world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299744 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-02-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि दिउसो त बाझो जोत्दा र आलि लाउदा फुर्सत हुदैन । हल्ला गर्ने ट्याम यहि हो ।


बल्ल बल्ल चौतारीमा चियाउन पाको, किन रिसाउनि ।


रिस हो सबको शत्रु रिसले सब भासिने


रिसले हुन्छ झगडा रिसले सब नासिने

Last edited: 02-Oct-07 11:58 PM

 
Posted on 10-03-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब चाँही निंद्रा लाग्यो। यो गजल सुनम सुत्नि बेलाँ। शुभरात्री।


 
Posted on 10-03-07 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaa.

Antare sanga nabolne. hamlai MO:MO khana nabolaako
 
Posted on 10-03-07 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste gaamle sathiharu taaaaaaaaaaaaaa.

 
Posted on 10-03-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste gaamle sathiharu taaaaaaaaaaaaaa.
 
Posted on 10-03-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घायल बनेका बादल
उठे हुन मनमा सायद
बर्षिन्छ कि झैँ छ मन
नयन बिच्किन्छन झन झन

बाँधेका त छन गाजलको देख्छु आँखामा बाँध
चिन्तित छन परेली तर मेटिएला कि भनेर साँध

बर्षिउन बादल, चलोस आँधि, भत्किउन बाँधहरु
उदाउँदो घाम सँगै बरु मनले तोकोस नयाँ साँधहरु
 
Posted on 10-03-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिसो चिसो हावामा
यो मन तिमीलाइ नै खोज्दछ
..........

बुधबारे जदौ,
 
Posted on 10-03-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है ठूलि राहुल्दा, नेप्चेभाइ ,चनादाजु अनिखेरि पछि आम्नेहुने सप्पैलै


दिपदा,
धेरै पछि मज्जाको कबिताआयो नि !! त्यसैले 'लु तो' हजुरलै मेरोतर्फा'ट नि :)

छेकेको त गाजलले नै,छल्किन्छन कि परेलीहरु भनि
पोतिएर आँखाहरुमा सल्बलिन्छन कि हातहरु अनि

पखालियो घाउ, झरिसरि बर्षिए कि सेताबादलहरु
भरियो घडा शुभकामनाको,मजबुत बने साँधहरु


 
Posted on 10-03-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, है मिस नानी, दीप ब्रो, चना दाइ, ठुली आदि इत्यादि सबैमा। प्रभातकालिन मन तातो अभिबादन।
 
Posted on 10-03-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाईप हियर
सम्पूर्ण गाउले हरु लाई यो रिट्ठे को शुभ प्रभात अनी बुधबारे जदौ
 
Posted on 10-03-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ बिहानी प्यारा चौतारीबासीहरु!

यो एका बिहानै सबैजना आएर चौतारीमा रमाइलो गरिरहनुभएको देख्दा हामी अत्यन्त खुसी भएका छौँ। सबैको खुसीमा सरिक भइ सबैलाई हौसला प्रदान गर्ने हाम्रो कुम्ले बंशको परम्परा रहदै आएको छ।

श्री चौतारीमाईले हामी सबैको कल्याण गरुन्।

जय साझा
 
Posted on 10-03-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउले हरु श्री कुम्लेको साझाबासीको नाममा बक्स भएको सन्देश आज साँझ चौतारी एफ.एम १०७.५ मेघाहर्ज बाट प्रत्यक्ष्य प्रसारन् गरिनेछ
तेतिन्जेल सम्म रमाइलो गर्दै गरम, मुङ्फुली खाँदै गरम, खोस्टा चाँही अन्तै फालम
 
Posted on 10-03-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समपूर्ण आदरणिय चौतारीसमुदायमा हाम्रो पार्टी चौकपा (खाओबादी)को तर्फबाट रातो नमस्कार!

आदरणीय चौतारीजनसुमदाय,

चौतारीमा सदियौँ देखि लादिएको, हैकमबादी, सामन्ती, यथास्थितीबादी, प्रतिगमनवादी, जारशाही, तानाशाही साशन प्रणालीले पटक पटक देखाउने बुर्जुवा प्रवृतीबाट सम्पुर्ण जनसमुदाय अत्यन्त त्रशित, आतंकित, र निरिह बनेको तितो यथार्थ हाम्रो सामु छ। हालै कुम्ले शाहीबाट स्वघोषित रुपमा चौतारीबासिको नाममा दिइएको दिइएको कथित सम्बोधनको हाम्रो पार्टी घोर भर्तसनाको साथसाथै नैतिक बिरोध गर्दछ! यस्ता शासकहरु र तिनका भारदारहरुलाई हदै सम्मको भौतिक कार्वाहि गर्ने हाम्रो पार्टीको निर्णय र हामिले बिजय पाउँदै आएको चौतारी जनयुद्धलाई निरन्तरता दिने सिलसिलामा, राज्य आतंकबाट सम्पुर्ण जनतालाई मुक्त गर्न यो हप्ता हामिले निम्न योजनाहरु बनाएका छौँ-

१) कम्तिमा पनि करिव १० वटा बुर्जुवा भवनलाई क्षतिग्रस्त पार्ने।
२) जनसरकारिय निर्णय अनुसार ५ जना सामन्तीलाई बृद्ध, आइमाई तथा केटाकेटिको अगाडि विभत्स मृत्यूदन्ड दिने।

हाम्रा महान नेता श्री अखन्डको हस्ताक्षर सहितको जानकारी यहिँ समाप्त गर्दै हामि भन्न चाहन्छौँ कि हाम्रो पार्टीको निर्णय विपरित काम, कार्वाहि, रहन, सहन, पुजा, आजा कुनै पनि कार्य कसैले गरेको देखिएमा निजलाई पनि बुर्जुवाबादी करार दिएर हदै सम्मको भौतीक कार्वाही गरिने छ।

रातो नमस्कार!
हाम्रा महान नेता अखन्ड दिन्दावाद्!
 
Posted on 10-03-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-03-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट मोर्लिङ्!

के हुँदैछ गाम्लेहरू?
ठूली, नेप्चे, राहुलदाइ, दिप ज्यो, चना दाइ, मिस दिदी, रिठ्ठे, कुम्ले, जिम्माल बा र अरू पछि पाल्नुहुने सबैमा जदौ!
 
Posted on 10-03-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हामपन्थी पार्टी

प्रेस बिज्ञप्ति

चौकपा( खाओबादी) को तर्फबाट जारी गरिएको भौतिक कार्यबाही गर्ने सम्बन्धी बाँदरे धम्की प्रति हाम्रो पार्टीको ध्यान र ज्ञान दुबै आक्रिष्ट भएको छ।
हाम्रो पार्टी देशका पीडित शोषित (हाम गर्न न पाएका, दाम कमाउन न पाएका, काम न पाएका) सबैको साझा पार्टी भएकोले हाम्रो पार्टी यस्ता झुसे भौतिक कार्यबाही संग रत्तिभर बिचलित नहुने र हामीलाई भौतिक कार्यबाही गर्छु भन्नेहरुलाई रसायनिक र जैबिक कार्यबाही गर्नु परे पनि पछि नहट्ने नम्र चेतावनी दिन चहन्छौ।

मा. कुमार् रेशमिया
महा-सचिब
 
Posted on 10-03-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न! चौतारीमा नि राजनीति कुनीति छिरेछ!
 
Posted on 10-03-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी गाम्लेमित्रहरु !!
चौतारीमा रम्ने र रमाउने हो भन्चु र।कपोलकल्पित कुरोहरु र तथानाम अभिब्यक्तिले मनोरन्जन भन्दा बढी निरास र भ्रामक परिस्थिति सृजना गर्ने भएकोले त्यस्तासमाचार र भाषण भन्दा बरु मिठो रसिलो हसिमजाक र सधै जसो हुनेगरेका नेपालीको गाउ, शहर, वेसि, तराइ, पहाड, मेचिदेखि महाकाली सम्मको परिँवेशको जिवन्त प्रस्तुति होस भन्ने मानेकिम है । अरु त हउरहुरलै नै बुझ्नुहोला (मनमनै कत्ति नै जान्ने भाकी मिस भन्ने होला सप्पैले जो, जे सुकै होस भनिहाले के रे )


'५ जना सामन्तीलाई बृद्ध, आइमाई तथा केटाकेटिको अगाडि विभत्स मृत्यूदन्ड दिने।""---------
बिर्खे जिम्माल,
हउरको यो भाषन भन्दा हउरले गर्ने जिम्माल बाको नौटंकी धेरै राउरो लाउछ हे मुलाइ त :) रिसानि माफ होस है


राहुलदा पनि ?!!!!! अनुराधा लेखिस्योस न दादा बरु :)

Last edited: 03-Oct-07 10:25 AM

 
Posted on 10-03-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यहाँ त बिज्ञप्ति माथि बिज्ञप्ति आउन लाग्यो, कसैको धम्की कसैको चम्की सबै हामी सोझा साझा गाउलेले नै सहनु पर्ने ?
चित्रे जासुस, यि बिज्ञप्ति निकाल्ने दुई नेताद्वय को को हुन, बाह्र्य भित्रिय कून शक्ती हुन र के का बलमा उफ्रेका हुन (उफ्री खोइ आज हँ?) तु. पता लगाउनु पर्‍यो
 
Posted on 10-03-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारा अखन्डबादीहरु!

यहाँहरुले हामी समक्ष निवेदन गर्नुभएका दुई बुदेँ मागहरु देखेर हामी प्रशन्न हुइबक्सेका छौँ। जनताहरुको चौतारी जनयुद्धमा हाम्रोपनि उत्तिकै समर्थन रहदै आएको कुरा हामी पुन: यहिबाट प्रष्ट पारिबक्सन्छौ। जनतालाई साथ लिएर जनताका मागहरु पुरा गर्ने हाम्रो कुम्ले बंशको गौरवमय परम्परा रहदै आएको कुरा हामी फेरि यहि महाबाणीबाट भन्न चाहिबक्सन्छौ।

यहाँहरुको मागलाई ह्रिदयङम गरी सो मागलाई चाँडो भन्दा चाँडो पुरा गर्न हामीले हाम्रै अध्यक्षतामा एउटा एक सदस्य टोली घठन गरिबक्सेका छौँ। क्रिपया ती १० घरहरुको ठेगाना, दुईप्रति पासपोर्ट साइजको फोटो अनि "श्री कुम्ले महाराजको जय जय जय" लेखेको तिनवटा ब्यानर लिएर पश्चिम गेटमा रहेको हाम्रो जनसम्पर्क कार्यलयमा बुझाउनुहोला। त्यस्को लागी लाग्ने राजस्वपनि त्यहि बुझाउनु होला। साथै मृत्यूदन्ड दिने ५ जनाको नामपनि त्यसै गरि राजस्व र ब्यानर सहित त्यहि ढोकामा बुझाउनु होला। मृत्यूदन्ड हेर्न मन लागेका प्यारा चौतारीबासीहरुलाई दक्षिण गेटबाट मिती २०६४ असोज २० गते बिहान ९ बजे लाइन लगाएर पठाउनु होला। सम्पुर्ण चौतारीबासीहरुले लगाउनुपर्ने पोशाकको बिबरण त्यहि ढोकामा उपलब्ध छ। सबैलाई "श्री कुम्ले महाराजको जय जय जय" लेखेको ब्यानर लिएर आउन उर्दी जारी गरिएको छ।

श्री चौतारीमाईले हामी सबैको कल्याण गरुन्।

जय साझा!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters