[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 297228 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-24-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती जिम्मलको गाम गैयाथ्यो। झन्डै हुरी बतास ले आफ्नै गाम पुर्याइ दिया। पिलेन को भाडा रिफन्ड आउला कि भनेर आफु दङग।

 
Posted on 09-24-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे,
एकोहोरो बिद्यावारीधी र घाँडो भैराख्या बेला, चाँडो सक्याउने कसरी भैराख्या बेला, दोहोरो कहाँ बाट आउछ नेत्रे?

 
Posted on 09-24-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! हाम्रो गाम आको रे?

आको बेलामा यसो छ्यास्स एउडो बिद्धुतिय पत्र पठा भ' त जस्तै हुरि बतास आए नि मजाले बसेर तिनपाने चढाउँदै "थुक्क जीन्दगी" भन्न हुन्तो नि!


 
Posted on 09-24-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी ले भन्नु पर्छ र लहरे सुन्न साथ खन्दिसकिन भान्जी ले मिट्ठो चिया। ए उसो भए एक हप्ता बाँकी हैन त।
ठिकै छ नि सम्धी ज्यु,यो बुढो ज्यान लाई जत्ती तरुनो देखाए नि गाल को चाउरी जस्ता तस्तै हुन्छन केरे। जे होस् दोस्रो मौसम झन रमाइलो होल जस्तो छ।
चेली नातिनी के खार आयोउ बा मुखै उज्यालो देखिन्छ नि।
ठुल्दाइ चौतारी विश्वबिद्यालयमा त तपाईं तेसै बिद्याबरिधी पाईसक्नु भयो नि धन्न नमन्नु,बरु तपाईंलाई सम्मन गर्ने कार्जेक्रम को आयोजना गर्नु पर्‍यो,लौ लहरे ब्यवस्था गर त।
नेत्रम भ्राता टाईम टाईम मा कता गायबन्ती,नमस्कार गर्न मात्रा टुप्क्लुकिन्ती।
 
Posted on 09-24-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन म आयोकी सप्पै जना कता भागछन हँ? लहरे, बिस्टे, सान्नानी, चेली, दिपिका, चिप्ले कता लागे?
 
Posted on 09-24-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबै गाम्लेहरुलाई।
जिम्मालबा, यसपालिको कथा भने काठमाडौंको परिवेश समेटेर बन्न लागेको जस्तो छ। लौ लौ पेलौं मजाले। रिट्ठेको जस्तो पींडित भूमिका चाँही नपरोस् मेरो भागाँ, फेरि अनुरोध गरेको छु।

"क्यार्नुर्नु सम्धिज्यू, हजुरलाई ठिटो बनाम्न त खोज्या हो तर मेरो सम्धि पर्नुभो, म पनि ठिटै हुन पर्ने भयो, अब मैले आफूलाई ठिटो बनाएँ भने त खुकुरि ले'र लखेट्न आम्न बेर मान्दैनन गाम्लेहरु क्यार्नु!"
लोल लोल लोल

बाउचा, पद जति सबै आफू खोज्ने अझ लामो रोल समेत? नियमापत्ती। ट्रेलरमा संभवत: अधिकांश पात्रहरुको नाम छुटेको छ तर त्यस्को अर्थ केबल बिर्खे, दीपू, र बिष्टेलाई मात्र कथामा समावेश गरिएको भन्ने चाँही होइन भन्ने बुझ न बाउचा।   

 

 
Posted on 09-24-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>मजाले बसेर तिनपाने चढाउँदै "थुक्क जीन्दगी" भन्न हुन्तो नि!<<<  लोल जिम्माल लोल

बिष्टम भ्राता, बिगत केही हफ्तम नेत्र भेरी ब्यस्तम भवन्ती। तसर्थ चौतारी प्रस्थान गर्न नभ्यायन्ती। बुझन्ती।


 
Posted on 09-24-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरे नारे नाराणी
के छ हो - के गर्दै हो - कती कराको म यतै छु,
चौतारी त बिस्टे को साखा सन्तान ले पो भरिन लागे त हो -

चिप्ले किन बढी हँ - उमेर्को खयाल गरेर मात्र हो नत्र कहाँ बाँकी छोड्थे र - निहुँ नौ खोज्या भए हो भन्नु पर्‍यो होइन भने चुप लागेर बस्नु पर्‍यो - फेरिssssssssss

ठुल्दाइ लाई चौतारी बिद्याबरिधी को ब्यवस्था त घर गएपछी नेप्ची भउजुले गर्ने हो, मैले कहाँ गर्नु।


 
Posted on 09-24-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा लाई धन्यवाद आमन्त्रणको लागि। नेस ट्याम आउँदा पक्का बिधुत पत्र पठाउछु। तिन्पाने तान्दै, मुख बिगार्दै, चौतारीका औतारीको कुरा काट्दै,माइली बुढी आमालाई सितन बनाउन लाउदै, फेरी तिन्पाने तान्दै ढलौला दुई भाई।
 
Posted on 09-24-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेजेन्ट सर!!
मेरो हाजिरी बोला जस्तो लागो क्या!!

 
Posted on 09-24-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को एउटा ट्रेलर , यो चाहिँ पछिको एउटा सानो कथाको भाग पनि हुने छ।

 

कथा चौतारीको -दोश्रो मौसम- ट्रेलर-२

------

कुम्ले हतार हतार पछाडि झोला बोकेर लगभग दौडिएको जसरि लम्केर हिँड्दै  थियो र बेला बेलामा पछाडि फर्केर हेर्दै थियो। झिसमिस रात पर्न थालिसकेको थियो र खै किन हो आज छिटै नै टोलको पसलका सटरहरु बन्द हुँदै थिए।

कुम्लेले दाहिने हातले पछाडि झोला छाम्यो र केहि आश्वस्त्व भयो। तर उसको मुहारमा डर र हतारका भावहरु थिए, ऊ शायद केहि कुराबाट भाग्न खोज्दै थियो।

उसको पछाडि सडमा पर कुनै गाडिले मोड काटेकोले हेडलाईट देखियो।

कुम्ले सजग भयो, एक पटक पछाडि हेर्यो र हतार हतार दायाँ बायाँ नजर घुमायो र नजिकैको दुईवटा पसलहरुको बिचमा बनेको गल्लि जस्तो स्थानमा आफूलाई लुकायो।

गाडि नजिक आउँदै थियो।

कुम्लेले आफूलाई गल्लिको भित्तामा अझ जोड संग टाँस्यो!

गाडि उसको सामुन्नेबाट गुड्दा उसले गाडि भित्र कोल्डस्टोरको साहु, र रिट्ठेलाई देख्यो। एकछिनको लागि झिनो उज्यालोमा देखिएता पनि उसले साहुको अनुहारमा आएको क्रुर भाव प्रश्ट संग छुट्ट्यायो।

गाडि जानासाथ कुम्लेलाई पछाडि बोकेको झोला गह्रुगो भएको आभाष भयो। उसले फेरि पछाडि हातले छाम्यो।

उसको हातमा चिसो लाग्यो!

केहि सोचेर उसले एक पटक सडकमा हेर्यो र कुम उचालेर दुवै हात पटक पटक गर्दै कुहिना मोड्दै पछाडि ठेलेर बोकेको झोला भुइँमा राख्यो।

झोला भिजेको रहेछ र झोलाको सिक्रि एक ठाउँमा फुत्किएको रहेछ जसबाट भित्र अटाइ नअटाइ कोचेर राखेको भर्खरै सफआ गरिएको ब्रोइलर कुखुराहरु मध्ये एउटा कुखुराको एउटा खुट्टा बाहिर निस्किएको रहेछ!

उसले फेरि पल्याक पुलुक यता उता नजर दौडायो।

सडमा मानिसहरु पातलिँदै थिए र पसलेहरु पसल बन्द गर्ने तरखरमा लाग्दै थिए।

उसले बल गरेर कुखुराको खुट्टालाई झोला भित्र धकेल्यो। धकेल्ने प्रकृयामा झोलाको सिक्रिको अर्को छेउ फुस्कियो र त्यसबाट अर्को कुखुराको काटिएको गर्धन देखियो।

कुम्ले व्यग्र देखियो। उसले ओठमा जिब्रो फिरायो र देब्रे हातको हत्केला झोलाको आधारमा राखेर दाहिने हातले झोलाको मुख छोप्ने असफल प्रयास गर्दै झोला छातिमा टाँसेर सडकतिर आयो।

ट्याक्सि पाइएन भने बरबाद हुन्छ!

मनमनै भन्दै अघि भन्दा पनि अझ सतर्क भएर कुम्ले बिस्तारै हिँड्न थाल्यो।

आखिर थाहा पाइहाल्यो जुंगेले!

कुम्ले कोल्ड स्टोरको जुंगे साहुलाई सम्झँदै फत्फताउन थाल्यो।

हिजो सम्म त ठूल्दाई तारेमाम् भन्दै फकाउँदा मख्ख पर्थ्यो साहु पनि, आज रिट्ठे गधाले गर्दा फँसियो! त्यसको हड्डि नभाँढि छाड्दिन म!

उसको मनमा आँधि चल्दै थियो ऊ कहिले डराउँदै कहिले रिट्ठेलाई गालि गर्दै सडकको बिचबिचै हिँड्न पुगेछ।

टिँSSSSSSSSS!!”

उसको पछाडि लगभग उसलाई छुनै आँटेको एउटा ट्याक्सिको हर्नले कुम्ले झसंग भयो।

मुखबाट एउटा फोहोर गालि निकालेर उसले झोला अझै छातिमा टाँस्दै पछाडि फर्केर हेर्यो।

एउटा खालि ट्याक्सि उसको पछाडि रहेछ र एकजना तालुखुइले ड्राइवर उसलाई गालि गर्दै फत्फताउँदै थियो।

कुम्लेको नजर ट्याक्सि ड्राइवरमाथि पर्यो।

कुन ट्याबे झ्याप भएर हिँड्या रहेछ भन्या त कुम्ले बजिया पो रेछ!

ट्याक्सि चलाउँदै गरेका पुन्टे बुढाले कुम्लेलाई चिनेर आश्चर्यको स्वर निकाल्दै ट्याक्सिको प्यासेन्जर साइडको ढोका खोलिदिए।

कुम्ले केहि खुसि हुँदै ढोकातिर लम्कियो!

-----


 
Posted on 09-24-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाजु र फेरी कुखुरा चोर ??
त्यसै त आउनुबाको छैन अचेल चौतारीमा!!

 
Posted on 09-24-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले को कुखुरा चोर्ने बानी कहिले जाने भएन, एस्पाली त २-३ टा हाल्न भ्या छ बज्जे ले। तेसैले पो अचेल चौतारी नआ रछ।
रमाइलो छ् रमाइलो छ। तर सबै उही पुरानो कथाको शहरीकरण त हैन होला नि?
 
Posted on 09-24-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ बा, काठमाडौं आएर पनि कुम्लेले कुखुरा चोर्न छोड्या रहेनछ।  पछिल्लो पटक त भाग्न सकेको थियो, यसपाली चाँही त्यसै छोड्न भएन है।   
बाउचालाई चाँही अलि गुण्डा वा हुल्याहाकै रोल दिनु पर्‍यो है, YCL कै सदस्य बनाइदिए पनि हुन्छ। महिला समूहलाई २० लात्ती हान्ने देखि लिएर मलाई "खोत्ता" कारबाहीको धम्की दिन्छ कहिले, कहिले नेवारीमा के के भनेर नेपालीमा "उल्ठा" गरेको ५० डलर ठटाउन खोज्छ। त्यसै छोड्न त कहाँ हुन्छ र यो लहरे पहरे खहरे पचास डलरेलाई। 

 
Posted on 09-24-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ कता बेपत्ता फेरी?
जिम्मालको ट्रैलर भयन्कर जादै छ।
बिस्टे, भतिज को के छ हाल चाल? काका भन्न थाल्यो?
लहरे म कहाँ कराए, तिमी चिच्याउछौ अनी मलाई दोस।
चेली झन्डै गयल भा आज।

 
Posted on 09-24-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहि पुरानो कथा चाहि हैन अलि फरक छ।

तर गाउँमा जसरि सबैले एक अर्कालाई चिनेका थिए त्यस्तो सबैले सबैलाई पहिले नै चिनेको बनाउन चाहिँ गाह्रो लाग्यो।

यो भागमा-

१) ठूल्दाई को व्यक्तित्व पूर्णतया फरक छ।

२) दीपीका र नेत्रे फरक किसिमका चरित्र छन्! साथै चौतारी बाहिरको प्रेरणा पनि आउँछिन फरक किसिमले।

३) क्रेजी को एन्ट्रि हुन्छ सबैलाई अचम्म पार्ने किसिमले!

३) बिर्खै बुढा को ताल भिन्नै छ।

४) दीप र ग्वाँचे अलि हरिप छन्।

५) लहरेको एक किसिमको सोचेको र अलिकता लेखेको लहरेको पोजिसन लाई ३६० डिग्रि चेन्ज गर्दा अझ रमाइलो होला जस्तो छ।

६) पुन्टे बुढा फरक छन्।

७) चेली नानी र सम्धिज्यूको चाहिँ उस्तै उस्तै परिवेश छ तर नितान्त फरक घटनाक्रम छ।

८) कुम्ले अर्कै हुनेछ तर समय ले कतिको साथ दिन्छ, सोचेको जस्तो लेख्दा त अति नै लामो होला जस्तो लाग्छ, मिलाउँला!

लहभग सबैलाई कुनै न कुनै रोल दिने प्रयासमा यसपटक! हाहाहाह


 
Posted on 09-24-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लात को मान्छे बात ले मान्दैन त म के गरुँ चिप्ले
ठुल्दाइ खोइ हँ, अड्डा पुगेको छैन कि के हो
दुई बज्न लाग्यो गाँठे - के भाको हो
 
Posted on 09-24-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका भन्न् चै अली थाल्या छैन अब केही महिनामा भन्न थाल्ल्ला
अनी तिउरो अड्डाँ अली हलम भो त काम ऐले।
 
Posted on 09-24-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नोट: यसपालि सान्नानि बिस्टे बुढाकि नातिनी नबनाएर चिप्ले (बुढा?) संग केहि सम्बन्ध देखाउन खोज्या हो हेरम के हुन्छ!


 
Posted on 09-24-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठीक हो चिप्ले लाई चाँही बुढा कै रोल सुहाउछ - त्यस्तै दिनु पर्छ
एसो होला बिस्टे ले आफ्नो नातिनिलाई बाल विवाह गरिदिनेहोला चिप्ले को नाती सँग लोल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters