world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 239942 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-08-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका दौतरीहरुमा मेरो छड्के सलाम रे क्या।
म नि आएँ। अब एउटा गीत गाँउछु, अनि टाप।

लाक्पा शेर्पा को गीत -- अाज बाहिर हुस्सु लाग्या उपलक्षमा -- साँच्चि दशैं अाएछ यार - ड्याम।
पहिलो नजर जहाँ पर्यो त्यहीबाट खुशी फक्रिए
तर्कि हिड्न सकिन म, पाँउ त्यही अड्किए
पहिलो नजर

मन् उड्छ खुशी सगै -- पखेटा हाली माथि माथि
उमंग झन बतासिन्छ कल्पनाले अझै कति
कस्तो भेट भएछ त्यो छुटौं भन्न सकिएन
एक्ला एक्लै अब हामी बाँचौ भन्न सकिएन
पहिलो नजर

लाक्पा शेर्पा नि मख्ख पर्ने होला बुढा को गीत नि कसैले गाए भनेर

दशैको सबैलाई शुभकामना।

अरु भन्या त्यस्तै हो।:S

 
Posted on 10-08-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाई चौतारी स्लो भएको नि, तपाइँको स्पिड त जहिले पनि कन्स्ट्यान्ट छ नि!:)

ओइ ठुली, ठिक छ, तिम्रो के छ? आजकल त हाम्रो बाल छैन ठुलिलाई! ल ल ठिकै छ, ब्वाइफ्रेन्ड भेट्या जस्तो छ! लडका मिला भाई को भुल गईँ! हाय रे दुनियाँ!!!


 
Posted on 10-08-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनौं थाहा पाउने डर उस्ले, नभनौं नपाउने पिर
नचढ्नु चढियो केलाई हो मायाको यो ज्यानमारा भिर

हल्लै हल्लामा सुनोस उस्ले, हल्ला चलोस भन्छु
उस्को हो मा हो हैनमा हैन यस्तै भन्ने दाउमा छु

हिसाब किताब मायामा जान्नेले नगर्नु भन्थे हो रे छ
नोक्सानै नोक्सानको बाजीमा हिसाब बिर्सेकै ठिक रे छ

स्वस्ती गरें आफन्तहरुलाई, दुशमनहरु भर्सेलामा परुन।


 
Posted on 10-08-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि भनेसी स्वस्ती पाइयो कि सिधै भर्सेलाँ जाकिने भइयो थाहा पाइया छैन! बरु उता एउटी सुन्दरी दीप दीप भन्नया भन्यै थिइन् एसो लप लेटर लेखिदिए यता भर्सेलाँ जाकिनु को सट्टाँ स्वस्ति भेटिन्थ्यो कि-- नाईँ नाई एउटा कुरा नि!


 
Posted on 10-08-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो कैले कलङ्कीको दिल पनि, पानी परे, घाम लागे, चाड बाड आए, चाड बाड गए, बादल लागे, तुसारो परे, हिउँ परे, कसैको लप परे, टेरेजिडि परे, छोरा पाए, तेइ छोरा मुगलान भासिए, जे गरे पनि पिटिक्क भाँचिँदो रेछ र नारन गोपाल, अरुण थापा देखि लिएर लाक्पा सुड्डा सम्मको गित फररर जाँदो रेछ! ठिटो पैला त यस्तो थिएन जस्तो लाग्थ्यो हाम्रो इयायाअसस टुअअउउउउ पअअआआआट त!
 
Posted on 10-08-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie birkhe dai launa ke bhaneko. maile dai lai bhuleko chaina. bhai tika samma ta ma dai haru lai bhulnai sakdina. feri maile dailai bhulyo bhane malai kasle bhai tika ma gift kalle dinne ta :P. ani ke ho khub taruni keti haruko pachi lagira cha ni. bhauju lai bhandinu paryo ho birkhe da.
 
Posted on 10-08-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

"""taruni keti haruko pachi lagira cha ni. bhauju lai bhandinu paryo ho birkhe da. """

यस्तो भन्यौ ठुलि, त २ वटा कुराको जवाफ देऊ-

१) तरुनि केटिको पछि लागेको कुरा भाउजुलाई भन्ने रे! भनेसि भाउजु चाहिँ बुढि???

२) भाउजुलाई भन्ने रे! भाउजु त्यो पनि बुढि, कहाँ खोज्यौ हँ?


 
Posted on 10-08-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ स्वीकार्नुहोस् यो सोझो कुम्लेको तर्फबाट।

क्या दशैँ लाग्यो भने! ओहो! पिङ्ग खेलुम खेलुम भयो। तास फिटुम फिटुम लाग्यो! साँच्ची बदेलको मासु कुन स्टोरमा किन्न पाइन्छ? चट्ट लाएर बदेलको मासु उसिनेर नुन, खोर्सानी, मसला सङ्ग मुछेर खाँदै म्यारेज खेल्न मन लाग्यो गाँठे!

ठुली के छ? ओहो! आज फुर्सदमा? ल ल आजको दिन रमाइलो गर!

हरितालिकेको नि इन्टरनेट बनेछ क्यारे! ल ल रमाइलो गर तिमीपनि! आज दुबैजनाले चौतारी रमाइलो पार्छौ कि!

जिम्माल बा लाई दशैँ खुब लागो भन्छ नि हजुरको भान्जोले। धेरै थोक नयाँ नयाँ किनियो भन्छ! लु कस्तो अनुभव भा'छ नयाँ नयाँमा? :-)

दीप ज्यु को स्वस्तीले गर्छ जे गर्छ!

कलन्कीब्रोले बिर्सेको गाना सम्झायो यार! त्यो लाक्पा शेर्पाको एउटा अर्को नि गाना थियो नि खुब चलेको उ बेला! क्या बिर्सिए भने! हत्तेरिका!

राहुलदाई १०दुलकरको खेल नि हेर्न भ्याउनुभाको? ओहो! अनि सुतान चाँहि कहिले? कि रि-सोच गर्दै सुकला? ;-)

नेप्ची भाउजु: अब हेरेर मात्र सम्झेको भन्ने हो भने त सबले हेर्छन्! उ माथी रुइनाले नि हेर्छिन्, निरे र सिरे ले नि हेर्छन्! यसो कहिलेकाँहि बोलिदिनुभयो भने हामीहरुलाई अलि खुसी हुन्थ्यो नि हजुरले सम्झिनुभएको छ भनेर! :-)

सान्नानी खोइ आज?

उफ्री कत्ति बेला आउछिन्?

रिट्ठे छ कि छैन?

नमे र भउतेले किन त्यत्रो ठुलो टाउको देखाएका हुन?

मिस खोइ?


 

Last edited: 08-Oct-07 10:20 AM

 
Posted on 10-08-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit. bhauji aba hajurko budhi bhae chi budhi bhaena ta.  birkhe da hamri bhauju ni taruni nai cha.
 
Posted on 10-08-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle dai thanks u. lu aba dai le bhane chi ramailo garnai paryo. aba dai le nai bhandinus na kasari ramailo garne.
 
Posted on 10-08-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बिरादर, आर यू ट्राईंग टु से आई एम साझा नौटंकी? अब गीत गाउन मन् लाग्यो, गाईदिए रे क्या। अब यसमा दिलका क्या कसुर। दिल चाहता है गीत गाउन, के गर्ने, दिल है के मानता नहीं। दिल विल प्यार व्यार को कुरो नगरु न ब्रो, जामाना मै दिल दिया, दर्द लिया रे क्या -- दिल एक मन्दिर भन्ठान्या त दिल अपना प्रित पराई रैछ -- अब छातीमा करंग र ह्याकुला मात्रै बाँकी छ, दिल छिया छिया पारिसके, तरुणी हरुले, ५ नम्बरको फूटबल छिया छिया पर्या जस्तै -- उफ् तरूणीहरुको दिलसित खेल्ने बानीले मार्यो नि मार्यो नि। फोक्सो झिरिझ्याप्, चुरोस ले। किट्नी सरेर दिमाक मा पुग्या छ, दिमाक कता हो कता, झ्याप्पै भईसक्यो, कलेजो नि झिरिप्प -- जाँडको क्रृपाले -- अब भाको एउटा बियड-भूँडी छ, त्यहि लिए नि हुन्छ, त्यस्तो डारो लागे। :D

 
Posted on 10-08-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्माल, तरुनी त्यो पनि क्रेजी -- तेतीले नपुगेर घुम्टो हालेकी छे -- उर्लेको खोला त्यो पनि बैतर्नीको -- होस गर है जिम्माल दशैको मुखाँ -- तार्देली नी --

 

आज के भो के भो ठुलीको असाध्धे सम्झना आईराछ -- के हुन लाई हो --

 

सबनमलाई कल्ले लगो हँ?

Last edited: 08-Oct-07 10:28 AM

 
Posted on 10-08-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ हा हा। दीप ब्रो ले लास्ट हँसायो। :D

कुम्ले, लाक्पा को अरु दुईटा गीत सुन्या छु, "बुढापाका हरु भन्थे" र "झस्केर दुख्छ यो मुटु" के के भन्ने। मलाई खासै मन् त पर्दैन, तर, टाईम टाईम मा याद आईदिन्छ, हाम्रा ट्याम का गाना हरु।

"शबनमलाई कल्ले लग्यो हँ?" भन्या रैछन् दीप ब्रो ले, शबनमलाई कैले ले लग्यो भन्या पढिरा -- त्यसको बाजे साझाभरि चर्चा, आफ्नो चाँही हात सुन्ने भन्नै ला थे झन्नै
Last edited: 08-Oct-07 10:33 AM

 
Posted on 10-08-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जी की

खेँ खेँ खेँ खेँ

जे राम जी की


 
Posted on 10-08-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufffffffff deep jyu le kya guff dine ke. hijo asti cha maile bolda ni nadekhe/ nasune jasto garnu hune ke.aaj chai khai kina ho kina mero yaad aayo re gafadi keta.
 
Posted on 10-08-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-08-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani kina musuka haseki. ani hamri chori lai kasto cha ta.
 
Posted on 10-08-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

हे कलङ्कि बिरादर, 'दिल अपना और प्रित पराया' भनेजस्तो बियर-बेली मात्र आफ्नु 'परिचय' बनेको छ अहिले! 'मेरा साया' जस्तो आफु जता जता गयो पहिला ट्वास्स ला'र यहि भुँडि जान्छ! यस्तोमा जति डारो लागे नि 'अब बस' भन्दै आफ्नै 'घर संसार' यो भुँडि लिएर हिँडे पुग्छ! यस्तै छ हाम्रो नि 'कहानि घर घर कि' । 'दिल'  टुक्रा पर्न थालेको त जमानामा हो, जति लुटायो फुकायो त्यति तरुनिहरुले  'दिलके टुकडे टुकडे करके मुस्कुराके चल दिए' गरेर अब त चिया छाने हुने भैसक्यो! अब त कसैलाई 'हमारा दिल आपके पास है" भन्न नि ड्ड्डडडड 'डर' भै सक्यो। दिल मात्र लिने मान्छे खोजेर नि भएन यसलाई टालटुल पार्ने चाहियो! ' कलेजो फोक्सो को त कुरै नगर सोम खिया लागि सक्यो! 'ए दिल-ए-नादान' को पछि लाग्दा दिमाग चलाउन छाडियो अहिले आएर झ्याप्प चलाउन खोजेको तिर्पट भयो! कता लगेर सोझ्याऊने थाहा छैन!


 
Posted on 10-08-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गुट नोइट! (हिजो राति भन्न बिर्सेको)

गुट मोर्लिङ्! (आज बिहानको)

गुट आप्टरलून! (अब २० मिनेट पछिको अहिले नै भन्देको)

के छ हालखबर?

हरी, मैले सारिदिएँ चौतारी ७८ र ७९ लाइ चौतारी क्याटेगोरीमा!

हरि, ठूली, राहुलदाइ, जिम्माल बा, सान्नानी, कैले, दीप ज्यो, कुम्ले, नेप्ची भाउजू, भौते सबैमा जदौ!

ल रमाइलो गर्दै गरम्!
गरम् गरम् चाय गरम्!
 
Posted on 10-08-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मैले नि शबनमलाई कैले ले लग्यो भन्या पढेर, अगिसम्म रामकहानि सुनाउँदै थ्यो शबनमको शबनमी बर्षाले भिजेको कुरै गर्दैन भनेको त कल्ले लग्यो भन्या रेछ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters