nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 137945 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 09-22-05 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय ११
------------

"दादा, दादा! हिजोको २ रुपियाँ राख त।" पटाउँदाखेरि गुजुमुजु परेको २ रुपियाँको नोट जाँगेको खल्तिबाट निकालेर मलाई नमेले दिँदा म जमरा राख्नी चोखो माटो डालोमा उप्काउँदो थिएँ, तुलसीको मठ मुन्तिर।
"भरे त पिङ् खेल्न पाइएला नि दादा!" नमे आसावादी हुँदै भन्यो।
"खै त्यो खेमे जानोस् त्यो मुल डाँडी सानो ल्याएछन् भनेर मलाई र राजुलाई हकारेर बस्न खान छैन। ताछ्न सम्म ताछ्यो, अहिले सानो भो भन्छ। कस्तो केटा रेछ।" म भने दिक्क भइसक्या थेँ, यो खेमेसित।
मैले माटो लगेर घरमा दिएँ। आमाले खै कुन्नि के हो अर्को काम लागाउनु भाऽ थ्यो, मैळे बिर्स्या जस्तो गरेर हामी चौतारीतिर लागेम्।
*** *** ***
"यो खेमेसित मिले पनि पिंङ बन्ला?" दमैको राजु खेमेले ताछेका लोप्रा समेल्दै एक्लै कचकच गर्दै थियो। "पपि" भने कता रेछ कुन्नि अहिले, राजु एक्लै थियो।
"क्यार्नी त नि राजु अब? मुलडाँडीको कुरो क्यारम्? पिङ् खेल्नै नपाइने भो।" मैले राजुसित गुनासो पोखेँ।
"हिन, अब एकपालि जाम् तिमी र म, त्यो पनि बिगा-यो भने यै थेबेले खेमेलाई नै ताछिदिन्छु।" राजुले आक्रोस पोख्यो।
*** *** ***
खान साना खाएसी, आज भने हामी २ जना मात्रै झन मोटो मुलडाँडी लिन भनेर बाटो लागियो।
जिवनहरु र आत्मारामहरु भने गाइ चराउन पो हिनेका बाटोमा बेट भो। मलाई र राजुलाई यस्तो रिस त उठेन नि। हामी त बोल्न पुनी मुन लागेन। हुन त मुलडाँडी ल्याम्नी जिम्मा हाम्रै हो तर रीस भने साह्रै उठ्यो। क्यारम त नि अब।
"ए राजु खैनी छ?" जिवनले सोध्यो। "आज पानि पर्ला जस्तो छ, दादा!" राजुले कुरा टिमल्यो।

to be contd.

 
Posted on 09-22-05 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको स्टाइलनै दामि नि , कस्ले सक्ने ? फेरि आत्मे आइपुगेछ , सन्जु छडुलि पनि तेतै होलि है ?
 
Posted on 09-22-05 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WAT?WAT?!! wahz' jamminnnnnnn?? ;)

 
Posted on 09-22-05 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-22-05 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hami lai ni nepali ma type garna sikaunu paryo !!!!!!!!!!!
 
Posted on 09-22-05 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली, www.mpp.org.np बाट यूनिकोड तानेको छैन र? एकदम सजिलो छ। एकचोटि कोशिश गरि हेर्ने हो कि?

 
Posted on 09-22-05 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Gautam, Bholi garne Aaj ab dherai rati bhai sakyo, nidra lagyo!!
 
Posted on 09-22-05 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are welcome Dalli. Good night. Have sweet dream.
 
Posted on 09-23-05 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेज्यु लाई मीठो टिप्पणीको लागि धन्यबाद, गालब, नमे, श्री र यो दादा_गिरीको तर्फबाट।

jptgyall , कैले, रुइनु, हर्कु,ड्ल्ली रेस्सम, गौतमजी पिङ् खेल्ने बेला हुँदैछ।
पालो कुरेर पर्खिम् है।

 
Posted on 09-23-05 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AAMAINI, DADA SOLTEE !

TIMI PANI LOOK-GEET KO FAN RAICHHAU ..! LAUNA MILCHHA BHANE KATAI BATA BANDOBASTA GARERA PATHAM NA, LOOK-GEET ! MP3 FILE, WAVE FILE ke ke HUNCHHAN NI. dAdA soltee, yaha sanga chha bhane, LAUNA SARKAR...MA ABHARI HUNI THIYE.

BHABADIYA- BD
 
Posted on 09-23-05 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jptgyall , कैले, रुइनु, हर्कु,ड्ल्ली रेस्सम, गौतमजी पिङ् खेल्ने बेला हुँदैछ।
पालो कुरेर पर्खिम् है।
^ohh tyo chai bujehna hai!!^

where the hell those 2 stupid guys go :P, i dont see them around:O
 
Posted on 09-23-05 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, याँ सान्या पसलाँ दुई रुप्पे कप चिया खाँदैछु । मेरो पालो चाँडै आयो भने यस्सो बोलाईदिम्न है ।
 
Posted on 09-23-05 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

meri sannani bichari lai thepche moro le ping ma khutto halna nadiyeko hola. aau bhane ya amrica ma roller coaster chadya chha. thukka ma
 
Posted on 09-24-05 4:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय १२
---------------
"वन सन सके छम्डाहुरले!" जरुवाको चौतारीमा खुर्पा उदाउँदो राजु र त्यो एक टकले हेरिरहँदो म लाई?@टारिघरे दाइको झोक्किँदो आवाजले झसगं पा-यो।
""अनि तिमेरु के लिन हिँडेऊ त आज फेरि?" , "के छ टारिघरे दाइ?" भनेर मैले सोध्न नपाउँदे टारिघरे दाइले नै प्रश्न गरे। सँधै तास खेल्ने दौँतरी हुन् आज किन रिए यति साह्रो म मर्म बुझ्ने प्रयासमा छु।
"यो खुर्पा सुर्पा लिएर वन सन छिर्ने हैन सँधै।" राजुको खुर्पा हातमा टिपेर सितितित्त भुते रहमा पुग्ने गरी?@फाल्छ बा टारिघरे त।
गाँठि कुरा के भने नि, टारिगरे दाइ वन हेरालो पनि हुन्। उनलाई?@कसले के केति लग्यो भन्ने सब हेक्का हुन्थ्यो हामि फेरि दोश्रो मुलडाँडी लिन गाऽको कुरा त उनलाई साह्रै
ननिको लाग्या रे छ के कुरो बुझ्दा।?@राजु र म त किंकर्तव्यबिमुढ भइहालेम् नि अब।
*** *** ***
हाम्ले केमेको कारणले दोश्रो मुलडाँडी लिन जान ला भन्ने कुरा बिसाउन नपाउँदै टारीगरे त कपाल कनाउँदै?@बाटो लागे। राजुले गरि मतिर निनाउरो मुख लगाउँदै घरि खुर्पातिर हेर्दै थियो। "पपि" भने खुर्पा फालिएकै दिशातिर?@हाम्फाल्दै थियो। म नजिकैको पातिको मुन्टोतिर हरे जस्तो गरेँ।
*** *** ***
"यो मु" टारिघरे दशैँमा त जाला नि ससुरालितिर। अनि मैले जान्या छु। मुलडाँडी त नलगी छोड्दिन।" राजुले पसिना पुछ्दै एउटा साऽनो ढुगांले मैले हेरिराखेको पातिको मुन्टोमा जोडसित हान्दै भन्यो।
"दशैँपछि तेरा मुलडाँडीको के काम छ? लगनपछिको पोते!" मैले राजुसित रीस भन्दापनि गुनासो पोखेँ।
*** *** ***
टारिघरेले त्यो खुर्पा टिपेर हातमा लिएर खोला तर्दा "पप्पी" पनि निरास हुँदै फर्केर राजुको पाएँट चाट्दै थियो।
"साऽले अझ अर्काको खुर्पा लिएर जान्छ।" राजुले सिगांन पुछ्दै "पपी" काखमा च्यापेर दु:ख पोख्यो।
 
Posted on 09-24-05 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय १३
-------------

झ्याम्म रात परेको थियो , झ्याउकिरि झ्याउ झ्याउ गर्दै थिय , काक्रोको झ्यालमा हर्रेउ हो कि फट्यान्ग्रो चिरित चिरित गर्दै थियो म लुसुक्क दादाको कोठिको झ्यालतिर गएर सासले बोलाए ' दादा, दादा' । सुन्ने होइन बा , आफ्नो हात झ्यालको डन्डि समात्दा समात्दा दुखिसक्यो । फेरि चोर भनेर कता हल्ला खल्ला हुने भन्ने डर । सोरै झोक चल्यो, मैले त
लाइट दादाको मुखा बालिदिए । अनि बल्ल बिउझिए लाइटको उज्यालो ले आखा छोप्दै । मैले सासै सासमा भने जाउ मुल डाडिलिन । दादा आखा मिच्दै रिसाए , भुत्राको जानि त्यो मु* टारिघरेले आसि त लैदियो । मैले भने बाहिर त आउ । दादा बाहिर आउदा राजुले सिरेलाइ ल्याइसकेच । खेमे र मिने छापाको चौतारिमा भेट्ने सल्ला थियो । खोइ केको दोस्ति हो तिनिहरुको , सारै मिल्चन । कैले काइ त एउटै घरका दिदि बइनि ब्या अर्नि भनेर हसाउचन।मध्य रातमा लागेम बन तिर । दादा सं टारिघरेको डर र रिस अझै बाकि थियो । खास कुरा के भने घर्ति मिने र टरिघरे दोजे जाड पार्टनर । भुन्टिका जाड खादा मिने दोजे सं झोक्किएच ' तेरो मु* भाइ गाउमा पिङ हाल्दा पनि डाडि काट्न नदिने , गाउको बनपाले के भको मुन्तरि जस्तो पो अर्च , तेसलाइ मर्दा पर्दा हामि चाइन्नम ? ' दोजे त मिनेको जाड पाटर्नर अनि झोक चलेच क्यारे, टारिघरे दाइलाइ थर्कायच । अनि त लुत्रुक्क परेर मिनेलाइ भनेच गाममा थाहा नदिओ, राति गएर खुसुक्का ल्याऔ । बल्ल दादाको मुख उज्यालो भयो ।
मिने र खेमे चौतारिआं कुरि राखेका रइचन । राति भर होला राजुले पपि घरमै छोडेच । चप्पल पट्या पट्या अर्दै लागेम हामि बनि तिर ।


 
Posted on 09-24-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दशै लार हो कि के हो, यो चौतारिआं कोइ पनि आउन्न कि क्या हो ?
 
Posted on 09-24-05 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
हामी मुलडाँडी चोर्न जाँदाकेरिको आकास!

 
Posted on 09-24-05 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
हामी मुलडाँडी चोर्न जाँदाखेरिको आकास!(दशैँको झलक देखाको नि बिचबिचमा।)

 
Posted on 09-24-05 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी २ पालि टाँसिएछ।
 
Posted on 09-24-05 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जा पानां त दुइटा चन्द्रमा हुन्चन कि क्या हो
---------------------------------------
2 ???
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters