[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264299 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर अर्को आओ फेरि थुतुनो बजाम्दै! हन ए ठूल्दाई कता हो?? एता हामि बुडा पाटिको कन्तबिजोग अर्न लाए पर्भु भुराहरु मिलेर, लौ न मेरो सुन्दैनन ठूल्दाईले सातो लिदिनु परो!!
 
Posted on 02-15-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेर सोध्ने घर तिर टाप जस्तो छ, यिनिहरु गन्थन गरेर बस्या छन।
यो त आत्ती भो के, जम्मा ६९ बर्ख बाको मान्छे लाई यि ठिताहरुले ७५ ८० बनाछन।

तो चिनी कम मा ६५ को लम्बु ले मैन बत्ती निभएर ५५ को बन्न मिल्ने, अनी जिम्मालले ५ बर्ख भाताएर बिहे गर्न किन नहुने। गो जिम्माल बा गो।

बरु मेरो तो यातायात ब्यबस्था हो कि के भन्ने पद कसरी जुर्यो जिम्माल बा। मैले त मेसै पाइन केरे।


 
Posted on 02-15-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली ल हेर जिम्बाल को अस्ती मात्र खीचेको फोटो,
सतौ बिहा गर्ने दिनको फोटो हो। 


 
Posted on 02-15-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ, नाम लिया चेली हाजिर। माफ पाम है चेली।
 
Posted on 02-15-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-15-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अर्को नि आयो मेरो बर्खको कुरो खोतल्दै! क्यार्ने होला!!

लु हेर, तो यातायात कसरि जुरो रे?? हन तेतिका बर्ख पोखराको नाइटाँ डाइबरि काम अर्या बिर्सेउ?? तेइ बेलाँ खैरेनिआँ भातखाने होटलै दाइजो पार्या नि बिर्सेऊ??? हन साँच्चै कलिजुग लाओ झैँ मानिछु मइले त! मइले कुरो नबुझ्या हो कि यि ठिटाहुरले बैँशले तेसै तेसै मात्तेर नबुझ्ने कुरा अर्या हुन दैब जानून्!


 
Posted on 02-15-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन ए पातकी लहरे बज्जे, फोटु राख्नु नै थो भन्देखुन दारि खौरेर, टोपि ला'र गलबन्दि गुतेको के जाति हइँसे फोटु राखे तिम्रा के जान्तो??? फेरि घराँ लाउन खान नि हम्मे हम्मे पर्ने रेछ जस्तो देखिने नां्गे भुतुङ्गे फोटु क्यार्न टाँस्या तो?? तो लबेदा सुरवाल ला'र किस्नेकालेको भतिजोको जन्त गा' बेला हइँसे फोटु राख त? हाम्पनि खाइलाग्दो देखिया छम गाँठे तेसमा त!


 
Posted on 02-15-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो फोटो भनेको हो जिम्बाल ले,


 
Posted on 02-15-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिर्खे बा, हामी बुढा पार्टीको हरिबिजोग गर्ने भए भुर्‍रा भुरिहरुले। भन्थाने होला, जिन्तखी भर् सलमान् खान् जस्तो हुन्छ भनेर। कादर् खान् ले नि यसै भनेका थिए होला आफ्नो जमानामा। याया खान् ले नि त्यसै सोचेको थियो होला।
असतीहरु तिमीहरु बुढा बुढी भएको नि हेरौला क्यारे, ९९ बर्ख नभै काल आउदैन रे । अस्ति महांकाल अगाडीको ज्योतिषेले भनेको। यही गुलुप् जस्तो आँखाले बुढा बुढी भएको हेर्न पाइयोस् पर्भू।

Last edited: 15-Feb-08 04:10 PM

 
Posted on 02-15-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahile Bihe garna khojera k bho ta hoina maila dai!
Hamro desh ma 4 jana le 4 tira bata samatera hinnu parne budha ta ajahi Pradhanmantri banchhu bhandai chhan. Bhairakhya Pradhanmantri ni ustai chhan. Uniharu deshai hakne kura ta garchan bhane, uniharu bhanda yaso dui char bhota badhi fataunubha hamra maila dai le bihe garna nahune!! Tara saat saat choti bihe garda "Bahu bibaha" lagla. Bichar garnu hai!! Ani aba bihe garne bela ma chhin malai ni bolaunu hai, ma hamro dai lai ramra luga lagauna lagara, hero banaidinchhu. Bichara lai bihe ko din ma ni kasaile kehi launa diyenachhan. Keti patti ka maanchhe le k bhane holan!


 
Posted on 02-15-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होरि एइ फोटु भन्या मइले, लु हेर कस्तो हइँसे देख्याछम हामि!


 
Posted on 02-15-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या, अत्ती नगरन लहरे बौचा, तो केजाती ५-६ वटी श्रीमतीका धनी हाम्रा जिम्माल बाको कोही छैन जस्तो एक्लो तस्बिर टासिदिने। लु यहाँ छ जिम्माल र जेठि जिम्माल्नी को फुटो।

जिम्मालबा नि, अर्का गाममा गरेको कुरा यता गाममा लिएर आउने, कसरी बुझ्नु त कुरो अनी।   

 


 
Posted on 02-15-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अहिले भने लहरे ले पारा ल्यायो, कुल जिम्माल बा वाह!
फोटो ले नै बताउछ बुढाले कती वोटा सम्म बिहे गर्न सक्छन भनेर
लोल!


 
Posted on 02-15-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जिम्माल र जेठि जिम्माल्नी

 



 
Posted on 02-15-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lahare ji, yo duita photo ta mildaina ta!! Kun chhin ho maila dai! Confuse garne ta bhayena ni arka lai!!
maila dai ta mero hajurba bhanda budho hununchha jasto chha, aba dai nabhanera hajurba bhanam ki kya ho!!

 
Posted on 02-15-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या चेली किन नमिल्नु, जती नि मिल्छ,
दारी काटेर, टोपी लगाएर, लुगा लायो भने त्यस्तो देखिन्छ,
कस्तो कुरा नबुझेको चेली ले,   

 


 
Posted on 02-15-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबाले  अस्ती नै ग्वाँचेले चार भागमा जिम्माल बुढा र ग्वाँचेको नेपाल खाल्डो भ्रमणको ब्रितान्त लिएर आउँदैछ भन्नु भा थ्यो। हेरौ कैले सम्म लेखी सकिन्छ। तर पैला मेरो तर्फबाट चौतारी सतकांकको लागि पहिलो कोसेली:


नयाँ नेपालभित्र को एउटा अलिखित कथा


मुग्लान भासिएको पनि छ बर्ष भईसकेको रहेछ। दु:खका दिनहरु बिस्तारै जान्छन्, सुखका दिनहरु चाँडो चाँडो जान्छन भन्ने सुनेको थिए तर मेरा त दु: खका दिनहरु नै पनि कति छिट्टै बितेछन। घरबार, परिवार, गाँउ, देश छोडेर यो परदेशमा आउने मन त कहाँ थियो र, समय र परिस्थितीले लाचार बनायो।

भोली सखारै म यो बिरानो शहर, बिरानो देश, बिराना मान्छेहरु छोडेर सँधैको लागि मेरै देश फर्किंदैछु। छ बर्ष बस्दा समेत यो शहर, यो देश मेरो आफ्नो हुन सकेन, यहाँका मान्छे मेरा आफ्ना हुन सकेनन।
 
हाम्रो परिवार पहाडबाट मधेश बसाइ सर्दा म सात बर्षको थिए, दाई दस बर्षको।  बुवा आमाले दिन रात एक गरेर, आधा छाक खाएर, एक सरो लुगाको भरमा, अलि अलि गरेर खेती गर्न  जग्गा र बास बस्ने झोपडिको ब्यबस्था गर्नु भयो। जसो तसो गरेर स्कूल पनि पठाउनु नै भएको थियो हामी दुई भाईलाई।
 
राजमार्गमा एकदिन एउटा ट्रकले बुवालाई किचे पछि हाम्रो परिवारमा ठुलो बज्रपात पर्‍यो। अलिकती  ठक्कर मात्रै दिएको थियो रे पहिला त, तर पछि  ब्याक गरेर किचेको भन्थे मान्छेहरुले। अनेक गल्फत्ती गरेर  बुवाको  जीवनको बदलामा आमाको हातमा १५ - १६ हजार रुपैयाँ  राखेर सबै सामसुम गरियो। त्यतिबेला म आठमा पढ्थे, दाईको एस एल सि आउन लागेको थियो। बुवाको मृत्‍युसँगै हाम्रो सुखद जीवन जिउने सपनाको पनि अन्त्य भयो। दाई र मैले पढाई छोडेर आमासँगै खेतमा, बारीमा, बस्तु भाउसँग काम गर्नुपर्‍यो। दुई छाक मिठो मसिनो खान सक्ने र एक धरो कपडा लाउन सक्ने बन्न धेरै समय लाग्यो। त्यो स्थितिमा पुग्न आमा, दाई र मेरो जीवनका धेरै बर्षहरु अभाव र दु:ख मै बिते। स्कुल जाने, साथीभाईहरुसँग हास्ने खेल्ने उमेर मै दाइ र मैले पारिवारिक दायित्वको बोझमा अल्झेर असामयिक परिपक्व बन्नु पर्‍यो।

सोचे जति, चाहे जति पढ्न, लेख्न नपाए पनि, सानो तिनै भए पनि आफ्नै कारोबार सुरु गरियो। तरकारी खेती र कुखुरा पालनबाट ठिकै आम्दानी गर्न सकिने अवस्थामा पुगियो।

पहिले दाईको अनि केहि बर्षपछि मेरो बिहे  गरिदिएर आमाले आफ्नो दायित्व पुरा गराइदिइन। दु:ख पछि सुखका दिन आउँछन भनेको सुनिएको मात्र थियो तर यो भनाइ हाम्रै जीवनमा लागु भयो। समयको अन्तरालसँगै नयाँ सदस्यहरु थपिए हाम्रो परिवारमा, पहिले केसब अनि त्यसको दुई बर्ष पछि रमेश। साँच्चै सानो, सुखी, सम्रिद्य परिवारको जुन सपना थियो, त्यो पुरा भए जस्तो लाग्यो।
 
'त्यो' दिन रातिको खाना खाने बेला हुन लागेको थियो, दाई भरखरै पोल्ट्री फार्मबाट घर फर्केका थिए, म करेसाबारी मै थिए, एक हुल मान्छेहरु हाम्रो आगनमा आए। एउटा महत्वपूर्ण कामको लागि पल्लो गाउँ जानु पर्ने हुनाले आज राति यतै बास बस्नु पर्ने कुरा बताए।  साँझको बेला आएका पाहुनालाई बास दिन्न कसरी भन्नु। को हुन, कता जान लागेका हुन, किन जान लागेका हुन भनेर सोधेर आथित्वको अपमान किन गर्नु भनेर केहि सोधिएन। मिठो मसिनो जे थियो सँगै खायियो। बिहानै उनिहरु धन्यवाद दिएर आफ्नो बाटो लागे।

एकछिन  पछि अर्को हुल आयो, छ सात जना थिए। दाई पोल्ट्री फार्म जानै लागेका थिए, घरमुलीसँग कुरा गर्ने भनेर दाइलाई अलि पर आँगनमा बोलाए।
 
'हिजो तपाईंले 'दुस्मन' लाई बास बस्न दिनु भएको रहेछ, तपाईंसँग त्यहि सम्बन्धमा केही कुरा बुझ्नु छ हामीसँग जानु पर्‍यो'  भन्दै  तिनिहरुको नेता जस्तो देखिने मोटेले दाइको हात च्याप्प समातेर बाटोतिर तान्यो।

'कहाँ, किन जानु पर्‍यो?' भनेर हामीले सोध्दा, 'केहि पिर मान्नु पर्दैन, केहि कुरा मात्रै बुझ्नु पर्ने हो, एकैछिनमा हामी घर मै पुर्‍याइ दिन्छौ' भन्दै दाइलाई लिएर गए।

हिजो राती बास बसेका मान्छे को हुन, आज आएका मान्छे को हुन,  केहि थाहा भएन। आर्मी र माउबादीको बारेमा रेडियोमा सुनेको त हो तर हाम्रो गाँउतिर त त्यस्तो केहि पनि थिएन।
 
एकैछिनमा घर मै पुर्‍याइ दिन्छौ भनेर लिएर गएका दाइलाई एक घण्टा, दुई घण्टा, दिन, हफ्ता महिनासम्म पनि कसले कहाँ लिएर गए थाहा पाउन सकिएन। पुलिस चौकी, आर्मी ब्यारेक, माउबादिका कार्यकर्ताहरु सके जति, भेटे जति सबैसँग बुझ्ने कोशीस गरियो तर केहि थाहा भएन।
 
बिस्तार बिस्तारै हाम्रो गाँउमा पनि माउबादिक कृयाकलापहरु बढ्न थाले। अब त एक घरबाट एउटा मान्छे पार्टिमा लाग्नै पर्ने नभए मासिक पैसा बुझाउनु पर्ने भन्ने उर्दी जारी गरे। रमेश त सानै छ, केशबको स्कुलबाट सात कक्ष्या भन्दा माथिका सबै विद्यार्थीहरु लाई तीन चार दिनसम्म प्रशिक्षण भन्दै कता कता लिएर गए। बच्चाहरु घर नफर्किउन्जेल सम्म गाँउभरि रुवाबासी भएको थियो।
 
दाई नहुँदा पोल्ट्री फार्म पनि बन्द गर्नु पर्‍यो, एक्लै केही गर्ने क्ष्यमता थिएन मेरो। सँधै दाई कै अबिभाबकत्व बस्ने बानी परेको, आज आँफैले सबै कुरा सम्हाल्नु पर्ने स्थिती आयो, जसको लागि म तयार थिइन। पार्टिमा लागौं भने के हो, कसो हो ,किन लडाईं गरेका, केही थाहा छैन, फेरि लडाईंमा गएर आज हो कि भोलि के ठेगाना? महिना महिनामा पैसा बुझाउँ भने आफ्नै परिवारको हात मुख जोर्ने समस्यामा परि सकिएको थियो।

केही उपाय नभए पछि मुग्लान भासिने अप्रिय निर्णय लिनै पर्‍यो। पहाडमा जन्मे पनि, यही हुर्केको, बढेको, सुख दु:ख बाँडेको हुनाले घर, गांउ छोडेर जान असाध्यै नरमाइलो लाग्यो,  तर यो गाँउ त छोड्नै पर्ने भयो।

आँखाभरि आँसु र सुनौला सपना लिएर यो परदेशको बिरानो शहरमा पुगियो। इटा र सिमेन्टको शहरमा बस्ने मान्छेहरुको मुटु पनि ढुङ्गाको हुँदो रहेछ, काम खोज्न खुब गार्हो भयो। बल्ल बल्ल नेपाल कै एकजना दाइले होटेलमा काम मिलाइदिनु भयो, भाँडा माझ्ने।
 
'यत्रो लाठे मान्छे के होटलमा भाँडा माझिराखेको, हाम्रो कोलनिको चौकिदार घर फर्किंदैछ, चौकिदारको काम गर्ने भए हिंड' भन्दै एकदिन एउटा देशिले आफुसँग लिएर गयो।
 
अनि सुरु भयो दिउँसो सुतेर रात भरि जागै रहेर एउटा कट्बाँसको लठ्ठिको भरमा बिदेशीहरुको घर सम्पत्तिको रक्षा गर्ने काम। महिनाको अन्त्यमा हरेक घरमा गएर दस बिस रुपयाँ उठाएर महिनाको दुई हजार जति कमाइन्थ्यो तर मेहनत भने कता हो कता धेरै बढि  गर्नु पर्ने। पाँच बर्ष यहि एउटै ठाँउमा बित्यो।

नेपालबाट पढ्न आएका भाई बहिनिहरुले आफ्नै देशको दाई भनेर माया गर्थे। 'बहादुर', 'गोर्खे', 'कान्छा', 'दरवान', 'चौकिदार', 'पहाडी' भनेर बिदेशीहरुले बोलाएको बेला, आफ्नै नेपाली भाई बहिनीहरुले 'रत्न दाई' भनेर बोलाँउदा अलग्गै रमाइलो हुन्छ। कहिले काहि भेट्दा पनि भाईहरुले चिया, नास्ता गराउनु हुन्छ, नेपालको खबरहरु सुनाउनु हुन्छ। नेपालमा चुनाप हुन लागेको छ, माउबादी पनि मन्त्री भए रे, अब त गाउ गाउमा माउबादी र सेनाको लडाईं बन्द भयो रे। सबै खबरहरु नेपाली भाईहरुले नै सुनाएका हुन।
 
नेपालमा शान्ती भयो, बातावरण राम्रो भयो भन्ने थाहा पाएर नै भोलि फिर्ता जाँदैछु। गच्छेले भ्याएसम्म सबैको लागि केही न केही सामान किनेको छु, आमाको लागि, भाउजुको लागि, सुनिताको लागि अनि केसब र रमेशको लागि। बेलाबेलामा चिट्ठीपत्रबाट मात्र हालखबर थाहा हुन्थ्यो तर पर्सि सबैसँग प्रत्यक्ष भेट्घाट हुने कुरा सम्झेर नै आज रातभरि निदैं परेन। पर्सि कहिले होला जस्तो भइसक्यो। मैले नेपाल छोड्दा केसब सातमा पढ्थ्यो, अहिले गाउँ कै स्कुलबाट बार्‍ह पास गरिसकेछ, रमेशले पनि यसपालि एस एल सि दिने रे! 

परदेशबाट घर पुग्दासम्म बाटाभरि युद्दले छोडेका चिनाहरु देखिए, भत्काइएका, जलाईएका सरकारी भवनहरु, काटिएका पुलहरु, खाल्डा खुल्डी पारिएका सडकहरु अनि राताम्मे नारा लेखिएका भित्ताहरु। जे होस् अब त युद्द सिद्दियो, अब ति पुराना दिनहरु कहिल्यै फर्किने छैनन भन्ने कुराले मन अली हलुङो बनायो।

युद्द्ले मेरो दाइलाई गायब गरायो, मलाई परदेसिन  वाध्य गरायो, हाम्रो सुखी घरवार एकैछिनमा भताभुङ बनायो तर मेरो र मेरो जस्तै ब्यथा भोग्नु परेका मेरा असन्ख्य नेपाली दाजु भाईको जस्तो ब्यथा कसैले भोग्नु नपरोस, यो निर्दयी युद्द फेरी कहिल्यै नदोहोरियोस।
 
परिवारसँग छ  बर्षपछि मिलन हुँदा आँसु रोकिएनन। आमा  बुढी भईसकिछिन, भाउजु र सुनिता पनि दुब्लाएर चिन्नै नसकिने  भएछन। केसब र रमेश हलक्क बढेर म भन्दा पनि अग्ला भईसकेछन। केसबलाई देख्दा दाइको याद आयो, ठ्याक्कै उस्तै मुहार, उस्तै जिउडाल, किसोराबस्थाको दाई जस्तै। आँसुको भेल रोकिंदै रोकिएन, दु ख र सुख मिस्रित आँसु।
 
भोलीदेखि आफ्नै घर, आफ्नै  गाँउ, आफ्नै देशमा आफ्नै काम गर्न पाइने कुरा सम्झिंदा खुशी लाग्यो। अब फेरि पहिला जस्तै खेती गर्नुपर्छ, कुखुरा पालन गर्नुपर्छ। दाई नभए पनि अब त केशब र रमेश पनि मलाई साथ दिने भईसकेकाछन। आमा छिन, भाउजु छिन, सुनिता छिन, सबै जना मिलेर पसिना बगाएर एक बर्षसम्म त जीवनस्तर उकास्न कसो नसकिएला। यस्तै कल्पनामा डुबेर रात बितेको पत्तै भएन।

बिहानै ढोका ढक्ढक्याएको आवाज आयो, छ सात जना मान्छेहरु जमा भएका रहेछन ढोकामा। मैले ढोका खोल्ने बित्तिकै उनिहरुले आफ्नो परिचय दिंदै मधेसको लवजमा भने, 'हामीहरु तराइ मधेसको हितको लागि आन्दोलनरत छौ र त्यसै सिलसिलामा पहाडी मुलका मान्छेहरुसँग केही सल्लाह गर्ने निती अनुसार तपाईंले हामीहरुसँग जानु पर्‍यो।'

मेरो हात तानेर आँगनको डिलसम्म पुर्‍याइसकेका थिए, त्यतिबेलासम्म आमा, भाउजु र सुनिता पनि बाहिर आइसकेछन। आमा र मेरा आँखा जुधे, पिडा, शंका र डर प्रस्टै देखिन्थ्यो आमाका आँखामा।
 
मलाई डोर्‍याउँदै गरेको देखेर आमाले ससंकित हुँदै उनिहरुलाई सोधिन 'हैन बाबु हिजो मात्रै त परदेशबाट आएको छ, कता लाँदै हुनुहुन्छ मेरो छोरालाइ?'
 
मलाई तानेर लानेहरु मध्यै एउटाले पछाडि नफर्कि उही रुखो लवजमा जवाफ दियो, 'केहि पिर मान्नु पर्दैन, केहि कुरा मात्रै बुझ्नु पर्ने हो, एकैछिनमा हामी घर मै पुर्‍याइ दिन्छौ"


 
Posted on 02-15-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या चेलीको कुरो पनि नबुझिने के।
हैन कोही कोही बुढालाई ७ पटक प्रधानमन्त्री हुँदा बहु प्रधान मन्त्री को कानुन नलाग्ने, हाम्रा जिम्मालबालाई जाबो ७ पटका बिहे गर्दा के को बहु बिहा को कानुन लाग्नु नि।
 
Posted on 02-15-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त गाँउले हो ल म पनि घर तिर लाग्नु परो।
भरे भेटौँला, चौतारी गीती लहर मा है त।

 
Posted on 02-15-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eh la la bujhe bujhe!! dui dui jana le milera gali garnu parchha ta ani malai!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters