[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 252792 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-08-07 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नि, अब हाम्रा कामचोर चौतारी बासी हरु अफिस बाट मात्र हो चौतारी मा पोस्ट गर्ने। अब अफिस बन्द भए पछि सन्नाटा त हुने नै भयो नि।
 
Posted on 08-08-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाइ लाइ त पर्नु मर्का परेछ। अब बाढी पिडित को लागी सहयोग गर्न खोज्दा आफै बाढी पिडित पो हुनु परेछ।
 
Posted on 08-08-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई नमस्कार।

ओ हो नेप्चे, कहिले आको नेपालबाट? नेपालां सबै ठिक-ठाक नै होला हैन त? अनि जहान-परिवार लाई कस्तो छ?
कोसेलि जति सबै चौतारीमा बांडेको, म तिर केहि नि आइ पुगेन है, ल जे गर्ने हो गर
बिचरा पून्टे दाईलाई पर्नु सम्म परेको रैछ, एस्तो त ७ जन्मको सत्रु लाई नि नपरोस।
मानवि के छ?
 
Posted on 08-08-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिज्जुको मा पुगेन रे फेरी पठाउ नेप्छे
 
Posted on 08-08-07 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चि दिदि लाइ मेरो पनि नमस्ते। नेपाल बाट त अस्ती हो आइ पुगेको। जम्मै बेसै छ नेपाल तिर त। कस्को जहान-परिवार को कुरा गर्नु भको होला कुन्नि? आफ्नो त बन्दोबस्त भको छैन अहिले सम्म। अब तपाइ अलि ढिला आउनु भो, कोशेली जति त बाडी सके क्यारे गाउ मा।
 
Posted on 08-08-07 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली रेडियो सुन्ने हो कि??
याँ जाम!!

अहिले त्यो के हो कुन्नी टेस्ट अर्दै छम्!! कमेन्ट दिम के रे; अरु नि सुनामला पछि!!
डेरिकेसन नि अर्न पाम्छ के रे मुन छ भने!!
लु रिक्वेस्टहरु गरम!!

Last edited: 08-Aug-07 08:02 PM


Last edited: 08-Aug-07 08:19 PM


Last edited: 08-Aug-07 08:20 PM
Last edited: 08-Aug-07 08:20 PM

 
Posted on 08-08-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेडियो सुन्ने tara कहाँ जाम ? हुँदैन

bhaute:जिजु किन अरु गाम्मा मात्रै हिंडेको ?
 
Posted on 08-08-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन नेप्ची दिदी त मुन्नि को घर एकै तिर हो कि के हो? नेप्ची दिदी को मा कोशेली पुगेन, पठाउ भनेर मुन्नि को पो अर्डर आउछ बा। नेप्ची दिदी कहा कोशेली आए पछि म नि खाउला भनेर हो, मुन्नि?
 
Posted on 08-08-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुचा नेप्चे, मलाइ अलि नि नसम्झेको कोसेलि बांडने बेला
अब खै नेपाल गएर आएसि सबैको जहान परिवार् हुने भन्ने चलन छ क्या रे
आफुलाई के था?
 
Posted on 08-08-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


है है हैनेप्ची दिज्जु हजुरको र् मेरो घर एकै ठाम्मा छ है। थ्यक्कै तेही हो कुरो
 
Posted on 08-08-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची दिदी ले मलाइ छुच्चा रे। नेप्ची दिदी ले मलाइ छुच्चा रे।
लु एक पोको पुस्टकारी भेटे। नेप्ची दिदी ल हजुर लाइ तेही कोशेली भो नेपाल को।


 
Posted on 08-08-07 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारीमा कोही नदेखेर उता उता अर्को गाम तिर गा'को। यता मुन्छे भरिभराउ भैसकेछन् त।
नेप्चे, मलाई तितौरा खै?
गुरुले के ब्लकमा तितौराको मुखभरिको डल्लो मुखमा राखेको बिर्स्यो ?
म सँग त त्यो भिडियो अझै छ, तिमी हे हे हे गरेर हाँसेको नि देखिन्छ। त्यै भेर सम्झेको के।

नेप्चीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई भावीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई
नमस्ते।

आम्मामामामामामामामामामामामामामा सालीले सम्झिदेको ?
म त रिसाको हो कि भनेर बोल्न डर लाग्योन्त हौ।
 
Posted on 08-08-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैननी हौ रिसको किन रिसौनु। मेरो हिजो देखी घाटी खस खस गरिरको जिजुले गाली गरेर पो

 
Posted on 08-08-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब जे भए नि त्यै पुस्तकारीको पोकोले चित्त बुझाउनै परो, भाईले मायाले देको कां नाई भन्न सक्छु र
ही ही मानवि, अब हामी दुई बांडेर खाने हो नि, आउना साथ म फुन गरौंला है
तितौरी आइ भने फेरि बबाल हुन्छ, पुस्तकारि भनेसि हुरुक्कै हुन्छिन् क्या र
 
Posted on 08-08-07 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु, तपाइ को मा तितौरा पोस्ट गरेर पठाइ दि सके। मेल बक्स चेक गर्दै गर्नुस है, पर्सी सम्म त पुग्छ कि।
के ब्ल्क को पुराना दिन हरु न सम्झाउनुस, तितौरा सङ कफी खाको अझै याद आउछ।
 
Posted on 08-08-07 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली रेडियो
याँट जाम!!


सुनौ के रे!!
 
Posted on 08-08-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिज्जु हजुरले फुन गर्न साथ दौडेर १ मिनट्मा हजुरको म पुग्छु है । है

जिजु लाई सच्चिकै पठाएको

 
Posted on 08-08-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि साली भेना को कुरा पनि बुझि न सक्नु छ। लोग्ने स्वास्नी को झगडा पराल को आगो जस्तो, एकै छिन म मारमार गर्छन अनि फेरि एकै छिन मा मिल्छन।
 
Posted on 08-08-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो भौते, के सारो चिच्याएको, सब कुशल्-मङल छ हैन त? नमस्ते फर्क्याएं मैले नि लु।
क्या अर्दै हो? खाना भो त?
 
Posted on 08-08-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'लोग्ने स्वास्नी को झगडा पराल को आगो जस्तो'

नेप्छे नेपाल गएर झगडा गरेर आएको हो कि कसो ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters