[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 177890 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-23-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो जनै पुर्ने हो रिट्ठे?????
 
Posted on 08-23-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई क्वाँटिको रेसिपि चाहियोsssssssssssssssssss!!!
क्वाति पुन्हे: रेछ नि त!
 
Posted on 08-23-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी गामका सम्पूर्ण आदरणीय बाजे बजै तथा अन्यमा यो चित्रेको सादर नमस्कार!!!
 
Posted on 08-23-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा
रित्थे मलाई हिजो अली सन्चो थिएन। तेही भएर हिजो छुट्टी। खित खित खित
 
Posted on 08-23-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेका कृयाकलापहरु-

१) बेला न कुबेला मुसुक्क हाँस्ने।
२)आइकन नै आइकन टाँस्ने।
३)चौतारीमा जिम्माल बुडा एक्लै फत्फताउँदा लुकेर बस्ने।
४)बेला न कुबेला मुसुक्क हाँस्ने।
५)सालि, बहिनि, दिदि, बजै...कोहि आउनासाथ आइकनका साथ प्रस्तुत हुने।
६)कोहि नआएको बेलामा एक्लै पनि आइकनका साथ प्रस्तुत हुने र सबैलाई गालि गर्ने।
७)पुन्टे बुडालाई गालि गर्ने।
८)बेला न कुबेला मुसुक्क हाँस्ने।
९)गोताएँलाई गालि गर्ने।
१०)बेला बेलामा दायाँ बायाँको उरन्ठेउलो धागोमा अउँरेजिमा छिल्लेर पोस्ट गर्ने।
११) लुसुक्क लेखेर, खुसुक्क गजल टाँसेर मुसुक्क हाँस्ने।
१२)बेला न कुबेला मुसुक्क हाँस्ने।
१३) सबैलाई केहि न केहि साइनो लगाएरै छाड्ने।

 
Posted on 08-23-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ कुम्ले क्यार्दै हो???
उता पर्दा पछाडि म बुडोको सातो लियौ! क्यार्न सातो लिन्छौ भन्नै पाइएन पर्दा चाइन्जो लगाम्न परेर!
 
Posted on 08-23-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'अन्तरेका कृयाकलापहरु-

१) पश्चिमे पाराले मजाले बोल्ने
२)जस्तो कुरामा पनि मुख खोल्ने
३)नेवारि एक्सेन्टमा दामि बोल्ने
४)कविता भन्नासाथ लेख्ने
५)देहाति मदनवाले भन्दा दामि बोल्ने
६)इमोटाइकन्स र शब्द को सहि प्रपोर्सनमा प्रयोग गर्ने
७)आउँदैन भनि भनि दामि गजल लेखिदिने
८)पाउँदैन भनि भनि अफिस बाट साझामा पोस्ट गर्ने '

जिम्मालबा हजुरले अरु पनि लेखन यो अन्तरेजिको बारेमा ,नौटंकि-रंगमंचमा सबैले नौटंकी गर्छन्
सलामवलेकुम!रिठ्ठे कुम्ले ठुलि
 
Posted on 08-23-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो त होइन तर अब केही दिन मा आउँदैछ जनै पुर्ने जिम्माल बा
 
Posted on 08-23-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी के छ हजुर को हालखबर?
 
Posted on 08-23-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे राइला बूढा,
अचेल तपाइले पनि जासूसी काम गर्न थाल्नुभो कि क्या हो? मान्छेहरूको कृयाकलापमा नजर राख्दैहुनुहुँदो रैछ।
तपाइलाइ म मेरो जुनीयर जासूसमा नियुक्त गर्न चाहन्छु।
 
Posted on 08-23-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन अरु ले लेख्ने भन्नuभाहो माष्टरनि नानि भन्चु र!
लेख्न सक्ने त लेखेकुम के रे नि!
कसैले अस्लम आलेकुम भनो भन्देखुन आलेकुम सलाम भन्न पर्छ भन्चु र! ( माष्टरनीलाई सिकाए बुडाले भन्ने होला... भागेँ म भैँसि दुहुन )
:)
 
Posted on 08-23-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा

कोइ बचाले रे मेरे बाप ! हिहहिह हिहिहीहिह हिह हिहिही
 
Posted on 08-23-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा! हा हा हा के को सातो लिनु नि हजुर जस्तो मान्छेको! अनि कस्तो छ हउरलाई अचेल? तो घुँडा दुखेओ कस्तो भओ? मदनवाले 'जिमवाला बुर्होलाई सान्डेको तेल दिनेलाई हिडेँछु' भन्दैथिओ हिजो। कस्तो भा'छ अहिले मालिस अरेपछि? तो तमाखुको नलि साफ अरिदिन्छन् कि दिदैनन् चित्रे र नमे मुरदारहरुले? भान्जोले ल्याइदिएओ सुर्ती राउँरै लायो होला केरे? तो तल्लो खेत बेच्ने कुरा सुनेथेँ के भओ? तो दलालओ कुरो नपत्याउनु भन्चु है! हाताँ रकम राखेसी मात्रै ल्याप्चे लगाम्नु होला क्यारे! अनि खोकी कस्तो छ?

ठुली के छ हालखबर? अनि हिजो नि अस्ति न को पैसा उठाउन गयौ भन्ने सुने नि मुइले, के हो कुरो? यो जुवाओ नसा लागेसी फेरि लागेओ लागेकै हुन्छ क्यारे! - साझाओ नसा भुन्दा बढी!

रिट्ठे दाजु! के छ हौ खबर? तो ट्राफिक चोक अगाडी सत्याल बुक स्टोरमा पिताम्बरले दिमाग चाटेर हैरान! बल्ल बल्ल गुद्रीमा एक को दुइ चिया पिलाएर घर पठाएँ। हजुरको खुब तारिफ गर्थ्यो उस्ले। अब त्यो चियाको पैसा चाँहि यता दिनपर्यो।

मिस वालेखुम अस्सलाम! कस्तo छ खबर?

चित्रे बाबु के छ खबर? के हो अचेल नाक मुख देखिन्न नि! :-)

राहुलदाईको इलाहाबादी इस्टाइलको त के कुरा गराई भयो! जहिले नि तगडा!

साँच्ची!! दीप ज्यु र शबनम खोइ हँ?
 
Posted on 08-23-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दा के हो हजुरले क्या थापाउनु भाको।
 
Posted on 08-23-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब एस्को अर्थ पनि लेखन त जिम्माल बा:)

अस्लम आलेकुम =?
आलेकुम सलाम =?
सलामवलेकुम=?

रिठ्ठेजी, मेरो अब एस्पाअला दसैंमा लाक्बत्ती बाअल्ने बिचार छ तेइ भर कपसकोवत्ती कात्दै छु भर्खर २० वोटा भओ ?


हजुरको के छ ?
 
Posted on 08-23-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले!

मइँले सान्नानिलाई सोधेओ जस्तो अरेर सोधाइको झटारो हानेउ बाबै तिउँले त!
तो बजिया मदनवाले द्या त थो के रे एउ सिसि के जातिका तेल, मजाले माडि माडि घसेको त तेसको सत्यानाश हुने चर् चर् चर् अरेर सपै पाँसुल्ला चर्याउन पो थालो!!! बल्ल बल्ल पँधेराँ ग'र खल्खलि पखालेसि ठिक भओ!!
तमाखुको नलि के खा'र सफा अर्थे नि ति असत्तिहरुले, अझ भउते बबुरो त कुन दिन हो " ए जिम्माल तिउँरा नलिखुट्टको गुदि निकालेर तेसमा रउसि भरेर पिउने हुम" भनेर कुर्लँदै थो बजिया!
सुर्ति चाइँ भान्जाबाउले मजाओ ल्याइदा हो ल। तो सुर्तिको पोकोमा लेख्या रेछ लाउरे भाषामा " एक बिंडा चुनाके साथ लगाते हि पसिना पसिना हो जाता है और थकान दुर करता है" भनेर साँच्चि हो रेछ गाँठे!
तो तल्लो खेत त ज्यान जाला बेच्दिन लु जा! पित्री भइसकिओ, मर्ने बेलालाई जिउनि त राख्नु परो नि!! ...ख्वाक्.... ख्वाक्क...
खोकिको कुरो नि अरेओ जस्तो ला' थो तिउँले??
हरिशरणम्!!
 
Posted on 08-23-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त आज दीप खै हँ? स्वस्ति गर्न पनि आम्नु भ'न


मैले सोधेको कुरोको जवाफ देको खै त जिम्माल ब हौरले  कि 'तिमी ' भनी माष्टर्नी नानीले भनेर हो ?:)

Last edited: 23-Aug-07 10:02 AM

 
Posted on 08-23-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिताम्बरले कुम्ले को दिमाग चाटेर निलाम्बर बनाएछ। खे खे खे
एक को दुई त रिजनेबल सुनिन्छ, दुई को पाँच सुन्या छ कुम्ले? खे खे खे
गुद्रीमा चिया प्युन गको बेला मा गल्ली तिर पनि भ्याको हो?

मास्टर्नी दिदी म पनि ठिकै छु
 
Posted on 08-23-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि माष्टरनी नानि कुरो के भने नि;

हउर त अब इसकुलाँ पढाम्ने मुन्छे, यो कविता त पडाउनुहुन्छ होला नि-

यो घर कस्को आलेको
भित्र बाहिर टालेको
बिजुलि बत्ति बालेको
भोटे कुकुर पालेको

अब हउरको इस्टाइलमा मइँले चाइन्जो 'काउलिमा पानि हालेको' भन्नु पर्दा काउलिमा पानी हालेकुम हुन्न क्यार हैन???
त्यस्तै;
हालेको = हालेकुम
आलेको = आलेकुम



 
Posted on 08-23-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




एैया बाबा!! मर्नी भे हाँसेर

अनिखेरी रिठ्ठे आज ठीक्कइ छ भन्ने सुनेर खुsssssशीइ लाओ :)
हिजो म स अ निहु खोजिरथ्यो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters