[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 213862 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-18-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु !
के छ ताअाअाअाअाअाअाअा?
शुक्रबारे ढलपलिएको जदौ!
के भयो ठुली? तातो चियाले पोल्यो कि?

 
Posted on 01-18-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै ग्वचे कता लाग्यो। खै स्वस्तानिको आर्को भाग।
रहुलदा मैले त आज् चियानै खाको चैन।

 
Posted on 01-18-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्स पाट, सान्ननी, तिरुलाई सुक्रबारे जदौ



 
Posted on 01-18-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

बल्ल भेट्टायियो सोस्थानिको चौथो भाग  :

 

चौतारी स्वस्थानी व्रतकथा - ४
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! अब तिमीलाई जुरेलीले त्यसपछि के कसरी ब्रत गरिन्, सबै सुनाउँछु; पलेटी मारेर बस। पौष शुक्ल पूर्णिमाको दिनदेखि मर्दीखोलाको तिरमा श्रीस्वस्थानीको पूजा गरेको एक महिना पुगेर माघशुक्ल पूर्णेमा पनि आयो। तयार गरी राखेको अष्टोत्तर शय बेली पुष्प, अष्टोत्तर शय कुड्का सुपारी, अष्टोत्तर शय प्याकेट बिजुली खैनी, अष्टोत्तर शय पेग लोकलको सरदाम आदि प्रसाद बाँड्ने बेला आयो। प्राचीन स्वस्थानीमा "प्रसाद श्रीमानलाई दिनू, श्रीमान् नभए छोरालाई दिनू, छोरा पनि नभए मित छोरालाई दिनू, त्यो पनि नभए नदीमा लगी बगाइदिनू" भनेर उल्लेख गरेको छ। जुरेली पनि अब प्रसाद के गर्ने भनेर सोच्न थालिन्। श्रीमानलाई दिउँ भने बिहा भएको छैन, अँझ छोरा र मित छोरा त हुने कुरै भएन। भउतेको पनि पुन्टेको जगजगीले गर्दा बिचल्ली होला। मर्दी नदीमा बगाउँ भने हिउँदको बेला खोलो सुकेर त्यत्रो सामान बगाउन सम्भवै छैन। ठुलो धर्मसंकटमा परेपछि श्रीस्वस्थानीको स्तूति गर्न थालिन् -"हे माता, तपाईं कस्ती भनेदेखि हाम्री स्कूलकी मास्टर्नी दिदी, अरप पुगेर देश देखेर शेष खाई आ'का सिरेज्वाइँ, जतिखेर पनि कविता फलाक्न सक्नी राहुलदाइ जस्ताले त वर्णन गर्न सक्दैनन् भने म के सकुँली? आमाले एउटा आँखा छोरा भए अर्की आँखा छोरी भनेर मलाई स्कूल पठाउन खोज्दा बाले दुइटै आँखा स्कूल गए केले हेर्छेस् मोरी भनेर बाख्रा चराउन पठाइदिए। यो अनपढ लाटीले अब यो प्रसाद के गर्ने? तपैं नै एउटा उपाय लगाइदिनुहोस्।"

जुरेलीले यति भन्न नपाउँदैमा घारीनेरको बाटोमा कोही हिंडेको आवाज आयो। को आएछ भनी हेर्दा भउतेलाई देखी मनमनै हर्षले गदगद भई भेट्न जाँदी भइन्। एक महिना अगाडिभन्दा निकै दुब्लो शरीर, गोरो अनुहार देखी मन खिन्न बनाइन्। परन्तु प्रसाद खाने समयमा भउते नै आएको देखेर श्रीस्वस्थानीको प्रभावको जयजयकार गरी त्यस्ती देवीलाई कोटी कोटी नमस्कार गरिन्। भउतेलाई सिमलीको छहारीमा टपरी ओच्छ्याई आसन गराइन् र भनिन् - "हे काजी! तपाईं त दुब्लाएर पाजी हुनुभएछ। अनुहार पनि अलिक सेतो देख्छु। आँखा पनि हाम्रो भेनाले धोबिनी दिदीको भट्टीमा रउसी धोकेको बेलाको जस्तै राता-राता छन्। के कति पीर पर्यो? मलाई सुनाउनु हवस्।" जुरेलीको यस्तो प्रश्न सुनी भउते आकाशतिर एकोहोरो हेरिरहे। एकछिन पछि ओठ लर्बराउँदै बोल्न थाले - "हे जुरेली! मेरो अहिले गाममा बसिसक्नु छैन। जता गए पनि तिम्रा पापिष्ट भेनाले पिछा गर्छन्। गाउँका सबै मान्छे सबै जनावरले मलाई हेप्न थालेका छन्। बसमा चढे बसबाट लढ्छु। भैंसीले पनि मलाई नै हान्छन्। कुकुरले पनि मलाई नै टोक्छन्, मलाई नै भुक्छन्। एउडा नारदऋषि आएका थिए मलाई सहयोग गर्न, तिनले पनि "जुरेली" बर माग्दा गुलेली दिएर गए। त्यही गुलेलीले तिम्रा भेनालाई हान्छु भनेर सोझ्याएको फिता उल्टो परेछ, मट्याङ्ग्रो आफ्नै टाउकोमा बजारियो। अरु सबै छोड, राजुको पपीले पनि हिजो मतिर हेरेर भुक्यो, तिम्रै धोबिनी दिदीको कुखुराको भालेले पनि मलाई देख्ने बित्तिकै 'कुखुरी काँ' भनेर च्यालेन्ज दियो। त्यसैले मलाई यस गाउँमा बसिसाध्य छैन। बरु आऊ, हामी यतै बिहे गरी पोखरातिर लागौं। बरु मलाई अलि भोक लागेको छ। केही खाने कुरा भए ल्याऊ। अनि, तिम्रा भेना तिमीलाई खोज्न भनी धोबिनीलाई समेत लिएर यतै आउँदै छन्। तिम्रो ब्रतको कारणले अहिले हामीलाई समय मिलेको छ; आऊ म अहिल्यै तिमीलाई सिन्दूर लगाइदिन्छु।"

भउतेको मुखबाट यति कुरा सुनी जुरेलीलो भनिन् - "हे काजी! तपाईंलाई यहाँसम्म ल्याइदिने श्रीस्वस्थानीलाई कोटी कोटी नमस्कार। तर तपाईंले जे भने पनि मेरी धोबिनीदिदी मेरो बिरुद्धमा यता आएको भन्ने कुरा चाहिं पत्याउन सक्दिन।" अनेक जुक्ति लगाएर सम्झाउने प्रयास गरे पनि जुरेलीले नपत्याएपछि अन्तिममा भउतेले भने - "हे जुरेली, मैले तिमीलाई किन ढाँट्थें? नपत्याए म किरिया नै खाइदिउँला।" आफ्ना मनका मालिकलाई किरिया खुवाउनेसम्म गरी मैले के पाप गरें भनेर जुरेलीले आफैंलाई धिक्कार गरिन् र भउतेको मुख थुनिदिन लागेकी के थिइन्, भउतेको मुखबाट फुस्कियो "धोबिनीकै च्यात्या' पेटीकोटको कसम!"

आफ्नो भेनाको यो थेगो भउतेको मुखबाट सुन्दा जुरेलीले आफ्नो र धोबिनी दिदीको अपमान भएको सम्झिन्। जुरेलीले क्रोधले आँखा राता-राता बनाई, दारा किटी, लामो लामो सास फेरिन्। एक हातले उसको कपाल लुछी अर्को हातले उनको गाला समातेर आफूतिर तानिन्। भउते जुरेलीबाट भाग्न बल प्रयोग गर्दा जुरेलीको एउटा हातमा आयो नक्कली कपालको गुजुल्टो, अर्कोमा आयो भउतेको अनुहारको मुकुन्डो। अगाडि हेरेको त टिलिक्क तालु टल्केको, उमेर अलि ढल्केको, गाउँका सोझी केटी घुमाउन पल्केको आफ्नै भेनालाई देखिन्। अरु केही हुन नपाउँदै पुन्टेले हत्त र पत्त प्रसाद राखेको मण्डपबाट २ गिलाँस लोकल दुई हातमा च्यापी त्यहाँबाट सुइँकुच्चा ठोके।

इति श्रीस्कन्धपुराणे केदारखण्य माघमहात्म्येय --- सम्बादे चतुर्थोध्याय॥४॥

राजुको पपीको बारेमा जान्न उत्सुक महानुभावहरु यता जान सक्नुहुन्छ।
http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=271&ThreadID=23948

Last edited: 18-Jan-08 09:29 AM

 
Posted on 01-18-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते अनी शुक्रबारे जदौ !!सप्पै गाम्लेलाई !
ग्वाच ज्यु लाई नि नमस्कार, तपाईं घुम्फिर गर्न जानु भा थ्यो केर म यो गाउँ तिर बसाइ सर्दा
स्वोस्तानी त घच्ची को  रच नि

 
Posted on 01-18-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! यो भाग त अत्ति हँसाउने रैछ स्वस्थानी!
गालब र ग्वाँचेलाइ धन्यवाद!
 
Posted on 01-18-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानी नि पढियो, शिवानी नि पढियो।
आफ्नो जवानीको कहानी कलेजीमै गढियो।

 
Posted on 01-18-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त चित्रे, पोर साल खुब मजा आ थो सोस्थानि सुन्न तेइ भेर चौतारीमा फर्केर आम्ने बित्तिकै सोस्थानि छ कि भनेर हेरेको छैन रैछ, अनी आर्काइभबाट खोजेर राख्ने प्रयास गरेको। गालब गुरु त अन्तर्ध्यान हुनु भयो हामी भक्तहरुले उनको काम कन्टीन्यु गर्नुपर्छ जस्तो लाग्यो।

नमस्कार बिस्टे राम विष्ट ज्यु, जिम्माल बाले सम्धी लाई नि बोलाम्छु भन्नु भा थो, तपाईं नै पर्नु भो कि क्या हो सम्धी बा? लौ ढिलै भे नि मेरो तर्फाट  नि स्वागत छ है तपाईंलाई चौतारीमा। पोर साल हाम्रा चौतारीका मान्यबर गुरुले आफ्नै मुखारबिन्दबाट सोस्थानि बाचन गरेका थिए, यसपाली उहाको नभ्याउने जस्तो देखेर पोर साल नै रिकर्ड गरेर राखेको सोस्थानि टाँसेको मात्र हुँ मैले त!

सबैजनालाई फेरी पनि अभिबादन!


 
Posted on 01-18-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम!
 
Posted on 01-18-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले पनि पोहोर साल पढ्ने मौका नपाएको स्वस्थानीको कथा यस्पाली पढ्दा निक्कै रमाइलो लागिरहेछ, धन्यवाद गालब, धन्यवाद ग्वाँचे पुन:प्रसारण गरिदिएकोमा
सबैलाई नमस्ते


 
Posted on 01-18-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो! ग्वाँचूराम बाजे! गालब गुरु यसपालि त गायबै हुनुभो, जापुनको माउन्ट फुजीमा शिव आराधना गर्दै तपस्यामा
लीन हुनुहुन्छ होला! अब हामी भक्तहरूले उहाँको नाम कन्टिन्यू गर्नु परो। तपाइ नि लेख्नुस् न ग्वाचु बाजे।
अस्ति जिम्मी बुडाले नि केही अध्याय लेख्छु भनेका थिए।

बिस्टे, राहुलदाइ, लहरे, पर्वते, रिट्ठे सबै लाइ जदौ!


 
Posted on 01-18-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल स्वस्थानी पनि पढियो!

स्वस्थानी पदेर मेरो कान थादो थादो भो!

सबैलाई जदौ!


 
Posted on 01-18-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,  रिट्ठे , ग्वाँचुराम
बिष्टे लागयत सबैलाई तारेमाम्।

 
Posted on 01-18-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरेले जिम्माल बा लाई देखेर आँखा किन तर्या हो कुन्नी?
ठुल्दाइ, ठुलि, चित्रे,लहरे, जिम्माल बा, ग्वाँचे, बिस्टे,यामे सबैलाई तारेमाम


 
Posted on 01-18-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखा तर्नु नपर्ने कुरा अवगत:

हिजो गरिएको मन्त्रिपरीषदको निर्णय सुनेर आहत बनेका श्री लहरेकान्त लाकौल, पहिला क्रुद्ध भएका, पछि मन्त्रिपरीषदको दोस्रो  निर्णय पछि अलिकता मख्ख परेका, र हिजोकै रात निज लाकौलले गितसंगित टाँसटुस बिभागको हैसियतले फर्मायसी गितको कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा मन्त्रिपरीषद अत्यन्तै खुसि भएको अवश्थामा अब आँखा तर्न नपर्ने कुरा अवगत गराउन चाहन्छौँ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्।

 


 
Posted on 01-18-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गालब गुरुको बारेमा फेरी केही लेख्न मन लाग्यो। उनको नेपाली साहित्य अत्यन्त उच्चकोटीको छ, हाँस्यव्यंग्यदेखि
नेपाली साइन्स फिक्शन सम्मको विधामा कलम (किबोर्ड) चल्ने गालब गुरूको हाँस्यव्यंग्य  भैरव अर्याललाइ
सम्झाउने खालको छ। हाँस्य र व्यंग्यको उचित र सन्तुलित समायोजन गरी लेखिएका उनका कतिपय लेखहरूले
उनको उज्जवल साहित्यक भविष्य तर्फ संकेत गरिरहेका हुन्छन्।

ठुल्दाइ, ठुलि, रिट्ठे ,लहरे, जिम्माल बा, ग्वाँचे, बिस्टे,यामे सबैलाई तारेमाम

Last edited: 18-Jan-08 10:24 AM

 
Posted on 01-18-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय चौतारी मन्त्री परिषदका
प्रवक्ता बिर्ख बहादुर् बोगटी ज्यू।

 

 महोदय,
हालै मात्र चौतारी गाममा ठाम सरेका, बिष्टे नाम गरेका ब्यक्तिलाई बिना कुनै काम, रस रंग बिभाग सुम्पिनु र परधान मन्त्री गिरिजा बाजेले आफ्नै छोरीलाई मन्त्री बनाए जस्तो भयो। नाताबाद, फरियाबाद भयो भनी चौतारीका अर्का ह्यान्सी अन्तरे अमगाईले लगाउनु भएको आरोपमा तपाईको धारणा के छ। मौनतम् स्विक्रितम् लक्षणम् भनेर लिने कि?

चौतारी अलपत्रकार महासंघ।


 
Posted on 01-18-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणीय अध्यक्ष ज्यू,

चौतारी अलपत्रकार महासंघ, चौतारी

बिषय:- जानकारी

महोदय,

उपरोक्त सम्बन्धमा, नवनियुक्त चौतारी रसरंग प्रधानको पदलाई लिएर उठेको विवाद तथा असन्तुष्टीको बिषयमा तपाइँ लगायत सम्पूर्ण चौतारीलाई हामि यो कुरा अवगत गराउन चाहन्छौँ कि, चौतारी रसरंग प्रधानको पदभार ग्रहण गर्न सक्ने क्षमता उम्मेदवारको कलामा भर पर्ने कुरा हो न कि जेष्ठटाको आधारमा। उक्त व्यक्तिमा हुन पर्ने कला तथा कार्यकुशलता निजको पहिलो दिनको चौतारि प्रवेश संगै छरलङ्ग भएको परिप्रेक्षमा निज बाहेक मन्त्रिपरीषदले हाल कोहि उपयुक्त नदेखिएकोले निजलाफ नियुक्त गरिएको हो। हामि यो कुरा पनि अवगत गराउन चाहन्छौँ कि निजको कार्यकाल एक महिना पछि मात्र सुरु हुन्छ र निज अहिले परिक्षणकाल मा हुनुहुन्छ।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 

Last edited: 18-Jan-08 10:45 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters