serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 204226 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-15-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बज्जे बज्जिनी हरु आफु नहुँदा उफ्रिनु उफ्रिन्छन, आफ्नो फुर्सद भको बेलामा चै सबै हसुर्न जान्छन डाढ नै लाग्ने क्या आफुलाई चै।

 
Posted on 05-15-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कता कता गये सब्बै आओ न ह एक छिन बात मारुम, फेरी हिंड्नु छ क्या १५ मिनट पछी।

 
Posted on 05-15-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के यस्तै हो। नाच्ने बेला मा कम्मर मर्के भने जस्तै। \

असत्तिहरु आफुलाई फुर्सद नभाको बेला हल्ली खल्ली गर्छन्, आफुलाई बिचल्ली मा परेर। अनी ट्यामा भाको बेला, टाप हान्छन।

 

हर्के, म नि त्यस्को पीडित हुं। एउतो पीडित संघ ख्लौं कि क्या हो।

हर्के अध्यक्ष म सचिब ल जा।


चौतारी चन्डाल पीडित संघ।


 
Posted on 05-15-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oie kaam chor, gafaadi gaamleharu ho kati guff garera marna sakeko khit khit khit

 
Posted on 05-15-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याउुउुउ
नराम्रो खाइयो,हल्चल गर्न गाह्रो हुने गरी, हर्के सोम के छ् हो,अचेल झल्याक झुलुक मात्रा झुल्किन्छौ, अर्को होटल खोल्योउ कि कसो.
हो हो म पनि समत छु हर्के को सफाई मा।
 
Posted on 05-15-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेस्सै नगरि भएन दाई, १५ मिनेट कुरेकै हो कोहिनी आएनन म चै लाग्नु पर्ने भो, पछी आउछु है दाई, लौ ठुल्दाइ आहिलेलाई तारेमाम भन्नु पर्ने भो मैले चै।

 
Posted on 05-15-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलनानी नि झुल्के छ, बिस्टेले टन्न खान पल्केछ।

 
Posted on 05-15-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यारिचौ गाउले हो?
आफु नभा' मौका छोपेर काट्नु कुरा काटेछ हर्केले ! तिम्रा नि दिन आम्ला नि हर्के, किन चुरी खुरी गर्छौ चाइन्जो?
हर्क्या ताल मा दोश्रो राउन्ड ठोक्नै बिर्स्या झन्नै !
लौ सप्पैलाई दोश्रो राउण्डको जदौ, नमस्ते, अनी तारेमाम

आकाशि मैया नि धेरै पछी आएउ नि? गाथमा आरामै होला क्यारे

 
Posted on 05-15-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाल बसिरहेको मन्त्रिपरीषद्को बैठक द्वारा प्रकाशित सुचना (दोश्रो खण्ड):

 

सुचनाको दोश्रो खण्डमा निम्न बिभागका बिभागिय प्रमुखहरु कार्वाहीमा परेका छन्।

 

१) खच्चर ग्रुमिङ संस्थान का अध्यक्ष श्री च्याङ्बा चाम्लिङ्ग, तपाइँले खाइ पाए आएको ग्रुमिङ संस्थानको पदभार बमोजिमको कुनै पनि काम गरेको देखिन आएको छैन। खच्चर जस्तो, हेर्दा घोडा र काम गर्दा गधा बन्न सक्ने प्राणिको ग्रुमिङ को जिम्मेवारि लिएर पनि तपाइँ मजाले खाएर आराम गरेर मात्र बस्नु भएको छ। चौतारीको संस्थानमा तपाइँको प्रबेश केवल किरेजी क्राफ्रोड आएको बेलामा मात्र देखिन आएकोले तपाइँ बाट खच्चरको ग्रुमिङ कार्य नहुने निधो गर्दै तपाइँलाई सेवा बात भविश्यमा आयोग्य नहुने गरि बरखास्त गरिएको छ।

 

२) साहित्य तथा छुचो बोलि प्रोत्साहन समितीका सचिब श्री गौतम विक्रम गोतामे, तपाइँको यस्तो गरिमामय बिभाग हुँदा हुँदै पनि तपाइँ चौतारी सरकार प्रतिको आफ्नो कर्तव्यपालनाबाट च्युत हुनुहुन्छ। साहित्यको प्रोत्साहनमा चौतारीमा तपाइँले योगदान त के पाँच पैसाको गौदान समेत नगरेकोले चौतारीका कयौँ वास्तवमा सयौँ जागरुक जनताहरु साहित्य  र छुचो बोलि बिमुख हुन पुगि  छातिमा भाला रोपेको जस्तो साहित्यिक वाण हान्न छोडेर नरम र गुलियो कुरा गर्ने बनेका छन र यसको आरोप तपाइँलाई जान्छ। तपाइँलाई घटुवा गरिएको छ, आजका मिती देखि लागु हुने तपाइँको पद, सहायक, नचलेको साहित्यिक पुस्तक च्यातचुत तथा सोहि काजतले नानाभाँति पाछपुछ समिती रहने छ।

 

३) चिलिम कल्याण समाजका अध्यक्ष श्री राहुलभाई रायमाझी, तपाइँले पद को दुरुपयोग गरेको गणित तथा तथ्याङ्कले पुस्टि गरेको छ। चिलिम कल्याण जस्तो कल्याण समितीमा बसेर पनि तपाइँले दिनमा एउटा दुइटा चिलिम ब्रेक भन्दा बढि चिलिमलाई कहिले कल्याण गर्नुभएन। बिगतमा सदैव चिलिम प्रेमि देखिनुभएकोले जनताको अपार माया तथा स्नेह पाएर तपाइँले यो पद पाउनुभएको थियो। तर पद पाएको यतिका समय बितिसक्दा पनि तपाइँले ३ जना भन्दा बढि चिलिमे उरन्ठेउलाहरुलाई आफ्नो पार्टीमा ल्याउन सक्नुभएन। चिलिम भन्दा बढि तपाइँको झुकाव मम, नारायणगोपाल तथा सबिता र कबिता तिर बढि देखिएकोले तपाइँलाई आजका मिती देखि लागु हुने गरि चिलिम कल्याण समाजको अध्यक्ष पद बाट बरखास्त तथा सरुवा गरिएको छ। सरुवा गरिएको विभाग भने मन्त्रिपरीषदले यो बैठक सकिएपछि बताउने भए ता पनि, माति उल्लेखित मम, नारायणगोपाल वा सबिता कबिता हरु संग हातेमालो गर्न मिल्ने बिभाग हुने छ।

 

४)पौराणीक तथा बैज्ञानीक सहित्य समितीका महर्षी श्रि गालबेन्द्र गिरि, तपाइँले खाइपाई आएको अत्यन्त गरिमामय, सम्मानित तथा बेलाबेलामा अभिमानित् समितीको पदभारमा तपाइँ बिगत केहि समय देखि अनुपयुक्त प्रमाणित हुनुभएको छ। पौराणिक तथा बैज्ञानिक साहित्य संकलन तथा सृजना एक ठुलो बिधा हो। सृजनसिल महर्षीले एक पटक साहित्य पस्कने कुरा गर्छ र २ पटक साहित्य पस्कन्छ, तर तपाइँ ३ पटक पस्कने कुरा खोक्नु हुन्छ र एकपटक पनि पस्कनुहुन्न। तसर्थ मन्त्रिपरीषद्ले तपाइँलाई तपाइँले खाइपाई आएको पदमा अयोग्य ठहर गर्दै तपाइँलाई तपाइँयोग्य समितीमा घटुवा तथा सरुवा गर्ने निर्णय गरेको छ। आजको मिती देखि तपाइँको पद, हल्कारा, लुकेको समाज तथा बसपार्क साहित्य समिती रहने छ।

 

५)चौतारि माध्यामिक बिद्ध्यालय ( चौमाबी) का प्रिन्सिपल, श्रिमती मास्टरनी नानि मरहठ्ठा, तपाइँ चौमाबिको प्रधानअध्यापिका रहँदै आउनुभएकोमा, चौमाबीका बिद्धयार्थिहरुको हालको चर्तिकला, चौमाबिको एसएलसि रिजल्टको कन्तबिजोग तथा चौमाबिमा हाल बिद्ध्यार्थिहरुमा कायम रहेको एउटै कक्षामा ३ बर्षे निती इत्यादी सम्पूर्ण कुराहरुको तथ्याङ्कले तपाइँले पदभारमा रहि केवल भार बिसाउने काम मात्र गर्नुभएको खुल्न आएको छ। तसर्थ तपाइँलाई घटुवा गरिएको छ। तपाइँको आजका मिती देखि लागु हुने पद, टिचर, चौतारी प्रि प्राइमरी इस्कुल रहने छ।

 

 

बाँकिका फेर बदल, नया बिभाग तथआ बिभागिय प्रमुख नियुक्ती सम्बन्धी सुचना यो बैठक सकिएपछि तेश्रो चरणको सुचनामा प्रकाशित गरिने छ। केहि महानुभावहरुले नया बिभागिय पदभार पाउनुभएको छ भने केहि बिभागिय प्रमुखहरु बढुवा पनि हुनुभएको छ। सबै बाँकि सुचना तेश्रो चरणमा।

 

पुनश्च: (चित्त नबुझेको हकमा)- कुनै पनि पदभार फेरबदल, बढुवा घटुवा वा सरुवामा चित्त नबुझेमा नबुझेको चित्तको एक टुक्रा एउटा निवेदनसाथ संलग्न गरेर पठाउनुहोला, उक्त निबेदनमाथि कार्वाही गरि न्याय प्रदान गरिने छ।

 

धन्यवाद्

 

चौतारी मन्त्रीपरीषद्

Last edited: 15-May-08 02:28 PM

 
Posted on 05-15-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना दोहोरिएछ!

एकजना मन्त्रिज्यूको हाँसो  

'लोल'

:पी

:डी

:ओ : ओ

:) रोटफल

लोल्लोल: :डि

Last edited: 15-May-08 02:27 PM

 
Posted on 05-15-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीमान/श्रीमती प्रवक्ता ज्यू।
चौतारी मन्त्री परिषदको कार्यालय।
चौतारी

                                         बिषय- चित्त नबुझेको ले पित्त पठाइएको  बारे।

महोदय,

           चिलिम कल्याण समाजको संस्थापक अध्यक्षको हैसियतले चिलिम र चिलिम पारखिहरुको गरिमा सधैं उच्च राख्दै चिलिम बिरोधी अराजक तत्व संग संघर्ष गर्दै आएको बिदितै छ। हालै को निर्वाचनमा आधारमी आराध्य देब महादेब का कट्टर दुश्मनहरुले अनेक प्रपन्च गरी चुनाव जिती आएकोले हाम्रा चिलिम प्रेमी सभ्य नागरिकहरु भूमिगत हुनु परेको तथ्य घाम जत्तिकै छर्लङ छ। तसर्थ संख्यात्मक हिसाबले चिलिम कल्याण समाजको बिस्तार नभएको जस्तो मात्र देखिएता पनि गुणात्मक हिसाब ले अग्रगामी छलाङ मार्न सफल भएको छ। तसर्थ मन्त्री परिषद को घटुवाको निर्णय अत्यन्त हचुवा भएको ले चित्त दुखेको छ। दुखेको चित्त के पठाउने भनेर नियमित निस्क्रमण गरिने एक टुक्रा पित्त यसै साथ नत्थी गरी घटुवा निर्णय लाई तत्काल बदर गरी बढुवा मा पारीणत गर्न हुन यो निबेदन दिएको छु।

निबेदक


राहुल भाई राजभण्डारी
अध्यक्ष
चिलिम कल्याण समाज।
 

नोट्: अन्यथा वाध्य भएर चौतारी चन्डाल पीडित समाज को अध्यक्ष आँफै बन्नु पर्ने हुन जाने छ। र त्यसको जवाफदेही मन्त्रिपरिषद आँफै हुने छ।

Last edited: 15-May-08 02:57 PM

 
Posted on 05-15-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>आजका मिती देखि लागु हुने तपाइँको पद, ‘ सहायक, नचलेको साहित्यिक पुस्तक च्यातचुत तथा सोहि काजतले नानाभाँति पाछपुछ समिती’ रहने छ। <<<

>>>चिलिम भन्दा बढि तपाइँको झुकाव मम, नारायणगोपाल तथा सबिता र कबिता तिर बढि देखिएकोले तपाइँलाई आजका मिती देखि लागु हुने गरि चिलिम कल्याण समाजको अध्यक्ष पद बाट बरखास्त तथा सरुवा गरिएको छ। <<<

>>>हाल बिद्ध्यार्थिहरुमा कायम रहेको एउटै कक्षामा ३ बर्षे निती इत्यादी सम्पूर्ण कुराहरुको तथ्याङ्कले तपाइँले पदभारमा रहि केवल भार बिसाउने काम मात्र गर्नुभएको खुल्न आएको छ।<<<

 



 
Posted on 05-15-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि नयाँ पदभार तथा बढुवा-

 

१)       श्री बिस्टे राम विष्ट, अध्यक्ष, चौतारी हरियाली बचाऊ तथा चित्रकला बिभाग

२)      श्री लहरेकान्त लाकौल, अध्यक्ष, चौतारी गित संगित टाँसटुस महाशाखा  तथा उस्ताद, गित गजल महेफिल मुल समिती

३)      सुश्री दीपीका देबि दवाडी, अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना तथा गित संगित जागरुक श्रोता तथा प्रस्तोता समाज

४)     श्री रिठा राम रायमाझी, अध्यक्ष चौतारी अटोमेटिक ऐन्सरिङ सिस्टम तथा अध्यक्ष पिन्क फन्ट एडमाइरर्स एसोसिएसन

५)     श्री झिल्के दास झाँगड, अध्यक्ष नारी फकाऊ सुझाव आयोग तथा लिटल रोज ट्रेजिडि काउन्सेलिङ सेन्टर

 

 

तलब तथा सुबिधा-

माथी उल्लेखित महानुभावहरुको परिश्रम, लगन तथा इमान्दारीताको लागि मन्त्रिपरीषदले चौ से नि २००८ को दफा ४२० अनुसार नवौँ तहको तलब तथा सुबिधा प्रदान गर्ने निर्णय गरेको छ। एक भन्दा बढि बिभागिय प्रमुख हुनुहुने महानुभावलाई तलब सुबिधामा २ ले गुणन गरेर दिइने छ। दिइएको पदभार ग्रहण गरि निमकको सोझो गरि चौतारीको सेवा गर्नुहोस!

 

धन्यवाद्

 

चौतारी मन्त्रीपरीषद्


 
Posted on 05-15-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा र राहुल दाई!

हैन साँच्चि हाम्रो जिम्माल बा ले "म बास्तवमा चौतारीको बुढो मान्छे हुँ" भन्ने कुरो बिर्सिनुभयो कि कसो? खाली तरुणहरुको जस्तो भाषामा मात्र बोलेको देख्छु। हाउँरा जिम्माल बा लाई पनि "बा" बाट "बाबु" मा घटुवा गर्नुपर्ला जस्तो छ!

सबैलाई जदौ!


 
Posted on 05-15-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>४)     श्री रिठा राम रायमाझी, अध्यक्ष चौतारी अटोमेटिक ऐन्सरिङ सिस्टम तथा अध्यक्ष पिन्क फन्ट एडमाइरर्स एसोसिएसन

५)     श्री झिल्के दास झाँगड, अध्यक्ष नारी फकाऊ सुझाव आयोग तथा लिटल रोज ट्रेजिडि काउन्सेलिङ सेन्टर’<<

 


 
Posted on 05-15-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्त नबुझेको निबेदन उपर छानबिन र निर्णय:

 

हालै घटुवा गरिएका चिलिम कल्याण समाजका पूर्व अध्यक्ष श्री राहुलभाई रायमाझीले, पित्त सहित पठाएको चित्त नबुझेको निबेदन उपर भर्खरै मन्त्रीपरीषदले छलफल गरि निर्णय गरेको छ। निज रायमाझिको निबेदनलाई मध्यनजर राख्दै, उनले भोग्नु परेको पिडा पिडामापक यन्त्रले नाप जोख गरेर हेर्दै, चुनावि सरगर्मीले गर्मि गरेको कारणले चिलिममा कल्याण गर्न नसकेको ठहर गरेको छ। यस ठहर संग संगै मन्त्रीपरीषद आफ्नो पहिलाको निर्णयमा खेद प्रकट गर्दछ। साथै निजलाई प्रोत्साहन स्वरुप पद मात्र हैन सम्मानमा पनि बढुवा गरिएको छ। निजको अहिले देखि लागु हुने पद, अध्यक्ष 'चिलिम तथा मम कल्याण महाशाखा, गौशाला' रहेको छ। तर निजले चिलिम तथा मम दुबै पदभार तथा त्यसको तलब सुबिधा खानको लागि मन्त्रिपरीषद्ले दिएको सम्मानको बढुवालाई पनि ग्रहण गर्नु पर्ने अनिवार्यता भने राखेको छ। सम्मान स्वरुप मन्त्रिपरीषद 'ठुल्दाई' को नामले सम्मानित श्री राहुलभाई रायमाझीलाई आजका मिती देखि ठुलो भन्दा पनि सम्मानीत; 'बुढोदाई' को नाममा ससम्मान बढुवा गर्दछ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्


 
Posted on 05-15-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आज सुचना दिवस परो कि के हो? जो पनि सुचना मात्रै टाँस्छन।
यो जिम्मालले कती हसौन सकेका हौ।
 
Posted on 05-15-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री राहुलभाई रायमाझीलाई आजका मिती देखि ठुलो भन्दा पनि सम्मानीत; 'बुढोदाई' को नाममा ससम्मान बढुवा गर्दछ।
 
Posted on 05-15-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'बुढोदाई'


 
Posted on 05-15-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>४)     श्री रिठा राम रायमाझी, अध्यक्ष चौतारी अटोमेटिक ऐन्सरिङ सिस्टम तथा अध्यक्ष पिन्क फन्ट एडमाइरर्स एसोसिएसन

 

हैन त्यो भनेको चाँही के हो जिम्माल बा बुझाई दिनु पर्‍यो?



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters