[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 245102 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-28-08 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ, हउरलाई फुर्सद् नि हुनु पर्‍यो नि, यो ढाक्रेलाई जहिले फुर्सद् छ।

 
Posted on 01-28-08 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ को ट्याम आए जस्तो छ कम्पिट्युर चलाउने।

 


 
Posted on 01-29-08 5:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मोर्निङ चौतारी !

उठ हउउउउउउउउउउउउउउउउउउउउउ उठ सुतन्थैले पातकी गाम्ले हो !

धुत्तेरी ! हिजो राति त कत्ति सारो खररररररर नेपा: भाषा बोलिएछ यार !   हिजो आफैले बोलेको कुरा आज पढ्दा  रिङ्गटा लागेर आयो।


 
Posted on 01-29-08 6:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखिएर घामको झुल्का भरि सँघारमा
तिम्रो जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है
खोलुँ खोलुँ लाग्छ है
सयपत्रि फूलसँगै फक्रि आँगनमा
बतासको भाका टिपि बोलुँ बोलुँ लाग्छ है
बोलुँ बोलुँ लाग्छ है।

जदौ मंगलबारे बिहानीको।

भउते क्या हो ब्यान ब्यानै? निंद परेन जस्तो छ नि? यस्तै हो जवानीमा। हाम्रो झैँ उमेर ढल्के पछि थाहा पाउलाउ।

थुल्ननी चिया पिउँदै हो? ल मैले दर्शन फर्काएँ अहिले नै।

अरुनि सबैलाई नमस्कार। दिन शुभ रहोस। भरे भेटम्ला।


 
Posted on 01-29-08 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन लौन मेरो दाइहरुलाई आज भोली के भाको। बिहान बिहानइ चौतारीमा हाजिर हुन आएीएीएीएीएीएीएीएे ताअाअाअाअाअाअाअाअा।
भाउते दा र अन्तरे दालाई मैले नि दर्शन गरे है। अन्तरे दा आज चिया पिएको छैन :(


 
Posted on 01-29-08 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी स्वस्थानी व्रतकथा - १५
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अब भउते मरुभूमिमा अस्ट्रिचद्वारा लखेटिएपछि के भयो सुनाउँछु। एक चित्त भई सुन। तहाँ उप्रान्त भाग्न लाग्दा बालुवामा खुट्टा अघि सार्न गाह्रो भई के गरुँ कसो गरुँ भयो। अब यस्तै चाल हो भने २-४ कदममा नै अस्ट्रिचको फेला पर्ने देखी अनायासै "हे भगवान, मेरो रक्षा गर्नुहोस्" भनी पुकार्दा भए। त्यस स्तूतिका प्रभावले एकैछिनमा ठुलो आँधीहुरी आउन लाग्यो र मरुभूमिको बालुवा आकासभरि उँडेर जताततै छिरलिन थाल्यो। आँधी आएको देखेर अस्ट्रिच पनि त्यसै फर्कियो। यता बालुवाको हुरीमा पुरिएको भउतेलाई बालुवाबाट कसैले साहरा दिई तान्यो। को रहेछ भनी हेर्दा लामो दाह्री भएका, टाउकोमा सेतो गोलो टोपी लगाएका, सेतो पाईजामा लगाएका व्यक्तिलाई देखी "हे साधु! तिमी को हो? कहाँबाट आयौ? र यस्तो आपतको घडीमा मेरो जीवनरक्षा गर्यौ। यस्ता तिमीलाई म कसरी धन्यवाद दिऊँ" सोध्न लागे। यस्तो सुनी उक्त व्यक्तिले "हे मानव! म यस भेगको देउता अल्लाह हुँ। सँधै आफ्नो भक्तजनहरुलाई खोजी हिंड्दछु। तिमीले भगवानलाई प्रार्थना गरेकोले सहयोग गर्न आइपुगें।" भनी सम्झाए। अल्लाहको यस्तो वचन सुनी भउतेले आफ्नो आरध्यदेव महादेवको बारेमा बताई कन्नेनडाँडाबाट मरुभूमिसम्म आउनुको प्रयोजन सबिस्तार गरे। सो सुनी अल्लाह क्रद्ध भई, आँखा राता बनाई, दाह्रा किटी सोध्न लागे "हे केटा! तँ हाम्रो अनुमति बेगर हाम्रो मरुभूमिमा कसरी आउने हिम्मत गरिस्?" यस्तो सुनेर भउतेले पनि देशभक्ति देखाउँदै भन्न लागे "हे साधु! हाम्रो देशमा पैसा नभएकोलाई 'ढ्यावा मरु', जीएफ नभएकोलाई 'ल्यास्सी मरु' भन्ने चलन छ। त्यसरीनै 'मरुभूमि' नाम सुनेर 'भूमि नै नभएको ठाउँ' कस्तो होला भन्ने उत्सुकताले पनि आएको हुँ। म कसरी यहाँबाट उम्किन सक्छु? बताऊ। मलाई यस ठाउँमा एक सेकेन्ड पनि मन छैन।" यस्तो सुनेर ती अल्लाहले पनि तुरुन्त भउतेको कागजातमा 'डिपोर्टेड' छाप लगाइदिई सिधै महादेव भएको कैलास पर्वतको टिकट कटाई पठाइदिए। र, आफू चाहिं बाँधी राखेको उँट चढ्न लागे।

यता कैलासमा आइपुगेको भउतेलाई देखी महादेवलाई पनि अत्यन्त दया जागेर आयो। त्यो जुरेली भन्ने कस्ती कन्या रहिछ। यस्तो गरी पागल भएर भउते हिंड्दा पनि कठोर भई गौशलामा म:म प्याक गरेर बसेको देखेर महादेवलाई पनि उदेक लाग्न थाल्यो। तहाँ उप्रान्त, महादेवले ध्यानदृष्टिले बिचार गरी, जुरेलीसँग मनमनै दूरसंचारले गफ गरी भउतेसँग मिल्ने सहमति गराई भन्न लाग्नुभयो "हे भक्त! तिम्रो जुरेलीप्रतिको अपार पियार देखेर म शिव पनि प्रशन्न भएँ। यदि चाहन्छौ भने जुरेलीसँग गफ गरेर उसलाई मनाएर लैजाऊ। तर एक शर्त छ, त्यो के भने तिमीले तीन पटक भन्दा बचन राख्न पाउने छैनौ।" महादेवको यस्तो वचन सुनी भउते पनि स्तूति गर्न लागे "हे महादेव! हे नीलकण्ठ! यस्ता दयालु तपाईंलाई कोटी कोटी नमस्कार छ। तीन वटा बिचार मात्रै राख्न पाउने भए पनि म धन्य भएँ।"

जुरेलीलाई भेट्दा हर्षले आँसु निकाली "हे जुरेली! तँ त केही दिनमै कस्तो दुब्लाइछस्। म:म प्याक गर्ने काम गर्दा पनि केही पनि खान पाउँदिनस् कि? हेर म सँधै अरुको षडयन्त्र जालमा मुछिई सधैं शहिद हुँदै आएको छु।" भन्दै केनेन्डाँडादेखि अफ्रिकासम्मको यात्रा बिबरण सुनाई भावुक मुद्रामा भन्न लागे "हेर! जुरेली मेरा यी दुई आँखाले मेरो पुरै कथा भन्छ।" यस्तो सुनेर जुरेली पनि चुपचाप भूईंतिर मात्रै हेरेर बसिरही। केहीबेर दुबैजना शान्त भएपछि दोश्रो तरीकाले जुरेलीलाई आकर्षित गर्ने उद्देश्यले अलि रोमान्टिक हुँदै भन्न लागे "हेर जुरेली! मेरो आँखा नजीकबाट नियालेर हेर! तैंले जति नै नियाले पनि तेरो लागि जन्मेदेखि साँचेर राखेको माया सँगालेको छु। मैले कसरी तँलाई छली ढाँटी गर्ने सकुँला र? भन् तँ मेरा आँखामा के देख्छेस्? देखिस् माया र पियार?" यस्तो सुन्दा जुरेली पनि भउतेसँग आँखा जुधाएर "अँह! देखिन" भन्ने भावले मुन्टो हल्लाई। यस्तो उत्तरप्रति अलि सशंकित हुँदै अलि झर्किएर अन्तिम बोली राखे "माया नदेखे के देखिस् त मेरा आँखामा?" भउतेको यस्तो प्रश्न सुनेर जुरेली अलि निन्याउरो बनी भन्न लागि "भउते!---- भउते, तिम्रो आँखामा त म चिप्रा बाहेक केही पनि देख्दिन।"

कबुल अनुसार तेस्रो बोलीले पनि जुरेली नफकिएकीले जुरेली पनि बिलिन भई गौशाला पुगी।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे पँचदशोध्याय॥१६॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।


 
Posted on 01-29-08 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जुजु धौ ख्याएला गन सुतएच्व": ख। (जदौ हैन नि फेरुन। जुजु को दही खाएँ अब सुत्छु। भन्या के।)

 
Posted on 01-29-08 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वछे दर्शन गरे।


 
Posted on 01-29-08 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दादा धरै दिन पछी देखा पर्नु भो नि। हजुरलाई आरामै। लु दर्शन नि गरे है ताअाअाअाआ


 
Posted on 01-29-08 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

 

Last edited: 29-Jan-08 07:35 AM

 
Posted on 01-29-08 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thuli mero ni darsan!

ani ke chha ho aajkal haalkhabar? haamlaai ta baal chhain :(

 
Posted on 01-29-08 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वछे मेरो सबै बाल झरेर पून्ते दाको तालु जस्तो हुन लागिसक्यो।


 
Posted on 01-29-08 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


aach dada bro, mero ni darsan hai. Kata gaayab yati kaa din?

 
Posted on 01-29-08 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ho ra thuli, wig lagaaunu parne belaa bhayo teso bhe. mero baal pathaai dim ki kyya ho, yo weekend maa kaatne pilaan chha.

 
Posted on 01-29-08 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम् !!!

के चल्दै छ?

ग्वाँच्स् सोमको लेख कहाँ देख्या देख्या जस्तो  भन्या त त्यही पुरानो जेपीटी पो रैछ! अनि के छ बुरो???

अन्त्याँ'ड ती माथिका फोटाँ को को हुन्? के अर्न ला'का हुन्? निकै ठुलो कार्जेक्रम गर्या अस्तो छ नि! मुख त अन्तै कता'को फोटातिर पनि देख्या देख्या जस्तो लाउनी मुख छन् केरे।

मास्टर्नी मान्छेलाई पनि भाषा सिक्न पर्नी र'छ त नि ! मास्टर्नी भ'सि त जुन भाषा नि मुखाँ आँफैं पररर आउन पर्ने हैन र? सरस्वतीको बास जो भएसि!

भउते काजीकाँ हिउँ पर्या छैन? त्यस्तो चिसो ठाममा पनि कति चाँडै उठेर गुड मर्लिङ् लड्काउन भ्या' हो?

अबतारी चमत्कारी थुलीका गर्नु के कुरा?
गफ दिनमा र -याग हान्नमा छिन् उनी पुरा।
गफाडी पनि कम्ता गफाडी हो!??? बाफ्रे! काँ ट्रयाजिडी कथा लेख्या होला भन्या त, कथामा क्या ट्विस्ट् के! पुरै पढ्न भ्याछैन। जे होस् आउँदै गरोस्।

हाम्रो चितुरे बुरो कता लागो? राहुलदाइ, नमेदाइ सन्चै हुनुहोला केरे!

अस्तु:॥

 
Posted on 01-29-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वाछे हुन्छ हजुरको बाल को साथमा बाल तास्नको लागि ग्लु नि पथाइ दिनुस्।


 
Posted on 01-29-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वाछे हुन्छ हजुरको बाल को साथमा बाल तास्नको लागि ग्लु नि पथाइ दिनुस्।


 
Posted on 01-29-08 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दालु दालु हदुरलाई मैले कातो मित गलेको। हदुरले मोलाई मित दर्नु भएन। how r ya doing?

 
Posted on 01-29-08 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित गल्यो नि त! एकदम धेलै मित गल्यो! तीन किलो जति!:)
त्यै भ'ल त लल्दै लल्दै भएनि आइपुग्या नि!

 
Posted on 01-29-08 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu tarkaari bechina jaau re. la ma lage.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters