fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मनोजले छोडेको कथा

[Please view other pages to see the rest of the postings. Total posts: 120]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 38869 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 11-13-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

“छ्या गाडी थोत्रो रहेछ ! ” मनमनै सोचेँ । कोशि वारि बाटै टिकटको लागि भनेको थिएँ पारी बाट गाडिको चढाई भो । त्यो पनि नेपालगन्ज सम्मको यात्रा ! मैले नारायणगढ सम्म त्यो गाडिमा बाटो काट्नु थियो । साथिको बिहेमा हिँडेको ! उसको सुखमा म बुङ्गो यति दुख गरी गरी जाँदै थिएँ , मैले जाँगर र रहर पनि देखाएकै हो उसको बिहेमा जाने ! कोहि कोहि ठिकै भन्छन् फुच्चे मुडि छ । साँचो हो यथार्थको धरातलमाँ जस्ले भावना र सम्बन्धलाई महत्व दिन्छ उ सनकि नै हुन्छ एभरेज भिँडको अघि । साँचो कुरा त दुनियालाई मेकानाइज्ड लाईफ मन पर्छ मेरो सनक र मुड भन्दा ! मलाई पनि उनिहरुलाई गलत साबित गर्ने रहर छैन , मेरो जिवन मा अरुको सुझावको लागि ठाउँ छैन ।

 “कहाँ सम्म हो ?” मेरो तन्द्रा भंग भयो । आवाज माला चुँडिएर मोति भुईमा खसे जस्तै थियो । मैले आवाजको भौतिकता नियाँले । अनुहारमा अघि चुँडिएका मोतिको दिप्तता थियो भने केश त्यहि मोति चुँडिएको रेशमि डोरी ! स्विटर माथिको गुलाबि ओढ्ने ले जोरले उनलाई कसेको हुनुपर्छ किनकि उनी पक्कै पनि छोड्न मन लाग्ने थिइनन् ।

 शायद फुच्चेलाई यहि भएर नेपालगन्ज सम्म जाने झोँक चलेको रहेछ , आज भने फिल्मी ( बेगर विद द प्रिन्सेस) यात्रा हुने भयो । मनमनैँ सोचेँ ।
 “यो गाडिमा त नारायण गड सम्म जाने हो !’ मैले उसलाई नियाल्दै भनेँ । गाडि बिस्तारै घ्यार घ्यार गर्दै चलायमान भयो । तर उसलाई नियाल्दा मैले आँखा यता उता चलाउने पनि फुर्सद पाएको थिईन । “नारायण गढ कति बजे पुगिएला ?”
“बज्ला बिहानको दुई तिन !”
 “तँपाई त्यहिँ सम्म जाने हो ?”
“होइन नेपालगन्ज ।“
“हो र ! म पनि नेपालगन्ज नै जाने हो त , साथि हुने भइयो ।“ उ खुशि देखिई ,तर म ठोकुवा गरेरै भन्न सक्छु उसको खुशि भन्दा मेरो खुशि हजारौँ गुना ज्यादा थियो ।
 “तँपाई पनि नेपालगन्ज जाने हो ?”मैले आफ्नो खुशि कन्फर्म गर्न फेरि पनि सोधेँ ।
 “हो तर तँपाईले मलाई तिमी नै भने पनि हुन्छ । At least I have to get some liberty of being younger !!!!!!!! मेरो नाम चाहिँ सुधा हो , सुधा भनेर बोलाए पनि हुन्छ । ”
 उसले मुस्कुराउँदै जवाफ फर्काई । अघिका सम्पुर्ण गुणलाई परास्त गर्ने त उसको मुस्कान रहेछ ।मन फुरुङ्ग भएर आयो ।म आफ्नो खुशी लुकाउन झ्याल बाट बाहिर नियाल्न थालेँ ।दुनियाँ चलायमान थियो ,मैले बिस्तारै दुनियाँलाई भनेँ “हेर तँ भन्दा पनि मेरो जिवन चलायमान छ ।“

 जब मैले बाहिरबाट ध्यान हटाएर उ तिर आँखा फर्काए । उ केहि खुला पानाहरु पढिरहेकि थिई । प्रिन्ट सानो थियो मैले राम्ररि नियाल्दा पनि ठम्याउन सकिन ।

 “साझा पढ्ने गर्नु भाको छ ?त्यसैको एउटा कथाको प्रिन्ट हो ।” उसले मैले उसले पढ्न खोजेको कुरा देखिछ क्यार ! मुटु एक चोटि बुरुक्क उफ्रियो ,अब कुरा अगाडि बढाउन अफ्ठ्यारो पक्कै हुनेछैन । मैले भगवान लाई धन्यवाद दिन एकचोटि माथि हेरेँ किनकि जब धेरै कुराहरु एकैचोटि मिलेर आउँछन् विश्वास गर्न पनि डर लागेर आउँछ ,कतै झल्याँस्स बिउँझिइने पो हो कि भनेर !

 “थोरै थोरै पढ्ने गर्छु ,कस्को कथा हो त्यो ?”
“Somewhere on the earth!!!”
“Lucky सोम दाई , मेरो नाम किन आएन! “मैले मनमनैँ सोचेँ ,फेरि सोचेँ मान्छे साँचै असन्तोकि हुन्छ स्वभावैले ,यति सबै भइसक्दा पनि म त्यो कथा पनि मेरै होस् भन्ने चाहिराखेको थिएँ । “तिमीले फुच्चेकेटो को कति कथा पढेकि छ्यौ ?” मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ । म मेरो नाम आउँदा उसको मुहारको परिवर्तन नियाल्न चाहन्थेँ ।
 “सबै कथा पढेकि छु दुइटा कथा अधुरा छन् उसका ,किन?”
 “त्यो फुचेकेटो म नै हुँ ।“
क्रमश:
Last edited: 13-Nov-08 09:11 AM

 
Posted on 12-07-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha ha gogol, tragic story yestai yestai vayera end hunchha . Just guessing. Gurls change their words as they do their dress. So u  never know who she is and she might have lied to fuchheketa and she might b a certified player. Ha ha haaaaaa

Just waiting for another episode.  Bus ko speed ma basera vayena fuchhe ji,  aafno speed ali badauna paryo fuchhe ji.


 
Posted on 12-08-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्यीक! मजाको साहित्यीक फुच्चेकेटो! अलि सिघ्र थपौँ है!

बरु नाम 'फुच्चेकेटो' बाट 'ठुलोपुरुष' राख्ने कि? कथामा त गजबको मेच्युरिटि छ!


 
Posted on 12-08-08 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabaiko shatru, gogol jee- thanks , will try to make it more interesting

ctal ,ek@l- its happening ,के गर्ने होला लौ न !

माहिला दाई धन्यवाद आज साझ सम्म मा अर्को भाग पोष्ट होला!

 

 


 
Posted on 12-09-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुचचे केटो ज्यु,लामो बिस्राम पछी आज एकै चोटि तीन भाग भ्याएँ साह्रै आनन्द लाग्यो,

मन मै घुमिरहेछ ति यात्राका सुमधुर पल हरु।
सुधा सँग को हरेक क्षण, हरेक पल, हरेक कुराकानी उत्तिकै रोचक छन। लेखाइ एकदमै गहकिलो छ्। लौ साझँ सम्मा अर्को भाग पढ्ने आशामा।

 

 


 
दशैँ तिहार
Posted on 12-09-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchhe,

I'm back.....just finished reading this.

Interesting plot. However, कथाका पात्रहरु बिचमा द्वन्द हाल्ने कहिले हो? Looking forward to next episode ...


 
Posted on 12-09-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"साँच्चै तँ पर्पोज गर्ने अवस्था मै पुगिसक्या हो त ?" मनोजले म तिर अचम्म मान्दै सोध्यो ।

"खोई यार ,आर या पार अर्को भेट भयो भने !"

"धेरै चाँडो हो ,हतारिने काम नगर !"उसले फेरि पनि मलाई सुझाव पस्कियो ।

"हेरौँ !"

"कहिले फोन आउला भईराखेको होला है ?" उसले छेवैको जगमा राखेको पानि घुटुक्क पार्दै भन्यो अनि उठेर हाँस्न थाल्यो ।

"साच्चै सिरियस हो के म !" मैले उसलाई बुझाउन खोजेँ ।

"खोई मैले चाँहि केहि कुरो बुझिन ,न तेरो न त्यो केटी को !  यति चाँडो मान्छेहरु यति क्लोज हुन्छन् र भन्या !"

"उसको बारेमा त मलाई के थाहा र !मैले त मात्र मेरो नजरले उसलाई हेरेको छु ।"

"तैँले भने अनुसार त सि ईज सिरियस टु !"

"के गरौँ त म!

"जे सुकै गर , तर जे गरे पनि होश पुर्याएर गर ,Girls are the most difficult topics to handle ,त्यत्ति त तँलाई पनि थाहा छ नि !"

मनोजले अर्को तिर कोल्टे फेर्यो ,सिरक ओढ्यो अनि आफ्नो छेवैमा भएको बेड स्विच निभायो , म भने अध्यारोमा भोलिको दिन केलाउन मा ब्यस्त थिएँ ,टाढा कतै बाट मनोजको बोलि पनि मलाई झक्झक्याईरहेको भान हुन्थ्यो जे गर्छस् होस् पुर्याएर गर ।

 

 

आज कसार बाट्ने दिन , मनोजको घर भरी पाहुनाहरुको घुईँचो थियो , मलाई नचिनेका मान्छेहरुमा आज सम्बन्ध बढाउने कुनै चासो थिएन , त्यसैले म मनोजकै कोठामा टेलेभिजनको रिमोटसँग थन्किरहेँ ,घरि घरि आँखा मोबायलमा पुघ्थ्यो , म यो बिर्सिन्थेँ आँखा त्यहाँ पर्याउनु जरुरि छैन कानले नै रिंग सुनेर काम गर्न सकिहाल्छ भनेर ! दुईवटा कलहरुले झूक्याई पनि सकेका थिए । एउटा घर बाट मम्मिको र एउटा अफिसबाट थियो तर मैले चाहेको त "सुधा कलिंग " भनेर स्क्रिनमा आओस् भन्ने मात्र थियो ।

 

आखिर करिब एघार बजेतिर मैले मेरो प्रतिक्षाको फल पाऐँ ।

"हेल्लो !" मैले सकेसम्म आफ्नो ब्यग्रता लुकाउने प्रयास गरेँ ।

"सरि , हेर न हिजोको काम लम्बिएर आज बिहान कोठामा आएर पनि काम गर्नु पर्यो ।"

"तिमीले मलाई पुरा दिनको बाचा गरेकी थियौ!"

"जे तिमी भन्छ्यौ "

"कहाँ आउँ त म !"

"संगम अगाडि नै आउन त ! म त्यहिँ बसेकी छु !"

म हत्त न पत्त मोबायल राखेर मनोजको खोजिमा लागेँ यति ब्यस्तता को बावजुत उसले मलाई बाईक देला कि भन्ने आशा थियो , करिब दश मिनटको खोजि पछि त्यो भिँडमा मैले मनोजलाई भेट्टाएँ ।

 

"मलाई एकछिन लाई बाईक दे न ल !"

"एकछिन लाई मात्रै हो ?"

उसले मुस्कुराउँदै म तिर हेर्यो , मलाई यस्तो लाग्यो उसलाई थाहा भएको कुरा उ मात्र मेरा आँखाहरुको खुशि बाट कन्फर्म गर्न चाहन्छ ।

म मात्र हाँसे ।

"नसक्ने भएँ म तँ सँग !" उसले चाबि म तिर फ्याक्यो ।

 

म संगम तिर हुईँकिएँ तर मेरो मुटुको रफ्तार त्यो बाईक भन्दा धेरै नै ज्यादा थियो ।

 

पर सुधा मलाई संगम बाहिर पर्खिरहेकी थिई ।सुधाको सुन्तले रंगको कुर्ता सलवार उसलाई हिजो बाट भिन्न देखाईरहेको थियो शायद उ एउटा सुन्दरता र अर्को सुन्दरता बिच भिन्नता देखाईरहेकी थिई । कहिले काहिँ मलाई लाग्छ केटिहरु सँधै रहस्य बन्न चाहन्छन् कोहि उनीहरुलाई बुझ्न चाहुन् धेरै लाई उनीहरु प्रति कौतुहलता होस् भनेर !

 

 

"धेरै त पर्खाईन है !"

म मात्र हाँसे , उसलाई हेरीरहेँ ।

"ब्युटि एक्स्प्रेस गर्ने शब्दहरु पनि हुन्छन् !" उसलाई शायद मेरो मौनता मन परेन ।

"ए!!!!!!!!!! साँचि तिमी राम्रि देखिएकी छौ !"

मैले हलुका रुपमा भनेँ

"मैले अहिले सम्म यति निरस प्रसंसा सुनेको थिईन ,तिमी कसरि यति राम्रा राम्रा कथाहरु लेख्छौ !"

" जब प्रसंशा को पहाड थुपार्दा पनि प्रसंशा कम हुन्छ म त्यस्तो ठाउँमा बोल्नु उपयुक्त मान्दिन ,भन कहाँ जाने !"

"त्यहाँ पर आईसक्रिम पार्लर छ , कफि मिठो पाउँछ तिमिलाई भेज पिज्जा पनि !" उसले हाँस्दै भनी !

 

एकैछिनमा हामी त्यहाँ पुग्यौँ ।आज किन हो किन सुधा बाट नजर हट्न मानिरहेको थिएन ।

"सुधा मलाई एउटा कुरा भन्नु थियो , थाहा छैन , म यो कुरा चाँडो भनिरहेको छु भनेर दिमागले भन्छ तर मनले भन कि भन बनाइरहेको छ ।" मैले धेरै बेर पछि साहस बटुलेँ ,सुधा आफ्नो पिज्जामा ब्यस्त थिई ।

"मन र मष्तिष्कको लडाईँमा ईन्जिनियरले मष्तिष्कको सुन्छ लेखकले मनको तिमी आँफै डिसाईड गर !"

उ हाँसी ,मैले झ्यालको सानो कुनाबाट बाहिर हेरेँ बाहिर काला बादलहरु मडारिरहेका थिए ,एकैछिन मा तिनिहरु झरि बनेर झर्नेछन् र आकाश फेरि सफा हुनेछ ।

"मलाई लेखक ले जितिरहे जस्तो लागेको छ !"

 

उसले अचानक मेरो हात समाती अनि सुस्तरि बोली ,

"त्यसो भए भन न त !"

मलाई लाग्यो उसलाई थाहा छ उ मात्र मेरो एक्स्प्रेसनको तरिका हेर्न चाहन्छे । मैले धेरै बेर देखि लुकाएर राखेको रातो गुलाफ उ तिर तेर्स्याएँ , उसले एकछिन मलाई हेरिरहि अनि बिस्तारै म तिर अघि बढेर मेरो निधार चुमी । कहिले काहिँ जिवन पलहरुको खोजिमा बित्छ तर कहिलेकाहिँ एक पलमा हजार जीवन जिए जस्तो लाग्छ ।

"बुद्दु , यत्रो शब्दको धनिले पनि गुलाबको सहारा लिएको !"

"पहिलो चोटि हो आँटै आएन !"

उ यसपालि धित मरुन्जेल हाँसी , मैले बाहिर हेरेँ पानी चुहिएला जस्तो भइसकेको थियो ,हत्तपत्त  कफि सिध्याएर हामी आफ्नो बाटो लाग्यो ।बाटोमा सुधाले मलाई कसेर पक्डिएकि थिई ,मनोजको बिहे मेरो लागि पनि फलदायक भइरहेको थियो ।

 

 

पानीले लुथ्रुक्क भिज्दै हामी संगम पुग्यौँ ।

"म जान्छु त ,अब बिराटनगरमा नै भेट्ने !"

"यस्तो पानी मा कहाँ जान्छौ ,भित्र आउ !"

"कति न अहिले चाहिँ नभिजेजस्तो !"

"फर्स्ट डेटमा पनि केटीले भनेको मान्दैनौ त ?"

मैले उसको आग्रह टार्न सकिन तेस्रो तल्ला मा उसले रुम लिएकि रहिछ ,कोठा छिर्ने बेला सम्म अघि मेरो बाईक पछि रहेकीलाई म नियालिरहेँ , उ पानीमा भिजेर पारदर्शक भएकी थिई ,उसको शरिर पक्कै पनि स्पर्शलायक देखिएको थियो ।मैले हत्त पत्त आफ्नो नजर अन्त तिर मोडेँ ।

क्रमश:

 

 

 

 

 


 
Posted on 12-09-08 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo, Interesting! It's going really well... more curiosity... I would love to read your story, even if I have finals.. Keep it up bro! GOGOL
 
Posted on 12-10-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फुचचे केटो ज्यु टाइम मा अर्को भाग ल्याउनु भएको मा धन्यवाद ,यो भाग पनि तेत्तिकै रोचक छ् तर एकदमै छोटो भेट्घाट भयो। आशा छ् तेस्रो तल्ला मा गएपछी कथा अझै रोचक हुने छ्। लौ प्रभो छिट्टै राखम। 
"बुद्दु , यत्रो शब्दको धनिले पनि गुलाबको सहारा लिएको !"
तेही त गुलाफ तेर्स्याइदिएपछी केही भन्नै परेन।
 
Posted on 12-11-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फुच्चे, पहिलेदेखि नै कथा पढ्दै गरेको भए पनि प्रतिकृया लेख्न भ्याएको थिइनँ। नारायणघाटमा बस फेरे पछि त यात्रा पनि अनि अरु कुरा पनि कति छिटो अघि बढीसकेछ। कथा रोचक हुँदैछ, अर्को भागको प्रतीक्षामा।     

 
Posted on 12-11-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई , तिमी कथालाई यसरी जीवन्त बनाई दिन्छौ कि म पर भाग्छु भन्छु, पढ्दिन भन्छु, अंह तिमी कहिले दिदैनौ। तिमी कथालाई यस्तो जिवन्त बनाई दिन्छौ म हुरुक्क हुन्छु । म निरिह हुन्छु । लठ्ठिन्छु । कथा पढ्दै तिमी ले उडाएका भावनाका, सम्बन्धका जहाज मा म नतमस्तक भएर सवार हुन्छु । अनि तिमीले बेला बेला लामो अन्तरालको बिदा लिएर कथा अधुरो छोड्दा म बेसाहारा भएर भावना बाट सोझै ठोस यथार्थ धरातलमा खस्छु जस्तो लाग्छ ।
आशा छ यो पट्क बीचैमा छोडेर जान्नौ होला, मनोज ले जस्तो ।
अनि त्यो मनोज लाई पनि सुनाई दिनु सम्झना भनेर, एकलकाटे किन भएको हो त्यो??

-somewhereondearth

 
Posted on 12-11-08 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la gajab ko gai rachha, first date ko lagi hardik badhai fuchche lai. second date pani Nepalganj mai parnu paryo, ali chhito chhito.
 
Posted on 12-15-08 4:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchhe... तिम्रो कथा ले भावना को सागर म चुर्लुम्म  डुबायो..

Wonderful tale of romance.........hats off


 
Posted on 12-15-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gogol- Thanx ,I hope ur finals are over by now ,Posting the new episode ...............hope to get ur response...........
बिष्टेजि- ल कथा लेखियो,पढम अनि केहि भन्ने भए भनम् है प्रभो !
चिप्लेढुंगा,ctal,planet10 thanx.............. trying to make it more interesting
 सोम दाई धेरै दिन पछि तँपाईका शब्दहरु भेटियो ,मैले त मात्र सतह कोट्याउँछु दाई अर्थ तँपाइ नै लाउनुहुन्छ ,गहिराहि आँफै नै नाप्नुहुन्छ ,मेरो नाक सारै ठुलो भइसक्यो तँपाइ को तारिफ सुन्दा सुन्दा !


 
Posted on 12-15-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग आयो भनेर दात तिखारेर छिर्या त हैन हिस्स पो परियो,कहिले हो फुचचे ज्यु अर्को भाग।
 
Posted on 12-15-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसका अंगहरुमा म आँखा लाइरहन सकिन ,किन मलाई थाहा छैन । कारणहरुको हुन त कुनै अस्तित्व छेन त्यसमा , तर कुनै कुनै किनहरु ले अस्तित्व नै नभए पनि डोब छोडेर जाने रहेछन् । उसले मेरो प्रेम प्रस्ताव स्विकारेकि छे ,त्यो थोरै समय अगाडिको मेरै अघि घटेको सत्य हो , उ भिजेर अझ राम्रि ,अझ खुलेकी ,अझ फक्रिएकि र अझ स्पर्शलायक देखिएकि छे त्यो हामीलाई रुझाउने जाडोमा झरेको बेमौसमि झरिको उसलाइ सौगात हो ,र म उसलाई अहिले उ एक्लिएकि बेला हेरिरहेको छु किनकि शायद अब उ मेरो अधिकार क्षेत्र भीत्र पर्छे होला ,त्यसो भए म किन अनकनाई रहेको छु त उसलाई हेर्नलाई ,त्यो किनको म सँग जवाफ छैन ।

"तिमी आफ्नो कपाल यसले पुछ , म चेन्ज भएर आउँछु ।" सुधाले म तिर टावेल फ्याँक्दै भनी ।
म उसैको बेडमा थिएँ त्यतिबेला ।
"एकैछिन बस न , मेरा लुगाहरु पनि त भिजेका छन् ।" मैले उसको हात समातेर आफु तिर तान्दै भनेँ । उसले मलाई अनौठो तरिका ले हेरी अनि मेरो नजिकै आएर बसी ,नजिकै मात्र नभएर उ मेरो देरै नजिकै भएको अनुभव गरेव मैले ,किनकि आखिर उ मेरो आग्रह टार्न नसकेर मेरो नजिकै आएर बसेकी थिई ।मलाई थाहा छैन भिजेको आगो कस्तो हुन्छ ,तर उ नजिक हुँदाको तापलाई बयान गर्ने अरु विश्लेशणहरु म सँग छैनन् ।

"तिमी के सोचिराखेको छौ ,नढाँटी भन त !"अन्त्यमा उसैले मौनता भंग गरी ।

उसलाई थाहा नै छ होला ,म के सोचिराखेको ,किन मननै सँधै दिमागमाथि जित हाँसिल गर्छ ,किन मान्छे लाई निषेध सँधै प्यारो हुन्छ ?मेरो मनमाँ पनि त त्यहि प्रश्न उठिराखेको छ , म उसलाई त्यसैको जवाफ कसरी दिउँ ।

मैले उसको हात अझ जोरले समातेँ जब मलाई शब्दहरुको अभाव भयो । अनि उसको अनुहारको न्युनतम दुरिमा आफ्नो अनुहार पुर्याएँ ।अब म केवल उसलाई र उ मलाइ देखिरहेकी थिई । मेरो बाहिरि विश्वलाई सम्पुर्ण रुपमा उसका भिजेका काला लामा कपालले छेकेका थिए । मलाई बाहिरि विश्व नियाल्ने चेष्टा पनि थिएन किनभने मान्छेले चेष्टा त्यतिखेर राख्छ जब उसलाई केहि अपुग हुन्छ यहाँ त मेरोसम्पुर्ण विश्वनै समर्पणको भावले आँखा चिम्लेर मेरो प्रतिक्षामा बसेकी थिई ।

एकछिनको सुधाको बिरोद शायद नैतिकताको लागि थियो । तर जब हामी बिचको सामिप्यता ले हाम्रो नैतिकता समाप्त गर्दै लग्यो ,त्यति खेर सुधा र म एउटा अलग्गे गहिराहिमा थियौँ र उसको बिरोधको सम्पुर्ण स्थान उसको सन्तुष्टिले लियो ।



"तिमी मलाइ ईटहरिमा भेट्न त आउँछौ नि ?"
सुधाले म हिँड्ने बेलामा बिस्तारै सोधि ।
"तिम्रो मनले के भन्छ ।" मैले अघि सोफामा हुईँक्याएको चिसो सर्ट लगाउँदै भनेँ ।
"मेरो मनले आफुलाइ भन्दा तिमीलाई ज्यादा विश्वास गर्नु भनेको छ ।"
"तिम्रो मनले जहिल्यै तिमीलाई साँचो भन्छ ।"

म बिस्तारै बिस्तारै तल झरे । उसले ढोका ढप्क्याएको सानो आवाज त सुनियो ,मन भनेँ कतै अर्कै उडानमा ब्यस्त थियो ।



"बाइकको बेला बाईक उसको डेटिंगलाई भनेर दिएको दिन भर गायब भयो ,साँझ परिसक्यो ,बाईक चाहिन्छ यहाँ भन्ने पनि सोचिनस् है ?" मनोजको रिस स्वाभाविक थियो।
"आजको रात पनि मैले तेरै कोठामा सुत्नु पर्ने होईन ?'
"हो किन ?"
"लामो कथा छ यार तँलाई सुनाउन मन लागेको ,आजको डेटिंग डेटिंग मात्र रहेन ।"
"त्यसो भए त तेरो आजको कथा मिस नगर्नु पर्ने शो भयो तर आज कथा छोटोमैँ सिध्या है ,भोलि चाँडै उठ्नु पनि त पर्ने छ ।" मनोज मुस्कुरायो ,मलाई थाहा छ मनोजको मुस्कान भोलिको मिठो सम्झनामा थियो ।



"साँच्चै हो त ?" मनोजलाई मेरो कथामा  विश्वास भइराखेको थिएन , मैले स्विकारोक्तिमा मात्र टाउको हल्लाएँ । मनोज चुप थियो त्यसपछि ।
"अब तिमिहरु दुई बिचको प्रेम सफल हुनु असफल हुनु दुवैमा मात्र सुधाको हात छ ।"धेरै बेर पछिको मौनता पछिको यो मनोजको निष्कर्ष थियो शायद ।
"किन?"
"अहिले सम्म तैले आफ्नो रहरले गर्या हो र ?तैले चाहिस् नै भने पनि सुधालाई छोड्न सक्दैनस् ,सुधाले तँलाई छोड्न भने सक्छे !"
"मैले त छोड्न खोजिराखेको पनि त छैन !"
"जीवन तिन दिने हुँदैन ,फेरि तिन दिनमा क्लाईमेक्समा पुगेको तेरो कथा सात दिनमा नसिध्दिएला भन्ने के ग्यारेन्टि ?"
"मलाई त यहि तिन दिन मेरो जीवन जस्तो लाग्छ ।"
"ल बधाइ छ त्यसो भए ,, मेरो बिहे तँलाई पनि फाप्यो ।"

उसले बत्ति निभायो ।।।।।म पनि अँध्यारोमा हराउन खोजिराखेको थिएँ ।

क्रमश:


 
Posted on 12-15-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तर जब हामी बिचको सामिप्यता ले हाम्रो नैतिकता समाप्त गर्दै लग्यो ,त्यति खेर सुधा र म एउटा अलग्गे गहिराहिमा थियौँ र उसको बिरोधको सम्पुर्ण स्थान उसको सन्तुष्टिले लियो ।"


वाह वाह गजब छ् फुचचे ज्यु।  धेरै कुरा हरु लाई माथि को एक लाइनमा कस्तो राम्ररी पोको पारेर सजाउनु भएको।

मजा आयो


 
Posted on 12-15-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुचेकेटो जी, 
कस्तो मज्जाले दुइ मुटुको समिपियतताको बर्णन् गर्नु भएको, याद आयो आयो यता तिर  पुरानो  दिनहरुका ।

टासम टासम आर्को भाग पनि ।


 
Posted on 12-15-08 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo, your writing is really beautiful.. Finals are not over yet. (honestly, let me know when you will post another episode..., if not I will keep on checking Sajha..) Keep it up. GOGOL
Last edited: 15-Dec-08 07:49 PM

 
Posted on 12-15-08 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई थाहा छैन भिजेको आगो कस्तो हुन्छ ,तर उ नजिक हुँदाको ताप.... I liked it..
 
Posted on 12-15-08 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha ta climex ma pugechha ni.
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters