[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 216128 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-11-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भान्जो! तिमि तो पछ्छिम तिर कइले हिँड्ने हो??
 
Posted on 10-11-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल मेरो हरी देख पर्‍यो। हरी भो धरै काम नगर। एसरी मरी मरी काम गरेर मेरो लागि
गिफ्ट किन्दिनु पर्दैन। लु आउ चौतारीमा आराम गर। तपाईंलाई पानी ल्याइदिम। साह्रै थाकेको छ जस्तो छ नि

 
Posted on 10-11-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५ किलस फयल अनी इस्कूल बाट गएल बाहिर। त्यस्तो एस्स्याल्सी त का टि दिनु बिर्खेअब त गाई चरायो बस्यो।

 
Posted on 10-11-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हतेरिका दर्शन गरे मैले नि
 
Posted on 10-11-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सप्पैलाई
 
Posted on 10-11-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वछे हजुर आज किन धिला नि। दशैको शोप्पिङ गर्न मा बिजी हो।
 लु मेरो लागि के किन्दिनु भो खै हेरुम हेरुम। 

 
Posted on 10-11-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मलाइ किन देख्नु हुन्थ्यो त? ओर्ग्यानिक रायोको साग अझै पुगेन जस्तो छ जिमाल बालाइ।

रिट्ठे, अघि येसपालिको दशैँमा जमरा राख्ने भनेर माटो चोर्न गाको होला। हाम्रो त ट्र्याजिडि भैसको नि जिमाल बा।

आजकाल त Buy one get one free को जमानामा रिट्ठेलाइ पनि तेस्तै बम्पर उपहार पर्न लाग्याथ्यो। तेहि भएर रिट्ठे दोधारमा छ जस्तो छ। भुन्टिकि आमालाइ माया गर्यो भुन्टि सित्तैमा उपहार अनि भुन्टिको बा पनि। हे हे हे


 
Posted on 10-11-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harry and Gwaachu,

How are u?


 
Posted on 10-11-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर कान्छिले भनेको! भनेसि गाइ चराउँदै बस्ने?

तो गाई चराउँदा नि चाइन्जो होश पुरार चराउ है बा? आजकलका उरन्ठेउलाहरु मापाका हुन्छन बाबै, राउँरि नानिहरु लाई जिस्कयाम्छन होश पुर्याम्नु, फेरि-

 

चौतारीमा को झरो गाउँदै

गाई चराउँदै सालको पात बजाउँदै

फुल्यो ऐँसेलु

मुहारै जुन जस्तो जोबन बैँशालु

 

भने भने के गर्छौ नि?

 

के छ ग्वाँचे? अइ भर्खर तिउँरातिर आ'र मासु लाने कुरो अर्या आइपुगेछौ, बाँच्न चाइँ धेरै बाँच्ने भयौ!


 
Posted on 10-11-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आवाज रेलै को सानु आवज रेलैको
सम्झन आउ छ सानु छुटिने बेलै को

अहिले लाइ अल्विदा। फिर् मिलेंगे। 


 
Posted on 10-11-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भउते र पुन्टे बुडाले त बथानाटि छुट्टया भेडो कर्याप्प पारेर समातेर बुइँगलाँ थुतुनो बाँधेर लुकाम्थे "

 

अर्छम त। हाम्रो त उमेर छ, जे अरे नि पाप लाउदैन। अनि तिउँले आफ्नो कर्तुत बिर्सेउ पापी बुढा?

नमेको दशैँलाई भनेर पालेर राखेको सेतो खसी फुकेर हिँनेछ। अनि कुन सड्को कुन सड्को बुढाले डिलमुनि को रायोबारीमा भेट्टाएछन् के रे त्यो खसी त। अन्खेरी चिरिप्प पारेर बाँधेर ल्यार भस्मार सँअ बेटरीको कालो दलेर अनि गोठाँ बाँधेर राखेछन्। एकछिनाँ नै "हाउँरो सेतो खशी देख्नु भो जिम्माल?" भन्दै नमे आएछ। एउटो खसी त कराउँदै बाटैबाट उ तेता सालघरी तिर छिरेको थ्यो त" भनेर गैह्रीको सालघारीतिर देखाइदिएछन्।  अझ " दुर्गा सुरु भैसको, बनाँ बाघ मच्या'छ, छिटो जाउ, नत्र तिम्रो खसी सिध्देला" पनि भनेका अरे।

 

एउछिन मै नमे निराश भएर तातो खोले घोप्टेको जस्तो अनुहार बनाउँदै फर्केछ। बुढाको गोठाँ झक्कले खशी देखेर "काँ'टी ल्यायौ यस्तो मजाओ खसी" भनेर सोधेको रे। "छोरी-ज्वाईँले खाजा ल्या'का हुन, पोहोर त हो नि सिन्कौलीलाई बिहे अरेर पठाको। यो पाली त पैलो दशैँ। खशी चैँ'नी गजबको लाएछन् ज्वाईँले। कति जति छ होला नमे यो? २ धार्नी जति त तिम्ले उठाउन पर्छ होला। यत्रो खशी कसरी एक्लै सक्छु र !" भनेछन् बुढाले। खशी हरा'को रनाहामा भएनि दशैँ चैँ गुन्द्रुकको झोलाँ नजानी भो भनेर नमे नि चित्त बुझाएछ के रे। अनि खशी जुरुक्क उचालेर "१२ धर्नी बिसौली छ" भन्न नपाउँदै खसीले त नमेको मुखाँ ल्याप्प चाट्दे'छ। बिचरो खसीले त चिन्यो होला नि आफ्नो मालिक। नमे त मुन्छे भेँडै हो के। त्यति अर्दा नि आफ्नो खसी नचिन्नी।

 

अनि अस्टमीओ दिन खसी काटियो के रे। म त एक्लो ज्यान, कता सिङ्गो खसी खोजम र, भनेर बुढा सअँ २ धार्नी मासु भनेको थेँ के रे। उता पुन्टेदाई फेरि घराँ खसी ठूलै ढाले पनि जिम्माल सअँ नि ३ धार्नी भनेका रे'छन। बाटुली भाउजुले थाह नपाउनी अरी त्यै धोबिनी पोस्नलाई चाहिएको होला नि। भुत्ल्याउने भाग पुन्टेदाइको र मेरो परो के रे। अन्खेरी तातोपानी खन्याएर बोराले ढाकीवरी अनि यसो बोरा झिकेर हेरेओ त खशी त सेतो पो भएछ गाँठे। पुन्टेदाईलाई त भननन्न रिँगटै लागेर ढल्लान जस्तो भो केरे। मैले समाएर थामेँ। कालो खसी मा तातो पानी हालेर बोराले छोपेर झिक्दा कसरी एकैचोटी सेतो भओ भनेर आत्तेछन के बुढा त। बैँश हुँदा नानाथरी पाप अर्दै हिनेका के रे बुढा। अझै पनि बाटुली भाउजुको आँखा छल्न पाए भने मिलिक्क गरेर त्यै धोबिनीकाँ नै हो बास। त्यै भे'र दुर्गा रिसाएर कालो खसी सेतो बनाइदिइन कि भनेर भाउन्न भएछ के तिनलाई त।

 

तर मैले चैँ कुरो बुझिहाले। अनि सुटुक्क पुन्टेदाइलाई मेरो पिलान सुनाएँ। अनि त जिम्माल सँग हाम्ले बिलाकमेल अरेम नि। मलाई २ धार्नी अनि पुन्टेदाइलाई ३ धार्नी मासु सित्तैमा। जय होस दुर्गे माता। नमेले चैँ आफ्नै खसीको मासु धार्नीको ५२० तिरेर २ धार्नी लगे'छ।


 
Posted on 10-11-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन कत्ती चाडो दौडाका हुन यिनिहरुले यो चौतारी आज
को को आयिसकेछन, के के भनिसकेछन, एक्छिन बसेर पढ्नु पर्‍यो पैला
लु सप्पैलाई नमस्ते है त
उफ्री ज्यु पनि आइसक्नु भएछ

 
Posted on 10-11-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज दुधको दुध पानीको पानी छुट्ट्यानु पर्यो बिर्खे जि। मलाइ यो लप लेटरको उत्तर चाहियो
 
Posted on 10-11-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार

हो नि बिर्खे बा गाई चरायो  घांस काट्यो बस्यो  नडरौनु बा मैले नि कालो पेटी सम्मा सिख्य छु भुक्क भुक्क हान्न तेस्ता उरन्ठ्यौला हरु लाई
 

अब गाई चराउन जने बेला भो भरे औंला नि है
गीत चाँही दामी गाउँउ हुदो राइछ हजुर ले नि हेहेहे


 
Posted on 10-11-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्यारो बिरु,

मलाइ हेर्दै साइड दिन्थ्यौं, म खुशि हुन्थें,
तर तिमी त मेरो साथीलाइ जाल हान्दो रहेछौ,
धेरै पछि पो थाहा भयो, तिम्रो सुन्दर् आँखाहरुले त,
पुर्वतिर हेर्या जस्तो गरेर पस्चिम पो देख्दो रहेछौ,
लौ न तिमी किन तेस्तो?

मेरि साथी तिम्रो सुन्दर नाकको बर्णन गर्थी,
म चाहि तिम्रो नाकभित्र कैले झिङा पस्ला भनेर कुरि रहन्थी।
तिम्रो स्वर अति राम्रो रे, मेरी साथी भन्थी,
मलाइ चाहि तिमी बोल्यौ कि बिग्रेको मोटरको याद आँउथ्यो।
पानी पर्दा बार्दलीबाट तल कोपरामा "ट्यारर्‍र्‍र्‍र्‍र्" खस्या जस्तो,
लौन तिमी किन एस्तो?


बाको पैसा चोरेर केटिहरुलाइ घुमाथ्यौं रे,
हरे, लास्टमा त मेरो साथीलाइ कालो ट्याम्पुमा पो भगायौ रे,
हे भगवान, तिमी किन तेस्तो?

regards,

crazy_love


 
Posted on 10-11-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ज्यु,

नमस्ते हजुरलाइ पनि मेरो।

हाल क्या है जनाबका?


 
Posted on 10-11-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकाल त Buy one get one free को जमानामा रिट्ठेलाइ पनि तेस्तै बम्पर उपहार पर्न लाग्याथ्यो। तेहि भएर रिट्ठे दोधारमा छ जस्तो छ। भुन्टिकि आमालाइ माया गर्यो भुन्टि सित्तैमा उपहार अनि भुन्टिको बा पनि। हे हे हे



 
Posted on 10-11-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एक हप्ताँ हिड्ने हो, दिन गन्न थाल्या'नि महिना कटिसक्यो, कहिलेई आउने हैन। यो ट्याम भन्या कुरो नि के हो के हो, साउको काम आधा भा हुन्न दे को ट्याम सकिन्छ।  दशै मान्न जाने भनेर दिन गन्यो घडी गुम्या हैन।
 
Posted on 10-11-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन भाउते दा र बिर्खे दा किन पोल खोला खोल गरेको। 

 
Posted on 10-11-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो बिचार  औरेजी मा एसो लेख्न मन लाग्यो  Robert Orben को---    Every day I get up and look through the Forbes list of the
richest people in America. If I'm not there, I go to work. 




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters