[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 200320 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-15-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा' , रिठ्ठे, जिम्माल र ठूलीलाई लगाएत सप्पैलाई नमस्कार !

रिठ्ठे त आशुकवि नै हुन लाग्यो त ! बात बातमा कविता । लौन कस्ले रिठ्ठेलाई यस्तो बनायो?

ठुल्नानी, तिम्रो कान कागले लगिसक्यो नि। छाम त , छ कि छैन?


 
Posted on 10-15-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो बेमान काग रहेछ हत्तेरिका



 
Posted on 10-15-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त, कस्तो बेइमानी काग होला। झन मैले ल्याउने भनेको कान अगाडि नै उछिट्याएछ।

 

ब्यान ब्यानै हसाउँछन् नक्कलीहरुले।


 
Posted on 10-15-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, रिट्ठे, हरी, राहुलदाइ, जिम्माल बा, कान्छि, भौते, ग्वाँचे, नेउचे, लहरे, भिवे सबैमा जदौ!

रिट्ठे कसरी रातारात आशुकवि बन्यो?

अघि मर्निङ् वाक जाँदा यौटा कागले कान लिएर उडिरा'को रैछ। कति राम्रो कान थियो। साँच्चि कस्को कान होला त्यो?
 
Posted on 10-15-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि!

कागले कान लगेपछि अनि कागको पछाडि दौडने है तिमि??? है? है? है?

ठुल्दाई, भउते, रिट्ठे, लहरे, बिशे र सानि सिंगाने नानि कान्छि (अहिले त ठुलि भै सकिन क्यार)  लगायत सबैलाई नमस्ते!


 
Posted on 10-15-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु, एक जना बिद्वानले भनेका थिए- प्रेममा हर कोही कबि हुन्छ रे। कहीं रिट्ठे कबि हुनुको असली कारण त्यहि त होइन? रो-सोच गर्नु पर्‍यो।


कागले   कान   लाग्यो  कि कानले काग ?
गफै लाएर बेच्ने भए ठुलीले कुह्या साग।


 
Posted on 10-15-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाई, तर जमाना बदलियो रे अब त-

 

जवानिको प्रेमले कवि हुन्छ, बुढेसकालको प्रेमले जोगि हुन्छ, तारेमाम्।


 
Posted on 10-15-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जवानिको प्रेमले कवि हुन्छ, बुढेसकालको प्रेमले जोगि हुन्छ, तारेमाम्।

मनासिब, बिर्खे, मनासिब।
अलिकति ब्यङ यतै तिर् जस्तो छ। जता तिर भए नि कुरा सही हो।


 
Posted on 10-15-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सप्पैलाई मेरो तर्फ बाट नि ह्याप्पी सोमबार -- कलंकीमाईले सप्पैको कल्याण गरुन, रे क्या -- भन्दै मेरो दुई शब्द यही टुंग्याउछु। ;)

 
Posted on 10-15-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे, भउते, जिम्माल बा लाई जदौ
हाम्रो चित्रेको निक्कै प्रगती भएछ, अस्ती देखी जिम सुरु गरेको रे, आज त मर्निङ वाक पनि गरेको भन्ने सुने,

लौ लौ दिन दुगुना रात चौगुना होस् हाम्रो चित्रे जासुसको


'कहीं रिट्ठे कबि हुनुको असली कारण त्यहि त होइन? रो-सोच गर्नु पर्‍यो।'

रि-सोच गर्ने जिम्मा ठुल्दाइ कै हो, रे-सोच गर्न थालेकै अनुभव -- बर्ष को भैसक्यो


'जवानिको प्रेमले कवि हुन्छ, बुढेसकालको प्रेमले जोगि हुन्छ, तारेमाम्।'

ए बुढा तिम्ले भन्न खोजेको के हो?

नहानौ न बाण भनेर भउते लाई भने अघी
किन लाग्छन हौ सबै जना मेरो पछी पछी
रक्षा गर प्रभु !
रक्षा गर हे दुर्गा माँ !


 
Posted on 10-15-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गा माँले के रक्षा गर्ला, बरु मुर्गा क्वाँ ले गर्ला कि? तारेमाम्।

 
Posted on 10-15-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन लाग्छन हौ सबै जना मेरो पछी पछी--

खोई किन हो कुन्नी, त्यो त उफ्रीलाई नै सोध्नु पर्ला नि

 


 
Posted on 10-15-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-15-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेर हेर यो भाउते दाले मलाई नक्कली रे। लु भन्नुस् मैले कसो नक्कल गरे। अनी के त मलाई

आज सम्म कसैले नि दि भनेर बोलाको छैन। राम राम राम अब मलाई नि दि भन्ने मान्छेहरु भए चन।


बिर्खे दा। हेर्नुस् न मलाई त्यो पल्लो घर कि कान्छीले बुढी बनाइ दि। भो त अब। मैले आफुले आफुलाई

कती तरुनी छु भन्थानेको त। बुढी पो बनाइ दियो। बिर्खे दा मेरो पखेता भको भए अगी नै कागको पछी

पछी लाग्थे। अनी त्यो कागको नि कान निमोथी दिन्थे।


रित्थे मोरा कोही पाएनौ अब मलाई जिस्काउन लाग्यो। अहिले म त्यहाँ आउन नपरोस।

हुँदा हुँदा हाम्रो हाम्रो सोभर राहुल दाले नि जिस्काउन थालए मलाई। प्रभु मलाई रचा गर


 
Posted on 10-15-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुली को नाम मात्रै ठुली हो कि क्या अब कान्छी ले  ठुली लाई दि भन्या नि त
ल ल केइ छैन  अब देखी ठुली मात्रै।
फेरी भेटौँला है अहिले पछी

 
Posted on 10-15-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि दि हैन ठुलि फुपु हो कान्छि!

है ठुलि फुपु???


 
Posted on 10-15-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको फूपु भएपछि त मेरो बज्यै पर्‍यो।

है है है ठूली बज्यै?


 
Posted on 10-15-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीगामका सम्पूर्ण आदरणीय बाजे, बज्यै, बराजू, बराजुनीहरूमा यो चित्रेको साष्टांग दण्डवत्!
 
Posted on 10-15-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओिए मर्न नसकेकोहरु तिमीलरुको टाउको फोर्दिनु पर्‍यो हो। मर्न नसने असतिहरु हो। खित खित खित


 
Posted on 10-15-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो भाउते र बिर्खे के बिधी मातेको खानाकालहरु। तिमीहरुले काम पानै र मलाई जिस्काउन थालएु।
कान्छी मलाई ठुलि मात्रै भन। सबैले मलाई ठुलि भन्चन। दोन्त माइद ल

Last edited: 15-Oct-07 11:22 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters