[Show all top banners]

KishorLimbu
Replies to this thread:

More by KishorLimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Keywords associated with this thread

nepal army nepali maoist nepal maoist madhesh madhes madheshi nepali nepal
[VIEWED 49148 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 10-01-11 3:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?

- किशोर लिम्बू

मधेशी मुलका नेपाली नागरिकहरु लाई नेपाली सेनाको मापदण्ड पुर्याएर सेनामा भर्ना हुनुको लागि  प्रोत्साहित गरिनुपर्छ र यसलाई सकरात्मक रुपमा लिनु पर्छ | मधेसी मुलका नेपाली नागरिक हरुले सेनाको मापदण्ड पुर्याएर बीस हजार जना ले प्रवेश गरे पनि त्यसमा कसैको बिरोध हुदैन तर अहिले माओबादी र मधेशी मोर्चाले सम्झौता गरेर उनीहरुको स्वार्थ को लागि जसरि नेपाली सेनालाई विवाद मा ल्याउने चेस्टा गरिरेको छन् जुन घातक र अबैधानिक छ ,त्यसले नेपाली रास्ट्रीयता कम्जोर बनाउने देखिन्छ | के नेपाल भनेको माओबादी र मधेसी हरुको मात्र हो ? नेपालमा प्रत्येक जाति र व्यक्ति हरु संग सम्झौता गर्दै जाने हो भने भोलि को नेपाल कस्तो होला ? नेपाल भनेको मात्र नेपाली हरुको देश हो | यदि कोहि  नेपाली हुनुमा गर्व गर्न सक्दैन र आफ्नो रास्ट्रीयता नेपाली होइन भन्छ भने तिनीहरु देश द्रोही हुन्,तिनीहरुलाई नेपालमा बस्ने कुनै अधिकार छैन |

बिगतमा मधेसी,जनजाती,  दलित हरुलाई विभेद गरेर राज्य को मूल प्रभाह बाट बन्चित गरिएको सत्य हो | नेपाली सेना देखि हरेक सरकारी कार्यालय हरुमा ब्राह्मण र क्षेत्री हरुको बर्चस्व रहेको नकार्न मिल्दैन | राज्य को हरेक अंग लाई सामबेशी बनाउदै जानु अति आवश्यक छ तर नेपाली सेनामा  एकै पटक  १०,००० मधेसीको सामुहिक भर्ना गरेर  छुट्टै ईकाई  बनाउने निर्णय लाइ  कसरी उचित मान्न सकिन्छ त ? के मधेसी हरु मात्र राज्य द्वारा उपेक्षित् भएका छन् ? केहि अपबाद लाई छाडेर आधिबाशी जनजाति र दलित हरुको पनि नेपाली सेना मा नगन्य उपस्थिति छ | मधेशी हरुको दश हजार जना लाइ सेना मा लिने सम्झौता गरिसको सरकारले पुर्व नेपालको लिम्बुवान र खम्बुवान बादी हरुले पनि सामुहिक रुपमा सेना मा प्रवेश को माग राखेमा राज्य ले त्यो पुरा सक्दैन र त्यसमा कुनै चासो पनि देखौदैना किनकि लिम्बुवान र खम्बुवान बादी हरु संग मधेसबादी हरुलाई जस्तो प्रभुको आशिर्बाद छैन |

 

त्यसो त नेपाली सेनामा माथी उल्लेख गरेको शाशाक जाति हरु बाहेक मगर हरु को पनि छुटै गण छ –जुन आफैमा विभेदकारी हो किनकि देशको अखण्डता र सर्ब भौमिकता को रक्षा गर्ने नेपाली सेनाको गण कुनै पनि जाति बिशेस को नाम मा राक्नु गलत हो –सेनाको जात ,धर्म र कर्म नेपाल र नेपाली बाहेक अरु कुनै हुन सक्दैन –त्यसैले नेपाली सेना मा भएको जाति बिशेस को गण नाम लाइ हटाएर बैज्ञानिक रुमपा गण को नामकरण गर्नु जरुरि छ किनकि जात जाति मा भएको गण को नामले नेपाली सेनाको समग्र प्रतिनिथित्व गर्न सक्दैन | उदाहण को लागि मधेसीगण बनाउने कुरा लाई लिएर अहिले व्यापक बिरोध भै रहेको छ किनकी मधेशीगण भनेको मधेशी हरुको लागि मात्र हो भन्ने संदेश आम जनतामा गएर नै यस्तो बिरोध भएको हो |

रास्ट्रीयता र राष्ट्रिय एकता मा समग्र देश बाशी लाई एकताबद्द गर्न को लागि मधेसी र अन्य उपेक्षित् वर्ग लाई राष्ट्रिय मुलधारमा ल्याउन अत्यन्तै जरुरि छ तर त्यसको लागि राज्य ले भ्रस्ट र अवसरबादी मधेसबादी पार्टीहरु र नेताहरु भन्दा एक कदम अगाडी बढेर सेनाको मापदण्ड पुर्याiएर सेनामा ले आफै भर्ना लिने व्यवस्था गर्नु पर्छ | माओबादी र मधेशबादी पार्टीहरुको दबाब मा सेनाले उनीहरुको स्वार्थ अनुसार भर्ना लिने हो भने नेपाली सेनाको छबी धमिलिन सक्छ किनकि नेपाली सेना भनेको समग्र रास्ट्रको सेना हो र त्यो कुनै पार्टी र जाति बिशेषको भर्ति गर्ने थलो होइन| एतीखेर बिचारनीय पक्ष के छ भने माओबादी को सात हजार सम्म लडाकुहरुलाई समायोजन गर्न नसकिरहेको अवस्थामा दश हजार मधेसीलाई सेनामा लिने कुरो सामान्य रुपमा लिन मिल्दैन | अर्को कुरो किन मधेशी मोर्चाले नेपाली सेनामा त्यत्रो बिध्न जोड दिइ रहेको छ ? रोजगार को व्यवस्था गर्न लाई सेना बाहेक सरकारका अन्य निकाय हरु मा पनि व्यवस्था गर्न सकिन्छ |

नेपालका राजनीतिक पार्टीहरुले सधै आपनो पार्टी को स्वार्थ अनुसार नीति नियम हरु बनाई रहेको छन् | विभिन्न चरण मा सबै राजनीतिक पार्टी हरुले देसको सत्ता हाक्ने अवसर पाएर पनि उनीहरु दलगत स्वार्थ भन्दा माथि उठेर देसको हितमा काम गर्न असमर्थ भएको प्रमाणित भैसकेको छ | यतार्थमा देस कहिले पनि असफल हुदैन तर नेपालका आज सम्मका नेताहरु असक्षम् र असफल भएको इतिहासले देखाएको छ | राष्ट्र बादी नेपाली नागरिकहरुले देसको स्वाधीनता र अखण्डता मा आच आउने कुनै पनि सम्झौता को बिरोध नगरी बस्न सक्दैन र गर्नु पर्छ | नेपालको सार्ब भौमिकता को रक्षा गरन लाई कुनै चीनबादी ,भारतबादी हरुको आबस्यकता पर्दैन किनकि “आत्मा अनि शरीर”ले नेपाली नागरिकहरु देशको निम्ति लड्नलाई कदापी पछि हट्ने छैनन | नेपाल लाई अस्थिर बनाउन सम्भव भए पनि नेपालमा अरु कुनै पनि देसले पूर्ण रुपमा अधिनमा लिन वा जित्न असम्भव छ त्यसैले भबिस्यमा देशलाई भयाबह स्थितिमा पुर्याउने र नपुर्याउने जिम्मा अहिलेको माओबादी र  मधेशबादी पार्टीहरुको हातमा छ ,  आशा  गरौ उनीहरुले सम्पूर्ण नेपालीको हितको निम्ति बिबिकपूर्ण रुपले शान्ति प्रक्रिया टुंग्याउन सफल हुनेछन नत्र एउटा ले हतियार बिसौन साथ् अर्को पक्षले आपनो अधिकार को लागि हतियार उठाउने स्थिति को सिर्जना नहोला भन्न सकिदैन |

source
nepalinagrik.com


 
Posted on 10-04-11 11:52 AM     [Snapshot: 1611]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have been reading this post and have liked many's argument, but I must say - 

-----------'s perserverance and magnanimity is out of this world, so is the profundity in his argument. Great analysis, I'd consider myself extremely lucky if I had half his wisdom.

KUDOS. People like you make sajha worth visiting.


 
Posted on 10-04-11 1:02 PM     [Snapshot: 1660]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

thats right ! 
mass recruitment citing that their proportion is not adequate in Nepal Army, why don't these so called Madhesi leaders raise their question in Indian Army too


 
Posted on 10-05-11 12:51 PM     [Snapshot: 1756]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Poonte  and Behoove_me
 
कमेन्ट को लागि धन्यवाद, तर धेरै प्रसन्सा पनि गर्न हुन्न, नत्र फेरी मेरो नाक फुलेर घिरौला जत्रो होला.
In my commnets I was just trying to being a Nepali without any prejudice.

I  do not follow any "ism". Once you beleive in one side and comment,  Your comment will represent that side only.
Change is the necessary process of every existance. ( these are not my words, I dont remember from where I took it)
Being a Nepali I cant escape "nepalism" 


Rahulbhai Ji
भर्ना गर्ने नेपाली सेना को मापडाँड  अनुसार नै भन्या छ। अब जबर्जस्ती त भर्ना  हुन जादैनन होला कोइ पनि। फेरो मधेस मा तेत्रो बेरोज्गार  छ भर्ना हुन चाहने हरु पनि धेरै होलान, competition भै हाल्छ। अब मधेसी हरुमा मा फेरी मधेस बादी पार्टी का followers हरु मात्रै भर्ना हुन जान्छन भन्ने छैन। काङ्रेस  बादि मधेसी, एमाले बादी मधेसी, माओवादी मधेसी र राजाबादी मधेसी भर्ना हुन जालान्.
 
सेना मा भर्ना हुने परम्परा  मधेसी हरु तोड्न चाहन्छ्न। अब सधैं status quo भन्ने कुर पनि हुँदैन
 
रह्यो कृष्ण प्रसाद भट्टराई ले भनेको कुरा। अब त्यो उन्को बाकपतुटा  पूर्ण राजनीति थ्यो, त्यो धेरै जान्ने भएर सोध्ने भारतीये लाई दिये को उत्तम  जबाफ। भारतिये लाई त हामी पनि तेसै जबाफ दिउला नि "mind your business" भनेर
 
भारतीये लाई दिने जबाफ र तराइ का मान्छे लाई दिने जबाफ एउटै हुन हुन्न, मधेसी हरु त नेपाली हुन नि होइन र?
फेरी २० बर्ष अगाडि जुन कुरा सान्धर्भिक थियो अहिले नहुन सक्छ। कुनै पनि कुरा सधैं भरी सान्दर्भिक हुन सक्दैन. नपत्याये हेर्नुस् न बिचरा ज्ञानेन्द्र ले महेन्द्र को पाइला पछ्ये। महेन्द्र राम्रो नराम्रो जे भये पनि एउटा छाप छोडेर गये ज्ञानेन्द्र ले सत्ता च्युत हुन पर्‍यो। महेन्द्र को action २०१७ साल मा सान्धर्भिक थियो होला तर तेही action २०५८ मा पूर्ण रूम मा काम नलग्नी  भयो 

tmobile and cajun_boy

poonte kaji le bhanya jastai that is our problem not theirs. You have to come up with constructive idea not just complain and deal with problem but not avoide it 







 




 
Last edited: 05-Oct-11 12:56 PM

 
Posted on 10-05-11 12:57 PM     [Snapshot: 1757]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

धर्के जी,
मधिसे समुदायलाई सेनामा प्रबेश गर्न न त पहिले बन्देज थियो न त आज बन्देज छ । सेनाले भर्ती खोल्या बेला छेत्री, ठकुरी, राइ, लिम्बू, गुरुङ लाई मात्र कहिलेइ भनेको थियो र?  मज्जाले मापदण्ड् पुर्‍याएर सम्पूर्ण तराइबासी सेनामा गए भने नि कसैको बिरोध हुने छैन । मात्र बिशेष ब्यबस्था र सामुहिक प्रबेश गर्नु हुन्न भन्ने हो ।
 
Posted on 10-05-11 3:32 PM     [Snapshot: 1820]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

डाक्टरी र ईन्जिनियरिङ मा मदेशी मुल्का धेरैनै छ्न। कारण मलाई भनौनु नपर्नु होल। कती छुछो मुख गर्नु। अब सेनमा जागिर खाएर त मदेशमा बिहे गर्दा घाटा पर्ने कुरा हामीले नबुजेको हो र? गुरुङ, राइ, छेत्री र थोरै बाहुन्ले सेनमा जाने कुरालाई गर्वका साथ् ग्रहन गर्छन्। अझ गुरुङ, राइ, दुरा, पुन आदी जतिमा त छोरो सख्भर ब्रिटिश लौरे, होइन भने होङ कोङ, होइन भने सिङ्गापुर, त्यो नि नभये ईण्डियन आर्मी, र त्यो नि नभये नेपाल आर्मी नभै त छोरी नि दिन्दैनन। भन्न खोजेको कुरा के भने हाम्रो देशमा कोही जती कुनै एक पेशा प्रती अकर्शित छ्न भने कुनै अरु। अब नेवार ले मात्र दोबतोमा पसल थाप्न पाइन्न, शेर्पाले मात्र हिमाल चाडने र पर्यतन ब्यवसाय मा हली मुहली गर्न पौन्न, वोकलत कुमाइ बहुन (पन्त, लोहनी, मैनली।।) को मात्र बपौती होर भन्न जतिनी पाईन्छ तर अफु पनि त्एस्को लागि सामाजिक, सन्स्कृतिक र ब्एक्तिगत तवर बाट तयार हुनु पर्‍यो नि। खाली अरुलाई धारेमा हात मात्र लगाउने अनी अफु चाँही ब्यबसाहिक र सन्स्कृतिक तवर्बाट त्यो पेशा प्रती इमन्दारिपुर्बक अकर्शित नहुने, एस्तो प्रबितीले त सबै भातभुङ मात्र पर्छ होइन? फेरी जसरी नागरिकता को ब्यापार फास्टअएको छ तराइमा र एसरी हुल्का हुल मदेशीलाई सेनमा चिरौनै पर्छ भनेर माग राख्नु क् सन्जोग मात्र हुन सक्छ? कदापी सक्दैन।                        त्एस्ले सच्चा मदेशी नेपाली सेनमा भित्रनी कुरमा धेरैले सन्क ब्एक्त गर्नु लाई जायज्नै ठान्नु पर्छ।



 
Posted on 10-05-11 4:02 PM     [Snapshot: 1842]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 to कान्छु भाई,
                        "अफु पनि त्येसको लागि सामाजिक,  संस्क्रितिक र बेक्तिगत तवर बाट तयार हुनु पर्‍यो नि। खाली अरुलाई धारेमा हात मात्र लगाउने अनी अफु चाँही ब्यबसाहिक र  संस्कि्तिक तवर्बाट त्यो पेशा प्रती इमन्दारिपुर्बक अकर्शित नहुने, एस्तो प्रबितीले त सबै भातभुङ मात्र पर्छ होइन?"  -- thanks for this pretty solid shot 

 
Posted on 10-05-11 4:14 PM     [Snapshot: 1827]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sadhai "-----" ko c/p dhago dekhintyo yo chahi chutayechan kyare ani yeha bakheda nikalechan lau padnus yo pahila

www.nagariknews.com/politics/party-politics/31853-2011-10-03-04-43-05.html


arko during panchayat era there might be nagarikta becheko in 100's and it was really hard not only madhesis but also too other people (don't just listen  much to deadbeat political figures, it took mine 2 years but glad they did all homework) but not like in lakhs that we have seen distributed in thela gada with only three people swearing to it hence there are more indians getting citizenship that even pure nepali madhesis don't recognize them(read papers) and this 10000 sena agenda is pushed by india to mingle in nepali sena (20 lakh fake nagarita bata 10000 yogya channa dherai possible cha hajur and who knows how many "raw"'s are there). 
america ko drone attack le nepali lai tetikai harai dine haso uthdo kuro just google american attack on former yugoslavia during clinton era. I'm glad and impressed  about your nispachaya analysis attempt though.

happy dashain to all!!


 
Posted on 10-05-11 6:04 PM     [Snapshot: 1892]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 aba tmobile le naramro gali bhetne bhayo.... bichara lai ke thaha kasai kasailai bhai bhannu aghi rahadani nai hernu parcha bhanne kura....
 
Posted on 10-05-11 7:13 PM     [Snapshot: 1924]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

reservation tyo pani army ma....sansar ma nabhayeko kura....ani feri kaslai bhanda eutai samudaya ko 10000 lai......kati haas uthdo kura ani ajha jhan badhi haas uthdo chai yesto kura ko support garne buddimaan haru ra tinka fan haru....
 
Posted on 10-06-11 7:39 AM     [Snapshot: 1981]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

GT!

You are displaying Battered Woman Syndome. afu mastira ra aru talatira chan bhannera man gadante lalbuajjkad pana dekhaune haruko real aukat kahan cha bhanera dekhauna auncha malai..dekhyo hoina ta ? happy dashain :-)



 
Posted on 10-06-11 11:18 AM     [Snapshot: 2011]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राहुलभाइ जि

तेसो भये त कुरा मिली हाल्यो नि,मापडाँडा पुर्यौने भन्या छदै छ, १०,००० को सन्ख्या पुर्यौने भन्या हो, एकै पटक १०,००० भर्न गर्ने भन्या  मैले देखिन। व्याबहारिक रूप मा यो सम्भब पनि छैन, एकै पटक १०,००० लाई तालिम दिन, बस्न खान सुत्न नेप्लाई सेना सँग छ्यमता पनि छैन  फेरी तेतिका बजेट एकै पटक अर्थ मन्त्रालय ले दिन पनि सक्दैन होला। 

कान्छु ji,

तपाईं ले भन्या जस्ताइ तयार चाँही हुन नि पर्छ, अब मधेसी हरु सेना मा भर्ना हुन तयार नै छैनन भने त उनी हरु भर्ना हुन नै औन्नन नि, र अरु लाई तयार छैनन भन्न चाँही  अली नमिल्ला कि, उनिहरु आफु भर्ना हुन चाहन्चन, सेना को माप्डाँडा पुरा गरेर  भने हामी ले कसरी तयार छैनन भन्न मिल्छ र, फेरी अहिले ७ हजार जती त रेछन्न नि होइन र? अब तिनी हरु चाँही तयार, अब भर्ना लिने  १०, ००० लाई चाँही तयार छैनन भन्न मिल्दैन नि, अदालत ले त benefit of doubt दिन्छ भने हामीले देश को सिङै एक जमात लाई तयार छैनन भन्दा त आरोप लगएको ठहरियेला नि

राज्य मा प्रभाब शाली भए सबैले कुरा सुन्छन, नत्र राज्य सम्म अफ्नो कुरा पुर्याउन गारो हुन्छ भन्ने उदाहरण तपाई लै दिन्छु है

नेपाल मा मारवाडी भाषा बोल्ने कति छन्? तर गोर्खापत्र ले मारवाडी भाषा मा एकदिन प्रकासित गर्छ होइन र, मारवाडी हरुले उनीहरु को भासा को लागि आन्दोलन जुलुस, बन्द गरेको तपैले देख्न भा छ? तर मारवाडी हरु कै संख्या मा बोलिने अरु भासा चाही गोर्खापत्र ले प्रकासित गर्दैन. मारवाडी ब्यापारी हरु को प्रभाबशाली समूह छ उनीहरु को कुरा सरकार ले सुन्छ. मधेसी हरुलाई पनि लागेको होला उनीहरु को कुरा सजिलै संग सुनिन राज्य को हरेक अंग मा उल्लेखनिए उपस्थिति जनाउन जरुरि छ तेसै ले उनीहरुले हरेक ठाम मा अफ्नो उपस्थिति मागेका छन्. सेना मा आराछ्याँ  मागेका होइन मापदण्ड पुरा गरेर उनीहरु को वर्ग को संख्या बढाउन खोजेको मात्र हो. अहिले कै स्तर मा भर्ना लिए मधेसी को संख्या  बढाउन बर्सौ लाग्ने भएकोले.

रह्यो सच्चा मधेसी सेना मा भित्रिने कुरा  तपाई को यो कुरा छे मलाई मन पर्यो, राज्य ले भिभिन्न चरण हरु मा एस्तो नहोस  भनेर हेक्का राख्न पर्छ. तर नक्कली मान्छे हरु भित्र छिर्लान  भनेर देश को एउटा ठुलो जमातलाई   प्रवेश दिन गारो मान्न हुन्न. फेरी अर्को कुरा नक्कली मान्छे हरु त आहिले पनि छिरेकै होलान नि उनीहरु को त एउटा मिशन हुन्छ, तेस्ता  मान्छे हरु कहिले सरकार ले १०,००० मधेसी भर्ना गर्ला र सेना मा छिरुम्ला भनेर बसेका हुदैनन.

१०,००० मधेसी भर्ना गर्दा सेना मा परम्परागात रुप मा भर्ना पाएका हरु लै अली गारो हुन्छ तेती हो. नक्कली छिर्लान भनेर सक्कली लाई  गारो बनाउनु त mass punishment  जस्तो हुन जान्छ. संका  गर्नु ठिक हो तर पुरै जमात लाई संका गर्नु ठिक होइन.  संका हटाउने बन्देज लगाएर होइन. संका  हटाउने check and balance system establish  गरेर हो

[*][*] 

लोल, त्यो  मैले नपध्या  कहाँ हो र, तर म भन्दा पहिला साझा मा अरुले पोस्तिंग गरिसक्य पानि हो र तेस्को जबाफ पनि मैले यो भन्दा माथि को थ्रेड मा दि सके

मधेसी को संक्घ्या १०,००० पुर्याउदा छिर्ने सम्भावना हुन्छ रे? मेरो विचार मा धेरै माथिल्लो स्तर को जासुसी सस्था नभए पनि तेती तल्लो स्तर को चाही छैन होला जस्तो लाग्छ. अब आज को जमाना मा प्रतेक देश मा छिमेकी  देश को अथबा सक्तिशाली हुन चाहने देश को जासुस हुन्चन. नेपाल मा अमेरिकी, रुस्सियन, चाइनीज र इन्डियन  सबै जासुस छन्.  बिकाउ मानिस सबै वर्ग, जमात, धर्म र जात मा हुन्चन. लै नेपाल मा जासुसी गर्न मधेसी पर्खन पर्ने जरुरि छैन जस्तो लाग्छ मलाई. को त एउटा chain  of  command  नै होला नि नेपाल मा.

नागरिकता को कुरा आइहाल्यो. मेरो एक जना साथी ले हेग मा फोन गरेर नेपाल बाट ४ जना मान्छे आउनु भा छ मेरो काम ले busy छु उनीहरु लै घुमैदिनुस है भनेर फोन गर्नु भो. मैले पनि हुन्छ भनेर घुमौना लगिदिए. दुइ जना गृह मन्त्रल्ये को अफिसर हुनुहुदो रहेछा दुवै जना सी दि ओ भै सक्या. प्रसङ्ग मा नागरिकत को कुरा चल्यो एक जना सी दि ओ ले भन्नु भयो यो तिन जना को सिफारिस किन चाहिने? जब कुनै बेक्ती ले म नेपाली हु भनेर नागरिकता लिन औउछ तेसै लाई  प्रमाण माने भै हाल्यो भनेर. ति सी दि ओ पहाडी थिए. एदी उनले भनेको जस्तो गर्नी हो भारत ले समेत बिरोध गर्छ किन थाहा छ? बंगल्देशी र पाकिस्तानी सबै ले मा नेपाली हु भन्दै नागरिकता लिदै  भारत तिर छिर्छन नेपाली भन्दै. अब ति मान्छे तराई मा सी दि ओ भएर गए भने तिनले के गर्लान? गृह मन्त्रलाये ले  सी दि ओ को transfer गर्यो भन्ने  news  आउने बित्तिकै मा तिनको नाम खोज्न  थाल्छु. जब सम्म तेस्त पहाडी हरु छन् तब सम्म लाई  जासुसी गर्न मधेसी को जरुरत पर्दैन. जासुसी कसले गर्छ कसले गर्दैन भन्ने कुरा नियेम अनुसार रोकथाम गर्नी, हो कुनै एउटा वर्ग को मानिस लै दोष लगाएर होइन

अर्को एउटा कुरा पनि भनि हालूँ

मलाई स्कूल मा पढाउने गुरुजी  राजदुत  भएर आउनु भा रेछा, एकजना को घर मा भेट घात  थ्यो, कुरै कुरा मा उहा ले भन्नु भो. धेरै जसो मान्छे भारतीये राजदुत ले नेपाली लाई  हेपेर बोल्यो भन्छन तर के गर्नु राजदुत को पार्टी मा गएर जाड को सुर मा आफै राजदुत लाई सबै कुरा भन्दै हिड्छन पछि आएर फेरी तिनै मान्छे राजदुत ले हस्तछेप गर्यो भन्छन. तेस्त छन् हाम्रा सरकारी अफिसर हरु.राजदुत को पार्टी मा फ्री मा ब्लैक लेबेल घुत्कौना सेना प्रहरी र गृह मन्त्रलाये का धेरै अफिसर पुग्छन. जब सम्म तेस्त मान्छे हरु प्रसस्तै  हुन्चन र सरकार ले कुनै बन्देज लागौदैना तब भारत लाई  नेपाल मा जासुसी गर्न मधेसी चाहिदैन. त्यो बिस्वो विक्रम शाह भन्ने साही नातेदार पनि पर्छ क्यारे अब तिनैले दरबार को कुरा दुताबास मा पुर्याउने भएपछी भारत  किन मधेसी खोजि हिदोस?

अमेरिका को युगोस्लाभिया मा हवाई  हमलाको कुरा. त्यो १५ वर्ष अगाडी को कुरा. १५ वर्ष अगाडी र अहिले technology धेरै बिकसित भैसक्यो. अमेरिका ले किन एटोमिक बम हटाउदै छ? अब उ संग तेस्तो टेक्नोलोजी छ जसले गर्दा अटोम बम चाहिदैन. अटोम बम अब राख्न खर्चिलो भै सक्यो. Selected target attack गरे पुग्छ अब र १५ वर्ष अघि को भन्दा accuracy and precision बढी छ अहिले. एस्ता कुरा हरु समए संगै परिबर्तन हुदै जान्छन. पुराना मान्यता हरु हट्दै जान्छन, नया मान्यता हरु स्तापित हुदै  जान्छन. सधै  पुरानै कुरा मा अल्झिने हो भने त्यो जहाँ को तेही हुन्छ. फेरी त्यो चिनीया दुताबास मा बम खसाल्ने जस्तो एउटा दुइटा गल्ति त जहिले पनि जसको पनि हुन्छ (एदी त्यो सचि गल्ति नै थियो भने पनि)

असली नेपाली मधेसी ले भारतीये लै दिएको नागरिकता को बारेमा उजुरी गरेका छन्. उनीहरु ले तेस्को  को बिरोध गरेका छन्. एसले के देखौछ भने सक्कली मधेसी हरु पनि नक्कली मधेसी ले नागरिकता लिएको मन परौदैनान. तेस्ता लै कसरि भारतीय को लागि जासुसी गर्लान भनेर दोस दिने. हामीले त ति मधेसी मा रहेको राष्ट्र बाद को सहि उपयोग गर्दै नक्कली हरु लाई वगाउने हो.

समस्या लाई  लुकाएर, आखा चिम्लेर समस्या भाग्ने  होइन तेस्लाई त डटेर सामना गरेर समाधान गर्नु पर्छ, सुरु मा नै नेपाली मधेसी हरु लै नागरिकता वितरण गरेको भए पछि भारत  बाट छिरेका हरुले दाबी गर्दा नाइँ  भन्न पाइन्थ्यो.

ब्रो लै नागरिकता लिन गारो भयेछा मेरो त अर्कै प्रकार को नागरिकता बनाइ  दिएको जस्तो छ. मैले त वास्ता पनि गर्या छैन. स.एल.सी दिएपछि कल्लेज भर्ना  हुन नागरिकता चाहिन्छ  भने, लौ भनेर नागरिता लिन गको. त्यो जिल्ला कार्यालय को  झ्याल मा गएर म नागरिकता लिन अको के गर्नु  पर्छ भनेर सोध्या  किन चाहियो नागरिकत पो भन्छ?  मानौ उसको बाबु को सम्पति माग्न गको जस्तो.

कल्लेज भर्ना हुन चाहिन्छ रे नि भने. घर का, बाबु को नाम के, बाबु को नागरिकता खोइ भनेर सोध्यो? अब बाबु नागरिकता नलिदै मरेका थिए म बच्चै हुदा. हुन पनि किसान लाई नागरिकता किन चहियो, जग्गा किन्नु थिएन, बेच्नु थिएन. आमा को नागरिकता छ भनेर सोध्यो, त्यो पनि थिएन, छैन,  भने, बनाको भए पो हुनु.  ल यो फोरम भरेर ल्याउनु टिकट टास्नु  भन्यो तेसै गरे १ महिना पछि नागरिकता दियो. यो काठमांडू उपत्यकाको कुरा हो.

तापैले पत्रिका मा पदना भएन एक जना ले भारतीये रुपिया को कारोबार गर्न २३ वटा नागरिकता बनाएको पर्सा मा. घुस खुवाए पछि नागरिकता तुरुन्त बन्छ साधारण मधेसी लै चाही  असधेय  दुखः नागरिकता लिन सुरु देखि तिनी हरु लै गाउ गाउ मा गएर नागरिकता दिएको भये  अहिले को समस्या आउने नै थिएन 
 
Last edited: 06-Oct-11 04:21 PM

 
Posted on 10-06-11 11:31 AM     [Snapshot: 2021]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधेशमा बस्ने सबैलाई बराबर हक र अधिकार दिनु पर्छ। २४७ बर्षमा गरेको जातिय बिभजन शासन गर्नलाई हो । राजाहरुले २ जात लाई कहीले नजिक आउन दियेनन् । बिभजन गरेर शासन गर्ने ब्रिटिश शैली हो त्यो। सेनामा राणाहरुनै सधैं थिए। मधेसी मात्र होईन नेवारलाई पनि सेनामा राम्रो प्रबेश छैन। अहिले मात्र केही देखिन्छन्। राइ लिम्बु, मगर् छन् तर राणा र शाह जस्तो सबै माथि छैनन्, सेनका तल्लो दर्जमा धेरै राइ लिम्बु छन् । बाहुन लाई पनि खासै सेनामा प्रबेश गरेको छैनन्। अब जात भन्दा पनि निस्पक्स्य छनौट महत्वपुर्ण होला। राणा, शाह (राजतन्त्र सँग नजिक) ले छनौट गर्दा आफ्नै गर्छन्। राम्ररी आँखा नेदेख्ने एकजाना शाह परिबरका मेजर भेटियो, अनी एक जनाको हात् मा अपरेसन गरेर इस्टील राखेको राणा लाई पनि सेनामा छनौट गरेको देखियो। तेसैले सहि छनौट गर्दा सबैले मौका पाउलान । समानुपातिक गर्दा पनि ठिकै हुन्छ, तर सेनामा बिधी पुर्‍याउनु राम्रो हुन्छ। हाम्रो सम्सदहरु जस्तो समानुपातिक छनौटले राम्रो नगर्ला ।                 

 
Posted on 10-06-11 11:45 AM     [Snapshot: 2044]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes guys. Everyone should have same oppertunity in Nepal.  Noone should be known for his caste, religion or family. This is only possible when government can Act according to constitution. In this 20 years, not a single words from constituion is followed. No leader ever bother to read the constituion, I bet, 50% of our law makes (samsad) does not know what is written in our constituion. They are there to make a new one. Anyway that is a differnt story. Madesh is being issolated from Nepal for so many years. Now, the time has come to prove Madhesh is Part of Nepal. How can we claim Madesh is Nepal, unless they are treated as Nepali, comeon...give them all what other Nepali get, that is what people from mountain to terai need. Millitary, govenment, police everywhere, there should be transparancy............people are to be provided opportunity to study and give them choice, what they want....blah blah...blah, we talk a lot, but never do anything............anyway lets see now

 
Posted on 10-06-11 5:05 PM     [Snapshot: 2118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सविन दाईको कुरा मलाई मन् पर्यो। किन मधेसीकोलाई छुट्टै जस्तो गरेको ? मधेसी लाई नेपाली सेनामा???? कस्तो प्रश्न यो? कस्तो प्रश्न यो? मधेसी नेपाली होइन? गजब छ यहाँ ।  किन मदेसीलाई सधै भारतसँग जोड्ने ? मधेसी नेपालको धेरै पुरानो बासी हो । भुटान बाट आएका, बर्मा बाट आएका, तिबेतबात आएका चाइ नेपालको भत्ता खाएर बस्ने, मधेसी नेपाली माथि चाइ किन प्रश्न? सक्छौ भने ती राजा हरुले निउक्त गरेकालाई निकाल, तेही मुला पञ्चायतमा भएका हरुनै सबै मन्त्री भए, गर्ने ले जे पनि गर्यो, सुर्य बहदुर्, लोकेन्द्र, लगाएत सबै मन्त्री भए, फेरि हुन्छन्। माओबदी को सेना समयोजन गर्दा के गर्ने नि? त्यहाँ पनि मदेसी, पहाडी, बाहुन हेर्ने हो की ? सबैलाई हक र अधिकार देऊ । गास बास र कपासको बेवस्था गर । अनी कसलाई सेना चहियो, कसलाई सरकार ।
     

 
Posted on 10-07-11 10:30 AM     [Snapshot: 2187]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि साथीहरुले कुरो उठाई हाल्नु भयो, नत्र तलको बिषय यो थ्रेडमा अलिक सान्दर्भिक नहोला...जहाँ सम्म हुलका हुल भारतीयहरु नेपाल पस्न चाहने कुरा छ, consider this:

Economic growth rate: Nepal (around 4%); India (around 8%); Bihar (because it affects Nepal the most, 11%!). Bihar's growth rate was second only to Gujarat in India!

Unemployment rate: Nepal (over 40%!!!); India (around 9%); Bihar (around 25%)

I do not have the exact figures on migration, so I could be wrong on this. However, if one goes by the figures above -- all else being equal -- it would be illogical to think that Indians would want to migrate en masse to Nepal. Rather, it should be the other way around. By some reports, indeed, there are about 6-7 lakhs Nepalis working in India. I am not sure if that figure includes seasonal workers too; if not, the number can be much, much higher.

"_____" has already explained well why India need not rely on the "Madheshi" factor to infiltrate Nepali state apparatus -- they already have enough (parhaps more than they themselves desire!) influence over every Nepali institutions that they deem necessary via other means. नेपाली सेनामा RAW घुसाई घुसाई, जाबो ९ (पिपा) देखि ३० (जरसाप) हजार नेपाली रुपैंयाको तलब ख्वाई ख्वाई उनेरु त्यो घाँडो के सहन्थे? "जाबो" in terms of the pay scale of the Indian Army, which is about the same as that of Nepal Army, only that it is in Indian Rupees.

Same goes to -- what I see as totally unfounded -- the theory of the so-called "Sikkimization" of Nepal. It may be true that a weak Nepal under it's total control may benefit India's interests. As it is, the Indians already have enough easy influence and control over Nepali affairs. In this context, I don't think they themselves believe it would be wise to annex Nepal and add another 40+ ethnic groups (that too, highly restive and brave...and I mean it!) to it's already ethnic-conflict-ridden socio-political frame. This, apart from the fact that annexation of Nepal would not dwell well with Chinese foreign policy makers either.

Exploitation of weaker states by the stronger ones for the latters' own interests is the number one thumb rule of international affairs. It is the unchangeable REALITY. If not India, there would be other countries vying to exploit a weak and helpless Nepal. So, भारत को influence न्यून गर्न सक्नु realistic goal हुन्छ. भारतलाई ढाल्ने होइन कि, उ संग अस्तित्व र सम्मान मा समान हुन सक्नु पर्छ.

भारत को "भ" वा ईन्डियाको "ई" सुन्ने बित्तिकै आकाशै खस्न ला' झैं गरि, ब्रह्माण्डको प्रलय नै हुन ला' झैं गरि, बौलाहा कुकुर झैं जथाभावी च्यांठेर भुकेर केई नाप्दैन. त्यसरी अज्ञानता र अर्थहीन बलको आड लिए आफैलाई हानी...आफ्नै प्रेस्सर मात्रै बढ्ने, आफ्नै श्वर र तागतको सत्त्यानाश, आफैँ उल्लु ठहरिने, अनि आफ्नो लक्ष्य प्रतिको उपलब्धि, जिरो! आफु सहि रुपमा बलियो भए पो आफ्नो leverage बढ्छ. अनि यो बल मुढे बलको कुरा होइन... संयमका साथ बुद्धि र बिवेक प्रयोग गरि अगाडी बढ्नु पर्छ.

अन्त्यमा...कुनै पनि राष्ट्र बलियो हुनु भनेको उसको सिमा भित्र रहेका सम्पूर्ण जनताको EQUAL TREATMENT हो. बिशेष गरि हाम्रो जस्तो बहुजाति, बहुभाषी, बुहु-सांस्कृतिक राष्ट्रमा, हरेकको भेष, भुषा, भाषा, संस्कृतिलाई सहर्ष स्वीकार्न सक्नुमा नै हाम्रो हामीले चिताएको भन्दा बढी कल्याण हुन्छ. राष्ट्रिय एकताको नाममा एक समुहको पहिचान अरु माथि लादेर उसको अपहेलना गर्नु (जसरी पंचायत कालले प्रयास गर्यो) महा भुल हुन्छ. हरेकले एक अर्का को अस्तित्वलाई बिना प्रश्न अंगाल्नु पर्छ, ताकि हरेकले नेपाली हुँ भनेर गर्भ गर्न सकोस! चाहे धोति-कुर्ता लगाउन, वा दौरा सुरुवाल, वा बखखु....चाहे हिन्दी, मैथिली, नेपाली, वा अन्य कुनै जनजाती भाषा बोलुन...राष्ट्रियता भनेको भावना हो, बाहिर देखिने पहिरन वा बोली होइन! यसरी भावनामा जग गाढेको राष्ट्रिय एकता को जगेर्ना होस्...अनि हेरुम्ला हामी पनि भारतले होस या संसार को कुनै पनि अरु राष्ट्रले नेपाललाइ हेपेको!!!!!!


Last edited: 07-Oct-11 10:34 AM
Last edited: 07-Oct-11 11:15 AM
Last edited: 07-Oct-11 11:19 AM

 
Posted on 10-07-11 1:48 PM     [Snapshot: 2245]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There has to be a religious and cultural revolution in Nepal before anything good can happen in Nepal.

 
Posted on 10-08-11 7:51 PM     [Snapshot: 2371]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बिशये मा रचनात्मक बहस गर्नु को सट्टा अरु को औकात कहाँ छ् भनेर देखौन जान्या छु भनेर आफ्नो अहंकार् को बिज्ञापन गर्दै एक जना विद्वान मित्र आउनु भा थ्यो। आफ्नै औकात थाहा  पाउनु भएछ  क्यारे फर्कनु भा छैन 
 
Posted on 10-09-11 5:08 AM     [Snapshot: 2445]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---- LE KURO BUJHENA IT'S NOT ABOUT ONE OR TWO  INFILRATRATION BUT HAVING A FUTURE ROLE IN COMMANDING AND GIVE ME EXAMPLE OF ANY COUNTIRES HAVING THAT. ALSO I BROUGHT YUGOSLAVIA WAR IN CONTEXT THAT USA POUNDED THEM 600 TIMES BUT NOT A  SINGLE DAMAGE WAS DONE TO ACTUAL MILITARY INFRASTRUCTURE OR THEIR MORALE .ALSO SOME PEOPLE HERE HAVE GREED EYE ON INDIA'S 9% GROWTH RATE AS SAME AS CHINA BUT INDIA IS NOT CHINA MY FRIEND THEY DONT HAVE INFRASTRUCTURE TO SUSTAIN THAT GROWTH IT'S IS JUST NUMBER WILL HAVE TO WAIT LONG TIME TO SEE ACTUAL BENEFIT PERIOD.

 
Posted on 10-09-11 7:50 AM     [Snapshot: 2471]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"-------------"  जी ,
निक्कै पो थर्कौनु भयो त हो गाठे ! गोडा लगलग काप्यो  !  मैले त दशैँको बेलामा  शुभकामान दिने बेलामा किन  नेपालको नमिठो सत्य  खोतल्नु भनेर जवाफ नलेखेको हो | फेरी लिम्बू को छोरो ले जाड मासु  धोक्नई  पर्यो , साथीभाई आउछन भेट्ने पर्यो कसो साथी ?

तपाइको जिज्ञासा हरुको  सबै उत्तर मैले सुरुमा पोस्ट गरेको थ्रेड मा छ | नेपाल को राजनीतिक अस्थिरता र हामीले भोग्नु परेको नियति प्रति तपाई कति चिन्तित र आक्रोशित हुनु हुदो रहेछ भन्ने कुरा  तपाई ले पोस्ट गर्नु भएको प्रतिकिया बाट नै  देखिन्छ | मलाई त खुशी लाग्यो तपाइले मैले उठाएको बिषय भन्दा अनगिन्ती सवाल हरु यो थ्रेड मा उठाउनु भएको छ जुन नेपाल र नेपाली संग सम्बन्धित छ | उक्त बिषय हरुमा कि तपाईले नया थ्रेड सुरु गर्नुहोस नभए बिस्तारै म शुरु गरौला , अनि बहस गरौला |

तपाइले आफुले उठाउनु भएको  कुराहरुमा आफै  दिग्भ्रमित(confused) हुनुभएको छ, कति ठाउमा  आपनो  कुराको उत्तर पनि आफै दिनु भएको छ |   राज्यको  हरेक निकायमा सबैलाई समान अवसर को सिर्जना गर्नु भन्ने मेरो आशय थियो जुन कुरामा तपाइले झनै क्रान्तिकारी भएर समर्थन गर्नु भयो | नेपाली सेना रास्ट्रको सेना हो र त्यो कुनै पार्टी र जाति बिशेषको भर्ति गर्ने थलो होइन | सेनाको मापदण्ड पुर्याएर मधेसी हरु २०,०००० जना  गएपनि कुनै आपत्ती छैन | मैले केवल प्रक्रिया को बिरोध गरेको हो |  आपनो माग राख्ने अधिकार सबैलाई छ तर बिखन्डन बादी माग राख्न पाइदैन | नेपाल को गरिमामय र  जिम्मेवार रक्षा मन्त्रि ले  आपनो  माग पुरा नभए देश टुक्राउ छु भन्ने चतावनी दिन मिल्छ ?  यो  राष्ट्रघाती नभएर राष्ट्रबादी विचार हो त ? संसार को कुनै अरु देसको रक्षा मन्त्रि ले त्यस्तो बोल्ने शाहस गर्न सक्छ ?

 मधेसीको कुरा उठाउनु भयो अनि मधेशी ७००० अहिले पनि नेपाली सेनामा भयको कुरा आफै लेक्नु हुन्छ | मधेश र मधेशीको बारेमा अप्रतक्ष्य तरिकाले   तिखो व्यंग्य पनि गर्नु भएको छ | मलाई तपाइको को जस्तो कुटनीतिक भाषा आउदैन |  तपाई र अन्य स्वघोषित मधेशी भनाउदा हरुले  यो गोब्रे दिमाग ले बुज्ने गरि भन्नु पर्यो कि पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्दा कुन मधेश राज्य लाई आक्रमण गरेका थिए ? कुन मधेशीको राज्य खोसेका थिए ?  मैले आज सम्म पढेको इतिहासमा कही  पनि मधेस भेटेको छैन  | पृथ्वी नारायण शाह र उनका उत्तराधिकारी हरुले मकवानपुर को सेनराज्य , पुर्व को किरात र लिम्बुवान राज्य , बाईसे राज्य (मगरहरुको बाहुल्य ) सुदुर पश्चिम को २४ राज्य (क्षत्रि , ठकुरी ) हरुको राज्य मिलाएर नेपालको एकिकरण  गरेको  इतिहासमा  उल्लेख छ तर  कुनै मधेश राज्य त नेपाल मा गाभेको कहिँ कतै भेटिदैन  नि ? मधेश र मधेशी को परिभाषा आज सम्म कसैले चित्त बुज्दो तरिकाले ब्याख्या गर्न सकेको छैन | तपाई हरु मध्ये कसैले यसको उत्तर दिनु भए आभारी हुने थिए |

"बल को भर मा लडाईं जित्ने दिन गये मित्र अब बुद्दी ले लडाईं जित्ने बेला आए"
"सेना प्रती एस्तो सुभेछ्य हुनु त राम्रै हो मित्र तर एस्तो वोठे शिभेक्च्या  ले काम चल्दैन real life मा त्यो अमेरिका ले dron use गरेर नेपाली सेना बसेको ठाम मा बम हन्दिन्छ खेल खत्तम "


तपाइले को कुरामा ५०% सहमत छु तर सत्य कुरो के हो भने लडाई मा बल र बुद्धि दुवै चाहिन्छ | अमेरिका संग  dron र nuclear weapon पनि छ | तपाई को भनाइ अनुसार अब अमेरिकालाई १० लाख सेना को जरुरत छैन भोलि नै गएर ओबामा लाई सल्लाह दिनु होला कि अमेरिकाको सेनाको आबस्यकता छैन भनेर | अनि यो पनि भन्नु होला कि आर्मी मा जवान, निडर , बफादार र पराक्रमी पुरुस र महिला हरुको आबस्यकता छैन किनकि लडाई बुद्दी ले मात्रै गर्ने हो |  बुडो, लंगडो, pregnent  women हरुको पनि बुद्दी त अरुको भन्दा कम हुदैन नि , उनीहरु सबैलाई आर्मी मा भर्ना गर्ने सल्लाह दिनु होला | तपाइको यो सल्लाह ले अमेरिकन tax payer हरुको पैसा पनि जोगिन कसो मित्र ? अमेरिका को dron अफगानिस्तान मा पनि प्रयोग गरेका छन् | अमेरिका अब लज्जित भएर फर्कनु भन्दा अफगान हरुकै हातमा उक्त अराजकता सुम्पेर अमेरिका चाडै भाग्दै छन् | भियतनाम मा ६०,०००० अमेरिकन सेना हरु ले ज्यान गुमाएर अन्तमा पराजित भएर फर्कनु अघि अमेरिका ले अत्याधुनिक हातहतियार र Missiles  हरु प्रयोग गरेको थियो | खोइ जितेको त ?

अमेरिकाले आफ्नो जनतालाई रोजगार राम्ररी दिनु नसकेर आर्थिक मन्दी बाट निस्किनु नसकी रहेको अवस्थामा नेपालमा dron गर्न किन  कस्ट गर्थ्यो ? एउटा Missile drop गर्न कति महगो पर्छ भन्ने कुरो तपाई जस्तो दिग्गज लाई मैले भनिरहनु पर्दैन| अब इन्डिया संग nuclear weapon त छ तर उसले नेपाल को बिरुद्द प्रोयोग गरेमा उसको देस को जनता लाई पनि त्यसले असर अबस्य गर्छ | "nalapani "  जी ले नेपाली सेनाको  साचिकै मार्मिक बिबशताको कुरा उल्लेख गर्नु भयो | अबस्य पनि को माओबादी र गैर माओबादी छुट्टयाउन  गार्हो थियो | सायद इन्डिया ले आक्रमण गरीहालेमा नेपाली सेना ले दुस्मन छुट्टयाउन गार्हो हुने छैन
( I definitely  think they will have some fun shooting enemies )  तपाई जस्तो हिनता भाव ले ग्रस्त व्यक्ति हरुले  नै नेपाली सेनाको मनोबल  कम्जोर बनाउने कोशिस गरिदै छ | पृथ्वी नारायण शाह को " जाई कटक नगर्नु तर झिकी कटक गर्नु" भन्ने राष्ट्रिय सुरक्षा नीति लाई उनका सन्तान हरुले उहिले पोलेर खाएको हुनाले नै नेपाल को आजको दुर्गति भएको हो |

धेरै लामो भएछ - बाँकि अर्को पोस्ट हरुमा गरौला |

 
Posted on 10-09-11 3:28 PM     [Snapshot: 2530]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 दर्हो गएछ किशोरजी । हो युद्ध बल, बुद्दी, छिटो निर्णय गर्न सक्ने खुबी र  साहस् ले जितिन्छ। _____ जि ले हाम्रा पुर्खा हरुलाई बल को भरमा मात्र लडाईं जित्ने देख्नु भएछ तर यथार्थ त्यस्तो हैन। शायद तपाईं लाई ईतिहास को ज्ञान कम् हुन सक्छ, नेपाली पुर्खा हरुले हरेक युद्ध शारिरिक् रुप मा आफु भन्दा अग्ला र बलिया सत्रु हरु सँग लडेर तिनिहरु माथि बिजय हसिल गरेका छन । चाहे मुसलमान सँग को मकवानपुर को युद्ध होस्, ब्रिटिश सँग को सिन्धुली को लडाईं, भोट् सँग को ३ वटा लडाईं, इस्ट् ईन्डिया कम्पनी सँग को युध, भारतीय सिपाही बिद्रोह को युध,अफगान युद्ध, पहिलो र दोस्रो बिस्व युद्ध सबै मा आफु भन्दा बलियो दुस्मन सँग लडेर जीत हसिल गरेको छ । भारतीय सिपाही बिद्रोह मा जङग् बहादुर को जाबो १०००० फौज ले भारतीय हरुको १५०००० सेना लाई नराम्रारी हराएकै हो । भारतीय हरु मा भन्दा नेपाली हरुमा सैनिक गुण् (Military values) निकै भएको कुरा सत्य हो। दोस्रो बिस्व युद्ध को वेष्टर्न फ्रोन्ट मा जर्मन सँग लड्न नसकेर कायल भएको  भारतीय  राजपूत् (one of the best regiment in India) रेजिमेण्ट लाई फिर्ता पठाइयो तर नेपाली हरुले कुसलता का साथ लडेर जर्मन हरुको मुकाबिला गरे । गल्लिपोली मा तुर्किश र जर्मन लाई हराउने पनि नेपाली नै थिए। जङग  बहादुर को समय मा भोट् सँग लडन सक्ने, भारतीय हरु सँग लडन सक्ने, राणा हरुको समय मा पहिलो र दोस्रो बिस्व युध मा लडन सक्ने तर ऐले लड्न नसक्ने कुरा नै छैन। फरक यत्ती हो पैला आफ्नै नेपाली सेना को मनोबल गिराउने बुद्धिजिबी र मानवाधिकार बादी हरु थिएनन, युद्ध मा अङग् भङग र मरण् भएका सिपाही का परिवार लाई सरकार ले ठुलो सहयोग गर्ने मर्वट निती लिएको थियो । तर ऐले हेर्नुस् माओवादी युध मा घाइते र मरेका छापामार को परिवार लाई प्रचन्ड, बाबुराम सरकार ले छ्यतिपुर्ती दियो तर कुनै पनि पुलिस र सेना को परिवार लाई त्यस्तो राहत दियिएन। साथै माओवादी युद्ध काल देखी  ऐले सम्म बिदेशी दुताबास् को पैसा खाएर मानव अधिकार को एकतर्फी चर्को नारा लाउने बुद्धिजिबी हरु तथा नेता भनाउदा हरु नेपाली सेना लाई नेपाल पुलिस बनाउन लागि परेका छन । राज्य बाट उचित सेवा सुबिधा, बीमा, र नागरिक हरु बाट appreciation पएको खन्ड मा नेपाली सेना ऐले पनि भारत सँग लड्न सक्छ। केही कश्मिरी युवा हरु भभारतरत सँग लडी रहेका छन त छैनन र ? केही हजार् नेपाली सेना (कर्नेल ललित राइ को कमाण्ड)ले कार्गिल् जस्तो बिकट भुगोल मा पाकिस्तान लाई हराउन सक्छ,ब्रिटिश सिपाही दीप प्रसाद पून एक्लै ले दसौ तलिबान हरु लाई काबु पार्न सक्छन भने हामी हाम्रै देशको लागि किन लड्न सक्तैनौ ? अझै पनि देश को रक्षा नै सबै भन्दा ठुलो कुरा हो भन्ने नेपाली हरुको कमी छैन भलै तेस्मा तपाईं हरु नपर्नु होला ।  भारतीय र अङ्रेज हरु बिदेशी नै भए पनि गोर्खाली सेना को उच्च मुल्याङ्कन गर्दै तारिफ गर्छन् तर हाम्रै देश का कथित बुद्धिजिबी हरु अफ्नै नेपाली सेना को खेदो खन्छन्। कस्तो बिडम्बना !!
 
 बिगत मा नेपाली सेना मा जतिगत बर्चस्व रहेको कुरा सहि हो । सेना मा भर्ती हुनेबेला मा खसछेत्री, मगर, गुरुङ, ठकुरी नै हुनु पर्थ्यो। सैनिक कुसलता जातिय गुण् मा भर पर्ने कुरा बुझेका पृथ्वी नारायण शाह को सेना मा यि ४ जात को मात्र सिपाही थिए । पछी उन्का नाति ग्रिवाणु बिक्रम को पाला मा राइ लिम्बु सुनुवार हरुको युद्ध कला र आँटिलो चरित्र को कारण उनिहरुलाई पनि गोर्खाली वा नेपाली सेना को अभिन्न अङग बनाइयो। अब धर्के जि ले शाह राजा हरुले पक्षपात गरे भन्नु होला, त्यो बेला गोर्खा को मात्र नभएर काठमाडौं को सेना मा पनि खस्-मगर हरुकै बर्चस्व थियो। हाल को बारा जिल्लामा अवस्थित तिर्हुते राज्य स्वयम भारतीय मुल को भएर पनि तेस्को सेना मा मधेसी हरुको उपस्थिती थिएन, तिर्हुते सेना को कमाण्डर नै स्वरूप सिंह कार्की भन्ने पश्चिम नेपाल का खस थिए। किर्तिपुर को सेना मा पनि खस र मगर हरु नै थिए । जुन सुकै सेना मा पनि छेत्री र मगर लाई नै प्राथमिकता किन थियो होला ? पहिलो र दोस्रो बिस्व युद्ध मा छेत्री,  ठकुरी,  मगर,  गुरुङ,  राइ, र लिम्बु हरु को प्रतेक घर बाट एक जना ले सो युद्ध मा भाग लिनै पर्थ्यो। सानो जनसक्ती भएको नेपाल मा जहाँ बिस्व युद्ध मा जाने सिपाही को सन्ख्या ठुलो चाहिन्थ्यो तापनि किन होला कुनै पनि नेवार, बाहुन्, र मधिसे लाई त्यस्को लागि वाध्य नपारिएको ? खैर जे होस्, २००७ मा प्रजातन्त्र को आगमन पछी नेपाली सेना को ढोका सबै नेपाली का लागि खोलियो । ठुलो सन्ख्या मा तमाङ हरु भर्ना भए र केही बाहुन र नेवार पनि ।  तर मधिसे हरुको लागि नेपाली सेना कैले पनि आकर्शण मा परेन। यो पनि आफ्नो आफ्नो रोजाइ हो। शायद टेक्निकल क्षेत्र उनिहरुको रोजाइ होला। अहिले पनि अधिकान्श् छेत्री, ठकुरी, मगर, गुरुङ, राइ, लिम्बु युवा लाई सोधियो भने उनिहरुको पहिली रोजाइ आर्मी नै हुन्छ, (मेरो पनि थियो) तर तेस्को बिपरित अधिकान्श बाहुन्, नेवार, र मधेसी को पहिलो रोजाइ आर्मी नहुन सक्छ (_____ ब्रो को  पनि  थिएन शायद )। भिन्नता यँही छ। नेपालमा मात्र हैन ईन्डिया मा पनि नोर्थ ईण्डियन हरुको आर्मी प्रती आकर्शण छैन, जबकी सिख, जाट, राजपूत्, नेपाली र मराठी हरु आर्मी मा जान का लागि मरिहत्ते गर्छन्। 
 
खैर, नेपाली सेना मा अहिले इच्छा भएका र योग्यता पुगेका जो कोही पनि भर्ना पाउन सक्छन् । २०६३  साल तिर रौतहट मा मधिसे हरु लाई नेपाली सेना मा भर्ना गर्ने लक्ष्य राखेर त्यहा स्थित सबुज गण् मा भर्ना खोलियो तर अत्यन्त न्युन सन्ख्या मा मात्र मधिसे हरुको आबेदन पर्‍यो। अन्त्य मा भर्ना हुनेमा अधिक्तम छेत्री, मगर, र तमाङ हरु परे। 
 
मैले बुझे सम्म, हतियार तेस्ले बोक्ने हो जस्ले तेस्लाई नियन्त्रन मा राख्न सक्छ। राजनीतिक भागबंडा तथा स्वार्थ सिद्धी को लागि जो सुकै लाई हतियर बोकाउदा को दु:खद परिणाम् हामीले माओवादी युद्ध काल मा उनिहरुले देखएको युद्ध उन्माद बाट देखी सकेका छौ। मैले अघिल्लो पोस्ट मा पनि लेखी सकेको छु स्वेछिक रूप मा नेपाली सेना मा भर्ना हुन का लागि जतिय रुप मा छेक्वार गर्नु हुँदैन तर बाबुराम भट्टराई र उनी जस्ता अरु  लाई कुर्सी मा चडाउन संसार मा कही नभएको आर्मी मा जातिय आरक्षण कती पनि सान्दर्भिक छैन। 
 
 
 
 
 
 
 
 
Last edited: 09-Oct-11 03:53 PM

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters