nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 125351 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-16-07 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पहिले पहिले कविताहरु यस्तो रमाइलो हुन्छ भन्ने कहिले लागेको थिएन। साँच्चि हो! कहिले लागेको थिएन। तर साझामा आउन थालेपछि यसरी कविता, कथाहरु सित साइनो गाँसियो नि, अब त यिनीहरु बिनाको जिवन कस्तो हुन्छ होला अनुमान नि गर्न सक्दिन।

गोताएँदाई हजुरको "गजलको भाइ, गीतको दाइ, कविताको भतिजा, मुक्तकको काका" अनि त्यस्मा राहुलदाई र गालउले थपेका टुक्राहरु अत्ति राम्रा छन्। सार्‍है राम्रा!!

मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना

थाहा छ बजारमै खोसाखोस भएको
दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

थाहा छैन के छ भित्र, तर ढुक्क छु
मैले आगत टेकें खाममा तिम्रो ठेगाना

प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना


राहुल दाई को "आज हिम्मत नहारी लेखे मेरो नाममा तिम्रो ठेगाना" र गालउले "च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना" चाँहि बबाल लेख्या हो है!!

हैन, सबै एक से एक छन्। हेर्न थाल्यो, सबै बबाल लाग्छन्। कस्तो आउने यार!!

आफ्नो त यस्तो दुखेसो छ,

धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


;-) :P

हे हे हे!!

जदौ गाम्लेहरु!!

:-)
 
Posted on 01-16-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआ

के हुदै छ बिहान बिहानै चौतारीमा? २‌‌+२‍=५ रे? के चक्कर हो; बुझ्न गारो भो ।

कुम्लेको दुखेसो त ई-प्रेमी हरुको भर्सन रहेछ नि त :-)

के छ ठूली, चित्रे, कुम्ले, गालब: आर्को स्वस्थानीको बेला भएन र भन्या?
 
Posted on 01-16-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, के छ हालखबर?
मैले त माथिका कविता हेर्नै भुलिरा'को, तिमीले भनेर बल्ल पढें दामी रैछ सबैको।

ल मैले नि दुइ लाइन थप्ने धृष्टता गरें।

कति गरें नाटक मैले, कैयौं गरें बहाना
गरें सब पाउनकै लागि केवल तिम्रो ठेगाना
:P
 
Posted on 01-16-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते हरी,

के छ हालखबर?

अरू पछि आउने गाम्लेहरूलाइ नि अग्रीम नमस्ते है!
 
Posted on 01-16-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब त कविताको कुरामा चैं ट्युबलाईट रे, अब मैले के भन्ने?अँ म त गैँडाको छाला नै हो तेसो भए कविताको कुरामा। जे जति भ्यायो यो सानो दिमागले त्यति धेरै राम्रो लाग्यो गौतम दाई हजुरको कविता।

भौते मामाले हजार इ-प्रेमिका भएको कुम्ले भनेको ठिकै हो रेछ। :P:P

के छ ठूली, चित्रे, कुम्ले, हरी, गालब: आर्को स्वस्थानीको बेला भएन र भन्या?
 
Posted on 01-16-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - १२
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

अगस्त्य उवाच
कुमारजी हिजो सुन्नमा पाइयो तपाईंको आफ्नै कथा
चाकरी गरी चाप्लुसी गरी फाल्देछन् त नि बिचरा।

कुमार उवाच
अगस्त्य तिमी पूराना कुराले नगराऊ टेन्सन
गणेशको नाम त, झन् मेरा अघि नगर मेन्सन॥
ती तिता कुरा, रिसका पुरा, सम्झनाबाटै हटाऊ
ल बरु आज, कुन कुरा सुन्न इच्छुक् छौ बताऊ।

अगस्त्य उवाच
बिहानैदेखि खुल्दुली लागेको छ एउटा बातको
कसरी लाग्यो महादेवलाई दशा यो साँढे सातको
आफ्नै बसाहा साँढेको गोबर कुरेर नब्बे मास
बस्नलाई किन परेछ प्रभो? कुरा पर्यो के खास?॥

कुमार उवाच
हे अगस्त्यमूनि! कुरा जो तिम्ले ल्यायौ ज्यादै असल
साँढे सातको प्रवचन सुन्न तयार भई बस ल
साँढे सात वर्ष गोबरमा लुक्ने कुरा हुन् ढाँटीको
म भन्छु अब, एकचित भएर सुन कथा खाँटीको॥

त्रिसुलको भाला सर्पको माला बाघको पर्यो छाला
दिनभरि भाँङ् धतुरो गाँजा साँझ परेपछि प्याला
यिनकै भरमा बस्दामा घरमा चिलाउन थालेछन् चर्म
एक दिन पट्यार लागेर मर्त्य झरेछन् बिहार गर्न ॥

नेपाल देशमा शिवको भेषमा नमीठो अनुभव थियो
त्यसैले भेष विष्णुको लिई गरेछन् कन्याको चियो
गौशाला चोकमा असाध्यै राम्री शोडषीलाई देखेछन्
मोहित भई, लठ्ठ परेर तिन्को बाटो छेकेछन् ॥

एक् अजंगको पहलमान आई उनको हात मर्कायो
नाकका पोरा ठुल्ठुला बनाई बेस्सरी थर्कायो
"हे साधु! को हौ? कहाँबाट आयौ? लाग्दछौ बिहारी
नचिन्ने केटी जिस्क्याउँछौ किन? यी हुन् मेरी पियारी"

एकान्त भए फुच्चे केटोलाई ठिक पार्ने अवस्य थिए
भेष खुल्ने डरले मधुर स्वरले त्यसलाई सम्झाउँदा भए
"हे भक्त! म हुँ, स्वर्गको विष्णु, आफ्नो मन्दिर खोज्दैछु
यी कन्यालाई, थाहा पो छ कि, रोकेर सोध्दैछु"

त्यो केटो पनि रहेछ जर्रो पत्याएन उनको कुरा
जेबमा हात हालेर तत्काल् देखायो ठुलो छुरा
शिवको त्यसले कपाल समाई दुई कदम अघि तान्यो
सबैको अघि झन् ठुलो स्वरमा शिवलाई यसो भन्यो

"पापिष्ट विष्णु, लाइदिम्ला सिस्नु, कचकच नगर
एक किक् मैले दिएमा पुग्लाऊ बागमती बगर
ब्रुस् ली सँ' सिधै, मार्सल आर्ट, छु मैले सिकेको
दूध खाने उमेर देखि नै मान्छे छु मैले पिटेको॥"

अनर्थ भयो के गरौं भनी शिवजी भाग्दा भए
रोकिराखेको साँढेमा चढ्न गौचरन लाग्दा भए
बागमती पुलमा मान्छेको हुलमा ढिलो भो भनेर
उफ्रिंदा कस्ले धकेलिदिएछ झरेछन् बगर

चिन्नु न जान्नु ढुंगाले हान्नु, बेकाममा अघि सरे
उठ्दा त हस्पिटल्, हड्डीका टुक्रा नि, हजार भएछन् हरे!
ती हड्डी गाँसी प्लास्टर लगाई रिह्याबिलेसन् गर्दैमा
नब्बे मास पुरा, लागेछ त नि, आज भोलि भन्दैमा

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे द्वादशोध्याय॥१२॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।

शब्दार्थ:
उवाच - भन्नु (भन्हुन्छ)
टेन्सन - tension :D
मेन्सन - mention :D
मास - महिना (नब्बे मास - हिसाब गर्दा साँढे सात वर्ष)
खाँटी - सत्य
चर्म - छाला
बिहार गर्नु - घुमफिर गर्नु
मर्त्य - पृथ्वी (अर्थात् जन्मेपछि मर्नै पर्ने ठाउँ)
शोडषी - सोह्र वर्षकी केटी, अर्थात् जवान् केटी
नाकको पोरा ठुल्ठुला बनाउनु - रिसाएर नाकबाट ठुल्ठुलो सास फेर्नु
 
Posted on 01-16-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! हरितालिकेले पेलेको के मलाई, तिमीलाई हिजोको तोङ्बा र कालो धराने बङ्गुरको मासु थोरै भयो कि कसो? हा हा हा!! के गर्छौ बाबै, तिमीहरु जस्तो साथीहरुको मर्का नि बुझिदिनु पर्यो नि, तिमीहरु लेख्दैनौ अनि मैले नै अघि बढ्नु परेन? हा हा हा!! क्यार्दै छौ ह्यारिस ब्रो!! :पि

चित्रेले नि हसाउँछ के। अब तिमीले कुन पोस्ट सम्ममात्र हेर्यौ होला भन्ने त जगजाहेर छ नि, यसरी भन्नै पर्दैन। तिमीलाई सबथोक माफ छ चौतारीमा। हे हे हे!! कुरो बुझ्यौ नि? ;-) तिम्रो टुक्रा नि गजबको लाग्यो।

लौ कुरा गर्दै गरुम है, म नि आउँछु बेला बेलामा!

फिर से सलुट!!

Oh! Gaalab ko swasthaani? aba padhnu parlaa Tyaam milaayera!!

:-)
 
Posted on 01-16-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सान्नानी!! तिम्रो पोस्ट त नदेखि'रा के। म सोझो मान्छेलाई तिम्रा चलाख मामाले के के दोष लाए लाए। अब तिमी नि सोझी छौ, मामाले भनेको सबैकुरो पत्याउछौ, मैले के नै पो भन्नसक्छु र?

पेल गाम्ले हो पेल मलाई!! :पि

गालबको स्वस्थानी कथा (कविता) पढुम अब!!

:-)
 
Posted on 01-16-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!! गालेको कवितात्मक स्वस्थानी जोडदार गयो। :D :D

एकछिन अघिसम्म कविता बुझ्दिनँ भन्थ्यो, कति चाँडै बुझेर पनि चमत्कार गर्न भ्याइसकेछ!

एकदिन गालब साझालोक पुगिगया, चौतारीको गरूँ हित भनी...........
 
Posted on 01-16-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ पेल्नु नि कुम्ले ब्रो, तोङ्बाको तालमा फुस्किहालेछ :-) चिप्लेटी खेल्दै अड्डा हाजिर भै'या छ,

चमत्कारी अबतारी गालबका गर्नु के कुरा,
जतिसुकै भजेपनि कमै हुनेभो, नहुनेभो पुरा ।।

सान्नानी लाई नि नमस्ते है
 
Posted on 01-16-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चमत्कारी अबतारी गालबका गर्नु के कुरा,
जतिसुकै भजेपनि कमै हुनेभो, नहुनेभो पुरा ।।
 
Posted on 01-16-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, सबै लाई । एका बिहानै स्वस्थानएए पढियो, दिल खुश भो । गालब गुरु, नतमस्तक भएं, गुरु को खुबी सँग ।


चमत्कारी अबतारी गालबका गर्नु के कुरा,
जतिसुकै भजेपनि कमै हुनेभो, नहुनेभो पुरा ।।
 
Posted on 01-16-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि चिप्लेटी खेल्दै अड्डा हाजिर भै'या छ, हरी।

चमत्कारी अबतारी गालबका गर्नु के कुरा,
जतिसुकै भजेपनि कमै हुनेभो, नहुनेभो पुरा ।।
 
Posted on 01-16-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!! गालेको कवितात्मक स्वस्थानी जोडदार गयो। :D :D

चित्रे, हरि, गालब्, रहुल्, कुम्ले, सान्नानु मलाई सञ्चै च ताआआआआआआआआआ1
गालब समर्पयतत्, चाप्लुसी, अगस्त्य,उवाच, शोडषीलाई भनेको के हूऊऊऊऊऊऊओ ?
 
Posted on 01-16-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली कस्तो भैइ होली ? नदेखेको धेरै भो, तारेमाम है । कस्तो छ नानी लाई ?
 
Posted on 01-16-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Great Gaalab!!

Bhanubhakta Acharya in Making..!!!

Awesome!!

:-)
 
Posted on 01-16-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु मुन्छेहरु पनि आउन थाले, मेरो नमस्कार छ।
आज त्यो "खाममा" भन्ने पद्यात्मक कुरा पढेर आज कविता लेख्ने सुर लागेर खोक्स् दिएको हुँ। सकेसम्म सरल किसिमले लेख्ने प्रयास गरेको छु तर अस्पष्ट ठाउँहरु भए आज्ञा हवस् म उत्तर दिनेछु।

चित्रे, हरि, नमेदाइ, राहुलदाइ र सान्नानी, ठुल्नानी, कुम्ले -- धन्यावाद छ।

ठुली ती शब्दहरुको अर्थ यस प्रकार छ:
समर्रपयातत् -- चढाउँछु (सायद) -- यो शब्द स्वस्थानी भनिसकेपछि भन्ने संस्कृतको कवितामा आउँछ।
चाप्लुसी -- चाकरी, ठुलो मान्छेको पर्सनल कुराहरुमा सहयोग गरेर प्रोफेसनल काममा फाइदा लिने, घुस जस्तै
अगस्त्य -- स्वस्थानी सुन्ने मान्छे (स्वस्थानी भन्ने किताबमा भगवान शिवका छोरा कुमारले अगस्त्य ऋषिलाई सुनाएको भनेर लेखेको छ)
उवाच -- भन्नु, भन्नुहुन्छ
शोडषी -- योङ् केटी

होउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ
 
Posted on 01-16-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि चिप्लेटी खेल्दै अड्डा हाजिर भै'या छ, गाम्ले हो!

चमत्कारी अबतारी गालबका गर्नु के कुरा,
जतिसुकै भजेपनि कमै हुनेभो, नहुनेभो पुरा ।।

सबैलाइ सँचै होला क्यारे!
 
Posted on 01-16-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ ग्वाँचे। व्यस्त हो के हो हिजाज?
 
Posted on 01-16-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, खासै ब्यस्त त होइन तैपनि अलि अलि टाक टुक काममा लागियाछ । स्वस्थानी पढ्न चाइ मजाले भ्याइन्छ । एउटा स्वस्थानीमा कुमार भन्ने थिए रे अब तिम्लाइ नि साझामा गालब अर्थात कुमार भन्नु पर्ला जस्तो छ । अझ तिम्ले त त्यो कुमार भन्दा नि गज्जब काम गरिराछौ यार, उस्ले त अगत्स्य मुनिलाइ सुनाएको मात्रै थ्यो क्यारे, तिम्ले त चौतारीका यत्रा बिधी गाम्ले'रुलाइ पढाइराछौ, क्याबात ! असाध्यै मजा आइराछ, किप इट अप ब्रो !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters