[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 266498 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-08-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! दीप!

हाहाहाहा अब बिज्ञापनमा जोसिएर बोल्या सुन्दै कतै मासु नै हाल्न नपर्ने हो कि जस्तो लाग्या नि!


 
Posted on 01-08-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हँसाए जिम्मी बुडाले!
 
Posted on 01-08-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्लेहरु कता तिर मुन्तिए

 
Posted on 01-08-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरु कता तिर मुन्तिए


 
Posted on 01-08-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ठुलि को खबर? हाम्लाई नदेखेको?
सप्पैले तेही जिम्मी बुढाको  कुन्नी के कार्यकरम सुनेका छन बोल्नै छोडि सके
ओइ जिम्माल बा रिडिओ किन बन्द भओ?


 
Posted on 01-08-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

लोल जिम्माल !

अन्तर्वार्ताको नदेखिएको पाटो:

 इफ इम रिँडियोले अन्तर्वार्ता लिनी भनेसी आफ्नो त्यो रात निदै लाएन। दिनै-रातै प्वाँकी प्वाँकी मुइयाँहरुको सुरीलो र कहिले काहीँ अलि अलि खस्रो मिसिएको (बिहान उठ्नी बित्तीकैको र साँझ निदले झ्याप पारेपछिको सेउसी स्वर) सुनिराखेको। यस्ता छम्मकछल्लोहुरलाई अन्त्रवार्ता दिनी भनेसी ४ दिन देखि दिसा-पिसाब नै बन्द भएर बसेको। त्यसै त्यसै मख्ख पर्दै फूलको बासनाले लठ्ठीएको माहुरी जस्तै ढलीमली गर्दै पुन्टेदाइ तालु मुसार्दै, भउते-भाइ भुँडी मुसार्दै इस्टुडियोको ढोकामा ठ्वाक ठ्वाक पारेम्। एकजना श्री श्वस्थानी परमेश्वरीको कथाका शिवशर्मा जस्ता ७० बर्षका ब्राम्णले घुरुक्क ढोका खोले। ती ब्राम्मण कस्ता भने हेर्दै उराठ लाग्दा, यति लामो जटा भएका, आँखा निक्लेका, गाला सुकेका, दाँत नभएका, मुखबाट र‍्याल चुहीँदै गरेको, हात खुट्टा हेर्दा खेरि बाँसमा पलास्टी बेरेको जस्तै देखिने हड्डीमा छाला बेरिएका, अझ भनुम भने ज्यापुदाईको आलुबारीमा लगेर राख्ने हो भने त्यहाँ भएको बुख्याचा पनि डराएर भाग्ने जस्ता, यिनलाई पुत्ताउन त टायर-मट्टीतेल-झीँजा केही नचाहिएला जस्ता, आफै सुकेको झीँजा जस्ता, कच्याक खुचुक पारेर सलाइ कोरेर लाइदिएपछि हुरुरुरुरुरुरुर बलेर निमेषमै खरानी हुने खालका। यिनै बृद्द-कुमारले म नै हुँ सम्बाददाता-बिर्ख बहादुर बोगटी भनेर भनेर भन्दा भए।

पुन्टेदाइ त यी खप्परेश्वर-बाबालाई अन्तर्वार्ता दिन भन्दा बरु धोबिनीकै त्यै पेटिकोटको तुनाले बुढो बकैनाको सुकेको हाँगामा पासो लगाएर मर्छु भनेर फुत्त निस्कन खोज्दै थिए। तर आफूलाई भने सास हुन्जेल आश। इफ ईममा सुनिने छबिलाहरुको दर्शन गरेरै जाने भनेर पुन्टेदाइलाई नि सम्हालेर राखियो। पुन्टेबुढा भने रगत चुस्दा चुस्दै छुटाएको बाघिनी जस्तो ङुर्किँदै थिए। अझ ति अस्थी-बाबाले नानाथरी प्रश्न तेर्स्याउन थालेपछि उनको चिल्लो खप्पर तातोले रन्केर बाँकी भएको २-४ वटा रौँ पनि झर्न थाल्यो। अनि त उनि सम्बाददाता माथि नै खनिन थाले। सम्बाददाता झ्यालबाट फुत्त उछिट्टेर बाहिर निस्केर बाहिर टाप ठोके, पुन्टे बुढा माइक उठाएर "इश खा" भन्दै माइकले आफ्नो खप्पर ठोके। आपू चैँ ४ दिन देखिको बन्द खोल्न टाप ठोकियो।


 
Posted on 01-08-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु पर्बते, रित्थे भाउते दा आउनु भएर। के हुँदै छ ताअाअाअाआ?
भाउते दा दामी छ


 
Posted on 01-08-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! भौतेकाजीले नि हँसाए!

अब त स्वस्थानी नि आउन लाग्यो। पोहोर साल गालबले भन्या थे कथा, अलि अलि हेल्प मैले गर्या थें। यसपाली चैं 
कसले कथा भन्ने हो, हात उठाम्!
 
Posted on 01-08-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ.... खेँ.. खेँ... खेँ.. खेँ...

गावँले लोग हसावनुहुन्छ।


 
Posted on 01-08-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


madanwaa lai ni darsan gare hai .

 
Posted on 01-08-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मदनबा,
के छ हजुरको खबर? ओ लरकी को के छ?
यो ससुरा र सुसरा एउटै हो भन्या?
म्याड्डु को आज फुर्सत कसरी भएछ?
मदन्बा, एउटा कथा लेख्न परो (सम्बाद के) लरका अनी लरकी को
जे राम जि कि


 
Posted on 01-08-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि भि दर्सन फेँकेछु बड्किको।

कथि हालखबरिया छ? हमि देखेँछु तिमी पुरे लाँव अस्टोरी लिखेछ साझामे। हँ? त कथि बात छ? बहुत रौमन्टिकवा भएछ रे छोरि आजकल?

सला हमको भि लाव करनेको बहुते दिल करेछ, पर कथि करने लाँव करनेको लरकि चाहिनेको पर्छ।


 
Posted on 01-08-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भगुत भाई आ जिम्माल बुर्हो खुम हसाएछ आज आके हैन रे मदनवा?
रे मदनवा अस्ती चोतारि गैट टुगैदरमा तिमी इधर आइके जो घुमे छ जगह जगह त सबसे बढीया कून जगाह लागेछ तिमीलाई? और जाइके ऊ टाईम्स अस्क्वायर मा पुनटे दाजुले टी-शार्ट बेच्दा तिमीलाई कून कूरा को बहुते याद आयो भन्दे थियो तिमी
और जाके ऊ अंपाइरवा बिल्डिङमा सबसे उपर जाके के गरेउ सो पनि बताइदिहाल
खेँ.... खेँ.. खेँ

 
Posted on 01-08-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारम् क्यारम् भो। वाशरुम नि ४ तला भरेङ झरेर जानु पर्छ।

झगडा अर्ने कोइ माइकेलाल नि निस्केनन्। पुन्टेदाइ नि आसनाँ ठेला निस्किनी अरी जोतिदैछन् होला। गोताएँ  हातमा कापी-कलम बोकेर आर्याको पछि पछि लुखुर लुखुर हिन्दै कथा लेख्दै फुर्सद छैन जस्तो छ।  आर्यालाई ठेस लाग्यो भने लड्छिन कि भनेर समाउन जान भन्दा पहिला कापीमा " आर्यालाई ठेस लाओ" भनेर लेख्दा हुन्, के को चौतारीमा मुन्टिन फुर्सद हुनि तिनलाई।  अन्तरेदाइ मेरो धोबी पछाड गर्नी भन्थेँ, अस्ति मेरो बडी देखेर तर्सेका अझै होसमा आ'छैनन् जस्तो छ।  अब रिठ्ठेसान को त के कुरा गर्नु नउफ्रीकन त आउँदै आउँदैनन्। १२मासे भनेको त्यै ठुल्नानी, जनाना सँग के निउ खोज्नु। यसो जी-को तालमा झगडा गर्ने भनेको निशेडाँका हो। उ पनि डिंगोको चुच्चो साह्रै लामो भो भनेर लगाइ लगाइ डिङ्गो काट्दा खुट्टाको औँलै काटेछ। पैले पैले फुस्रे-जोगी नि पाखुरा सुर्किन्थ्यो, अचेल गायब नै भयो। भावीहरु सँग के झगडा गर्नु, भावीका बुइनीहरु बिच्क्याउन मात्र। साली-नानी सँग झगडा गर्नुको अर्कै मज्जा थियो, तर साली-नानीको रिसले अनुहार तात्दा तात्दा अनुहारको मुखुण्डो नै पग्लेर स्वात्त भुइँमा झर्यो।  जिम्मालको नलीखुट्टोको बाँसुरी बजाउने रहर रहर नै रह्यो। मदन्वाको त के कुरा गर्नु, झगडा गर्न भनेर आउँछ, खेँ खेँ खेँ गर्छ, अनि मुखभरी थुक भरिँदोहो--त्यै भेर प्याच्च खैनी थुक्न उता जान्छ फेरि अर्को राउण्डको खैनी हाल्छ अनि पाखुरा सुर्किन्छ फेरि खेँ खेँ खेँ गर्छ र थुक्न उता जान्छ, सधैँ त्यस्तै।  दादाको नामै मात्रै दादा, पैले पैले त "मेरी बुढी किन हेरेउ?" भनेर खुब निहु खोज्नीहुन। पछि पछि कहिलेकाही आएर "लुखुरी खुरी खुरी, हुर्र हुर्र हुइ हुई, जदौ" भनेर भए नि जान्थे, अचेल त हिउँदको साँप जस्तै भुमिगत भए, कहिले काहीँ छुस्स आएर पोरा हल्लाउँछन् जान्छन्। नमेको गासैमा दौँतरी, सासैमा दौँतरी तारेमाम्। मर्नीबेलाँ नि "राम नाम भन्नुस" भन्यो भने "दौँतरी" भन्ला जस्तो।    मसँग पाखुरा सुर्किने यीनैहुन् जस्तो लाग्छ। बाँकी गाम्लेहरु सँग त सौहाद्रपूर्ण सम्बन्ध थियो के रे। कोही निहु खोज्नी हो भने आए हुन्छ।


 
Posted on 01-08-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१२मासे भनेको त्यै ठुल्नानी, जनाना सँग के निउ खोज्नुlolwa lolwa

 
Posted on 01-08-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिस्सी नपरेको भाउते दा किन एक्लै पागल जस्तो कराइ राखेको।

 
Posted on 01-08-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



१२मासे bhaneko ke ho?????????????


 
Posted on 01-08-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters