world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138264 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-13-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La maile ta chinina yaar SHUBHA lai, la sathiharu kehi help garau na......hamrai PURANAI dautari nai ho ki kya ho yaar
 
Posted on 11-13-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भइहाल्छ नि चभटे क्यार्न नहुनु, झन मजाओ नाम भो यो त।

के छ आइते? तिमी केनडाँडा तिर बसाईँ सरेउ रे हो?
 
Posted on 11-13-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा हजुरको खोकि सन्चो भओ

आच्या!! Amazing!! म तेति पुरानो त कहा हु र? :D :D :D
 
Posted on 11-13-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो बिर्खे दाइ यसो केनडाडा तिर बसाइ सर्या हो तर खासै राम्रो रहेनछ यतातिर पनि, अनि के हो बल्खुतिर (BLOG) त खुब राम्रो राम्रो कविता जादैछ नि।

अनि यो सुभ दौतरि पुरानै हो र?
 
Posted on 11-13-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै तिर उस्तै हो आइते क्यार्नु। 'मन चङ्गा है तो लोटेमे गङ्गा है' भनेको जस्तो जता मन रमाउँछ त्यतै रमाईलो!
बल्खुतिरको कबिता सबै पुरानो हो आईते नयाँ राख्न सकेको छैन।
सुभ दौँतरी, पुरानै हो नि! पहिला देखेको थिएनौ र ?
 
Posted on 11-13-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१७ घण्टा खटिएर लखतरान् परि घर मुन्टें भर्खरै। सबैलाई जदौ!

घुप्लुक्क सुत्न मात्र मन छ अहिले त, तितौरी र चित्रेको कथा नि भोलि मात्र पढम्ला।

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईई!
 
Posted on 11-13-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो बिर्खे, यो जिन्दगि जहा गये पनि येस्तै रहेछ, पशुपतिनाथको कृपाले १०-१२ वटा देश घुमियो तर एउटा मन पर्या भय त मरिजाउ, त्यहि भयर त घुमिफिरि चौतारिआ नै आउनुपर्छ, यति रमाइलो अन्त कहा छ र? मलाइ त्यो बल्खुको "नेपाल फर्कन्छु" भन्ने कविता सारै मन पर्यो, Comment पठायको Approve भयन खै किन हो ? Comment ta ramrai thiyo :-)

--शुभलाइ चिने जस्तो पनि लाग्यो तर खै जवानिमै आखा देख्न्न छाडिय जस्तो छ।

चित्रे किन हो आज्काल् त्यति सारो बिजि, बिहे गर्ने सुर् त होइन?
 
Posted on 11-13-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते, खै धेरै समय साझा नखोलेको बेलामा आएको कमेन्टहरु मेल मा चाहिँ देखिन्छ तर बल्खुमा हुँदैन! कत्ति कमेन्ट त्यसै गरि हरायो! शायद मैले मेल बाट कमेन्ट बल्गमा आएन तर पनि धन्यवाद भनेको हुन पर्छ। सबैलाई भनेको जस्तो लाग्छ त!
 
Posted on 11-13-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, आफ्नो एता सुत्ने बेलाँ जिम्माल बा र आईते गफ मार्दै रैचन, ल नमस्ते गरेर आफु चैं सुत्न हिडियो है, ब्यान सबेरै साहुको काम सम्हाल्न जानु छ, गुड नाईट है
 
Posted on 11-14-06 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु हूऊऊऊऊओ
रोल्#६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र गुरुआमा
 
Posted on 11-14-06 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुभ बिहानि है गाम्लेहरु। मैले हाजिर् गरे है। तर मेरो रोल लम्मर चाहि कति होला मस्टरनि नानि? अओहो याहा त कति कुरा पो भैसकेछन् बाई। ठुलि कति चाडै हाजिर् भैसकिछ्न्। कुरा गर्दै गरुला है।
 
Posted on 11-14-06 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउँछु भनेकी थियौ तिमीले मलाई
आज पनि त्यही ठाउँमा पर्खिरहेछु तिमीलाइ
दिन महिना बर्ष गर्दै दसक नै बितिसकेछ
लाग्छ अहिले त्यो वाचा त मिथ्या रहेछ
तर तिमीलाइ यो कुरा थाहा छ
जतिसुकै पिडादायी भए पनि यो पर्खाइ
अनन्त अनन्तसम्म पर्खिरहने छु तिमीलाइ

जदौ सप्पैजना गाम्ले'रुलाइ रोल लमबर १०१, ग्वाँचेको तर्फबाट्!

आज त ठुलि फस् आइछिन्, चौतारी'आ ..... ठुली ! जदौ अरे है, सास्टाङ्ग दन्डोवतको इस्ट्याल्मा! अनि के छ नयाँ हालखबर, च्या नास्ता कायो ?
 
Posted on 11-14-06 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था जी लाइ नि जदौ, 'डिट्टो' इस्ट्याल्मा! तपाईंले च्या नास्ता कानुभो ?
 
Posted on 11-14-06 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् अरे मैले ग्वाचेलाई पनि। चियो चाहि भयो नास्तो भने येहि चौतरिमै अन्रे बिचार अरेछु ।
 
Posted on 11-14-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है, गाम्लेहरु, सास्टाङ्ग दन्डोवतको इस्ट्याल्मा, लु जा त मैले नि ठोक्दें। मैले हाजिर गरें है।
 
Posted on 11-14-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईई!

आङ् तन्काम अब। रिकुटे भा' भे पिटि खेलाम्थे होला, हिमान्चल तिर गोलीको भारी बोकेर कुद्दै होला बिचरो!
 
Posted on 11-14-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहाडका तरेलीहरु पर पर सम्म देख्छु
नागबेली खोला बेसीमा कुदेको
पल्लो डाँडामा च्यादर् कतै कतै टल्केको देख्छु
यता आहालमा भैंसि मस्त पल्टीएको
उकालो ओरालो काट्दो आफ्नो जिन्दगीको देख्छु
चौतारीको यै फलैंचामा छ तर पल्कीएको


अभिबादन।
 
Posted on 11-14-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा दिपज्यु ।।।।।।।।।।।बिहान बिहान क्या सोच्न सक्या । पुन्टेदा आन नतनकाउनुस्, चुडियला , भाउजुलाइ आपत् फेरि।
 
Posted on 11-14-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था र ग्बचेँ दुबैलाए मैलेनी दर्शन तकराए ।
पून्ते दाइ सरो अल्छि । दर्सन्
दिप ज्यो बिहान बिहानै कबिता फुर्दै छ क्याहो ।
 
Posted on 11-14-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा दिपज्यु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters