[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 202129 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-15-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी तिमीले मलाई नै त भनेको होलाउ नि है? कहाँ बिर्सिनु तिमीलाई? तिमी आउछौ नै झिलिक्क झिलिक्क अनी तिमी आउँदा म हुन्न म आउँदा तिमी हुँदैनौ अनी तिम्रो के छ?

लहरे त्यो त मैले बुझे बेलान कुबेला चिउरा खाने भनेको त हो नि। बाँकी चै तिमी बुझाईदेउ त साथी।

Last edited: 15-May-08 04:33 PM

 
Posted on 05-15-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सेतो कपालमा बेट्रि फोरेर कालो लाउनेरोट्फल रोट्फल

 
Posted on 05-15-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीले कस्तो ठ्यक्कै चिनेको, हो नि तिम्लाई नै भनेको। अनी चि चि माम खायोउ त? मेरो पनि सबै ठीक छ भन्नु पर्यो, मैले सुनेको तिमी त छिट्टै नेपाल जादै छौ रे, हो र? 

 
Posted on 05-15-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय गाम्ले दाजुभाइ तथा दिदिबहिनीहरु,


सबैभन्दा पहिले क्रान्तिकारी अभिबादन टक्र्याउन चाहन्छु !!!!
चौतारी मन्त्रिपरिशद  कार्यालय द्वार जारी बिभिन्न सुचना प्रति हाम्रो ध्यानाकर्षण भएको छ । मन्त्रिपरिशद प्रमुख श्री बिर्ख बहादुर बोगटी द्वारा आफ्नो मनोमानी ढंगले कार्यबिभाजन, हेरफेर तथा घटुवा गरी भिन्न मत राख्ने हरु प्रती जबर्जस्ती कारबाही र  आफ्नो नातागोता हरुलाई पदभार सुम्पेकोमा हाम्रो पार्टी घोर आपत्ति ब्यक्त गर्दछ । चौतारी को बिकास उत्कर्श तिर लम्केको बेलामा हाम्रो बिपक्षी पार्टिलाई समेत् सहभागि गराइ नयाँ चुस्त दुरुस्त कार्यपालिका गठन गर्नुपर्नेमा असुहाउदो तलब भत्ता सहित् आफ्नो कार्यकर्ता पोस्ने काम भएको कुरा यहाँहरुलाई अबगत गराउन चाहन्छु । तसर्थ हालसम्म भएगरेका निर्णय हरु माथि पुनर्बिचार् गरी गाम्लेहरुको मन जित्न सक्ने जनप्रिय निर्णय नलिएमा 'चौतारी बन्द' सम्मको अप्रिय निर्णय लिन हाम्रो पार्टी वाध्य हुने ब्यहोरा जानकारी गराउछु . सलाम चौतारी


चौतारी साम्यबादि पार्टी  
(सबै सदस्य को समान हित को लागि गठित)


 
Posted on 05-15-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाई त चित्त बुझ्या छ बा
यो पर्वते माट्साब कम्ता चम्बु छ - उस्लाई कुनै पनि बिभाग परेन भनेर,
पाको भये चुप बस्थ्यो, के गर्ने है,
आफुलाई अर्को एउटा बिभाग परेको छ, एकचोटी फेरी सुनाइदेको    
 
Posted on 05-15-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज लाई यही तारेमाम। भरे टाँस्टुस कार्यक्रमा मा भेटुंला।
 
च्याँङवा
Posted on 05-15-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कास्दु कुर कार्चा जिम्माल....मोइच्याङले छुर्पि ल्या होइ च्याङबा बानेकु थियो र मो खाच्चारनिले दुध दिना छोर्यु के को छुर्पि बानाउने हो बानेरा गामेरा बासेकु थियु..... चाउदारीमा मुखा देकाउना आयु बाने मोइच्याङेले काराउचा बानेर हेरेरा माद्दाइ जान्थ्यो तेत्तिकाइ अद्दक्छेबारा निकाल्देचा मोलाई .....

मोइले खाच्चार ग्रुमिङ कारेरा काच्चारको सुन्दारी पार्तियोगिदा काराइ साक्यु......मोइले ग्रुमिङ कारेको खाच्चारनि जिरी देखी माथि, ल्हासा देखि ताला कु साप्पाई खाच्चार्निलाई पाछारेरा सुन्तारीकु टोपि लाकाइसाक्यु.... त्यो देकेरा म्हेरो लोल पोनि ह्यान्साम पार्तियोगिता कार न च्याङबा मोइले जिद्चा बानेरा मोलाई बास्नु कानु देको चाइना अझा मोलाई आदाक्चेबारा निकाल्यु बान्चा।

मोलाई अदाक्चेबारा निकान्दियु बाने म्हेरो यो लोल खाच्चार रिसाउचा मो पोनि रिसाउचा...... बुढाकु नालि कुट्टो मोइले ठानाक्का तिन ठाउमा बाच्दिन्जा आनि खाच्चारमा लोड कारेरा च्यानाकुटु पार्दाई लाकेर भुटेकुशिमा हाल्दिन्जा आनि कान्जा


 
Posted on 05-15-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

कुम्ले,

 म रिसाम्दिन के ,   रिसाअस्तो मात्रै  अरेकिम  

झिल्के ब्रो,

हउर र दिप  अस्तो सूचना  निकालेर हराइदिमको अस्तो नि लाउच कइले त  , फेरि  हउरले मिस अर्ने भा हुनाले  त्यो कुरो नि तस्तै भा'च हिहिहि

जिम्माल बा ,

हउरले जे जे पाती पद बिनाको भार दिने र बेला बेला मा नानाभाँती सूचना निकालेर  चौतारीका म जस्तै ज्ञानी  सोझी मिसलाई अन्योल पार्ने र  अधिनायकवाद निम्ताउन शंभावना भएकोले   हउरको अहिलेको अवस्था हेरि  जिम्माल्नी आमैको अनुरोध  मुताविक समय  अणुसार चल्नु पर्च भन्ने मान्यता राक्दै  मैले हउरलै जिम्माल बाट च्यान्टे जिम्माल मा बढुवा अरेकिम । मेरो आशय  बमोजिम हउरले पनि आफ्ना रैथाने रहनसहन त्यागी नयाँ पहिरणले सजिएको पाउदा र अब हउरलै प्रौढशिक्षाको हैन बरु छिट्टै नै   'प्रि प्राइमेरीको टिचर' को आवस्यता पर्ने कुरो अनुमान गर्दै   सो पदभार लै मैले नि अइले चै राजी खुशी स्विकारेकि  छु भनेर निबेदन गर्न चाहन्छु 

माष्टर्नी -नानी

 

'एकजना महान गजलकार संग वार्ता भैराखेको छ। '

लौ जिम्माल बा यो मेरो  गनथन गजल  हुनलायक छ छैन भा छ छैन हेर्दिन अनुरोध गर्नु  पर्यो उहालै

सोचाई मात्रैले भेटको मन बेग हान्छ
नयन स्पर्श हुने त्यो डगर कस्तो होला

Last edited: 15-May-08 05:15 PM

 
Posted on 05-15-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विष्टेजी,

  मनाआँ  जे आम्च त्यहि लेक्दा हाँसो उठ्ने खाल्को हुन्च होला के  , धन्यवाद है :)

त्यो माथिओ  चौतारीओ फटुआँ म कता छु ?

 रिठ्ठेभाइ  म रिसाको हैन के त्यो जिम्माल बा ले लेखेओ देखेर झओक चलेको मात्रै

'बुढाकु नालि कुट्टो मोइले ठानाक्का तिन ठाउमा बाच्दिन्जा आनि खाच्चारमा लोड कारेरा च्यानाकुटु पार्दाई लाकेर भुटेकुशिमा हाल्दिन्जा आनि कान्जा'

  खुच्चीङ्ग  जिम्माल  बा ,

हउर चै अब  भुटे कुशिमा 'च्यानकुटु च्यानकुटु झ्याईँ गर्ने बाजा..."

मलाई चै  च्याङ्वाले  लेखेओ देखेर खुब हँसाउछ  


 
Posted on 05-15-08 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ ए गाम्ले हो आफ्नो त फ्रीज रित्तो छ आझ, सब्जी मन्डी जानु छ किनमेल गर्नु छ वाक्क पो छ त गान्ठे हो, नेपालमा भएको भये घर अगाडि गएर किनेर लेर आएर पकाउनु हुन्थ्यो, यहाँ त जाबो एक मुठा साग किन्ननी कोसौ कोश जानु पर्ने है वाक्क भनेको नि।

 
Posted on 05-15-08 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चईनि, के जाति औपचारिक निवेदन हाल्न त जान्दैनम् के रे हामी। पड्ने बेलाँ गुलेली हानेर, चईनि, उमेर बिताईयो। तर, टराइ मारम् मारम् झैं लाओ, चईनि, कुरो जो एउटो निवेदन अरम् भनेर।

के जाति, चईनि, मन्तरी परिसद,

चौतारी गाम्।

महोदय,

राहुलदाईलाई, चईनि, "बुढा भाई" मा बढुवा अरेको था' पायम्;

"बुढा भाई" मा, चईनि, बढुवा भएसि, ७० बर्सेओ बुढा झैं वहाँको रनक्कै कन्सिरी तातेको, चईनि, जो हाम्ले नि याद अरेम्; 

राहुलदाई नेपाल खाल्डाऽ म:म: साहु "जुजु भाई" सरहको जिम्मेवारी जो बोकेका छन्;

अत:

वहाँलाई अझै बढुवा गरियोस्, अनि नयाँ पद दिलाईयोस्;

नयाँ पद: "जिजु भाई" चिलिमे, नाटक गर्छन् फिलिमे।

भवदिय,

पुन्टेन्द्र हरि ‌ॐ प्यारा


 
Posted on 05-15-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ चाडै गरौ है आफुलाई त
डाँडैमा मेला लागेछ कान्छीले बोलायी रहेछ, नजाउ भने उस्ले कुरी बसेछ।
रेडियो खै खै।
 
Posted on 05-15-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै भन्या भएननी यस्तो तरिकालेत लौ चाडै गरौ, आफ्नुनी तीन गाउ पर जानु छ, चयिन्जो त्यो के जाती हो डिनर खान बोलाका छन एउटा नेपाली दाजुको मा छिट्टो गरउन हो।
 
Posted on 05-15-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-15-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क दाई सरी मैले त देख्दै देखिन, ल बजाइदिएँ हजुरलाई डाँडैमा मेला लागेछ।

 
Posted on 05-15-08 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 डाँडैमा मेला लागेछ...धेरै दिन पछी यो गीत सुन्न पाइयो। दिपु, राम्रो गीत।

म चाइ एउटा पुरानो गीत बजाउछु। माया को बारिमा पिरतीको फुल ....

 


 
Posted on 05-15-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हर्के तिम्रा गाउमा सब्जी मन्डी कताँटी आए नि?
हेर्नुस् त पुण्टे दाई, हर्के हाम्रो सब्जी मन्डी जाने भन्छ !

हा हा हा पुन्टे दाई तपाईं चट्टान ( यु रक भन्या क्या )


 
Posted on 05-15-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I miss my old days

 

 


 
Posted on 05-15-08 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह !

पुकारता चला हुँ मै

 

 

 


 
Posted on 05-15-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे र नेप्चु आज  तिमिहरु बजाइदेउ है गीत
जादु तेरि नजर राम्रो गीत् रिट्ठे
अखियोकि झरोको से----शुभरात्रि


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters