[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 202153 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-16-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए

बन्दैन दादा दुइ चारको दाँत झारेर नगए

लोल! शुक्रबारिय लोलयुक्त जदौ! यो बिर्खे माईलाको!!


 
Posted on 05-16-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुलदाई! त्यसो भए एक्लेको खास नाम चाँहि टंके हो? ल ल अब बल्ल राम्ररी चिनजान भयो।

माफ गर्नुहोला है टंके जी, के गर्ने चौतारीमा यत्ति पुरानो भइएछ कि अब त आफैँ नयाँ जस्तो लाग्न थाल्यो! त्यो भन्छ नि एउटा गजलमा! "इतने करिब हुए कि हम दूर हो गए!" त्यस्तै भइयो जस्तो भयो।

नेप्चे, के छ यार? यो सोझो दाई लाई त चटक्कै भुलेछ यार! के गर्ने यस्तै छ जमाना! :-)

रविलाई नि गुड मर्निङ!

जिम्माल बा! ओहो! दामी गयो!! ल ल अरु नि जाओस! लोलेमाम!


 
Posted on 05-16-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी, शुक्रबारे प्रफुल्लमय जदौ।
ठुलि:
टंके :
अन्तरे:
ठुलदाइ:
कुम्ले:                  
रबी:
नेप्चे:
सम्धी ज्यु:

सब्बै लाई गूड् गरे है


 
Posted on 05-16-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! लोलेमाम!

लोल!

मेरो पनि कुम्ले, टंके, ठुल्दाई, नेप्चे, रबि, अन्तरे र ठुलीलाई शुक्रबारे लोलेमाम!

अनि कुम्के क्यार्दै छौ?? हिजाटि एसो यतातिर आम्ने मेलो मिलाएछौ के रे, सपै बेसै छ हैन??


 
Posted on 05-16-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धिज्यू! आरामै?

भैँसि बेच्न सल्लेरी तिर उक्लनुभा थो, बिको कि बिकेन? कतिमा बिको?? पडि नि संगै द्या त होला नि?? अनि तिल्के बहर नि बेच्ने भन्दै हुनुहुन्थो अगेरै तो नि बेचिओ?? हन क्यार्न भका सपै बस्तु बेच्न थाल्नुभा हो?? कइले हो दोभानेको खेत नि  बेच्ने गाइँगुइँ सुन्या थेँ! पैसोले सारै पारो कि के हो???


 
Posted on 05-16-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारिय अभिबादन यो दिपिका को

अन्तरे दाई राम्रो गीत सुनाउनु भयो एका बिहानै
कुम्ले दाई आज पनि मिल्यो भने एुटा हिते को कथा सुनाउनुस न,
राहुलदाइ सन्चै? अनी तीन पाने नपिउने हरुलाई चै नो जदौ हो
टंक र रबी सन्चै
नेप्चु आज त बिहानै आएछौ नि
माइला दाइ लौ न एका बिहानै दात झर्ने कुरा नगर्नु न
बिस्टे अब अर्को चौतारी को फोटो कहिले खिच्नु हुन्छ त? यस्मा त म छैन रहेछ
अनि पछि आउने सबैलाइ खास गरि रिट्ठे किन एति ढिलो हो हाजिर गर्न?

Last edited: 16-May-08 09:51 AM

 
Posted on 05-16-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

 अब आफू चै  बिना दाँतको  भ'सी हरुको दाँत झार्दिए पो उस्तै उस्तै भयिएला नि-- जिम्माल बा दाँत  राख्नु भओ त?

जदौ  है सप्पे लै जो


 
Posted on 05-16-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुली: के छ काम नचोर्नीको हालखबर? ma kam chor ko sis kamchor ni.

 
Posted on 05-16-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते छ सबैजन लाई
रमाइलो कुरा कानी गर्नु हुदो रहेछ सबैजन
म पनि चौतारी म बस्न के गर्नु पर्छ कसैले भन्दिनुहोस् न कृपया



 
Posted on 05-16-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सम्धी ज्यु,
बांचीराछु भन्नु पर्‍यो केरे, खोकी ले कैले छड्ने भएन। हुत्त्याईदिए भैंसी र पाडो दुइटै, उत्ती राउंरो दाम ता मिलेन तेही पनि दिये। छानो नफेरी
भा छैन अह्ती को हुरी ले एक छेउ सप्पै उदाङो पर्देको छ्। अब जह्ता हालु कि भनेर नि। तिल्के नि बेच्न त खोज्या हो केरे,सप्पै सित्तै मा
पाये लिउला जह्तो गर्छन्, ठड्डीराछ गोठां। अब तो दोभान को खेत नि बांझो पल्टि राछ तेसै ले बेच्न त खोज्या हो,अलिकती पैसो जम्मा गरेर
बिग्नेस गरौ कि भन्ने सोच्या हो। के हुन्छ हेरौ। अनी हामी लाई कह्तो छ नि, सम्धिनी ज्यु आरामै। खुट्टो अली दरो भयो हजुरको ?

दिपिका नानी अर्को फोटु अब अलिदिना खिचौला, अस्ती गाई चराउन गा रइछौ तिमी मैले फोटु लिदा.
मास्टर्नी नानी, सधैं नानी ले म खै त भनेर सोधदा म हिनीसक्दो राइछु। मास्टर्नी नानी नि पाठशालां हुनुहुथो केरे,अब अर्को पटक फोटु लिदा
चै भारा भुरी लाई नि लेर आउनु अनी सप्पै लाई राखेर खिचऔला।  अनी आज ईस्कुल छुट्टी ?


 
Posted on 05-16-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सरली (shreya) आउ आउ केही गर्नु पर्दैन चौतारीया बस्न,पलेटी मार्ने अनी बस्ने मज्जा ले।
अनी गाउं का पर्‍यो नि तिम्रो ? 
 
Posted on 05-16-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन बिस्ते त्यो चौतारी को छेउमा कुस्ता कुस्ती गर्ने चाँही को परे ?
 
Posted on 05-16-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'अनी आज ईस्कुल छुट्टी?'

छैन नि विष्टे जी म चै भुरा भुरीलै जत्ति चिट चोरे पनि परिक्षामा छै पास अर्नु पर्च भुनेर म नि कामअर्ने ठाम्बाट चौतारिआँ आकिम
मार्चन साहूबाजे ले देखे भने । लु गइ है त म

सरली लाई स्वागत।


 
Posted on 05-16-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थ्यान्क्यु बिजिटर
अनी मेरो नाम सरली रखिदिनु भएको? अली राम्रो नाम खोजिदिनुस् न बरु ! त्यो अली राम्रो लगेन मलाई !
म त पर सुन्कोशी गाउ तिर को परे

 
Posted on 05-16-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रृजनी राख्ने त?  कि श्री मात्रै (मलाई यो नाम निकै मनपर्च के ) :)


 
Posted on 05-16-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सुन्कोशी नै राख्नु पर्ला श्रेया ०८ को चौतारी नाम । के कसो गाम्ले हरु ?
 
Posted on 05-16-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हुल आए एक हुल गए,
म्याटको जमानामा झुल गए।

पुन: तारेमा, बिर्खे बा, मिस् नानी, दीपिका नानु , बिस्टे अंकल अनी श्रेयाजी लाई।


तीन पाने जदौ अर्थात शुद्ध जदौ भनेको नि लाटी।
म आँफै तीन पाने न खाने पंडित परें।


 
Posted on 05-16-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


kasaile haamro bhaute dai ra chitre lai dekheko cha. yadi dekhnu bhaeko cha bhane turunta talako email maa malai email garnu holaa

uptowngal@chautari.com

 

 

 
Posted on 05-16-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनकेशरी राख्दिम उसो भा
 
Posted on 05-16-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चि देवरजी र चित्रे भाई खोइ ?

 ठुली सिस  के छ ता हउरको हालखबर ? तरकारी बेच्न सकियो ?

 कुम्ले  र राहुलदाइ ळै तारेमाम!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters