[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200501 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-12-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्ने कुरा गर्ने अनि ठुल्दाई बिर्सने? कदापी हुन सक्दैन। छोयला, कचिला, जं: ला, दायका:ला कस्ले बनाउने। छोयला मा अलिकति असली जाँड हाल्नु पर्छ, मुछ्दा दिब्य स्वाद आउछ। अझ मेरो ३५ बर्षे अनुभव भएको म:म: को कुरा , कुरैमा र्‍याल चुहाउनु पर्ला।
 
Posted on 09-12-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मैले पल्टने दारु ल्याछु भन्ने कुरा कसरी थहा पैहालेछन् बुढाले। पर् कोइ बात् छैन, मिल बाटके पियेङे, मिल बान्टके नाचेङे। बोहोत् टेम् भयो गाउ घरम रमाइलो नगरेको।

आज त खुट्टमा नेल् परे पर्ला झाँप्रे म न नाचि छाड्दिन।

ल है सब् लोग् अौनु पर्छ आज बिर्खे ककको घरमा, बँदेल मिलेन भने पनि कोइ बात छैन, बुढाले घरमा छरि उम्रेको लोकल भाले दाम्लाले बानेर राखेका छन् भन्ने खबर् सुन्या हो पल्टनसम्मै।

सलुट !
 
Posted on 09-12-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले साथिहरु हो,

यो हिरक् अबसरमा मेरो पनि हजुरहरुलाइ सुभकामना।

मलाइ पनि के फुर्यो भनेदेखि,

तिम्रो "हेल्लो" मात्र सुन्दाखेरि मन फुरुङ हुन्छ,
येहि चौतारिमा तिम्रो दर्शन पाए अझ कस्तो होला?


ani jimmal baa, thuldai, rikute, sukute sabai chahi jammne re. Hami chahi k garne ni?

Hamilaai pani nimta dinu pardain???????
 
Posted on 09-12-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु आफु जम्नी कुरो पो रेछ, तिजाँ चेलिबेटिलाई नबोलाएर।
 
Posted on 09-12-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बेटी बोलाउने तयारी स्वरुप जम्ने कुरा गरेको भन्थे जिम्माले। होला त भन्थाने। चेलिबेटीको बर्ख दिन को चाड , अलि भब्य गर्नै पर्यो भनेर दिब्य पकवान बनाउन भेला हुन लागेको, सान्नानी चिन्ता लिनु पर्दैन।
 
Posted on 09-12-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे लाई जदौ, चाइन्जो नयाँ मुन्छे त होइन तर मेरो लागि नयाँ भएको ले लु परिचय पनि गरम, रिट्ठे भन्छन क्यार मलाई यहाँ
अब चाइन्जो चेली बेटी बोलाएसी ढाड सेकाउछन क्यार, तेइ भ'र होला नि

 
Posted on 09-12-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता मरेछन सप्पै काम्चोर् हरू !!!!

 
Posted on 09-12-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-12-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये लौ है नाइन्साफि भयेछ।
झन् यो तीजको चाडमा चेलिबेटि नबोलाइ जुटेको झन्डै हमि त।
क्या नाम्! यो ज्यान् त खोयाबिर्के पायो भने आफै लै भुल्ने वला परो फिर् भि गाउँको बुढा पाका आदमि बिर्खे काका ले बिचार् पुर्यौनु पर्नि हो ।
कोइ बात् छैन उसो भये यो तीज् येहि चौतारी मै मनाम् न त। चेलिबेटिलाइ दहि र केरा, केटा पाटिलाइ तीन पाने सुरा। कस्तो लाग्यो हो मेरो कुरा।

अनि मेरो चहिँ रिट्ठे जी लै सलुट छ होइ।
क्य नाम् ! डिप्टिले गर्द यो गाउँमा सधै बस्न पाइदैन, चिनापरि गर्नै गारो के।
पर् कोइ बात छैन यो चौतारिमा को नौलो को पराइ , सबै एकै हो ।

बरु यो नया दोस्तिको सुरु गर्न आज रातिको बुढाहरुको सुरा पर्टीमा तपाइँ पनि अौनु पार्यो है। वरना यो ज्यान् रिसौला नि।

सबको सलुट छ होइ।
 
Posted on 09-12-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म आयिहाल्छु नि रिकुटे ज्यु बरू कती खेर हो कहाँ हो यस्सो खबर चाँही पाम
 
Posted on 09-12-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भाले काट्ने भा' काटुम त नि, एस्तै बेलालाई त हो नि चाइन्जो दाम्लो ला र राख्या!

चेलिबेटि देखुन बुडा खाडा सपैलाई निम्तो! रिकुटेले ल्या देशि दारुमा जो जोलाई पौडि खेल्न मन लाउछ सपैलाई निम्तो!
 
Posted on 09-12-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रिकुटे सोम पनि आइपुगेछन्त! लु आबो तिम्रो लाहुरमा के के गर्यो सब खोक त! जिम्स सुड्डाको बदनमा बबाल दर्द भयो रे कि, तिमीले राइफलको तेल ल्याको छ भने दिइहाल है!

सबैलाई टाटा भन्नु आको मो चाँहि!
 
Posted on 09-12-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिठ्ठे, रिकुटे, ठुल्दाइ, सान्नानी, जिम्माल बा, सुन्तले, मदनवा, अन्तरे, ग्वाचेँ, फ्यान्टे लगायत सप्पैलाइ नमस्ते है । के जम्ने हो हामी पनि कम छैनम नि
दिदी बहिनी त तीज मनाम्न लागि सके जस्तो छ नि ।
 
Posted on 09-12-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई नमस्ते अरेँ है।
 
Posted on 09-12-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजी लाइ पनि नमस्ते है । अस्ती नभनि कन हिंड्नु पर्‍यो त्यस्तै भयो के । अब आज पनि एक्छिन मा सुटुक्क हिंड्नु पर्छ नत्र फेरी आलु किन्नै पर्दैन
 
Posted on 09-12-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले र पर्वतेलाई नमस्ते!

भउतेलाई " जिम्दै रेछउ त, बल्ल मुन्टियौ?"
 
Posted on 09-12-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-12-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते, पर्बते, मुन्नी लाई नमस्ते
सप्पै लाई गूड् बाइ
बिदा पाम अहिले लाई
 
Posted on 09-12-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भऊते जी, कुम्ले ब्रो और् पर्बते जी लै यो ज्यान् को सलुट छ!

अब पल्टनबाट वापस् आऊदा बिर्खे बुढालाइ भनेर राइफल तेल ल्याइदिएको थियँ।पर् बुढालाई राइफल तेल भन्दा कोदाआ तेलको तिर्सना रहेछ। देखने बाद नै रिकुटे हेर कति बदन् मात्र मालिस गर्नु बरु ल्याउ तिम्रो राइफल् छाप् ब्रान्डी आज आन्द्रा भुँडी पालिस गरेर खलास् नै गरिदिन्छु भन्न लागे। कमर दर्द त कुन्नि, मेरो दारु चहिँ बिल्कुल्ल खलास होला जस्तो लागो।
उसि लिए बरु आज सबैजना मिलेर खानु पर्छ है, सब् लोग् रेपोर्ट गर्नु होइ आज साम् चौतरिमा, खोलो बहाने सोच् छ।

सलुट !!!
 
Posted on 09-12-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो धारा जोडीएको डरम छ नि त्यसैमा राखम । आज नुहाम्न पर्च
जिम्माल बा ले अघिनै( ?)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters