के - काउन्टर मा लगेर राखी - स्क्यान भो २०% छुट पनि पायो - ट्याक्स गरेर ७४.४९ आयो, मैसाब ले टाउको ईशारा गरेर मलाई पैसा तिर्न भनी - मन ले त मानेको थिएन तर हात चाँही पछाडि गोजी सम्म पुगिसकेको थियो, घोटियो, सकियो खल्लास। थ्यांक यू भन्दै सामान उठाइ अनी सँगइ निक्लियौ। तीन चार वटा पसलामा छिरे - एसो हेरियो - दुई तीन घण्टा बिताइयो अनी घर तिर लागियो, सामान को लिस्ट मा अरु केही नि थपिएन। भोक लागिरा थियो - खाना पकाउने कुरा मा फेरी उसको जाँगर हरिप नि - तु तयार हुन्छे, चिया अनी पास्टा तयार भो - चिया खाँदै गर्दा नेपाल जाने सोच बनाएको कुरा उस्लाई भने। उ पनि तुरुन्त तयार भैइ, कहिले एही विन्टर मा हो - कहाँ विन्टर मा हुनु मैले एही दसैं मा जाने कुरा सुनाए। किन जानु पर्‍यो दसैं मा उसको क्लास छ रे - अब प्लानै त्यही थियो त मेरो - धेरै सोच बिचार  गरेपछी बनाएको प्लान हो मेरो। ठुस्की हाली,कराउन त कल्ले रोक्न सक्थ्यो र उस्लाई। एकछिन कराइ - म चुप्प लागेर बसिरहे - थाकेछ कि क्या हो - म सँगइ बसी अनी मेरो अनुहार मा हेरेर - तिमी साचै दसैं मा जाने हो, विन्टर मा नजाने साचै भनी अनी लामो सास तानी अनी टोलाएर भुइमा हेरिरही।।।।।।।   

एकछीन टोलाएर निकै बेर भुइ मा हेरेर बसी - केही बोलिन - मलाई लागिराथ्यो कि तुफान आउनु भन्दा पहिलेको शन्नाटा हो। उसले म तिर पुलुक्क हेरी अनी उठेर गइ कोठामा। दिस कट मि बाइ अ सर्प्राइज। न ऊ कराछ न रिसाको छ न केही भनेको छ। यि कुरा मध्य केही भएको भए म रेडी थिएँ तर अब के गर्ने त सोच्मा परे। छट्पटी भइनैराखेको थियो - यो गर्ने कि त्यो गर्ने सोच्नै सकिन म - मानौ समय टक्क अड्किएको जस्तो। केही सिप लागेन भित्र कोठामा गएँ, नेट चलाऊदै रैछ, उस्कै अगाडि गएर बसे अनी ऊ तर्फ हेरेर के भयो भनेर सोधे। टाउको मात्र हल्लाइ केही भएको छैन भनेर।

टिकट किनेको हो कि किन्न बाँकी छ, प्रश्न ले म झस्कीएँ, हँ के भन्दै --- अँ छैन हेर्दाइ छु, महँगो छ ।
"अनी कहिले जाने त"
"फुलपाती सम्म मा पुग्नु पर्छ"
"अनी फर्किने कहिले त"
"भाइटिका पछी नै होला शायद"
"के शायद भनेको - नफर्किने"
"फर्किने किन नफर्किने, डेट पो कन्फर्म भएको छैन भनेको त"
"अनी छुट्टी मिल्यो त"
"दुइ महिना बाँकी छ, पहिले टिकट मिलाउँ अनी भनुला - एक महिना अगाडि भने भइहाल्छनी"
"दसैं मा नै जानु पर्ने - विन्टर मा जान मिल्दैन"
"जान त किन नमिल्नु - मिल्छ तर चार वोटा दसैं मिस भइसक्यो मेरो - यो समेट गरेर पाँच वोटा हुन्छ, अनी ममी ले नि दसैं मा
भए रमाइलो हुन्छ भन्नु भा छ अनी त्यही भएर"
"अनी मलाई एक्लाई छोडेर जाने त"
"एक महिना त हो नि, सधैं को लागि कहाँ जान लागेको हो त लाटी"
"तैपनी के गरेर बस्ने एक महिना"
"स्कूल छ काम छ - एक महिना त चुट्की मा सकिन्छ"
"भन्न लाई मात्र हो के, कती लामो हुन्छ एक महिना के"
"त्यसोभए नजाउ त"
"होइन जाउ - फेरी पुग्न बितिकै फोन गर है"
"के कुरा गरेको - भक्खर कुरा भएको छ, टिकट किनेको छैन, दुई महिना छ नि बाबा - आजै जान ला हो र"
"एssss है भन्दै हाँसी, तर सो स्याड है म जान पाइदैन, आइ एम गोना मिस यु हनी भन्दै हग गरी।।।।।

क्रमश:  


 
Posted on 11-20-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला जि
हो अब के भन्छ त लहरी त्यो पनि सुन्ने नि - हिर्काएपछी त फकाउनै पर्‍यो
फेरी पिट्नु पटेको होइन है - एक छापड मात्र हानेको - कहाँ को कुरा कहाँ पुर्याइदियो

दिपिका जि
हो भन्या लहरी त कस्तो पापी - त्यस्तो भन्ने त मलाई है।
माया प्रेम मा एस्तो पनि हुन्छ के - जहिले पनि माया प्रेम मात्र हुन्छ र - रिसाउने फकाउने पनि माया गहिरो पार्ने माध्मा नै हो, खै कुरा बुझ्या

मिस मि जि
मैले तपाईं को आग्या पालन गरेको हुँ - अरु कुरा थाहा छैन मलाई - अब ललकारे पछी त सामना त गर्नै पर्‍यो नि त।
दिन्छ पाँच छाप - मुख मात्र छुच्चो हो के उसको -

बिस्टे जि
चिनेको छ बिस्टे - तिमीहरुको बारे मा के के सोच्छ त्यो पनि थाहा पाइहाल्छ नि

राहुल भाई दाई जि
लहरी को परख १६ आना छ कि छैन पछी थाहा हुन्छ

रबी जि
म त्यस्तो छैन के - जिकाउनै हतार मान्छेहरुलाई

बाँकी सबैलाई धन्यवाद 

 
Posted on 11-20-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 baaucha, kastari pitya ta bichara lai daam nai basne gari.

lol baauchako  lahari hola?lahari sanga garya sabai kura yaha rakhecha baucha le usle pachi tha payera bauchaa ko gala ma jhyama jhyama hola feri


 
Posted on 11-21-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग

तल लेखेको बिचार  भनाइ जे जे हो सबै लहरी को हो, मैले त उसले जे भन्यो त्यही त्यही मात्र लेखेको हुँ, कृपया सन्तुष्त नभए लहरी सँगै भलाकुसारी गर्नु होला।

ऊ भन्दै थि - यो राहुल भाई भन्ने नि - ठुल्दाइ भनेर बोलाउछ क्यारे, जहिले नि म: म: को मात्र कुरा गर्ने - दिक्क लाग्दो गरी। कती न मिठो पकाउने जस्तो। ऊ भन्दा मिठो म: म: त म नै पकाइदिन्छु है हनी भनेर सोधे। हो भन्नै पर्‍यो हो भन्दे। अनी फेरी कथा लेखक इष्ट कोअस्त तिर बस्छ क्यारे। यो पनि दिनभरी हुन्छ अर्को पागल हो यो अनी फेरी बेला न कुबेला बजी नेला जस्तै प्रश्न लिएर आउने अनी फर्स्ट प्राइज चाँही के भन्दा उस्ले बनाको म: म: रे। गूगल बाट खोजेर लाउने होला प्रश्न हरु जम्मै अनी त्यो जाबो म: म: लागि ठीक उतर दिनु पर्ने - के के न पाउने जस्तै। मलाई हाँस्न मन लागेर छुट्टी के गर्ने, हो र भनेर बस्नु पर्‍यो। अनी फेरी रिट्ठे को भनेर सोधे, यो अर्को साइको हो - अर्ध पागल नै हो ल ग्यारेन्टी हो दिनभरी बस्ने मा यो पनि पर्छ अनी दोस्रो राउन्ड को जदौ रे अनी तारेमाम फ्री रे भनेर के के न भन्या जस्तै. यो जदौ भनेको के हो अनी फेरी यो राहुल भाई को चम्चा नै जस्तो लाग्छ भन्या, राहुले ले बनाको म: म: को लागि जे गर्न नि तयार रे - यती भएपछी फेरी राहुलेको नाक ठुलो हुने। मलाई त खुब मज्जा आइराखेकोथियो - बिहान बिहान कस्तो टाईम पास के।   अनी बिर्खे माइलो नि - एssssss यो जिम्बाल रे - चौतारीको सबै भन्दा बुढो रे अनी जहिले नि नली खुट्टा दुख्यो भनेर भन्छ अनी साचै यो नली खुट्टा भनेको नकली खुट्टा हो भनेर सोधी। खै मलाई के थाहा भन्दे - होला नि तिमीले भने जस्तै भने। अस्ती लन्च जान लाथे - एसो चौतारी मा हेरेको त चौतारी भोजनालय भनेर के के भन्या भ्यागुता को के रे, मुसाको के ह्याकुला रे - घिन लागेर कस्तो - त्यो दिन भनी खानै मन लागेन नि मलाई - मेरो मात्र बस चले त्यो सबै खान लगेर त्यस्कै मुख्मा कोचिदिन्थे। अचाक्ली नि गनु हुँदैन नि हैन। अनी अनी यो बिस्टे भन्नि नि - सबैभन्दा साइको त एही होला केटा हरु मा - चौतारी मा एस्को नातेदार त कती कती कसैको मामा, कसैको हजुरबा  अनी बिर्खे को सम्धी रे कस्तो भन्देखिन, अनी फेरी नि भोक लाग्यो भन्न पाछैन एस्को भान्जी अनी नतिनी ले खान ल्याइदिने - खाना को फोटो टाँस्ने कतिन आँफैले बना जस्तो - केही त पकाउन आउँदैन होला यहाँ आएर ढक्कु लगाउने। ताल ताल को मान्छे हुन्छ यहाँ रे। अरु पनि कोही छ भने सुनौ न भनी मजाले सुनिराथे मैले।

चौतारी महिला सदस्यहेरु को नि बारेमा सोध्या थिएँ, भनेको नि थियो यो एस्तो त्यो त्यस्तो भनेर - यहाँ लेख्ने पनि बिचार  गरेको थिएँ पछी आँफैलाई गाह्रो हुने देखी आँफैले सेन्सर गरेको छु।

संगत चाँही गर्न नहुने हो यो चौतारीका मान्छेहरुको भन्दै कोठा तिर लागि।


आज पनि शपिङ गर्नु थियो गएँ, सामान किनियो। आज चाँही केही नराम्रो धट्ना भएन।   हिजोको छाप ले गर्दा होकी के हो अली सुध्री मेरी लहरी। मलाई यो किनिदेउ त्यो किनिदेउ भनेर केही पनि भनिन। एस्तो भएपो मज्जा नि होइन। त्यो दिन रमाइलो  सँग बित्यो। भोली उसको फर्किने दिन - बस को टाईम ११ बजे बिहान को थियो - १०:३० मै हामी बस पार्क मा पुग्यौ। कस्तो जान नै मन लागेन भन्दै थियो - अनुहार पनि ठुस्स पारेर बसेको थियो। हामी कहिले सधैं सँगइ बस्न पाउने होला है भन्दै  बसिराथी। मैले नि पाउछ धेरै दिन छैन भने अनी एकैछिन भन्दै बाहिर आएँ - गाडी बाट उसलाई किनेको गिफ्ट निकालेर उसलाई दिएँ। के हुनु उसको मनपर्ने टेडी बियर अनी चोकोलेट। थ्यांक यू हनी यू आर चो स्वीत भन्दै हग गरी - उसको जाने समय भइसकेको थियो - ऊ गै, तर जानु भन्दा अगाडि चो चु च्वो पुव  पुव (यो चाँही म्वाइ खा आवाज)

समाप्त            

 


 
Posted on 11-21-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" केही त पकाउन आउँदैन होला यहाँ आएर ढक्कु लगाउने" timi bhanda chuchhi lahare timri lahari ta!!


 
Posted on 11-21-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा बौचा अनी अरु के के भनी हाम्रो बारेमा लेख लेख काँ अहिले समाप्त भनेको होला
 
Posted on 11-21-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनी फेरी नि भोक लाग्यो भन्न पाछैन एस्को भान्जी अनी नतिनी ले खान ल्याइदिने"

कती रिस उठेछ लहरिलाई

"केही त पकाउन आउँदैन होला यहाँ आएर ढक्कु लगाउने"  

साँच्चिकै त्यही भनेको हो बौचा? तिम्रो संगत को नराम्रो असर परिसकेछ लहरिलाई। आफ्नो जस्तो छुच्चो मुख छ उस्को पनि त्यस्तै बनाउन धमाधम अघी सरेको जस्तो छ यो बौचा  

 

Last edited: 21-Nov-08 09:56 AM

 
Posted on 11-21-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त अब लहरेले लहरीलाई अर्को एक झापड् , लहरीले लहरेलाई एक झापड् हिर्काये नि केही भन्दिन हाम्रै कुरो काट्दा रैछन् .....

 kati chuchhi hou huna pani ram ram ram...
 
Posted on 11-21-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली तिमीलाई एस्तो भनिन हेरन - के गर्ने होला
अनी अर्को छ  चौतारीमा चेली भन्ने चाउचाउ नेपाल को राष्ट्रिय खाना होइन रे ढेडो रे - कोल्ले खाने ढेडो, चाउचाउ त जसले नि खान्छ अनी बनाउन पनि सजिलो - अनी धेरै ले खाने भएपछी भएन त राष्ट्रिय खान नेपाल को चाउचाउ। एस्ता एस्ता हुन्छ के चौतारीमा।

यो चाँही अनकट भर्जन मा छ के - नटाँसेको मात्र - अरु पनि छ

 

Last edited: 21-Nov-08 10:22 AM

 
Posted on 11-21-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-21-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baauchaa sher to baaucha  ko lahari  jhan  sawa sher.

raam milaye jodi ek lahare ek lahari  lol badhai cha.


 
Posted on 11-21-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा ले ( अच्या बौची ले) चौतारी पुरुष संघ को दोहोलो नि काढे । समाबेशी भएन है। भन्द्या छु।
यस्तै हो भने आन्दोलन गर्नु पर्ला । साइको पाइको भन्न त पाइन्न हो।  
 
Last edited: 21-Nov-08 11:06 AM

 
Posted on 11-21-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाइ महिला संघ को नि लेखेको हो - टाँसु कि नटाँसु भएर मात्रै - रिसाउने होला फेरी
भनेर मात्र नटाँसेको - पुरुष संघ रिसाएनी आफुलऐ केही बाल छैन नि -- त्यही भएर ठुल्दाइ
- सुटुक्क पढ्ने कि
 
Posted on 11-21-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचा टाँस टाँस कोइ रिसाउदैन म ग्यारेन्टी लिन्छु ल
 
Posted on 11-21-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पढ तिम्रो बारमा सान्नानी -

अब बिस्टे को नातिनी को ताल पनि सुन्ने कि भनेर सोध्यो। मैले पनि थाहा नभए जस्तो को नातिनी भनेर सोधे। प्रिती क्या सान्नानी भनेर बोलाउछ चौतारीमा - यो पनि एक नम्बर को आइटम नै हो हजुरबा हजुरबा गरेर बस्छ।  बिर्खेले लेखेको कथा मा उसलाई बिस्टे को नातिनी के बनाइदिया थियो, उसको त भुइमा खुट्टा छैन, जहिले नि हजुर बा बा, आफुलाई बच्चा सम्झेको होलानी - मुखै मा झ्याम हानु जस्तो - एस्तो नि हो त,


 
Posted on 11-21-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol yo baaucha ko lahari ta kasto khale raicha...je kura ni negative matra sochne khale ..dhat 
 
Posted on 11-21-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha baucha timle bhanya ho ki lahari ko naamma, kalpanik lahari ho jastai laagyo hai malai ta. natra sajha ni padhne raichha lahari tyatro himmat hunchha hola ta bauchako?
 
Posted on 11-21-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 banno thik bhanyau.....kasto negative socheko lahari le....sabailai teso bhanna ta naparne ho....lahare timile nai kura banaako ho jasto chha yo ta...haamiharu saga ris utheko thyo hola ani sidhai bhanna nasakera lahari le yeso bhani ra uso bhani bhandai lekheko jasto chha

aba malai ke bhani bhanera ta malai sodhne aat pani aaena...bichara cheli ra sanu lai ta teso bhaneko bhane pachhi malai ta jhan ke baaki rakheko hola ra

Last edited: 21-Nov-08 12:39 PM

 
Posted on 11-21-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipu, malai ni testai lagyo.. aba direct bhanna bhayena, lahari ko naam paarera sabai afno kura rakhya jasto cha. nasakine yo baaucha sanga. kati janya kura ni

sanno, ho bhanya hai


 
Posted on 11-21-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै को बारेमा परेपछी दीपिकालाई मात्र किन अलग्याउने - उसको बारेमा नि पढौ न है - के भन्छ त लहरी 

अब मलाई चौतारी महिला सदस्य हरुको पनि कुरा बुझौ न जस्तो लाग्यो। अब मेरो साथी को बारे मा पनि सोध्नै पर्‍यो फेरी साथी रिसाउली भन्ने पिरले मात्र हो ल मैले सोधेको। अनी यो दिपिका भन्ने कस्ती छे भनेर सोधे। यो पनि कथाकार हो साझा को - मेरो मात्र एस्तो साथी भएको भए कुटिदिन्थे होला ल - पूजा भन्ने साथी छ रे एस्को अनी आफ्नो सबै जसो कथामा पूजा कै कुरा काटेर मर्छ। पूजाले  एसो गरी उसो गरी ले।  अनी एउटा कुरा यो चाँही बिस्टे को भान्जी रे - मामा लाई चिया खाना सबै ल्याइदिने - फेरी खान पनि तरकारी अचार सबै हुने - अत्ती के, त्यो फोटो मा भएको एउटा परिकार  नि बनाउन आउँदैन ल उस्लाई, जो गरज्ते है वो बारस्ते नही भने जस्तै हो यो दीपिका भन्ने पनि  - आफ्नो त्यस्तो मिल्ने साथी को कुरा कथा लेखेर सुनाउने नि हो त ल, कही नभएर यहाँ चौतारी मा मात्र हुन्छ यो बुझौ। मैले हो मा हो मिलाएँ।


 
Posted on 11-21-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया को बारेमा पनि भन्न त भन्या थियो - टाँस्ने कि नटाँस्ने - सोच्नै सकिन 

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters