[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 201078 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
Posted on 03-01-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्याईँ पारेर किलो-दाम्लोको बन्धनमा पर्न लागेको शुभ-उपलक्षमा जिम्माल अनि नमेलाई धेरै-धेरै बधाई!

सबैले एक-एक गर्दै घरजम गरे, भउते विचराको चाहिँ दिन कहिल्यै नआउनी भ! आन्दोलन गरेर भएपनि भउतेको विहेको 'सम्बैधानिक प्रत्याभुति' गराइमाग्नु प-यो गाम्ले हो!  

ठूल्नानी र रातामकैलाई जन्मदिनको शुभकामना!

१७ पुगेर १६मा लागेकोमा ठूल्नानीलाई हार्दिक बधाइ!

रातामकैको जिन्दगीमा राता मकै, पेहेंला मकै सब फालाफाल होस्!

 


 
Posted on 03-01-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताये ब्रो, सोमे ब्रो, अन्तरे दाई, सुन्तले, रिट्ठे, हर्के सबैलाई जदौ,

ल आज हाम्रै नेपाली सँस्क्रित झल्क्याउने गाइने दाइको गीत सुन्न मन लाग्यो आज मलाई

तिमी कांको
म कांको कांको

चीनाजानी कोइ सँग नभाको
सिम्सिमपानी रैछेउ बेइमानी



 
Posted on 03-01-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो गाइने भाईले नेपालको बस यात्रामा गायको गीत,  YouTube मा भेटे साह्रै राम्रो लाग्यो, अनी त्यो सानो फुच्चे  कती टाठो रहेछ, साह्रै माया लाग्यो।

नरिसाउन सानो कुरैमा........
आज मुग्लिङ झर
भोली त बस्मा सरर
बुटवल हुँदै तुलसिपुरैमा



 
Posted on 03-01-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaskar hai sabai jana lai mero pani.

 
Posted on 03-01-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारीमा नेपाल बन्द हो कि क्या हो??????? नामास्कार फर्काउने नि कोही छैन त!!!
 
Posted on 03-01-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssssईsssssssssss गुड मर्निंग चौतारीsssssssss

कती बजो हँ?


 
Posted on 03-01-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssssईsssssssssss गुड मर्निंग चौतारीsssssssss

कती बजो हँ?


 
Posted on 03-01-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएं, सोमे, चेली नानी, रिठ्ठे, झिल्के लाई नमस्ते यो अल्छीलाग्दो शनिबारको।

अब लुगा धुनि, न्वाउनि, कुचो लाउनि, घर लिपपोत गर्न परो नयाँ बुहारीले जस्तो अनि खसीको मासु, जिम्बुले झानेको, पिंडालु र अदुवा हालेर पकाको कालो दाल, रायोको साग, सिद्रा हालेर बनाको रामभेंडाको ट्वाक्क पिरो अचार, काउली र भुटेको करेला संग मजाले भात गोद्नु परो।


 
Posted on 03-01-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखा पानी आयो अन्तरे दाई, मलाई पनि अलिकत फेदेक्स गर्दिनुस् है।

नमस्ते शनिबारे मध्याननको, चेली, रिठ्ठे, गीताएं दाई, सोमे र झिल्के बुरो लाई।


 
Posted on 03-01-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गोलखाडी खेल्नी छ कोइ ल आओ?


 
Posted on 03-01-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सुन्तलेले रात भरी मादल बजएर के भन्नु सुत्नै पयिएन राम्रो सँग आझ्नी। लौ कती मिठो खाको यो अन्तरे बाले, भये देखुन हाम्पनी खान पाये हुन्थ्यो खै खै त्यो एक डाडु कालो दाल हलम्त यत तिर।

 
Posted on 03-01-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोलखाडी पनि खेलम चौतारीमा बशेर बाघचाल खेल्न पएनी हुने नि है।
 
Posted on 03-01-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोलखाडी???
 
Posted on 03-01-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हो यो चेली बीहान बीहान आएर हल्ला गरछे, मेरो पनी नमस्ते,
हैन यो केटी को रीस नाक मै झुन्देको छ भन्या, रिसाएको हेर, जीम्बाल ले
नी गर्नु गरेछ, हीजो फेरी हर्के दाई सँग झगडा गर्‍यो रे होइन, हीजो त म
सँग पनी नीहुँ खोज्दै थियो, आस्ती सुन्तले सँग, केहो झगडा नगरी पेट भर्दैन कि
क्या हो, म त एस्मा जीम्बाल को गल्ती छ भन्छु, बच्चाहरुलाई टाउकामा तेकार
राखेर।

अन्तरे दाई, सुन्तले, रिट्ठे, हर्के दाई , तारेमाम। 

 
Posted on 03-01-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर गोलखाडी
 
Posted on 03-01-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो लहरे हो यि जिम्माल गर्नु गरे, गालीनी गर्ने हैन, उस्को गल्ती हुँदानी आझै हम्लैनै गाली गर्छन ति जिम्माल बुढा, यस्तै ताल हो भने चेलीले जिम्माललैनी टेर्दिनन मैले आहिले नै भन्देको छु है।
 
Posted on 03-01-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले के छ हौ हालखबर तेतातिरा?

अझ खाने कुरा गर्दा म धनकुटा सम्झन्छु। थुप्रै बर्ष बिता छु धनकुटाँ बच्चा हुंदा। डोकाँ चडेर जान पर्थ्यो उतिखेर, बाटो बनिसक्या थेन। अनि शनिबारको बिहानको भात चैं जैले त्यैंको याद आउंच।

हप्तामा एक दिन लाग्ने बिहिबारे हाट नै सबै सामल किन्ने एक मात्र थलो हुन्थो त्यसैले त्यो एक दिनको पर्खाईको कुरै नगरम, पुरै धनकुटा अझ रमाइलो र भिडभाड लाग्थ्यो त्यो एक दिन। सडक बाटो नहुंदा  अरु पसल वा बजार थेनन त्यसैले नि त्यो हाटको महत्व अर्कै थ्यो।

अनि बिहानभरि ला'र किनमेल गरिन्थ्यो। अट्टे चामल, हरिया साग र तरकारी जस्मा बिशेष निउरो र रायो, तोरी हुन्थे, डिम्मा, कुखुरा, घ्यु, मस्याम र गहतको दाल, रामभेंडा, कागती, अदुवा लसुन जस्ता चिजहरु संधैका किनमेलका बस्तु हुन्थे। सुन्तला र जुनारको र उखुको नि अर्कै आकर्षण हुन्थ्यो। अनि २,३  घन्टा किनमेल गरेर बाटा भरि उखु चुस्दै चुस्दै घर आ'र कुखुरो बना'र, त्यो अट्टे चामलको भात, मस्यामको घ्युले झानेको दाल, रामभेंडाको अचार, रायोको साग वाह अझै नि त्यै झल्को आउन छोड्दैन शनिबार। तेता खसीको मासु चाइं हाटमा नि किन्न नपाइने, पारी गाउंतिर मैनाँ एक दिन काट्थे र भाग लाउंथे। त्यो भाग नपाइएला भनेर बिहान ५ बजे नै ग'र ढुक्नु पर्ने। खसीको मासु भा शनिबार वाह हैन बाह हुन्थ्यो। बाह बाह। सुन्तलेले झैं कथा बना'र लेख्न पाए क्या गजब हुन्थो होला।

लु अब चैं हर्के काका, चेली र रिठ्ठे नि आ'चन। लु खेलम गोलखाँडि हर्के काका। ल राडि ओच्छ्याम त पिंढिमा।
 


 
Posted on 03-01-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनतरे कचेडी भन्ने ठाउँ थाहा छ धनकुटाको।
 
Posted on 03-01-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो हुने वाला ससुराली गाउँ, दुई तीन बर्षामा त कसो नहोला।
 
Posted on 03-01-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि अन्तरे बा त ससुराली गाउँ तिरका परेछन हौ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters