[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 143873 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-22-06 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो पनि नमस्कार सप्पैलाई। मेरो पनि फाइन थ्यांकु छ। सबैलाई फाइन थांकु नै होला के रे।

चौतारीमा त कुन्ते, खुन्ते, गुन्ते, घुन्ते.........ज्ञुन्ते सम्म हुनलागेछ। कति रमैलो हो गाँठे।

:-)
-भउते
 
Posted on 12-22-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्तु र लुन्तु लाइ म नि गाइदिन्छु लsss तिमि हरु पनि गाउ सङसङै ल :D

जिङल् बेल्स्, जिङल् बेल्स्
जिङल् अल् द वे
ओह् व्हाट् फन् इट् इज् टु राइड्
इन् ओन हर्स् ओपेन स्लेइ

जिङल् बेल्स्, जिङल् बेल्स्
जिङल् अल् द वे
नाउ द ग्राउन्ड् इज् व्हाइट्
गो इट् व्हाइल् उ आर यङ्
टेक् द ग्रल्स् एलोन्
एन्ड् सिङ दिस स्लेइङ् सङ्

जिङल् बेल्स्, .... :D
 
Posted on 12-22-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, यो तितौरी त भुरा-भुरी सँग ताराबाजी लै लै खेलेर बसेकी रे'छ बाई।

मेरी प्यारी तितौरी,
कल्ले लाउने मितौरी
भेना आए मस्किन्छे
दाजु आए ठस्किन्छे

गर्न केही जान्दिन
नबोल भन्दा मान्दिन
उमेर यिनको बढ्ने भो
चिन्ता मलाई चढ्ने भो

दिन्थेँ एउटा आए त
भेना जस्तै पाए त। :p

:-)
-भउतेदाइ
 
Posted on 12-22-06 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेदाइ छुच्चो
भेट्नुहोला कुच्चो

मलाइ धेर् न उठाउनु रिस्
ऐले म फेरि गाइदिम्ला गीत्

पानि को रिम्झिम् बर्सात् को बेला sss :P
 
Posted on 12-22-06 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब देखि चौतारी बाटै तारेमाम भन्नु पर्ला । यात्राो आपतको बेलाँ स्याटर हान्ने मात्र, म: म्: खाँदैं बस्छु, म:म्: खाएको नि भन्दिन अब ।गुर्‍र्‍र्‍र्‍र्‍, गुर््र
 
Posted on 12-22-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्स ब्रो!!
दामि खोक्यौ ब्रो तिमीले! :)

आपुईssss !!
तितौरी त रिसायो भने त गित पो गाउँदो रेछन्त!
आबो रिस उठाउन पर्यो, अनि कुल भएर गित सुन्ने :)
 
Posted on 12-22-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भएको के भन्दा नि हाम्रा राहुल जेठा अस्ति देखि चौतारीमा लुखुर लुखुर लार हिडि राख्या है। आफु परियो जोगि बन्न हिड्या मान्छेम कर्मले भनु कि कन्नेले गर्दा पुरै चाहि हुन सक्या छैन।। अब जे भे नि आधा जोगि को कर्तब्य त निभाम्ने परो के रे तेहि भे र तेहि बम भोलेको मन्दिराट एक दुइजना आ का जोगिहरुलाइ फकाइ फुलाइ गरेर दुइ सर्को बुटि ले र आए।
अब बाटोमा राहुले बुढा भेट भो। बुढा त बाटो छोड्दैन बा, भरौ न भरौ चिलिम भन्छ। म छैन भन्छु बुढो मरिकाटे मान्ने होइन। लु त नि भनेर त्यो बिदेशाट ल्याको भनेको चिलिममा भरेर दे को त बुढा त सेन्टि फ्लाट।। त्याट त म:म: बाहेक केहि नभन्ने। भे न भनेर धोबिनिकोमा लगेर २ प्लेट म:म: नो ख्वाए, अझ म:म: भन्छ बा। अब जोगि संग त्यो भन्दा बढी पैसो काँ ट हुन्थ्यो। जाम् दाइ भनेको मरे मान्ने होइन। झन धोबिनि को पेटिकोट तान्न जान्छ बा।। धोबिनी त 'पुन्टेले भकुर्न नपुग्या *ठास्न्याहरु' भन्दै जंगिन थालिहाली। अब अस्ती भर्खर भौते र पुन्टेको महाभारत देख्या आफ्नो त सातो।।। राहुले बुढा अझै समात्न झम्तिन्छ बा धोबिनि तिर।। आफु चाहि ज्यान जोगाम्न परो भनेर लागियो पाटितिर।।
अब आज एकाबिहानै हल्ला पो सुन्छु बा पुन्टेले खोज्दै छन भनेर।।
क्यारम क्यारम भो।। तेस छी अलि भेको खात्राक खुत्रक बोकेर लागियो २ ४ महिनाको लागि बाबाधाम तिर पुगेर आम्नु परो भन्दै; शायद त्यो बेला सम्म सामसुन भेहाल्ला कि भन्ने आसमा।।
बाटोमा फेरि चित्रे र भौते भेटिए।। जय शम्भु भनेको त केहि भन्दैन दुबै जना। अब नुन खा कुखुरा जस्तो अनुहार ला र भसिराखेका।। के भो भन्दा त एक जनाको जुरेली गाएब छ रे अर्कोको ठुली को खबर छैन रे।। केहि हुन्न धन्दा नमान भनेको त, केटि मात् हराभे त हुन्थ्यो के रे जिम्माल्नी काकि नि रुँदै छिनम जिम्माल बुढा नि ते हि दिन देखि छैन रे घरमा भो त।। शिव शिव के सुन्नु परो यो बेलामा।। त्यो नि तिर्थ जाने बुढेसकाला।।। धत्।।।।...:p
चित्रे त हरेस खाइसकेछ खोज्दा खोज्दा।।। मसंगै जोगी बन्छु भनेर छुट्टि।। बल्ल तल्ल सम्झार हिडे म।। तर तेसको होश ठेगाना छैन भन्न त भौतेलाइ जोश राख भन्या छु के रे। अब त्यो आफ्नै होश नभा को के ठेगान।। अब जे हुन्छ शिवजी कै भरोशा।।।
जय शम्भु।।।

 
Posted on 12-22-06 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!
हन ए जोगि, क्यार्न तेति बिधि बचन र आरोप लाम्छौ हँ मुलाई?
यो घाट लाने उमेरा क्यार्न तरुनिआ पछि लाग्दाहुम् राम राम राम!
बुढो भएसि जोगिले नि हेप्चन भन्ते हो रेछ।
त्यो जुरेलि! कठै हेर्दा नै कल्कलाउँदि बच्चि छे तेस्तोलाई मैले आँखा लाम्दाहुम? नरायण!
अनि तो ठुल्नानि? बरा, देखो कि भित्रै देखुन 'बुहारि' भन्न मन लाउछ तेस्तोलाई पाप चिताम्दा हुम? भन्न सक्तैमा जे मन लाउछ तेई नभन जोगि, पाप लाउला!
हन ए भाउते र चित्रे कता मरेउ तिमेरु? झट्टै आओ याँ म बुडोलाई पातकी बनाम्ने खडएनत्रे अर्न लाए!
हरिशरणम!
 
Posted on 12-22-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे राम्, तारेमाम्!!! के सुन्नु परेको यस्तो, एक चिलिम भएए पछि, एक प्लेट म:म्: खाएसी कबिता लेख्ने राहुले माथि केके हो के के? जोगी को सुद्धी हराएछा बा । कबिता बहेक सबिता, रमिता, सरिता, बबिता कसै मा त आँखा जांदैन, धोबी नि रे, हे प्रभु, पुन्टे सँग जोरी खोज्ने मेरो हिम्मत कहाँ हुनु, राम राम्, तारेमाम ।
 
Posted on 12-22-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी सप्पै पुन्टेदाइ का किलकाँटा हुन ल !

हिजो ती बेल्डाँडाका अर्धजोगी सँग छुट्टिएर आउँदै थेँ। अब अर्धजोगी त भन्न परो नि। काम क्रोध लोभ मोह छोडेर हिनेको मुन्छे, यसो तरुनी देख्यो कि सटक्क सड्केर उत्निखेरै कपालाँ किउँ-कार्पन तेल हालेर हिन्छन। चित्रेको त लगभग पक्का भाको कुरो। क्यै आशर्य भयो भने ठूलीकै दोष भन्नु परो। त्यसमाथी ठूली सारै बुझ्झकी छे के।

आफ्नो त त्यो भर्खरकी पोथ्री जुरेली। भेना ले जे कानमा जे फुक्यो त्यै कुरामा बत्ताउँदै हिन्छे। नहिनुस नि कसरी बरा। जतिखेर नि भेनाकै चङ्गुलमा छे। बाहिर क्यै देख्न नपाउनी, कसै सँग कुरो अर्न नि नपाउनी। कुरो के हो भनेर बुझ्न परो भनेर हिजो जिम्मालकोमा पसेको त म आँगन को डिलमा नपुग्दै भित्र बाट जिम्माल फुत्त निक्ले के रे, दुकुर्दै। अनि जिम्मालका पछि पछि सिल्टेको थाल पनि भूनुनुनुनु गर्दै कृष्नको चक्र जस्तै घुम्दै निस्क्यो। कसो कसो जिम्माल छलिएर हो , नत्र घिँच्रो मै उधिनिएला जस्तो भा'को।

अब मलाई त के थाह र ! गाममा शहरका केटाकेटी आ'का, जिम्माललाई त्यो पीलेट हावामा हुर्र फालेर छोप्नी खेल सिकाएछन कि भन्नी ठानेँ। अन्त्याँसी "के हो जिम्माल, बुढेसकालाँ जिम्माल्नी सँग केटाकेटी जस्तो पिलेट फाल्नी खेल खेल्या?" भनेर सोधेँ। अन्त जिम्माल "भाग भउते, जिम्माल्नीलाई गर्हौँसुर-माई चढेको छ आज" भन्दै दुकुरे। उसै त जिम्माल्नी, झन त्यस्ता बेलाँ मलाई देखेर "यो भउते डाँका, न आफ्नो घर बसाउँछ, न अर्काको बसाउँछ, असत्ती ! " भन्दै हातको हगुल्टो मलाई पो झोँस्न आउँछिन।

अब त गाममा म एक्लै छैन है जिम्लाल र पुन्टेदाई। यहाँ त मेरा भावी, बैनी, भान्जी सप का सप छन। मैले चाहेँ भने तिमीहर्का कपाल मात्र हैन आँखिभौँ पनि च्यात्छन, सबै मिलेर।
कुरो के हो यै चौतारीयाँ दुधको दुध, रउसीको रउसी पारेर भनुम।

:-)
-भउते
 
Posted on 12-22-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के जाति दूधओ दूध रउसिओ रउसि भुनेर हामि बुडालाई क्यार्न डुबाम्न खोज्छौ ए असत्ति भाउते?
म त तेति कुरो नै अर्दिन अनि पुन्टे बुडाले जे बोलेनि मनाँ पाप राख्तैनन गाँठे!
हुँदा हुँदा झन कुरो बुझाउला गाम्लेलाई भनो यो भउते त झन सुरिएर अड्को थाप्छ बाबै!
तिमी उरनठेउलाको कुरो जति सुनेनि उस्तै हो! लु मेरा कानाँ मजाओ हिन्दि गिद बजो म सुन्न थालेँ!

जीन्दगी कि ना टुटे लडि
प्यार कर ले घडि दो घडि
हो लम्बि लम्बि उमरिया को छोडो
प्यार कि एक घडि है बडि
प्यार करले घडि दो घडि

उन आखोँका हँसना भि क्या
जिन आखोँमे पानी न हो
वो जवानी जवानी नहिँ
जिसकि कोहि कहानी न हो
आँशु है खुसि कि लडि
प्यार करले घडि दो घडि


आज से अपना वादा रहा
हम मिलेंगे हरेक मोड पर
दिलकि दुनियाँ बसाएंगे हम
गमकि दुनियाँका घर छोडकर
हो जिने मरनेकि किसको पडि
प्यार करले घडि दो घडि

लाख गहरा हो सागर तो क्या
प्यार से कुछ भि गहरा नहिँ
दिलकि दिवानि हर मौज पर
आशमानोँका पहरा नहिँ
टुट जाएंगि हर हतकडि
प्यार करले घडि दो घडि

 
Posted on 12-22-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला, यो राउले नि हिन्दूस्तानमा ४ साल बिताएको मुन्छे, हिन्दी मे बात गर्न तो हाम लाइ नि आउछ । जोगी सँग बहुत नाराज छु, सायरी र डायरी बाहेक नछुने मुन्छे लाई धोबी नि सँग जोडएर बा, क्या न मज्जा भाई गयो ।
 
Posted on 12-22-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त भनेओ राहुल दाई, तो के के जाति के के आरोप ला'र बुडो मुन्छेहरुलाई!
तर तपाई चिन्ता नअर्नुस तो धोबिनिको कुरो पुन्टे बुडाले सुल्झाम्छन्, हउरले चिन्ता अर्नु पर्दैन, हउर मजाले गौशालाको मम खाम र बुटि तानुम बरु बाँकि छ भने एउ सर्को यता सारुम न! अनि यि गाम्लेलाई खा'को र तानेओ कुरो नि अर्दिन मु त, बेकाराँ कुरोको चुरो निकाल्छन्!

लु एउडा अर्को हिन्दि गिदओ टुक्रो सुन्नुस बरु-

ठहरे हुवे पानीमे कंकड नमार सावँरे
मनमे हलचल सि मच जाएगि बावरे

तेरे लिए हुँ मै अन्जानि
मेरे लिए हे तु बेगाना
बेगाने ने अन्जाने का
दर्द भला कैसे पहचाना
जो इस दुनियाँ ने ना जाना
ठहरे हुवे पानीमे कंकड नमार सावँरे
मनमे हलचल सि मच जाएगि बावरे
 
Posted on 12-22-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, माइला, कुरो मिल्यो, जेठाको । म:म्: त अघी नै खाको, बुटी चाइं बाकी छ हो, माइला । लौ एक सर्को हान्देम । ज शम्भो, तारेमाम ।
 
Posted on 12-23-06 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्दा पर्दा हुन् के रे आफ्नो मुन्छे भन्थे, पर्दा त टेंढो टेंढो बाटो लाउनि यि खातेहुर, मरेसि मलामी नि आउला कि नआउला, बिश्वासै भएन!

यो बुढो ज्यानाँ यसो रस भर्नि तेई धोबिनी एउटी थिई, राहुले ले आँखा गा'डो। सालीहुर त छन् त नि भन्न हुन्थो, भउते र जिम्माले को लुछा लुछ! च्यात्तिएर दुई टुक्रा भएसि कठै मेरी साली जुरेली, न भउतेका, न जिम्मालेका, उही यमराजका होलिन् र लोप्पा खालाऊ!

अर्ध जोगीको त कुरै नअरम् के रे। मुकाँ राम राम, बगलीआँ छुरा! जट्टा बाँधेर, रुद्राक्ष भिरेर, तो के जाती बल को पछि पछि कुद्ने जोगीको नि भरोसा होला त? कलिजुग नि चरण सिमा नै पु-याम्ने त नि! काँ जाम, कसो अरुम्, म त हार खायें बाबै!

कोई कठै कुमलवाको चउपटी चोर्नी, कोई चित्रेको ठुलीलाई आँखा लाउनि।कसैका लुटेका थिइएनन्, न कसैलाई मारेका थिए। गरि खान दे हुने के रे। आफु त तेई आज हो कि भोली, तन्नेरी बैंशका कुमलवा र चितरवालाई त रहर पुर्याम्ने देओ! मेरी धोबिनी कै च्यात्त्या पेटिकोटको कस्सम्!

यो बेलाँ सब घुसि सके होलान् के रे ओछ्यानाँ। अरु बेलाँ हेपि हाल्छन्, कोई नभा' बेलाँ फतफता'र मन हलुको पारम् भुनेर के!

बरु, केटाहुरको भरोसा भएन के रे, बुईनीहुरले नै यो दाईको सास धान्देलान् जस्तो पो ला'गो। लु, पोई नपाई सक्या भे कोई नपाओस् के रे, सँधै येई दाईको सेवा अरेर बसेओ। पोई बन्न खोज्निहुरको आँखै फुटोस्!

के जाती यो फोरन ब्रेन्डी त तगडाको रे'छ।
 
Posted on 12-23-06 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरबाद भयो !!
 
Posted on 12-23-06 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो, मास्टर्नी नानी?
 
Posted on 12-23-06 1:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते पुन्टेदा !!
के भन्नुर खै राउनिति अर्न थले चौतारियाँ अनि केर पुन्टेदा अब त्यत्रो बेर भन्नु भनेर गएपछि बरबाद त हुने नै भयो नि । के भो रे अझ? अनि खेरि दोष के जाती यो फोरन ब्रेन्डी लाई
 
Posted on 12-23-06 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राउनिति रे? ति नानु मैया ता देख्दिन खै!

अब, आफुले बोल्या कुरो त एउटो कुरो नि। देखेर अन्दाज ला'को कुरो भनम् न! रमईलै न हो!

ओरन ब्रेन्डी त तपुम् तपुम् ला'छ, क्यार्नि होला? :D
 
Posted on 12-23-06 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थपे हुन्छ पुन्टेदा भोलि अफ भे'सि । बरु भावि सअ नि सोध्नु भए बेस हुन्त्यो :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters