serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 297312 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-24-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२० २० हजार चाँही होइन
बरु २० २० लात चाँही दिउँला
ल लाइन लाग - कोल्ले पहिला खाने हो -
 
Posted on 09-24-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehe... Gai-bhaisi le jatapayo tettai charlan bhanera mukh ma "mahala" lauthe hamra gauma..
ma ni testai "mahala" kinchhu lahareko mukh ma launa!!


 
Posted on 09-24-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यायधिश द्वय महोदय, अदालतको निर्णयको यत्रो असम्मान?


 
Posted on 09-24-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma lahare lai chaurati rajya ko nyayapalika ko apaman gareko ra Akhtiyar durupayog gareko abhiyog ma sarwaswa sahit janmakaid ko joddar maag gardachhu...


 
Posted on 09-24-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबूइ बौचा कस्तो रिसाको। ल साथी sorry। अब कहिले भर नभएको भन्दिन। ल नरिसाउ त अब। कस्तो बच्चा जस्तो होला। तिमीले पनि के के भन्छौ नि। खोइ त म अहिले सम्म बोलिनै राछु। छुच्चो बौचा सानो कुरामा पनि रिसाउने। मलाई नै नरमाइलो लाग्यो। अनी खाक्सी जस्तो हात रे ऐया दुख्यो सम्झेर नै

मामालाई चै म न्यानो फलाटिन्को कमिज, अनी दौरा र सुरुवाल विथ झिल्के इस्टकोट लेराइदिन्छु।

सानो लाई चै त्यो अस्ती लगाको जस्तै फुर फुर गर्ने फरक, चुइ चुइ बज्ने जुत्ता अनी कपाल मा लगाउने किलिप लेराइदिन्छु।

चेली के छ?

माइला दाई, बौचा को माथा तातिराछ रे, अब हिउ पर्ने कहिले हो उस्को गाउँमा त्यतिन्जेल को लागि त चुप्चाप नै बस्नु पर्ला जस्तो छ। एङ्गर म्यानेजमेन्ट चै बरु मैले पढाईदिन्थे। पैसा पनि तिर्नु पर्दैन। भनिदिनुस् है बौचालाई।


 
Posted on 09-24-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी संयुक्त इजलास द्वारा जारी गरिएको अर्को अत्यन्त जरुरि सुचना:

श्रि लहरेकान्त लाकौलको क्रोध पहिले गरिएको अनुमान भन्दा भयंकर देखिन आएकोले जरिवाना जनहि रु. २०,००० बाट बढाएर जनहि रु. २५,००० बनाइएको छ भने, क्रोध व्यवस्थापन तालीम ६ महिनाबाट बढाएर ९ महिना बनाइएको छ। लहरेकान्त लाकौलको यस दुखद घडिमा केहि सुख र खुसि पनि होस भन्नाका लागि यो अदालत तयार छ, तसर्थ श्री लहरेकान्त लाकौललाई विवाह गरेर मात्र तालिममा गएमा फर्कँदाखेरि निजलाई ९ महिनामा पुत्र/पुत्री लाभ हुने चानस छ! लोल अदालत!

न्यायाधिस द्वय

श्री राहुलभाई रायमाझि, श्री बिस्टे बिक्रम बानियाँ

 


 
Posted on 09-24-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सूचना

बादी दीपीका दवाडि, चेलीमाया चामलिङ, सान्नानी सापकोटा तथा सदैव पिडित बिर्ख बहादुर बोगटि समेत र प्रतिबादी लहरेकान्त लाकौला को मानहानी ज्ञान हानी सम्बन्धी मुद्दा को छानबिन त निर्णय प्रकृया केवल एक सदस्यिय इजलास बाट भएको र प्रकाशित सूचना मा प्राबिधिक तथा आर्थिक गडबडी को कारण सम्मानिय + मानानीय न्यायधिस राहुलभाइ रायमाझी को नाम टाइप भैआएको हुंदा उक्त सूचना सच्याइको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ। यस्तो क्ष्यम्य गल्ती गर्ने, खल्ती भर्ने, चल्तिका टाइप मास्टर बिर्ख बहादुर बोगटीलाई टा.नासु बाट टा.ख. मा पद मिलन गरिएको ब्यहोरा समेत जानकारी गराइन्छ।


 
Posted on 09-24-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hya Deepika, yasto lahare sanga ni k maafi saafi magira ???? sab jana milera kucho le hanam na baru ani line ma aaula
hehe
LOL adalat

 
Posted on 09-24-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 24-Sep-08 11:50 AM

 
Posted on 09-24-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सबै जना यो बौचा माथि किन खनिएको हं ? ल बौचा जि न छ पाखेका।


अर्थात म त बौचा को पक्ष मा आज, लौ जा। यसको अर्थ यो होइन कि महिला संघको बिपक्षमा । महिला त सधैंं पहिला। बौचा ले ब्या गरेर ल्याउनु पर्ने कुरा चाँही चित्त बुझ्यो है मलाई।


यतिका महिला संघ मिलेर कल्याणकारी कार्य गरी दिनु पर्‍यो। बौचाको नि कल्याण हुने, एउटी बुढी कन्ने को नि कल्याण हुने। एक पन्थ दो काज- हैन त?


 
Posted on 09-24-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehehe
LOL sannani didi!!!!


Arj kiya hai
"Sannani ka sar koi dho nahi sakta
Sannani ko jiju mare, wo ho nahi sakta
Jyada mat bol lahare, warna
Hasna to dur tu ro nahi sakta"
Last edited: 24-Sep-08 10:45 AM

 
Posted on 09-24-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टी का बाप, सान्नानीके बाल पकड के बोला
मोया कित्ने दिनसे  सर नहि धोया

ठुल्दाइ पनि हसाउने के


 
Posted on 09-24-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा केही लेख्नु भन्दा अगाडि त्यस्को अर्थ बुझ साथी। अर्थ नबुझी केही लेख्नु आफुलाई मुर्ख तुल्याउनु हो। "नखर्माउली" शब्द भनेको के हो थाहा छ? छ भने यो हाम्रो(मा, सानु र चेली) लागि प्रयोग गर्नु उपयुक्त छ? तिमी त म भन्दा पनि धेरै अगाडि देखी छौ यो चौतारीमा। के यही हो चौतारीको मान? हामीले तिमीलाई त्यस्तो नराम्रो अर्थ लाग्ने कुरा कहिले लेखेको छौ? एक पटक फेरी सोच साथी, तिम्रो त्यो शब्दले मलाई एकदम नराम्रो लाग्यो। जानेर लेख्यौ या नजानेर लेख्यौ मलाई थाहा छैन, तर जे लेख्यौ राम्रो लेखेनौ।
 
Posted on 09-24-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तसर्थ श्री लहरेकान्त लाकौललाई विवाह गरेर मात्र तालिममा गएमा फर्कँदाखेरि निजलाई ९ महिनामा पुत्र/पुत्री लाभ हुने चानस छ! लोल अदालत!

हो हो लहरे लाई सब्बै ले खेद्न थाले।
हुन त तराजुमा दिपिका,सान्नानी चेली लाई एकतिर अनी अर्को तिर लहरे एक्जना लाई राखेर जोख्यो भने बराबर हुन्छ होला, लहरे पनि कम को त छैन, हावा नलागी पात झर्दैन। तेसै खेददैन हाम्रा चेलीबेटी हरु नि लहरे लाई बित्थमा।
ल ल यो खेदाइ लाई एकातिर थन्क्याओ अब रमाइलो कुरा गर्न तिर लाग सधैं किन खुट्टा ताना तान गर्छौ ए।
अनी खै सम्धी ज्यु ले नयाँ कथा आरम्भ गर्नु भा भन्या जस्तो लाग्य थ्यो कहाँ पुग्यो एसो ट्रेलर स्रेलर हेर्न पाइेला कि।


 
Posted on 09-24-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hajurba, babu katro bho?
video ta babal ramailo thyo!! ma ta hasya hasai bhako!!

 
Posted on 09-24-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबु दिन दिनै बढ्दै छ। भिडियो बबाल थियो रे हा हा।।

किन र,तिम्रो कमेन्ट पढेको थिए,मैले हाछ्देउ बाबु भनेको तिमी ले हात देउ भनेको सुनेछौ दु:ख देको हैन बाबु लाई बाउ ले छोरा खेलाको नि तोते बोली बोलेर।


 
Posted on 09-24-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehe... chhora ko boli prasta prasta hudai jala ani ba ko tote tote hudai jala ni!! bichar garnus hai!!

 
Posted on 09-24-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा केही छैन। अनी आज तिम्रो युनीकोड लाई के भो नि। अनी खाजा खाने समय भा छैन,सबै जना त हसुर्न लागे जस्तो छन।
 
Posted on 09-24-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero yo school ko computer ma download garna didaina ni!!!! j download garnu pare ni garde bhanna parchha!! nepali unicode garde bhanne manlagena!!

aba 1 ghanta jasto pachhi ma suru hunchhu nepali ma...
Bhok lagyo malai ni!!!!
Last edited: 24-Sep-08 11:15 AM

 
Posted on 09-24-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ट्रेलर है! ल सानो ट्रेलर राख्छु है, कथा चाहिँ अलि पछि नै आउँछ हतार नगरम है? :)

 

कथा चौतारीको- दोश्रो मौसम (ट्रेलर)

 

बिस्टे बुढा रातोपूल तरेर गौशालातिर हिँड्न थाले।

फाल्गुनको बिहानी थियो र करिव १० बजेको भए पनि खुल्ला आकाश भएर होला बुढालाई घाम, पोल्ने लाग्न थालिसकेको थियो। सडकभरि टेक्सी, टेम्पो, बस, माइक्रोबस र मोटरसाइकलहरुको जात्रा थियो, त्यसमाथि कमिलाको गोला फुटेको जस्तो गरेर मान्छेहरुका ताँती आउन र जानमा व्यस्त थिए। गाडिका आवाजहरु, अनियन्त्रित हर्न बजेका र मान्छेहरु कराएका, गफ गरेका, कतै रेडियो क्यासेट बजिरहेका कोलाहाल, शायद यहाँ मात्र हैन सम्पूर्ण काठमान्डौमा व्याप्त  थियो।

बिस्टे बुढा एउटा रुमालले नाक र मुख छोपेर सडकमा उडेको धुलोबाट आफ्नो फोक्सो जोगाउने निरर्थक प्रयास गर्दै फटाफट हिँड्दै थिए। उनको यो प्रयासमा धुलो सिधा नाकमा त आउन पाउँदैनथ्यो तर, रुमालमा गुम्सिएर, धुलाका कणहरु घुमाउरो बाटो गर्दै पसिनाको गन्ध मिसाएर बुढाको नाक हुँदै फोक्सोमा छिर्दै थिए। बसहरु गुड्दै थिए र प्रत्येक गुडेको बसले उडाएको धुवाँ देखेर बुढा रुमालले नाक मुख छोप्थे र धुलो बुढाको नजिकै पुग्दा बुढा धुलो देख्दैनथे र रुमाल हटाएर लामो सास फेर्न थाल्दथे, फलत: लामो सास फेर्दा धेरै धुलोहरु बुढाको फोक्सोमा पुग्दथे।

------

 

दीपिकालाई फेरि रिस उठ्यो, उसले अझै यतै हेरिरहेको रहेछ।

काम न काजको केटा, कहिले केटि नदेखेको जस्तो!

मनमनै भन्दै उसले कौसिबाट टाउको अन्यत्र घुमाइन र फेरि पढे जस्तो गर्न थालिन्। कौसिको ढोकामा कोहि आए जस्तो लागेर फेरि ढोकातिर फर्किन् तर घाममा किताबका अक्षरहरु धेरैबेर हेरेकोले होला अँध्यारो मात्र देखिन्। उनले गन्धले थाहा पाइन, उनकि आमा आएकी रहिछन्। उनले एक उपेक्षित नजरले आमा आउँदै गरेको अँध्यारो तिर हेरिन् र एकपटक कर्के नजरले सामुन्नेको घरको कौसिमा पुलुक्क हेरिन्।

महाशय त्यहिँ कौशीमै बिद्धावारिधी गरौँला जसरि उहि मोटो किताबमा घोत्लिँदै रहेछन्!

 

------

असलि जलप हो बाज्या, टिम् बाचुन्जेल जाडैन ल, ग्योभ्ने मलाई समाट्न आउ ल

त्रिरत्नमाननले सुनको जलप लाको गणेश बिर्खे बुढालाई दियो। पसलेको कुरामा अलि अलि शंका मान्दै भए नि बुढाले गणेशको मुर्तिलाई झोलामा हुले र पैसा दिएर बाहिर निस्क्ए!

ग्वाँचेको अझै अत्तो पत्तो छैन, बजियाले यो बर्ष नि किस्न अस्टमिमा दीपेको पछि लार दुख दियो -- भन्दै भाउन्नेर हिँडेका पुर्व गएँ भनेर पश्चिम लागेछन्। असन जान हिँडेका बुढा ताम्सिपाखाको ओरालो झर्न थाले।

मनमनै दीप, नेप्चेदेखि लिएर अलि अलि रिस उठेका सपैलाई सम्झँदै सराप्दै गर्दा एकै पटक सिनो गनाएको जस्तो गनाएपछि  बुढाले यसो मुन्टो ठाडो गरेर हेरेका त छेउमा थुपारेको फोहोरको डुङ्गुर देखियो र उनलाई उल्टो बाटो हिँडेको थाहा भयो! त्यताबाट फरक्क फर्केर बुढा फेरि पूर्व हानिए।

नरदेवी पुगेपछि बुढालाई भोक लागेको आभाष भयो। ईँजार छामे, हातमा पैसोको खस्रो स्पर्ष पाएपछि बुढा ओठमा जिब्रो फिराउँदै अलि पर हलुवाइले बाहिर पकाउँदै गरेको जेरि टुलुटुलु हेर्न थाले।

 

-----


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters