[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 128932 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-30-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त गाम्लेहरू, म गएँ सुत्न।

भोलि यो औंरेजी सालको अन्तिम दिन, सबैलाइ नयाँ बर्षको शुभकामना। हुन त भोलि पनि शुभकामना दिने मौका पाइने नै छ।

गुट नोइट
 
Posted on 12-30-06 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, चिलिम सल्काउदै ।
यहाँ त लगन गाँठोको पो कुरा भैराख्या, आफु एक्छिन गौशाला तिर बूटी खोज्न हिड्दा यात्राो प्रगती भा छ, बधाई छ सब लाई ।
 
Posted on 12-30-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरें राहु बूडा! के छ त नि हालखबर? '
 
Posted on 12-30-06 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु जिम्माल बा, स्टोभ बाल्दै छु । भात त खानु परो नि, चिलिम ले पेट भरिन्न क्या रे
 
Posted on 12-30-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ र ठूल्दाईलाई मेरो पनि जदौ है ! अनि के छ त गोताएँ नयाँ बर्खको पिलान?
ठूल्दाईलाई झ्याप पारिसके जस्ति छ नि। गोताएँलाई जिम्माल देख्न थाले लौ ! :-)
 
Posted on 12-30-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु , तारेमाम । भोक लाग्या सुर मा मान्छे नै थम्म्याउन सक्इन । ३५ बर्षे जवान लाई बुढा बनाइ दिए सब ले । जन्डिस् स्टोभ मा भात पकाएर खानु त झ्याउ पो हुदो रहेछ, गाँठे ।
 
Posted on 12-30-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ho sabai jana jhyap ho ki?

chakachak chha ni ho chautari ma
 
Posted on 12-30-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ भउते। ठीकै छ मेरो हालखबर। नया वर्षको विशेष पिलान केहि पनि छैन। भउतेको के छ नि?

गाँजाले यी राहू बूडा (ठूल्दाइ)का आँखा धमिल्याए जस्तो छ! अनि नया वर्खको पिलान के छ नि ठूल्दाइ?
 
Posted on 12-30-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त केही छैन, गोतामे, शुभकामना बाड्यो, बस् तेही हो । जहिले नि नयाँ साल अच्छा हुन्छ भन्यो, केही हुने होइन दिक्क लाग्छ, चिलिम सल्कओ, बस्यो । के गर्नु, बुढेसकल नि कति छिटो आए छ, हे राम्, तारेमाम ।

नयाँ साल सबै लाई मालामाल होस्
सुख शान्तिले सबैलाई अंकमाल गरोस्
नौटंकी बेतालहरुमा सुर ताल आओस्
स्ंबृद्धी जताततै फालाफाल होस्
हत्या हिंसा माग्नेलाइ अनिकाल् परोस्
अब देखि कहिलेइ बन्द हडताल नहोस्
बुद्धको शान्ति सुबासिएको नयाँ नेपाल होस्
यस्तै यस्तै सबको लागि नयाँ साल रहोस् ।
 
Posted on 12-30-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह राहू बूडा! वाह!

अनि राते फिट्टू हो कि झ्याप हो नि?
 
Posted on 12-30-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जि ले भने जस्तै होस्, कति राम्रो कबिता ।
 
Posted on 12-30-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते, सुनिमा नानी लाई नि तारेमाम है, नयाँ साल्, मालामाल् होस्। ।
 
Posted on 12-30-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर म त आज नि दिन्भर झ्याप भएर आहिले बल्ल उठेको ल मेरो पनि सबैलाई (including sunima), नयाँ बर्षको शुभकामना
 
Posted on 12-30-06 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि राहुल जि रातमकै अनि अरु सबैलाई नमस्कार
खोइ त पुन्ते, मिस्स् जिम्माल बा, भौते, तितौरी कता गएचन ।

नयाँ बर्ष खुशी उमङ लिएर आओस्
चौतारी लाई माया गर्ने सबै गाम्लेलाई भलो होस्
हाम्रो देशमा शान्ति र सध्भाब फलोस् फुलोस्

सबैमा मेरो येहि छ नयाँ बर्षको शुभकामना
 
Posted on 12-30-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसको आज छुट्टी, बाकी कहाँगए, तिनै लाई सोध्नु पर्ला । कस्को को सँग चक्कर चल्या छ, भन्नै गाह्रो भए छ । कोइ ३वटी ल्याउने सुर मा, कोइ २ वटी, आफ्नो त यो उमेर भो एउटी नि छैन, बोर छ, जिन्दगी, चिलिम कै सहरा छ, के गर्म सुनिमा नानि?
 
Posted on 12-30-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हिक्क हिक्क बाडुली लाग्यो भनेको त। सोल्टिनीले सम्झेर रे'छ। :p :-) यो सोल्टाको जदौ स्विकार है। :-)

ठुल्दाइले कस्तो मीठो कविता लेखेको, शुभकामनावाला। मेरो पनि सबै चौतारीबासीलाई नयाँ बर्षको धेरै धेरै शुभकामना। चौतारीमा यस्तै रमाइलो हाँसो ठट्टा चलिराखोस। सबैको मन आकाश जस्तै फराकिलो होस।

लु सबैलाई शुभरात्री है त !

:-)
-भउते
 
Posted on 12-30-06 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनिमा सिस सन्चै?:)
 
Posted on 12-30-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्चै मिस्स्
 
Posted on 12-31-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हाम्रा गाममा त नयाँ साल लागिसको।

नयाँ वर्ष २००७ को सबै चौपारीबासीलाई शूभकामना!

चौपारी २ वर्षको पुग्दा शूभ हिरक - ७५औँ चौपारी बनाम्नु पर्छ है। भउते भन्दा नि जेठो।
 
Posted on 12-31-06 5:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नूतन बर्ष सबैको मंगलमय होस्

शुभ नव बर्ष २००७ !!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters