world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200366 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-12-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहहाहा मेरो गालामा हत्केलाले थप्पड हान्ने रे!

यो चाउर्या गालाको हाडले हत्केला भत्केला है!
 
Posted on 09-12-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदीsssssssssssssssssssssssss त्यो मोरो रिठ्ठेको side लेको????????????

ps: नरिसाउ है रिठ्ठे रेला गरेको के, निशेको शैलीमा।
 
Posted on 09-12-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे,
तिजाँबेला चेलीबेटिलै 'माग' भनेको?
माइतीले दिने माया चाहियो मलै । उता प्रिती रिसाइराहोलिन मिसदिदि प्याच्छ बोल्नु पर्ने भनेर सरि है सिस

'चाउर्या गालाको हाडले हत्केला भत्केला है'-- हिहिहहि जिम्माल बा हउरलै भनाउनै खोजेकै त्यहि थियो

प्रिति,
अब फेरि 'मोरो ' रे हिहिहि एउटो गुन्यो धागो र दरको भाग नगुमाउन मेरि बहिनी । यै बेला त हो नि फकाउनि माइति लै अरु बेला त छदै छ नि धम्काउनु
 
Posted on 09-12-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वप्रथम, मेरो हाटा ।

यो हीरक अंशमा सबैले केहि न केहि त राखे, मैले भने केहि लेख्न सकिन । यसो सोचेको, एकताका एउटी साथिलाइ मैले लेखेको इ-पत्र सुरक्षित रहेछ । anonymity ko lagi उनले यो यहाँ नदेखुन् भन्ने भन्ने प्रार्थनाका साथ प्रस्तुत छ।


यो मन ।
केहि लेखुँ जस्तो
केहि भनुँ जस्तो
अनि लेख्न बस्यो
यो लेखुँ कि त्यो लेखुँ
केहि कुरा असान्दर्भिक लाग्ने
केहि कुरा अति गहन
केहि पनि नलेखुँ त रिसानिको डर
द्विविधामा झुण्डिएको यो बेला
नानाथरि कुराहरु
विखण्डित धारमा निस्किन्छन् ।

प्रश्न संक्षिप्त छ
के सञ्चो विसञ्चो मात्र हो हाम्रो सरोकार?
ज्यानै नरहे के को सञ्चो के को विसञ्चो ।
तिमी छौ र नै त सोध्ने मौका आइरहेछ।
दिर्घायुको कामना ।

ए साथि,
मौनतामा भाषा हुन्छ ?
म त देखिरहेछु मौनता केहि भनि रहेछ
आशा छ गला देखि मुनि सिमित भएको मन
सन्तुष्टिको डकार गर्दै होस्
न कि तुसले अन्मनिएको ।
पुलकित मन खुसुक्क कहिले काहिँ यतातिर पोखिए त ......

रेलगाडि जस्तो रे
खै कस्ले भनेको
एक तिमि छौ र एक म
र बाँकि अरु ।
देखादेख कहिले
चिनजान अहिले
गजब छ बा !
अझै अचम्म त मलाइ अर्कै कुरामा लाग्छ
के भनेर सोध्छ्यौ?
एउटाले जाँड खायो, नानाभाँति फलाक्यो
पिडित पक्ष चैँ तिमी ।
माने बा तिम्रो सहनसिलता ।
र नै त सम्झिरहन्छु बेलाबखत
फगत बेकारका भए पनि
दुइ चार शब्द कोरेर ।
कुनै कविले लेख्या थिए रे,
नारि सहनशिलताको प्रतिक हो भनेर
जान्ने भए मै पनि अर्को कविता रच्दिने थिएँ।

विद्ध्या धनम् सर्व धनम् प्रधानम्
परिक्षाको लागि हार्दिक शुभकामना ।

सुनेको मैले प्रसंसा तिम्रो सबैको मुखबाट
तिख्खर दिमाग, चोर्छ्यौ रे फुल कागको गुडबाट
यसै नै ज्ञानि, त्यसैमा मिहिनेत गर्छ्‌यौ रे बेसरि
कामना मेरो आकाश सोझै नचुम्ल्यौ कसरि ।


भएन बा यसरि त, मै पनि कविता रच्दिने ?
त्यो चार लाइन मैले लेखेको हैन है, ।।। रे क्या !!!!!!!!!!!

भो भयो,
अति भयो,
घण्टौँ भयो,
यति जाबो पत्र लेख्न लागेको
मैले भन्न चाहेको ?
केहि बिषेश?
निमेष सरह
भन्दिउँ?
भो ।
यसरि सारांसमा भन्दा मजा हुँदैन
नत्र यति लामो पत्र किन लेख्नु पर्यो?
भो , मुख फोरिदिन्छु
एकै सासमा
एकै शब्दमा
निर्धक्क भएर
लौ जा :-

"सञ्चै?"

मात्र यत्ति नै ।

भुलचुक लिनेदिने ।



उहि साथी,
copycat
 
Posted on 09-12-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब को पत्र लेखेछौ बिराले!

अन्तयमा त सन्चो बिसन्चो सोधेको पो रहेछ!
एउटा पत्रमा अनेकौँ कविताहरु रहेछन्!


 
Posted on 09-12-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन लौलौ यि सन्ननी त बडा रमैली जस्ती छिन्। लौलौ पनि भन्दी रहिचिन।
बिर्खे, हजुरबाउ को त्यो बिघ्न सम्पत्ती बौले बेज्दीए नाती को यो गती भन्या जस्तो, कुरो त बुज्योउ नि।
यो मस्तेर्नी नानी पदौन चैँ क् पदौचिन। हाम्लाई पनि पदाये त हुन्थो नि।
लौलौ बिराले "सञ्चैं"?
 
Posted on 09-12-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कस कस्ले के के भनी ल्यायो हौ, आफु त साह्रै ब्यस्त भएछु, लु मिस दिदी, सान्नानी सारन्स गरुम् त। (तिज् आउदैछ नि त्या)। नत्र भने..........
 
Posted on 09-12-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुर्न लागे है म गाउले हरू। त्या मेरो कूरा कसैले काट्ला नि फेरी म नभको मौका पारेर खबर्दार...........

 
Posted on 09-12-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ माकुरे लौ लौ
लौ लौ रिट्ठे लौ लौ
लौ लौ बिर्खे लौ लौ
लौ लौ ठुल्दाई लौ लौ
लौ लौ ठुली लौ लौ
लौ लौ मिस दिदी लौ लौ
लौ लौ सान्नानी लौ लौ
लौ लौ बिराले लौ लौ

लौ लौ रमाईलो अर्दै अरम लौ लौ
लौ लौ सबैलाई नमस्कार लौ लौ

सान्नानी हैन उता घर् तिरा धागाँ गोश्वाराका ढुंगाना सोधेर किन गायब भा? उता मुइले जवाफ दि सकिं।
 
Posted on 09-12-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्वाइ फिरेन्ड तिम्रो कती राम्रो आँखा रातो रातो
जिउ भरी लेख्या रैछ निलो डिर्‍यागन टाटु
उडा'को कि गु'डाको हो तेल्ले मोटर बाइक
फाइटर पिलेनको पाइलट बन्न मान्छे रइछ लाइक
आकासको पाइलट बन्न पुगेनछ पढाई
दुइटा केटी घाइते पार्‍यो मोटारसाइकल लडाईं

जदौ, यो बुधबारे सन्ध्याको!

के के हुँदैछ, कुन्नी?
Last edited: 12-Sep-07 11:41 AM

 
Posted on 09-12-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**** हाउँरो कुम्ले त खुरु खुरु आ'र के जाति बोडिउँ इस्कुल जाँदै गाम चहार्दो रेछ बाबै! यता त झुल्केन त केटो!!**** LOL Jimmal baa! bihaan khoi kasle chautari baango banaaeko rahechha, herna ni milena. tyahi bhaera antai tira herera farkeko. Ahile balla herna milne bhaechha.


Sabailaai jadau!

:-)
 
Posted on 09-12-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुरेको लौ लौ ले गर्नु गर्यो फेरि यो जिम्माल बाले लौ लौ लगाएरै बोल्नु पर्ने लौ लौ नियम लगाइदे लौ लौ क्यार्नि त?
अन्तरे दाई मैले लेखिँ उता नि।
मिस् दिदी हजुरलाई पनि तीजको धेरै धेरै शुभकामना।
ओइ रिठ्ठे हाम्रो काम् छैन अब तिम्लाई सरान्स भन्दै बस्ने?
ग्वाँचुरामले आफ्नो बारेमा लेख्या हो?
 
Posted on 09-12-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

उ जो छ चोतारिके हिरकवा त्यौहार चलिराखेछ हुजुर, पर सला हम्रो जो छ बेस्त्तताके रिजनसे हमि आवन पाए छेन हुजुर के कर्ने। पर हमि सब पढिरेहेछु कहानि वहानि गना कविता सबके सब पढिरहेछु। कुछ देर बतियावनेको लागि हमि आज टेम मिलाइके आएछु।

जे राम जि कि।
 
Posted on 09-12-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे छुट्कि, कथि हालखबर छ? जच्चा और बच्चा दु जनाकै आरम छ हेन? त छुट्किके बिटियाको भनिदिनु कि मदनवा मामा ले याद करेछ। आवने सालमे हमि भेट करनेको आवँछु दसहरि आम वाम ल्याइके। के कर्ने यो साल सला आम राम्रो भएन हम्रो।

अन्त्रे भैया, कुमलवा बिरादर, गवाँचे और रिठे दजूको परनाम करेछु।

जे राम जि कि।
 
Posted on 09-12-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखैले देख्या है!

गोताएँ दाई: ल ल फेरि ट्राई गर!

मदनवा: ले कस्तो कुह्रो गर्छ सेइध्वाँ ले।

गोताएँ दाई: हत्तेरी एउटा शब्दपनि राम्ररी भन्न सक्दैन पातकीले

मदनवा: अरे बाप रे! त बल्ल बल्ल वोह सेइध्वाँ भन्ने सिक्दैछु फिर आउनुभएछ हजुर नयाँ वर्ड समाएर। कथि भन्नु भएछ पाँतकी भनेर? ले फिर से टराई हान्छुँ, ले कस्तो कुह्रो गर्हेको साँइध्वाँले

गोताएँ दाई: यस्ले सक्दैन! त्यो चन्द्र बिन्दु किन लाउनुपर्ने यस्लाई? सकिन मैले लागेँ कुँडो खान!

मदनवा: ओह गोतामवा दाजु! हरेक बार तपाईँ नयाँ नयाँ वर्ड ल्याउनुहुन्छ और हमि कसरी बुझ्ने कुन वर्ड प्रियोग कर्ने भनेर। त कुड्होँ कसरी खाने वोहपनि सिकाइदिनुस्! एक्छिन पर्खिनुस्!


 
Posted on 09-12-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदनवा भैया हमि सब् कुशल् मङ्गल् से छ। अरे आमवा कुमलवाके अँहासे थोडा उधार् पर् ले के भेज्वा दो न भैया। आम बहुते पसन्द् कर्छु हमि, ओह् तो तुम्को बतियानेका भि जरुरत् छैन। हँ तुम् अप्ना फुर्सद् मे आउनुस् पर् आम् जरुर् भेज्नुस् अभिssssssssss
 
Posted on 09-12-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता गाम तिर ज्ञानेन्द्र राजा हुँदा हुँदै पर्धानमन्त्री हुन खोजेर खारेजीमा जाक्किन ला छन् यता फेरी चौतारीकी माष्टर्नी अचेल बिद्यार्थी भा जस्तो मानिचु -- बिर्खे नी झन जिम्माल --सन्चालक समितीको अध्यक्ष भन्दा भन्दै पाले भ छन की के हो तनी? को आयो को कता गयो कस्ले के लेख्यो हेर्यो घण्टी लायो बस्यो गर्छन गाँठे!
 
Posted on 09-12-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ मदनवा लौ लौ
लौ लौ ग्वाँचे लौ लौ
लौ लौ कुम्ले लौ लौ
लौ लौ दीप ज्यो लौ लौ

अनि ग्वाँचे म चाँई तो सानेपाको चौतारोआँ लड्दै पड्दै आउँथि कालो पुल तिराट ईस्कूल जानि अहिलेको माइकरो जस्तो भट्भटे बस चड्न।
 
Posted on 09-12-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे दाई जता ततै छाउनु भाछ त। बिराटनगर नि घर रे, सानेपा मा नि स्कुल गा रे। खै के बुझिनसक्नु छ।
 
Posted on 09-12-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! कुम्ले र मदन्वा नि आयिहालेछ
यि दुइटै सधैं एक्कै चोटि कसरी हुल्किन्छन हौ,
कुम्स पाट के छ? त मदनवा के छ रे तिम्रो? कुस्ले मंगल् छु म त तिम्रो ऊ लर्की वर्की कि के हुदे छ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters