[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 201626 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-15-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
मध्य दिनको जदौ!
कोइ चिप्ले जस्तो छ, जिब्रोमा। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई केहि न केही।

 
Posted on 10-15-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एक प्याला श्यामे को पेन तन्काको त झूम झूम बनायो गाठेँ
लु अब आओँ कूरा अर्न रिट्ठे सँग


 
Posted on 10-15-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के पीर  पर्‍यो रिट्ठे? दिनडहादै पिउन थाल्यौ? जिउन पुग्यो क्लि क्या हो?

 
Posted on 10-15-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेत्तेरिका ठुल्दाइ पनि, हाम्रा तिर पो पिउदा त पिरै परेको भन्छन त
खैर्या देशाँ त के जाती सेलिब्रेसन के के हो के नि, हो तेइ रे आज अड्डामा अनी लन्च सङै तन्काइदिये मैले त मेरो बाउ को के जान्छ भनेर


 
Posted on 10-15-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कति मजाओ अड्डा हो गाँठे लन्च संगै तन्काइदेको रे!

हन तिउँरा अड्डाँ नि दशैँ लाओ कि क्या हो?


 
Posted on 10-15-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्नु जिम्माल बा, खैर्या सन्तानले दशै मनाउदा हुन बिदा दिदा हुन त क्या मजाओ हुन्थ्यो नि
फेरी यि असत्तीहरुको कुकुरले राम्ररी भुक्न थालयो भने नि त स्यालिब्रेसन गर्नी र'छन
अहिले चाँही नयाँ खर्क भरी नम्बर वान भ'को भन्छ हाम्रो अड्डा तेसैको स्याले ब्रेसन अरे
रक्षे गर प्रभु !


 
Posted on 10-15-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै पनि किन हो बेईमान बिदेशमा? देशाँ चै बाताबरण सहित आउनी -- बिदेसमा चै तिथी सङ मात्रै आउनि?
 
Posted on 10-15-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन आज यती चाडो सप्पै लाखा-पाखा लागेछन कि क्या हो !
म नि लाग्नु परो तेसो भये


 
Posted on 10-15-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

P.S - एस पत्रका पात्र हरु कल्पनिक हुन कसैको वास्तवइक जिबन सँग मेल खान गएमा, गएमा,
मलाई छु मतलब, मिल्यो भने मिल्यो, ल जा त।

डियर मतिना,

तिमीले साँढे एक बर्ष सम्म मलाई प्रेम गरेको म धन्यवाद।आशा छ, चिट्ठी मिल्दा सम्म तिमीले नयाँ लवर् पैसाक्यो होला।उ सँग डेटिङ पनि गैरहेको होलासबै प्रेमी लाई धेरै स्त्रगल गर्नु पर्छ।
म पनि स्त्रगल गर्दै छु।मैले पनि त्मिलाई मिस गरेपछी, टोल कै माया सँग ट्राइ गर्दै छु।
प्रेम को यो मेरो चौथो प्रयास हो।तर यि प्रयास हरुले मलाई एुता पाथ सिकएको छ।
मतिना,, तिमीलाई थाहै छ, प्रेम सुरु गरेपची लभ लेटर लेख्नै पर्छ।तेसैले तिमी मेरो सबै लभ लेटर फर्काइदेउ।तिमीलाई लेखेको त्यो चिट्ठीमा मतिना लाई तिपेस हलेर तेस माथि माया लेखिदिन्छु।
एसो गर्‍यो भने मेरो मिहिनत जोगिन्छ।प्लिज, मेरो चिट्ठी पार्कऐदेउ, किनकी तेसो फोटो कपि पनि म सँग छैन।

मतिना, तिमी मेरो त्यो फोटो पनि फर्कैदेउ।तिमीलाई त थाहै छ, कि त्यो फोटोमा मात्र म ठीक ठाक देखिन्छ।त्यो मेरो पहिलो प्रेम को समय को फोटो हो।मेरो लभ लेटर को सँगइ त्यो फोटो पनि पथैदिनु, तकी म त्यो फोटो माया लाई पथाउन सकु।अनी, यो कार्ड सँगइ  मैले साँढे एक बर्ष को हाम्रो प्रेम काल्माखर्च भएको हिसाब पनि पथआइ दिएको छु। आशा छ, सिघ्र भुक्तनी हुन्छ होला। हिसाब एस प्रकारको छ  पकउदा ८९५ रुपैयाँ, कोल्ड द्रिन्क्स २९३६ रुपैयाँ, स्नकस ५६४५ रुपैयाँ,जुस ३८४५ रुपैयाँ, फिलिम ११२३५ रुपैयाँ, चत्तिङ १४९९ रुपैयाँ, मोबाईल फोनमा कुरा २५४६ रुपैयाँ, पेट्रोल ४२५५ रुपैयाँ, गिफ्ट ७८५० रुपैयाँ, टोटल ४०,७०८ रुपैयाँ(अक्षर म: चलिस हजार सात सये आठ रुपैयाँ मात्र)।

कृपया, त्यो पैसा मलाई चाडै पथैदिनु होला, तकी म त्यो पैसा माया को प्यार मा खर्च गर्न सकु।एदी तिमी सँग मैले दिएको गिफ्ट छ भने म तिमी सँग हाल्फ मोल म किन्न तएेतयार छु। तिमी तेस्को हिसाब बनएर मेरो टोटल बाट घटाऊन सक्छौ।एस चिट्ठी सँगइ, तिम्रो चार किलो तीन ग्राम चिट्ठी को सन्कलन पनि पथौ दाई छु।तकी तिमीलाई पनि प्रेम पत्र फेरिओ लेख्न नपरोस।
तिम्रो हिसाब पनि मलाई भनिदेउ।तिम्रो खर्च केही पनि आएन होला। तिमी सधैं अफनो पर्से बिर्सिन्थेउ।प्रेम म केटा हरुको मात्र खर्च हुन्छ।खैर, पुरनो कुरमा केही अफसोच छैन।आशा छ तिमी मेरो हिसाब चाडै मै क्लेअर गरिदिएरमलाई नयाँ प्रेम मा हाम्फल्न मद्घत गरिधिछ भनेर।तिमीलाई आठऔ प्रेमी को शुभकामना।

उही तिम्रो साथौ पुरओ प्रेमी

सेरिअल।


 
Posted on 10-15-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! लहरे!!

हँसाउनु सम्म हँसायो! हाहाहाहाहाहा

चालिस हजार सात सय आठ रुपैयाँको जम्म खर्च निक्लेछ हाहाहाहाहा!

टिपेक्स हालेर नाम मात्र चेन्ज गर्दा सजिलो रे हाहाहाहाहा!

उफ! कति हाँस्नु! फेरि तोतेबोलिको टाइपले झन सुनमा सुगन्ध थप्यो!


 
Posted on 10-15-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! लहरे!!

अनि २ रुपैयाँ चैं के को नाफा खान खोज्या नि?


 
Posted on 10-15-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-15-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha lahare bau cha le hasayo bhanya. bababa bau cha ni yesto raicha  lol.

darshan gare sabai janalai feri


 
Posted on 10-15-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-15-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लेखेको त्यो चिट्ठीमा मतिना लाई तिपेस हलेर तेस माथि माया लेखिदिन्छु।
एसो गर्‍यो भने मेरो मिहिनत जोगिन्छ।"

शुभाय् लहरे पासा: , यो हरफले मेरो दिमागमा दामी आइडिया फुर्यो।

मेरो त कम्प्युटरमै छ, "फाइन्ड याण्ड रिप्लेस" गरे पुग्ने भो। LOL !

भारी समयको बचत हुने भो।


 
Posted on 10-15-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-15-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL ह्यारिश सोम। हा हा हा हा हा हा, जम्मा जम्मी त ४०७०६ पो हुने रे'छ। हा हा हा हा कसैले फेरि कति छिटो क्याल्कुलेटर थिच्न भ्याउँदो हो। विश्वास भनेको त कसैको नगर्ने भए केटाहरुले।  

त्यो दुइ रुपिया चैँ सुरुको दिन एक्लै पाटनढोकाको बस चढेर बगलामुखी गा'को भाडा उठाउन खोजे जस्तो छ, सुटुक्क।


 
Posted on 10-15-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा ल ल छ छ। भनेसि अब चौथोलाई नि त्यै चिठि हो? क्या काइदा एउटा लेख्यो बस पुग्यो सप्पैलाई।
 
Posted on 10-15-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-15-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters