world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 155950 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-16-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल हजुरबा, ओरिजिनल लिस्ट त ठुलि फुफुको हो क्यारे, तैपनी मुन्नी फुफुले पनी चिप्ले हजुरबालाई चाइ da लगाएकी छैनन्, ठाइँलो र राँइलो हजुरबाहरु चाइ दाई रे, काँइलो हजुरबा चाइ नो दाई, किन त्यस्तो ?
 
Posted on 08-16-07 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी त्यो चस्मा ला'को चाँही ठुल्दाइ?
 
Posted on 08-16-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल बा तो लिस्ट काँ मुन्निले बना हो त नि, तो त ठुलिले बनाकि। लौ अब गर फिरि कानकुलेसन।

अनि यो सुन्तले किन हल्ला गर्‍या झन् सबभन्दा कान्छो बनाईदिन्थे गाम्लेले, ह्याँ जिम्माल सर्जरि गराई गराई तरुनो हुन खोज्या बेलाँ तिम्लाई चाइँ किन बुढो हुन मुन लाग्या हो?
 
Posted on 08-16-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे नाती, तो त चाइन्जो चिप्ले त दाइ नलाए नि दाइ भओ नि, असलि कुरो लिस्टोमा काँ निर दाइ लाउन बन्द भओ हेरि त्याँ देखुन चाइँ सपै मुन्निको उमेर अथवा मुन्निका भाइहरु हुन नि!

 
Posted on 08-16-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एsssss तेसो पो!
 
Posted on 08-16-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो लिस्टो हाउँरि ठुलिले पो बनाको???
हाहाहा हो त रैछ माथि पट्टि। मुन्निले थपेकि रैछिन नेउचेलाई!
ठुलि फेरि गुर्र्र्र्र्र्र्र्र्र्र.................
सारे किये कराये पर पानी फेर गइ कमबख्त्!
 
Posted on 08-16-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खु महाराज दया गरी बक्सियोस। कहाँ बेइज्जत गरेको भने। असली बात सार्वजनिक स्थलमा घोषणा गर्ने भन्या।
उमेर २ बिस भए नि मन त १ बिस छ नि हो। अब तपाईं कै गणीतिय सुत्र लगाउंदा नि १ बिस र १ दस हुन्छ। पूण्टे दा को खप्पर हेरेर भए नि जेठाको पदबी दिनु पर्छ नि। फेरी सुन्तले आएका छन, २० बिस र चार रे, जेठा तिनैलाई दिम के बिचार छ?
 
Posted on 08-16-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित......खित........खित
 
Posted on 08-16-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्ला नगरी नहुने भे पछि के गर्नु त, हजुर्बा बन्न पा भे नाती हरुलाई गली गर्न कत्ति मज्जा आम्दो हो।

फेरी अब छोरो नै college जान लागे पछि वा अझै तरुनो बनिराछन् भन्ने थाहा पयो भने त बब्बाल् गर्ला नि तेस्ले।
 
Posted on 08-16-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदैन........हुँदैन..... चौतारीमा ठुल्दाइको पदबी अरु कसैलाई दिन पाँइदैन, पाँइदैन
 
Posted on 08-16-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्ले असत्तिहरु हो, हाउँरो लक्का जवान ठुल्दाईलाई कोल्ले बुछो बनाओ हँ???
एस्तो लाम्ला र खाम्ला भन्ने उमेरा मान्छेलाई सपैले ठुल्दाई भने भन्दैमा सपै भन्दा बुडो बनाउने???? हुँदैन बाबै पापको भारि क्यार्न बोक्न खोज्या छौ?
ल ठुल्दाई सपैलाई भनिदिएँ!
दाइ को त भने अब 'बा' र 'हजुरबा' हरु पनि सपैको अलि अलि घटबढ गरा'र मिलाम्ने कि??
 
Posted on 08-16-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हन इ गाम्लेहुरले सप्पैको जो फुटो खिँच्न भ्याका छन भन्छु र । तो के जाति जिम्माल बा मलाइ बेला बेलाँ काइला भन्थे, ह्याँ के जाति परमोशन अरेर साइला बना'छन के रे । तो कसरी तेस्तो भओ ? भनेर चिच्याउन के ला'थिँ सुन्तले पो बम्किरा' के हेरि ।

अब यो चम्बु जिम्माले ले के अरो अरो पलास्टि सलास्टि मुखाँ पोतेर के के अरेछन के रे, राँइलो पो बन्न ग'छन हौ, तो नि मास्तिरा'ट सुन्तले ले ठेलेसिन अन्तरे हुनि भो के रे, लु अब गामभरिका अन्तरे भन्नि मान्छे साख्है अन्तरे कि तो नलि खुट्टा कामै नलाउनि भ'का जिम्माल बुढा अन्तरे हुन ?

हन ए ठुल्दाइ, पुण्टे दा, सुन्तले दा लु पञ्च परमान राखेर छिनो फानो अर्नु परेन के ? हैन ।
 
Posted on 08-16-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि कता गइन सोध्दिन्थिन कि, बुछो जिम्मालबा भनेको के हो?
 
Posted on 08-16-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो महिला पाटीआँ अग्गाडि बस्नि कालो चोलि ला'कि चै ठुलि रैछ, अनि सँऐको सेतो पछ्यौरी ओढेकि चै तितौरी र'छ ।

तेसको छेउमा बसेकि फुच्चि चै शब्बु होला के रे, अनि मुन्नि होला, पछिल्तिर चै को को रैछन को नि ?
 
Posted on 08-16-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब महिला को उमेर र पुरुषको कमाइ न सोध्नु भन्थ्यो उहिले । अहिले पुरुषको उमेर र महिलाको कमाइ नसोध्नु भन्ने उक्ती चलाऊने जुक्ती गर्नु पर्ने आबश्यकता ठानेको छु मैले।
कारण आँफै पत्ता लगाउनुस्।
पहिला त्यो महिला शब्द नै फेर्नु पर्ने भा छ। भाषाको अलिखित ईतिहास अनुसार त्यो "महिला" शब्दको हिज्जे (spelling) गल्तिले मिस्टेक भाको रे। "पहिला " हुनु पर्ने ठाउँ मा "महिला" भाको रे। त्यही सही शब्द गोरा मोराले चोरे छन र ladies first भन्ने टुक्का निकालेका हुन। खाइ कुरा बुझेको?
तारेमाम।
 
Posted on 08-16-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अरु के परमान खोज्छौ ए चतुरे काइँला, हेरि पर्जातउँत्र आ' देश हो बाबै सपैले राइँलो बनाएसि भोट ले नै ठिटो भइन्छ याँ! अब धेरै गाम्लेले चाइन्जो तँ बुडो, तँ बालखा भने भन्देखुन हेरि तेइ चाइन्जो नजिर बन्छ हाउँरो देशाँ! म त लाएँ अब चुच्चे जुत्ता र जिनको पेँठ किन्न , बरु लाउने पो कसरि हो लु लु ग्वाँचे सिकाउ सिकाऊ!


 
Posted on 08-16-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढै बुढाहरुको पो जमघट भो, लौ त हजुरबाहरु तपाईंहरु खोक्दै बस्नुस, म चाइ ढले, भोली भेटुम्ला, सबैलाई हरी शरणम्!!!
 
Posted on 08-16-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चना दाई नि झुल्किनु भयो। तारेमाम है, न देखेको, कुरा न भएको युग बित्यो नि। अब यस्तो लक्का जवान मुन्छे बुढा भइसकें।
लौ आज लाई खेल खत्तम पैसा हजम। टिरेन ले सिट्टी लायो, तारेमाम।
 
Posted on 08-16-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैको रोल् क्रम् परिबर्तन हुने छैन। म जेठा ठुल्दाई लिन्छु। "कान्छा कान्छ" हुन्छ भने "जेठा जेठा" किन नहुनु।

बरु अहिलेलाई साझा BUS छुट्न लाग्यो, तारेमाम्।
 
Posted on 08-16-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा एक दिन दिल्लि गएछ। बिचरा जिन्दगीको लाइफमा फस्ट टाइम दिल्लि गएको, सुरसार केहि पाएनछ। अलि अलि शुद्ध हिन्दि बोल्न जानेको बजियाले देहाति टोनमा, साह्रै ट्वाइलेट जान मन लागेछ बस बाट ओर्लिएपछि। अनि नेपालाँ देखेको शहरतिर जस्तो रेस्टुरेन्ट, होटल तिर ट्वाइलेट होला भन्ठानेर एउटा दिल्लिबासिलाई सोधेछ-
" भाइसाहभ इधर लघुशंका करनेका होटल किधर है?
दिल्लिको भाइसाहबले मदनवालाई शिर देखि पाउ सम्म हेरेर भनेछ-
" लघुशंका करनेका होटल नहिँ संडास होता है"
यति भनेर उसले मदनवालाई ट्वाइलेट देखाइदिएछ।
ट्वाइलेट बाट फर्केपछि मदनवाले फेरि त्यहि मान्छेलाई देखेछ र यसपालि सोधेछ-
" भाइसाहब इधर खाना खानेका संडास किधर है?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters