world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138450 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-08-06 4:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कति राम्रो नयाँ चौतारी बनाए छ चित्रे ब्रोले, लौ साधुवाद छ चित्रे तिमीलाइ ।

हिजै चौतारीमा आउँछु भुनेर दौरा-सुर्वाल ला'र तयार भा'थे, तल्लाघरे हर्के काकाको छोरो लुइँटेलाइ भेटें बाटाँ । बज्या हस्याङ्-फस्याङ गर्दै यता उता भौतारिदै रै'छ । हन के भो हँ लुइँटे भनेर यस्सो के सोध्या थे, मोरोले ठुला ठुला आँखा पार्दै झम्टिहाल्यो । 'त ग्वाँचे बज्यालाइ केइ था छैन गाम्मा के भाई रा'छ्, बज्या खायो, खेल्यो, घुम्यो, सुत्यो ......... खानाँ काल! '

'हन राम्ररी भन न के भो ?'

'त्या हिजोदेखि जिम्मालबा घर आउनु भा छैन, जिम्मालनी आमा लाइ मत्तितेल लिएर आउँछु भुनेर खोला पारी जानु भा रे, ऐले सम्म बुढाको नामोनिसान छैन ।'

'के भन्छ यो ?, कता गए होलान त बुढा, कि नयाँ सरकारले अपहरन त गरेन ?'

'नयाँ सरकारले किन अपहरन गर्ने नि, त बज्यालाइ केइ था' छैन, नयाँ सरकारका मान्छे'रु त सप्पै जंगलबाट गाम्मै आइसके' नि, बार्ता पनि भइरा'छ रे काठमानुमा । '

'तेसो भे कता गए होलान त बुढा, त्यो मैच्याङको भट्टिमा हेरिनस् त, बुढा त कैले काइ रात भरि तेतै हुन्छन ।'

'हेरी सके, म मात्रै हो र बुढालाइ खोज्न हिंडेको, गाम्का सप्पै गाम्ले'रु आ-आफ्नो काम छोडेर लागेका छन । पुन्टेदाइ, पारी गाम तिर गा'छन्, कुम्ले, चित्रे, यामे, नमे हरुलाइ लिएर । तलाई नि' खोज्दै थे, त बज्यालाइ त सुत्नबाट फुर्सद भे' त हो नि । उता मिस् पनि ठुलि, सान्नानी, तितौरीहरुलाइ लिएर आफ्नु धान काट्न छोडेर भे'नी जिम्मालबालाइ खोज्न जानु भा'छ, भर्खर गाम्मा आ'की आस्था नि ग कि छन उहँहरुसँग । उता गोताएँजी, दीप ज्यो, गालब्, राँगेहरु पनि युद्यस्तरमा खटिएका छन । थुक्क मोरा, त बज्ज्यालाइ केइ था'छैन ।'

'लौ के सुन्नु परो, गाम्कै जिम्माल हराए'सी त बर्बाद भाई हाल्यो नि ।'

आज चौतारीमा आएर हिजो को 'माइन्युट्' हेर्छु त ......... हो त रै'छ नि बुढा मत्तितेल किन्न जान्छु भुनएर खोला पारी गा'रैछन ।

तेसपछि त म पनि त्यै लुइँटेसँअ यता उति सके जती ठाम चहारे, अह्ँ कतै भेटिएनन बुढा । उता जिम्मालनी आमाको रोएर हालत खराब छ । खै के गर्ने होला । म त ऐले चौतारीमा हाजिर अर्न मात्रै आ'को हो । फेरी जानु छ जिम्मालबाको खोजिमा । चित्रेले नयाँ चौतारी बनाको रैछ फेरी मोरो रिसाउला भनेर नि, नमेले चौतारी बनाउँदा चाइ फस् मै हाजिर अर्ने ग्वाँचे मैले चौतारी बनाउँदा चाइ आउँदै आएन भनेर । हाम्रो लागि त के भो र, चौतारी नमेले बनाए नि चित्रेले बना नि, हामी त एउटै परिवार त हौं नि । खाली स्पष्टिकरण मात्रै दे को हो है मुइले, ढिलो हाजिर गरेको हुनाले । तल लुइँटे नि कुरेर बसिरा'छ । हस् त ऐले म लागे जिम्मालबाको खोजीमा, पछि मौका मिला'र फेरी हाजिर अरुम्ला ।

रोल लमबर १०१, ग्वाँ चे .......आ' छु ( एकै छिन पछि जान्छु)

हस् त सप्पैलाइ अस्तलविस्ता बेबी । । ।
 
Posted on 11-08-06 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था वेल कोम चौतारीमा
रोल # ६ ठुलि
हाजिर मिस्
 
Posted on 11-08-06 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,वीरखे माइला,आइते,प्रिती,मिस् मि,पुन्ते ,अनी हरितलिकलाई पनि मलाई स्वागत गर्नु भाकोमा हृदे य देखि ध्न्याबद ।
 
Posted on 11-08-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि बुहिनिलाई पनि ध्न्याबद है ।
 
Posted on 11-08-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई फिश् करि को लागि नमरी बाचे कालले साचे आउला है त दाइ भाउजुका, चाहे हजुर् नेपाल् गैसके पछि किन नहोस्।
अनि PP को काम् पार् लाग्यो? हरितालिकाले भने जस्तो अर्कै folder मा download गरेर हेर्नुस् न गीतलाई।

ग्वाचेको रमाइलो ट्वाक्क टुक्क धेरै दिनमा पढ्न पाइयो। :D

ठुल्नानी के छ तिम्रो हालचाल्?

आस्था जी लाई नमस्ते।

रोल् नम्बर् ५
हाजीर् मिस
 
Posted on 11-08-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गाम्लेहरु! के छ? आष्थालाई मेरो तर्फबाट पनि स्वागत छ।

सान्नानी, आरामै छ? अघिल्लो चौतारीको कुराकानीको जवाफै दिन पा'छैन। त्यो raw fish को सुशी त मन पर्दैन मलाई पनि तर पार्टी-सार्टीमा जाँदा भने घिचिन्छ। नढावटी भन्नु पर्दा मलाई जापानी खानाको स्वाद खासै मन पर्दैन।
 
Posted on 11-08-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मेरो हालखबर ठीकै च तिम्रो नि । एसो मेरो लागि नि फिस् करि बचाएर राख्नु ।
गोतामे ज्यो के छ? धरै दिन पछी पाल्नु भो नि । किन हामिलाइ माया मर्नु भाको।
 
Posted on 11-08-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचेको रमाइलो ट्वाक्क टुक्क धेरै दिनमा पढ्न पाइयो। :P
 
Posted on 11-08-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था बहिनीले मैले स्वागत गरेको सुन्दै सुनिनन् जस्तो लाग्यो। अब चाँहि चिच्याएरै भन्नुपर्यो आस्था बहिनी स्वागत छ है!!!

ठुली सन्चै छौ??

सान्नानी!! त्यो मेरो लागी ल्याएको कोसेली अब पठाउने बेला भएन र भन्या? हरिनको सुकुटी खाने पिलान गरिरा'छु।

शुशी त ठिकै लाग्छ तर मलाई त्यो दुईवटा सिन्काले खान भनेपछि अत्ति गार्हो। कसरी खान्छन् होला हत्तेरी!!
:-)
 
Posted on 11-08-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ माया मार्नु नि ठूल्नानी? जाने ठाऊँ अन्त काँ' छ र यो चौतारी बाहेक? अनि ठूल्नानीको हालखबर के छ नि? अड्डा पुगिसक्या हो कि क्या हो?
 
Posted on 11-08-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, च्याप्न नजाने सुशीमै कप्टेरा गाडेर उठाए भो नि ! आखिर मुखमै लाने त हो जसरी लगे पनि! एउटा नाइजेरीयन छ याँ, त्यसै गर्छ तेल्ले।
 
Posted on 11-08-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मलाई सञ्चै छ । तिमी लाइनी ।
"अड्डा" भनेको के हो गोतामे ज्यो?
 
Posted on 11-08-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! एउटा नाइजेरियनले नि त्यस्तै गर्छ रे!

ल ल त्यसो भए मलाई नि ठ्याक्कै त्यहि नाइजेरियन जस्तै देखिने भो शुशी खाँदा। अनुहार नि मिल्ने, खाने तरिका नि मिल्ने!!
 
Posted on 11-08-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ठिकै छु गौतम् दाई, ठुल्नानी।
ए मलाई त मन् पर्छ कुनै कुनै very selected ones जापानी खाना। कुम्लेले भन्या जस्तै सिन्काले खान चाहि गारो।
कुम्ले अस्तिनै मैले कोशेली पठाइसके नि नेप्चेको हातमा, दिएन र भन्या? :P:P
 
Posted on 11-08-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि यो कुम्लेको चाल् हो? हरिनको सुकुटी सकियो होला अनि। :P:P
 
Posted on 11-08-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा भनेको office हो ठूल्नानी। चौतारीको भाषामा स्कूल-कलेज आदिलाई पनि अड्डा भनिन्छ। साहू भन्या चैं boss अथवा professor।
 
Posted on 11-08-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सप्पै गाम्लेलाई मेरो, बिहान बिहानै अड्डामा यौटो जरुरी काम परेर हाजिर गर्नै ढिला भो।

ग्वाचेको रमाइलो ट्वाक्क टुक्क धेरै दिनमा पढ्न पाइयो। :P

हैन कुम्ले, कप्टेराले अठ्याउन गारो लागे आफ्नै दुइटो औंलो ले समात्दिने नि, म त गारो भो भने त्यहि गर्छु।
 
Posted on 11-08-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु !
हन एकाबिहानै निकै चहल पहल रहेछ चौतरी मा त। अब देशमा शान्ति छाउने आशा पलाएको छ, हिजो को सहमति पछि। मेरो जस्तै सबै गाम्ले हरु को पनि मन अलि हलुका भएको होला त्यो समचार ले।
बाडुली पो लाग्यो अनि पक्कै पनि गाम्लेहरु ले सम्झेका होलान भनेर कुददै आको म त। लौ हेर सान्ननी ले भनेको। :O
त्यो अस्ति सान्ननी ले कुम्ले दाइ लाइ दिनु भनेर देको कोसेलि को बाक्सो खोलेर हेरेको त (के के नै देको रैछ भनेर)बक्सो त खालि पो त रैछ। मलाइ पो आपद परेको थ्यो त्यो बेला मा। अब कुम्ले दाइ लाइ खालि बक्सो कसरी दिनु (फेरि बजियाले कोसेलि आफै ले राखेछ भन्ने पिर)? तेसै ले चुप चाप बसेको थे म त। हन भन्या सान्ननी तेस्तो कोसेलि भनेर खालि बक्सो दिने भन्या?? :P
 
Posted on 11-08-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउ है केमोजि ।नयाँ नयाँ विद्यार्थी भाकोले यो गल्ती भको हो .बरु यहाँ हरुको परिचय पाउन पाएए हुन्थ्यो ।
 
Posted on 11-08-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्उ गोतामे ज्यो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters