world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200393 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-12-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste everyone,

जिम्माल बा,

खोइ हामिलाइ तीजको भाग? एक जोर लुगा, गहना त चाहियो नि? नेपालम भाको भे बनारसि सारी दिन्थे। एक जोर सुनको गहना, सबै चहिने स्रिङारको सामान चेलिबेटिलाइ।
अब यो अंेरिकामा त हामि जिन्स नै किन्छौ। जुत्ता एक् जोर पनि चाहिन्छ।

हेर आफु मात्र पिउने कुरा गर्या छ खालि?

खोइ चेलिबेटिहरु कहा गये? ए अौ अौ, घेरौ यो बुडो जिम्माल बालाइ।

रिकुटे, हामीलाइ पनि राख है के जाति सोमरस, दरमा तन्न मात्नु पर्छ के?


 
Posted on 09-12-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, संध्याकालिन जदौ।
टिरेन् को ट्याम् भयो, नत्र गफ गर्नु हुन्थ्यो। के गर्नु, कमवख्त यो टिरेन्, ट्याम मै आउछ।
 
Posted on 09-12-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झम झम परेली
आँखैमा गाजलु
सम्झन्छु बारम्बार!

हाँरो नयाँ खर्के गामको एउटा मित्रले नेपाली ओनलाईन रेडियो शुरु गरेका थिए के रे, ३ महिना जति भो। 10th Episode मा चईनि तीज बिषेश कार्जेकरम रे'छ। सम्पुर्ण दिदी बईनीहुरलाई मेरो तर्फऽट यो कोशेली:

-
रिकुटेऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!!!!! target=_blank>http://www.nepaliradionyc.com/

रिकुटेऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!!!!!
उता कथा नि राँरो ला'गो। यता बात मार्न पाम्दा नि हर्षले खुट्टा भुईंमा छैन। बहुत महिना बाद आएछौ, पल्टने खबर के कसो छ? गोरा सापले पेले, है? मुग्लिसे पातकीहुरले त पल्टनाँ अर्की अर्की पालेका हुन्छन् रे भुनेर राईंला बा की कान्छी ब्वारी रोएर धुनचक्र छे। कुरो के हो तो कान्छो धनेको, बेलिबिस्तार लाउन डाक्या छन् तेता!

खोयेबिर्केको पार्टी चईं काँ छोड्छम् र? पल्टनऽट ल्या'का पनि होलाउ के रे जोनी वाकर! अरुलाई कोदा, हाम्लाई सुटुक्क जोनी वाकर है, केटो! भन्द्या छ!
 
Posted on 09-12-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हिरक अँक भन्ने मात्र । किन हो यसरी मुन्छे पातलिएका? कोही छौ
भने सिङ्ल सिङ्ल
 
Posted on 09-12-07 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ पर्वते, पुन्टे दाई, ठुल्दाई, जिम्माल बा, मुन्नि, भउते, उफ्रिपाफ्रि नानी अनि माथि भ'का सप्पैलाई।

अरे क्यानाम यो रिकुटे बहोत ठिक बात गर्छ। अब चेलीबेटी जम्ने तिजमा एकतरफ, हामी लडका पाटी तिम्ले ल्याको बन्दुक छाप ब्रान्डि संग जम्ने अर्को तरफ। बहुत राम्रो कुरो गर्‍यो रिकुटेले, यो बन्दुक छाप ब्रान्डिनै सब्से अच्छा दवाई हो जिम्मालको नलि खुट्टाको लागि। बुढा ताने पछि बल्ल धेर बात गर्दैनन चुप्चाप सुत्छन। पर मैले ल्याको बंदेल चाहिं बुढालाई पत्तै दिन हुन्न। तो जेबमा राखेको दाँत चट्ट झिकेर बंदेलको बाथ कुड्क्याउन थाल्चन् बुढा। पर जे होस आज शाममा जम्ने पक्का।

अनि ठुल्दाई, आजकाल साहू बुढा बिछट्टै खुसि भा'चन् बालि सप्र्यो भनेर। अन्तरे यस्तो राम्रो बालि भा यै बर्ख हो, पोर परार अरुले जोत्दा यस्तो बालि कैले देख्न पाईया थेन, लु धन्दा नमान, चाडबाड नि आयो, तँलाई दस बाह्र दिनाँ घर पठाउँचु भन्या छन। आफ्नु याँ भैंमा खुट्टै छैन। तेता पाईला टेक्नि बित्तिकै हानम्ला फुन। अनि यताको बालि सपारिहालिस अब उता मुन्टानातिरा बालि सोत्तर भा थ्यो पोर साल तेतै मुन्ट्याई दिन्छु तँलाई उता नि सपारेस् भन्या छन्। ई साहू बुढाले नि कैले का रिस फेर्‍या हुन डाँडा डाँडा कुदार हैरान छ भन्या। जहानसंग रामरी दोहोरो कुरा गर्न नि पाउनि हैन कैले। अब मुग्लानाँ यस्तै हो भनो चित्त बुझायो बसो यस्तै छ आफ्नु।
 
Posted on 09-12-07 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब जानु पर्‍यो । आधी हुरी आउँदै छ ल छुट्टी भओ भनेर भन्यो (पहिला इस्कुल् आ खोलो बढ्यो भनेर छुट्टि हुन्थ्यो)। अब रिकुटे ले ल्याएको ले नुहाम्न पर्ला भनेको त एक्लै बसेर खान थाले कि क्या हो?
 
Posted on 09-12-07 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालिन जदौ रिट्ठे को
 
Posted on 09-12-07 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घड्याक् घुडुक खुट्टा बजारेर, छाती फुल्ला'र, सलुट ठोक्दै रिपोर्ट गरेको, रिकुटेले ल्या'को पल्टने ब्रान्डी घुट्क्याम् भनेर। बज्जेको अत्तो पत्तो छैन।

सपनाँ घुट्क्याम्न पर्ला अब!

रिट्ठेलै नि सन्चै होला के रे।

गुट नईट!
 
Posted on 09-12-07 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई त साह्रै गर्दिनी कैले काही, आउन पा छैन सिरक मा घुस्रिनै हतार
म पनि रिकुटेको निम्तो पा'र आ 'थे , खै कता मरे सप्पै भात्मारा हरु
 
Posted on 09-12-07 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै छ, रिट्ठे। सुर्योदय नहुँदै अर्ध निंदमा लाग्नु पर्छ कोदालो भिरेर खेत तिर।

गुट नईट!
 
Posted on 09-12-07 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-12-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन भउते ले पिलिक पिलिक के हेर्न खोज्या हो त्यस्तो? आज दिन भरी पनि मूख देखिएन साह्रै
 
Posted on 09-12-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे को खोयाबिर्के को निम्तो पालना गरेर आ' हो भउते ?
 
Posted on 09-12-07 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुम तो ठेहर परदेसी साथ क्या निभाओगे.......
होइन ओ पून्टे दाइ कता लागेको फिर् से, ह्वोआ चौतारि मा पुग्नु पर्छ भनेर आफु भने बुढीलाइ तक नफकाइ आये। और याहन् भने सब सुन्सान छ।

खुद आफै रिपोट् गर्ने हो कि आऊँ हो म नाइट सर्चमा।
घरतिर नफर्केउ रातिमा, ड्याम्म गोला पड्केला छात्तिमा

सलुट!!!!
 
Posted on 09-12-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है जल्दिसे आम्!
खूब् जमेगा रङ् जब् मिल बैठेके पून्टे और् जिम्माल् बाके साथ् हाम्( सब् लोग्)।

लौ है दोहोपरसे सब्को इत्तला गरेकै हो,आऊुनै परो।
त्यो मासु र सितन ल्याउने भन्ने हरु कता गूम् भाको हो फिर् से।

यो ज्यान् मात्र काँधमा ब्रान्डी बोकेर लखर लखर।
 
Posted on 09-12-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे अब चाइन्जो ति बुढा हरू आउने बाला छैनन, पुन्टे बुढा अघी गुट नोइट भनेर टाप कसे। अन्खेर ति जिम्माल भनाउदा असत्ती बुढा चाँही आउँदा आउँदै बाटै मा दम बढेर चिलिम फर्केछ बुढा को।
 
Posted on 09-12-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामा रिकुटे पो कराईराको रचन्त। वयान त धेरै सुनेको हो, भेटघाट त भथेन। दारु टन्न ल्या छ जम्नु पर्च भन्या सुनेर छिरेको नि यता। खोई कोई छैनन जस्तो छ, जमुम दाजु भाई - खोलुम बोतल/डरम के ल्याको छ रित्याउने जम्मै।
 
Posted on 09-12-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे नि दारुको कुरो सुनेर यतै भड्किरा रच, के छ ब्रो हालखबर?
 
Posted on 09-12-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असत्ती बुढाहरुले भेट्ने ख्वाब मात्र दिए।
लौ अब् अकेला भे नि येहि ब्रान्डिलाइ हम्सफर बनाउनु परो रात्भर सेन्टिफ्ल्याट हुने टेम् तक्। साथ दिने भे आम् है रिट्ठे, मासु सितन छैन फिर् भी गाउँका बोडी-काँक्रा हाइज्याक गरेरै गुजारा गरेङे।

अब् सबलोग आज तीजको नाच हेर्दैमा मस्त् होला।
क्या नाम्! घरवालीले थोडा दर खायेर जौ भन्दा देर हुन्छ भन्ने धाक खुवायेर चलियो, ह्या भने धोखा खाइयो।
 
Posted on 09-12-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म त यतै छु रिकुटे, हरी? लु अलिकती लसुन भये पनि ल्याओ, अब सितन न भएसी तेसैएल काम चलाऊनु पर्‍यो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters