Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 116118 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 03-30-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-02-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोली पल्ट बिहानै बाङ्गेको बाउ आए घराँ बाङ्गेलाई लिएर। बिहानको चिया सुरु मात्रै गरेको थिएं, अब चै के के हुने हो जस्तो लाग्यो। ...


 


आफ्नै कोठामा थिएँ। चिया लिएर कौसीमा जाने सुर थ्यो अब बाङ्गे उस्का बा आको देखे पछी सोचें मेरै बालाई भेटन होलान नी अनि कौसीमा नजाने बिचार गरें।  बोलाएछन भने जाम्ला नभए मट्टीतेल सलाई भेट भा ठाममा जान्ने भएर किन जानु?


 


नभन्दै घर भित्र पस्ने बित्तिकै मेरा बालाई खोजे। अनि चढे भर्यान्ङ्ग। आफुले गरेका नचाहिने कुराहरु सम्झिन थालें। यस्को बारेमा कुरा गर्न हुन कि उस्को बारेमा भन्दै।  कुराहरु अलि अलि मात्रै आएका हैनन् मनमा, तँछाड मछाड गर्दै हुलका हुल। अनि पो लाग्यो, ओहो! के औधी नचाहिने काम गरीएछ हँ? जस्तो। सम्झेका मात्रै त्यो बिघ्न थिए, झन बिर्सेका कति होलान? " भएन यसरी अब --- सुध्रिनु पर्यो", आफैले आफैलाई भनें। फन्दामा पर्या बेला मेरो मन, जे चाहिने कुरा गरे पनि मान्थ्यो। त्यति बेला पनि ज्ञानी भएर "हो हो सुध्रिनु पर्छ" भन्यो। तर थाह भाकै कुरा हो, मलाई बिगारेको भनेकै मेरै मनले हो।


 


एक छिन पछी बाङ्गे आयो मेरो कोठामा। ओछ्यानमै थिएँ , उथल पुथल मनलाई तह लाउँदै थिएँ।  "हेर हेर खोराँ लुकेर बस्या--" कोठाको ढोका लाउँदै उस्ले तिर हेरेर भन्यो।


 


"तँलाई चै टाटनाबाट बिहानै फुकाएर ल्याएछन बाउले, किन नी?" मैले सोधें।


 


"मलाई बाउले फुकाएर ल्याको हैन बाबु, बरु मैले उनलाई बाँधेर ल्याको यहाँ। अब मेरा बाउले तेरा बाउलाई बाँध्छन अनि हामी फीरी -- बुझिस?" स.ई.ले ठानामा मुन्टीदै आईपुगेकालाई हेर्दै जुन तरीकाले आफ्नो कुरा गर्थ्यो, बाङ्गेले लगभग त्यस्तै आबाजमा आफ्नो कुरा सुनायो मलाई। उस्को अनुहार पनि निक्कै चम्केको थ्यो।


 


"त्यै तेरो कुरा धेरै बुझ्ने भएर अरुले अब मूर्ख भन्न थालीसके" मैले पनि बिरक्तेको स्वरमा भनें उस्लाई।


 


"चोरले अरुलाई चोर देख्या जस्तै हो त्यो बुझिनस? मूर्खले नी अरुलाई मूर्खै देख्छ।" उस्ले भन्यो।


 


"ल भयो, पुग्यो प्रबचन-- के हो चाहिने कुरा?" मैले तिर हेर्दै सोधें।


 


मेरो खुट्टा तिर ओछ्यानमा बस्दै उस्ले भन्यो "अब हामी ट्युशन पढ्न जाने"


 


"कहाँ?" मैले फेरी सोधें।


 


"ससुरालीमा नी अरु कहाँ?" उस्को अनुहार अरु चम्कियो।


 


"ह्या बाङ्गे यो ससुरालीको गफ अब सुन्न पनि सक्दिन--तातो न छारो" मैले झर्केर भनें।


 


"हो भन्या मरीजाम, तेरो मासु खाने ल बिद्यानस--पशपतीले भष्म" उस्ले जोस्सीदै भन्यो।


 


मैले खाली उस्लाई हेरी मात्रै रहें।


 


"तँ नजाने ?" उस्ले मलाई हेरेर सोध्यो।


 


"कहाँ? ससुराली?" मैले यस पटक हाँस्दै सोधें।


 


"अँ" उस्ले भन्यो।


 


"नजाने, धेरै गैयो रीत्तो ससुराली अब एस एल सी नसकिए सम्म घरै बस्ने" मैले भनें।


 


"अब दुई दुईटीलाई मैले के गर्नु लौ? एउटी तँलाई, एउटी मलाई भन्या -- बिर्सीस?" उस्ले पनि हाँसेर भन्यो।


 


"को?" मैले सोधें।


 


"को अब? सुरेश अंकलका छोरीहरु नी" उस्ले अरु हाँसेर भन्यो।


 


"फेरी सुरेश अंकल?" मैले उस्लाई घुर्दै भनें।


 


"अनि के ?-- क्याम्पसको लट्टे हाँक्या सुनीनस हिँजो?--" उस्ले भन्यो अनि थप्यो "हिँजो है राती ओछ्यानमा लम्पसार परेर लौ महादेब केही उपाय गर्दीनु पर्यो भन्या भ्वाक्कै आईडिया दी रा एउटा -- , अहिले सम्झ्या बेला भनी रा है भरे पशपती जानु पर्छ आरतीमा -- धन्यवाद भन्नु पर्यो नी आईडियाको लागि।"


 


"के आईडिया?" मैले सोधें।


 


"के भने नी है -- सुरेश अंकल कहाँ ट्युशन पढ्न जाने के, तँ म।" उस्ले दंग पर्दै भन्यो।


 


मैले केही भनीन, उस्लाई हेरें मात्रै।


 


"हो भन्या" उस्ले भन्यो। मैले उस्को कुरा नपत्याको भान भएको हुनु पर्छ उस्लाई।


 


"क्याम्पसाँ पढाउने कुरा गर्थे , हिंजो बिहान। बिर्सीस? अनि अघि बिहान बाउ सँग त्यो कुरा झिक्या "सुरेश सानै देखि तगडा थ्यो पढाईमा" रे मेरो बाउले।


 


"�

 
Posted on 04-02-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 


"क्याम्पसाँ पढाउने कुरा गर्थे , हिंजो बिहान। बिर्सीस? अनि अघि बिहान बाउ सँग त्यो कुरा झिक्या "सुरेश सानै देखि तगडा थ्यो पढाईमा" रे मेरो बाउले।


 


"ट्युशन पढाए देखि जान्थें" भन्देको त बाउ मक्ख। एक्लै पढ्न भन्दा तँ भए सँगै जान आउन पनि हुने, सँगै मिलेर पढ्न पनि हुने भनें। अनि तेरो बाउ सँग कुरा गर्दीन बल्ल बल्ल मनार ल्याको मैले।


 


"सुरेश अंकलले के भन्छन के नी" मैले भनें। कता कता नपढाउने हुन कि भन्ने पीर पनि भए जस्तो। यत्तिकै।


 


"बाउले एक कल हानी सके बिहानै सुरेश अंकललाई, भुमीका बाँध्दै गर्या सुन्या थिएँ। कुरा मिल्ने भो होला आए नी यहाँ" उस्ले भन्यो।


 


दुबै जना दंग परीम। हाम्रो खुशीमा सुरेश अंकल नेपथ्यमा थिए। उन्का छोरीहरु हामी मन्चमा थिएम। बाङ्गेका मेरा बा पर्दाका डोरी समाएर उभीका थिए। बाङ्गेका बाउ पर्दा उठाउन तयार रे। मलाई पनि बाउले पर्दैन पढ्न के भन्थे होलान र?


 


"अब एउटै समस्या बाँकि " बाङ्गेले गम्भीर भएर भन्यो।


 


"के?" मैले पनि साबधान भएर सोधें।


 


"को भिनाजु?" बाङ्गेले तिर हेर्दै सोध्यो।


 


छक्क परें। "कस्तो के भिनाजु?" मैले बुझिन।


 


"हैन अब दुईटी छन--- मेरीको तँ भिनाजु कि तेरीको भिनाजु भन्या नी--कुन तेरी? कुन मेरी? समस्या यो भो के अब" उस्ले उन्मुक्त हाँस्दै भन्यो।


 
Posted on 04-02-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो स्वोस्ती।
हा हा हा बाङे ले निकाल्छ आईडिया त,तर खाल्डा पार्ने आईडिया हुन्छ र पो,एस्पाली त राम्रै निकालेछ आईडिया।



लौ पर्दा खोल्न लाम बाउ हरु लाई हामी याहा रेडी भर बस्या छम नाटक हेर्नलाई।


 
Posted on 04-02-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त बाङ्गे को आइडिया जहिले नि राम्रै हुने के - बिगारने चाँही जहिले नि दीप हुने -


पुरा विश्वाश नगरने - बाङ्गेले बित्यायो भनेर - बाङ्गे लाई छेड्की हान्न खोज्ने अनी - हात पर्‍यो सुन्ना


यो पनि यस्तै होला जस्तो छ है -


पेलुम अरु पनि पेलुम


 
Posted on 04-02-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आइडिया त गजबै निस्केको रहेछ। लौ लौ पेलम् पेलम् अझै।   
 
Posted on 04-02-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol bhinaju........bange the daydreamer lol
 
Posted on 04-02-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेले फेरी नाउँ पार लगाउने भयो कि क्या हो ?
पशुपती तिर लाग्ने हो कि ? केही भई हाल्छ कि ? महादेव पनि बाङ्गेलाई कुरी रहा होलान ।  कि सिधै ट्युशन पढ्न जाने ? 
अझै पेलम
 
Posted on 04-02-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपलां भर्खर SLC. सिधिया बेलामा गजबको प्रस्तुती पस्कनु भो दिप प्रभु, आफ्नै SLC दिदाका दिनहरु याद आउने गरी । के मात्र गरिएन होला एस.एल.सी को बेलामा, कम्ती घरमा ठगिएन तेती बेलामा एस.एल.सी को नाममा, तर रमाइला थिए ति आतितका पलहरु । 


हानम प्रभु अरु पनि ।


 
Posted on 04-03-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chipledhunga ,


"हे पर्भो, मैले मुग्लानको कथाको अन्तिम भाग पस्किसकें। पर्भो अझै ग्रोसरी पसलका तरुनी ग्राहक र क्याशियरहरुलाई दर्शन दिंदै मस्त? "


अद्योपान्त पढीयो प्रभो -- अब सपनामा लभ परेर बिपनमा ट्र्याजिडी पर्या अनि बिपनामा जग्गेमा बस्दा सपनाका सबै सँग ट्र्याजिडी पर्या पनि गुर्लाईदीइम त प्रभो, लौ त।


अब गोरसरीका खजान्चीहरु पनि कोई कोई त -- ल भैगो यो कुरा पछी गरम्ला।


Birkhe_Maila ,


"ल प्रभु, मजाले पढेर फेरि खोकौँला!"


खोकम प्रभो खोकम्। उता कालधारा देखि सातघुम्ती सम्म गस्तीमा गएर आए पछी सोच्या कुरा नभए पनि टोलाँ आएर खोक्न चै सोचेकै कुरा खोकिन्थ्यो। लैनचौरको कभर्डहलमा एक दिन एउटी ठिटी टीटी खेल्न आ देखेर अरु लगातार तीन दिन गैयो तर तीनै दिन उ आईन। किन आईन आईन, अहिले सम्म थाह् छैन। त्यो कर्भड हल सम्झेर अहिले नै लैनचौर जाम जाम जस्तो पो लाग्यो। उता फेरी रातो फरक र सेतो कमिज लाएर फर्याक फुरुक गर्नेको हुल नी नारन! सानो थिएन फेरी।


****


आम्छु है  ---पछी मौका मिलार --अरु साथीहरु सँग पनि कुरा गर्नु छ।


 
Posted on 04-03-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""उ दुबै जना दंग परीम। हाम्रो खुशीमा सुरेश अंकल नेपथ्यमा थिए। उन्का छोरीहरु हामी मन्चमा थिएम। बाङ्गेका मेरा बा पर्दाका डोरी समाएर उभीका थिए। बाङ्गेका बाउ पर्दा उठाउन तयार रे"""


हाहाहाहा! मलाई चाहिँ अगाडि प्रमूख अतिथीको सिटमा बसेर हेरिरहेको जस्तो लाग्यो!


अब साढुदाई साढूभाई हो हुन त तर बाङ्गेको कुरा नि हरिप हो, जो भिनाजु बन्यो उसले चिटिक्क परेकी एउटी साली पनि भेट्टायो!


 
Posted on 04-03-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaam-ma saathi haru sanga lunch khaana chodera baru sandwich/fries monitor agaadhi raakhera ghiich-dai feri Deep-ko kathaa padhney uutsaaha jaagera aayo.


Yo line: "तँलाई चै टाटनाबाट बिहानै फुकाएर ल्याएछन बाउले, किन नी?" मैले सोधें। padhda ta haas uuthera jhandai sarkera mareko.  Najikai basney aaimai "what happened" bhandai aayeki thiyi.  "nut-n-honey" bhanera taari-diye.


Yo Deep le pani bityaashai paarcha gaathey!!


 
Posted on 04-08-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेका मेरा बा भर्याङ्ग ओर्लेको सुने पछी, हाम्रा कुराहरु फेरीए, बोली पनि, अनि चाल पनि।


 


मैले बाङ्गेलाई हेर्दै बन्द ढोका तिर हेरेर आफ्ना आँखिभुई उचाले पछी उस्ले तुरुन्तै मेरो इसाराको तामेली गर्यो। उनीहरु आउँदा हाम्रो ढोका खुलै भएको राम्रो।


 


दुबै जना पसे मेरो कोठामा। मेरा बाको भन्दा बाङ्गेका बाको निरीक्षण तिखो थ्यो मेरो कोठाको। तर मैले हिंजै आफ्नो कोठा ब्यबस्थित मात्रै होईन, सुरक्षित पनि पारीसकेको थिएँ। त्यसैले ढुक्क थ्यो।


 


शिष्टाचार प्रति पुरै ईमान्दार भएँ म। केही शब्दहरुका सामान्य ओहोर दोहोर पछी बाङ्गेका बा बाहीरीए, मेरा बा पनि साथ लागे। बाङ्गे पनि पछी लाग्यो, कत्ति ज्ञानी जस्तो।


 


यसो टेबलमा नपढे पनि किताब चै पल्टाउनै ला हो कि जस्तो देखिने शैलीको बिचारमा थिएँ, बा आए कोठामा। मैले उनी तिर पुलुक्क हेरें, अनि टेबल तिर।


 


"ट्युशन पढ्ने भन्या जाँचमा पास हुन चाहीने किताब कै पढ्ने भन्या होला नी?" उनले सोधे जसरी भनें। मैले उनलाई फेरी हेरें तर केही भनीन। उनले सोधेका पनि थिएनन। सोधे जस्तो सुनीए पनि त्यो चेतावनी थ्यो। तर त्यो चेतावनी पनि मलाई राम्रै लाग्यो। उनले पनि मेरो पक्षमा फैसला गर्ने संकेत थियो त्यो।


 


उनी कोठाबाट निस्किए पछी पनि मैले ढोका तिर हेरी रहें, उनको प्राथमिकता मेरो प्राथमिकताको संघार थियो त्यो।


 


भोली पल्ट अपरान्हको बिदाईमा साँझ उपस्थित हुँदाको बेला थ्यो, , सुपारी ट्वाक पीपलको बोटले बनाईदीएको जस्तो किस्नमन्दीरको सिंढीमा बसेर धुमील हुँदै गएको बाताबरणमा मग्न थिएम, बाङ्गे आएको देखियो। उस्लाई दिनभर भेटन सकिएको थिएन। त्यो ओईलाउँदै गएको दिनमा पनि उस्को अनुहारमा चमक प्रस्टै देखिन्थ्यो।


 


आईपुग्ने बित्तिकै ट्वाकले हात बढायो, मिलाउन हैन। चुरोट मागेको।


 


"किन दंग नी?" सुपारीले बाङ्गे तिर हेर्दै सोध्यो।


 


"ट्युशन पढ्न जाने भैयो" बाङ्गेले पैला तिर, अनि सुपारी तिर हेर्दै भन्यो।


 


ज्याकेटको भित्री खल्तिमा हात हालेर चुरोट झिक्नु अघि बाङ्गेले यसो सबै तिर हेरेको जस्तो पनि गर्यो अनि चुरोट दियो ट्वाकलाई। ट्वाकले चुरोटलाई हातमा बन्द गर्यो। उठ्यो, अनि हामी पनि। त्यो सिंढीमा बसेर धुँवा तान्नु भनेको खतरालाई जिस्काउनु थ्यो।


 


उठ्दा उठ्दै ट्वाकले सोध्यो, "ट्युशन पढ्न जाने भन्दा पनि कोई खुशी हुन्छ?"


 


"त्यै " सुपारीले नाकबाट जोड सँग हावा तान्यो घ्यारर् गर्ने गरी, घाँटीमा अडकेको खकारलाई होला हल्लायो नराम्रो सँग अनि त्यै अघि तानेको हाबालाई फेरी मुख तिर उस्तै जोडले खकार समेत धकाल्यो, जिब्रो मास्तिर मोडाएर माथिल्लो ओठमा जोड्यो, अनि सकेसम्मको बलले त्यो खकार ओठवाट जिब्रो फुस्काउँदै हुर्यायो सडकाँ। दिनमा एक दुई चोटी सुपारीले त्यस्तो गरेकै हुन्थ्यो,त्यै भएर उस्को त्यो प्रक्षेपण प्रकृया हामीलाई कण्ठै थ्यो।


 


"अन्त भए को जान्थ्यो ट्युशन पढ्न खुशी हुँदै? तरुनीहरु भा घराँ पढ्न जाने भने पछी खुशी हुनु परेन?" बाङ्गेले सुनायो।


 


"तरुनी भा घराँ गएनी तरुनी सँगै पढ्ने होईन होला नी यसरी जोस्सीनलाई?" सुपारीले भन्यो।


 


"ह्या यस्तो जवनीमा पनि यो बर्मचारीको कुरा सुनेर पनि हुन्छ? ! मलाई पनि पनि लैजा यार"  ट्वाकले सुपारी तिर ब्यङ्ग गर्दै बाङ्गेलाई भन्यो।


 


"तँलाई अब जन्तीमा लैजाम्ला ट्वाक, के गर्छस हेर बाबु, तरुनी जम्मा दुईटी रे छन् एउटी मलाई चाई हाल्यो अर्की दीपले रिजाप गरीसक्यो। फेरी तँलाई किन जानु पर्यो ट्युशन?--पैसाको नास। त्यो भगवतीबाहालकी सित्तैमा मस्किन्छे तँ सँग--" बाङ्गेले भन्यो।


 


ट्वाकले बाङ्गे भएर आफु आफु तरुनी रिजाप गर्य कुरालाई लिएर अन्यथा सोच्ला भनेर मैले पनि थपें "तेरी त्यो भगवतीबाहलकी जस्ती पाए मन डुलाउनै पर्ने थिएन, कुन अध्यायमा पुग्या अहिले तेरो पुराण त्यहाँ?"


 


"अध्याय उही हो नी, मुस्कान अध्याय -- " ट्वाकले दंग परेर भन्यो।


 


"के सोचेर मस्किन्छे कुन्नी यो ट्वाकलाई देखेर, मस्किन चैं मस्किन्छे लच्की लच्की--" सुपारीले दीक्क माने जसरी भन्यो।


 


" लच्केर तँलाई के भो ?" ट्वाकले सोध्यो।


 


"काँ नी तिमेरुको ट्युशन?" सुपारीले ट्वाकलाई जबाफ नदीई मलाई सोध्यो।


 


"ज्ञानेश्वरमा, त्यही सुरेश अंकल काँ" बाङ्गेले चै जबाफ दीयो।


 


"तरुनी सँग भेट भएन भन्या होईन ?" ट्वाकले सोध्यो।


 


"त्यै नभा भएर ट्युशनमा भर्ना हुनु पर्यो नी, धाउने बाहाना चाहिएन एउटा?" मैले थपें।


 


"उसो भए त्यो महाराजगन्जकी को बिजोग हुने भो तँ पनि ज्ञानेस्वरमा भर्ना हुने भने पछी" सुपारीले तिर हेरेर भन्यो।


 


"त्यो माहाराजगन्जकी तँलाई भो जा" बाङ्गेले भन्यो।


 


" हुँदा हुँदै किन जान्ने नी?" बाङ्गेको हस्तक्षेपको मैले बिरोध गर्दै भनें।


 


"अब तीन चोटी पुग्दा एक चोटी भेटीन्छे तै पनि बोल्दीन, के काम त्यस्ती? सुपारीले सक्छ भने गरोस " बाङ्गेले भन्यो।


 


"चाहीया छैन चाहीया छैन कसैको सेकेन ह्यान" सुपारीले भन्यो।


 


"कस्को फस ह्यान भाकी छे तेरो सेकेन ह्यान हुनलाई?" मैले सोधें। सुपारीले केही भनेन।


 


" अब घर जाम, चिसो चिसो पनि भो" ट्वाकले भन्यो।


 


"के जाने घराँ पनि--स्वास्नी भए पो -- " सुपारीले एक्कासी भन्यो।


 


हामी हाँस्दै बाटो लागेम।


 
Posted on 04-08-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""के जाने घराँ पनि--स्वास्नी भए पो -- " सुपारीले एक्कासी भन्यो।""


लोल!


बिहे गरेपछि पनि केहि समयपछि यहि डाइलग रिपिट हुन्छ तर केहि यसरी----


" के जानु घराँ, स्वास्निको थुतुनो हेर्नु पर्छ, बरु हिन् तोङ्बा तान्न जाम!"



 
Posted on 04-08-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोज छ दीप ब्रो को ससुराली मा टिउसन पढ्न जाने मिल्या छ -


त्यो पनि ससुरो सँग


खप्पर मा त लेखेरै ल्याएको रहेछ


 
Posted on 04-08-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपारी ले खकार थुक्या बर्णन घच्चिको लाओ,आफै पनि ट्राइ मारे एक फेर।
अब बाङे सँग लागेर तरुनिका म्याथ ट्युसन जाने त भईयो
तेही ट्याममा तरुनी हरु फेरी अर्को ठाम्मा साइन्स ट्युसन पढ्न जाने गर्या छन कि बुझम है पर्भो  रामरी।
 
Posted on 04-13-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी हाँस्दै बाटो लागेम ---


 


जिस्किदा जिस्किदै ट्युशन पढ्न जाने भैयो। हाम्लाई बेलुका पढ्न जान मन लागेको सुरेश अंकलले बिहान पढाउने भए। नै बजे आउनु भन्थे रे उनले अझ, त्यसो गर्दा न्यानो सपना सिरक दुईटै हापेर जानु पर्ने, के सकिन्थ्यो? फेरी तरुनीहरु सुतीरा बेलाँ पुग्ने अनि उनीहरु उठ्ने बेलाँ हिन्ने गर्न थाले पछी ट्युशनको के मतलब भो?


 


"बाउ सँग अनेक चाल चलेर बल्ल बल्ल लाई मा धकेलेँ" बाङ्गेले बिजयभावमा सुनाएको थ्यो मलाई।


 


"पढ्न जाने भैयो है बाङ्गे ट्युशन?" मैले खुशी हुँदै बाङ्गेलाई सोधें, जबाफ चाहिएर होईन त्यसो त।


 


"हामीलाई सुरेश अंकलले के पढाउने हो, त्यो पढनु छैन, उनले पढाउलान पास हुम्ला भनेर को बस्या थ्यो ? हामी बेपारमा जाने हो त्यहाँ। सुन्दा नराम्रो सुनीन्छ तर कुरा त्यै हो। प्रेम भन्या बेपार हो नी। हामी आफ्नो मन तरुनीहरु सँग बन्धकीमा राख्न जाने हो, त्यसको बदलामा के दींदा रेछन उनीहरुले हेरम् न। चित्त बुझ्दो भेटीएछ भने राजीनाम गर्दिम्ला मन, नभए उकास्यो हिन्यो।" बाङ्गेले दरो प्रबचन दियो।


 


"उसो भए पैलेई दिन किताब कापी छोडेर, हाताँ गुलाफको फुल लिएर जाने हो कि के हो ?" मैले जिस्किदैं सोधें।


 


"अरु कुरा मलाई थाह् छैन, तर त्यहाँ सुरेश अंकलले के के आउछ तिमीहरुलाई? भनेर सोधे भनें जान्ने भएर यो पनि आउँछ त्यो पनि आउँछ भन्ने होईन। बुझिस? सुरुमै गारो बाट चेप्ट्याउलान फेरी -- जानेको पनि जान्या छैन भन्दीना काम , सिकाउन त्यै। उनले त्यै हाम्ले जान्या कुरा सिकाउँदा हो नी हाम्ले उता तरुनीहरुको फाँटाँ नसिक्या कुरा सिक्ने।" फेरी उपदेश दियो बाङ्गेले।


 


"होईन तर मलाई ज्यामिती चै सिक्नै पर्ने यार, साध्यमा पोख्त नभै भा छैन" मैले भनें।


 


"ज्यामीती बिजगणीत पनि सिकम्ला तर बेला आए पछी, बुझिनस? पैला अंकगणीतबाटै सुरु गरम ?" उस्ले जिस्किदै भन्यो।


 


सत्तेनारनथान उत्तर दुब्लाको रुख मुन्तिर बसेर सुक्दै गाको धोबीखोला हेर्दै बाङ्गे र म कुरा गर्दै थिएम। हामीले तानेर छोडेको चुरोटको धुवाँ भिमसेनपाती मास्तिर बाट हुँदै उडेर बिलाउँदै थ्यो।


 


ट्युशनको पहिलो दिन। उत्साहले बिहान तीन बजे उठाईदीए पछी देखी निन्द्रै लागेन। निन्द्रा नपुगेर आँखा राता होलान र सुरेश अंकलले आफ्ना राता आँखामा नखाको गाँजा देख्लान भन्ने बिनसित्तीको पीर फेरी।


 


सात बजे तिर बाङ्गेका जानु पर्ला भन्दै थिएँ, साढे छ मा त उ नै आईपुग्यो। चिया तान्दै गर्दा उस्ले मसिनो स्वरमा भन्यो, "चुरोट चै आउँदा मात्रै तान्ने बुझिस, जाँदा त ज्ञानी हुनु पर्यो नी अब।" त्यति त मैले पनि बुझिसकेको थिएँ।


 


लागीयो बाटो झोलामा किताब कापी, अनि मनमा अनेकौं प्रश्नहरुले घेराबन्दीमा पारेको उमंग लिएर।


 


कोटालटोल तिरबाट ओरालो लागियो, मालीगाउँ छिचोलेर ज्ञानेस्वर-कालोपुल बाटो पुगे पछी दाईने लागेर चढीयो उकालो। अनि सानो गौचर तिर नलागी ज्ञानेस्वर भैरबथान तिर बढीयो। अनि भैरबथानबाट लागियो दाईने भन्या पस्चिम तिर। ट्युशन पढ्न भनेर हिनेका हामी, बाटो भरी बाङ्गे र मेरा पढाईका केही कुरा भएनन्।


 


सुरेश अंकल कौसीमा बसेर चिया तान्दै रे छन, कम्पाउण्डवालको ढोका खोलेर उनको चोकमा दाखिल हुना साथ, चोकैबाट उनलाई कौशीमा नमस्कार ठोकियो।


 


तरुनीले खोल्छन की त ढोका अब घर भित्र पस्ने चाईँ भन्ने आशामा तुषारापात गर्दै गोमादीदीले चैं ढोका खोलीन। अस्ति आउँदै चिनेको गोमादीदीलाई। हुन त तरुनीहरु आईनपुगेको खबर बाङ्गेले देकै हो, त्यै पनि आश स्वभावैले लोभी हुने, के गर्नु?


 


बैठकमा बसियो। सुरेश अंकल आए। फेरी नमस्ते ओईराईयो। ढोका भित्र जाने सुरमा आईया छ, साँचो भाको मान्छेलाई नरीझाई हुन्थ्यो के त?  उनले हाल्चाल सोधे। आन्टी पनि आईन। आन्टीलाई पनि भक्ति पूर्बक नमस्कार चढाईयो। साँचो अंकल सँग भए पनि, दिने नदिने खटन आंटीको हुँदो हो भन्ने बुझाईथ्यो हाम्रो। सिष्टाचारका केही कुराहरु भए। जाने अनुसारको ज्ञानी भैयो। आफु नभाको कुरा हुन गार्हो हुने। झन्नै उकुस मुकुस भाको।


 


त्यसपछी सुरेश अंकलले अर्कै कोठामा लिएर गए हामीलाई।


 


त्यो हाम्रै लागी तयार पारीएको रहेछ। कोठामा थुप्रै तस्बीरहरु पनि थिए, तर आफ्ना आँखा भने तरुनीहरु भाका फोटामा ठोक्कीएर हैरान।


 


कोठामा बसे पछी पढाईका सामान्य गफ भए। चिया आयो। उनले बाङ्गेका बा ले बिशेष अनुरोध गरेकाले मात्रै हामीलाई पढाउन हुन्छ भनेका हुन नभए उनलाई ट्युशन भन्ने शब्द प्रति नै मोह नभएको कुरा सुनाए। "बिद्यार्थी भनेको यात्री हो, शिक्षकले त बाटो सम्म देखाउने हो" भने। अनि थपे "म तिमीहरुलाई सहयोग सम्म गर्न सक्छु, त्यति हो"।


 


"हाम्लाई चाहिएकै अंकलको सहयोग हो, बाँकी त हामी आफै गरीहाल्छम नी" बाङ्गेले भन्यो। बाङ्गेले भनेकै अर्थमा सुरेश अंकलले बुझ्लान भनेर डरका बादल मनमा जुधे मेरा। गड्याङ्ग भो नी। हेरेको सुरेश अंकल त मुसुक्क हाँसेका रहेछन, अनि बाङ्गे पनि। म पनि मिस्सीएँ अनि त।


 


त्यो दिन त्यस्तै भो। तरुनीहरु आईपुगेका रहेनछ्न। जाडोको बेला खोल नहाल्या सिरक ओढ्या जस्तै भो।


 


अर्को दिन पनि तरुनीहरु थिएनन्। दिक्कै भैयो। अनि अर्को दिन पुगेको सुरेश अंकल अर्कै को मान्छे सँग हो ब्यस्त रहेछ्न। बस्दै गर्नु भन्ने खबर संगै चिया ल्याईन गोमा दीदीले। "कोठामा हामी मात्रै धुमधुमती बसेर के चिया खाने हिन माथि कौसीमा जाम" बाङ्गेले भन्यो अनि अघि लाग्यो। म पछी लागें। चिया बोकेर पुगियो माथि कौसीमा। कुहीरो उठीसकेको थिएन। आकासमा घाम कुहीरो पछाडी भए पनि कौसीमा भने झलमल घाम लागेको देखियो। एउटी तरुनी त कौसीमा पो छे। उ पूर्ब तिर फर्केर उभीएकी थिई, हामी कौसीमा पुगेको उस्ले देखिन। बाङ्गे र मैले एक अर्कालाई हेरीम।


 


त्यो कौसीमा उदाएको घामका किरणहरुमा बाङ्गेको अनुहार उज्यालो देखिन्थ्यो। आफ्नो अनुहार आफैले नदेखे पनि त्यो घामको राप मैले आफ्नो अनुहारमा पनि अनुभव गरें। अनि उस्ले चै हाम्रो पदचाप अनुभव गरेकी हुनु पर्छ। हामी तिर फर्किई। उस्ले पनि हातमा कप लिएकी थिई। उस्को अनुहारमा कौतुहल र संकोचका रंगहरु चढ्दै थिए। आफ्नै कौसीमा नचिनेका दुईटा नवयुवकहरुलाई आफु छेउ पाउँदा उ झस्किनु स्वभाविक थ्यो। आकासमा सूर्य यसै पनि कुहीरो पछाडी थ्यो, अगाडी नै हुँदो हो ता पनि पनि त्यो सुन्दरीको सुन्दरताको अगाडी मधुरो हुने थियो।


 


"प्रणाम" बाङ्गेले कप समेत उचालेर दुईटा हातले कप च्याप्दै अप्रत्यासित रुपमा सौन्दर्यबन्दना गर्यो। म समेत अलमलिएँ।


 


सुन्दरीले आफ्ना हामी तिर उठेका परेलीहरु ओराली अनि कौसीबाट ओर्लिई।


 


उ ओर्लेकी हेर्दै गर्या बाङ्गे तिर हेर्दै मैले सोधें "हिंजो राती रामायण पढेर सुत्या थिस कि क्या हो? के को प्रणाम हो?"


 


सुन्दरीलाई भरखर ओरालेर स्वयं पनि उदास छ कि झै देखीने रित्तो सीँढी तिर बाङ्गे अझै हेर्दै थियो।


 
Posted on 04-13-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो भो प्रभो।
बाङे महात्म्य पढुन्जेल त आफुलाई नि 'सेवेन्टिन अगेन' भा जस्तो लाग्छ फेरी पढि सकेसी घराँ भुन्टे सम्झेर गोइन अन 'थर्टी सेवेन' यथार्त आएर झस्कीईन्छ।


जान पाइएला पर्भो त्यता तिर फेरी?


 


 
Posted on 04-14-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just great... I love to read Deep's stories.
 
Posted on 04-14-09 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" "प्रणाम" बाङ्गेले कप समेत उचालेर दुईटा हातले कप च्याप्दै अप्रत्यासित रुपमा सौन्दर्यबन्दना गर्यो। म समेत अलमलिएँ।

सुन्दरीले आफ्ना हामी तिर उठेका परेलीहरु ओराली अनि कौसीबाट ओर्लिई।


उ ओर्लेकी हेर्दै गर्या बाङ्गे तिर हेर्दै मैले सोधें "हिंजो राती रामायण पढेर सुत्या थिस कि क्या हो? के को प्रणाम हो?" "


 


Deep ji Do you laugh when you write these words just curious. I am just wanna be writer. I had posted one in sajha long back got mix comments but stopped after that. You kinda inspire me. Anyway Bravo.................



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters