[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 204]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 131869 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 05-12-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


 
Posted on 05-22-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे, कथा सार्है राम्रो लागिराछ, ताली दुई हातले बज्दैन, तर एउटा हातले माया गरेर ताली बजाको थियो त्यो पनि बुझ्न चाँही पर्छ है जस्तो मलाई लाग्छ

<<<जुन बिलाएको झै खैरेनी पनि बिलाइन्, खैरेनीलाई ढोकासम्म छोडेर भित्र पस्दा मेरो बाटोमा रिया उभेकी थि ।>>>

ल है, यो बैरे चाँही एक्ता कपूर भन्दा कम छैन भन्या, पाटकी क्या ठाउँमा रोक्छ बै! अब के भो, घरै बस्नी रइछ वीकेन्दमा लेखेर टाँसे हुन्न र भन्या? खाली एउटा असल पाठकको नजरबाट भन्या 

 
Posted on 05-22-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ले गर्नु गरेछ -


म पनि पुरे को भनाइ प्रती पूर्ण रुप मा सहमत छु है -


अब चाँही रिया ले एक झाप्पड हाने हुन्छ बैरे लाई - गो रिया गो -


 


 
Posted on 05-22-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire..


Sarai ramailo lagi raa chha... Will be waiting for the next part!


 


 


Nepalithita


 
Posted on 05-22-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ प्रभो गजप जाँदैरहेछ, भर्खरै उता शिबजी शाम भएको पढेँ, अब यो पनि पढ्न बसेँ!
 
Posted on 05-26-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionsit
<<ल है, यो बैरे चाँही एक्ता कपूर भन्दा कम छैन भन्या, पाटकी क्या ठाउँमा रोक्छ बै! अब के भो, घरै बस्नी रइछ वीकेन्दमा लेखेर टाँसे हुन्न र भन्या? खाली एउटा असल पाठकको नजरबाट भन्या  >>


हेहेहेहेहेहेहे कहाँ मैले रोके र पुरे सर, तरुनी बाटो अगाडि उभिएको भेर रोक्न वाध्य भए


serial
<<अब चाँही रिया ले एक झाप्पड हाने हुन्छ बैरे लाई - गो रिया गो>>
बौचा खाली मेरो ठोकाई प्रती धेरै उत्तेजनिक देखिन्छ , के कुट्ला मलाई ?


NepaliThiTa
<<Sarai ramailo lagi raa chha... Will be waiting for the next part!>>


प्रभो तपाईको कमेन्टले मेरो काहानी लाई धन्य बनायो, धन्यवाद


Birkhe Maila
<<लौ प्रभो गजप जाँदैरहेछ, भर्खरै उता शिबजी शाम भएको पढेँ, अब यो पनि पढ्न बसेँ!>>
ओहो मेरो अहो भाग्य बिर्खेबाले मेरो कथा पढेकोमा,


 
Posted on 05-26-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानको सुर्य आउँदा जुन बिलाएको झै खैरेनी पनि बिलाइन्, खैरेनीलाई ढोकासम्म छोडेर भित्र पस्दा मेरो बाटोमा रिया उभेकी थि ।


 


उु सँग मैले आफ्नो नजर जुधाउन सकिन, म आफ्नो कोठा भित्र पसे । उु सुक सुकाएको आवाज मैले सुनी रहेको थिए तर मलाई वास्ता थिएन । म आफुलाई उु सँग बाध्न सक्ने पलमा थिईन ।

 

त्यो दिन पछी त आफ्नो पनि दाउ कडा कडा नै गयो, हरेक वीकेन्ड जाग्यो । कहिले मेरो साथमा कोही आउथे भने कहिले म रात भरी बिलाउथे , तर सधैं रिया मेरो प्रतिक्षामा पर्खेको मैले भेट्थे । यो क्रम चल्दै गयो र हेर्दा हेर्दै कलेजको अन्तिम सेमेस्टर पनि आइपुग्यो ।

इन्टरन्यासनल विद्यार्थी भएकोले काम, कुरो मिलाउन समय लाग्ने र फेरी H1B भन्यो यो भन्यो त्यो भन्यो सब मिलाउन निकै गाह्रो हुने भएकोले त्यो सेमेस्टर १२ क्रेडिट मात्रै लिएर पढ्ने,  कामको खोजी मा लाग्ने र बाँकी ३ क्रेडिट चाँही गर्मीको सेमेस्टरमा सकाउने सोचियो ।

 

अन्तिम सेमेस्टर बाहिर जान कम चाँही भयो, वीकेन्डमा कामको खोजी तिर लागियो र पढाईमा पनि ध्यान दिईयो । मलाई घरमा देख्दा रिया सधैं खुशी हुन्थी मैले त्यो कुरा याद गरे पनि थाहा नपाएको झै गर्थे ।

 

एक दिन च्याङ्ग्राले धेरै भयो बाहिर नगाको जाम बाहिर भनी प्रस्ताब राख्यो । मैले नि घाटी नचिसाको धेरै भयो भन्दै हुन्छ भने, रियाले पनि मानी । नपाउनेले के पायो बोक्रै सित चपायो भने झै टुन हुने गरी पियियो । घर जादा च्याङ्ग्रा सँग खैरेनी देखियो , ल आज त्यसको पनि प्यास मेटिने भयो सोचे । हामी घर पुगे पछी च्याङ्ग्रा आफ्नो माछोलाई लियी कोठा तिर पस्यो । च्याङ्ग्रा र मेरो कोठा छेउ छेउमा थियो, रियाको चाँही अर्को कुनामा थियो । च्याङ्ग्राले सुत्न दिने भएन भन्दै म बैठकमा गएर टि.भी हेर्दाइ बसे ।

 

म चुरोट खान भनी बार्दलीमा निस्किए , ढोका खोलेको आवाज सुनियो । खैरीनी जान आट्या होला भनी लुकेर हेर्दा रियाको कोठाको ढोका पो खोलेको आवाज रहेछ ।  रिया बाहिर आको देखे, शायद टि.भी को आवाज ले उठ्या होला लाग्यो, खुलेको टि.भी तर हेर्ने कोही नभएको देखेर होला कि चुरोटको गन्धले हो उु बहिर बार्दलीमा आयो ।

 

म उसलाई देखेर आफ्नै तालमा भएको देखाउन फेरी चुरोट तान्या झै गरे । उु आइ मेरो छेउ उभी ।

 

" निन्द्रा लागेन ? "

 

च्याङ्ग्राको कोठाबाट आको आवाजले सुन्त्न दिएन कसरी भन्नु, "अँ " भनी जवाफ दिए ।

 

" समय कस्तो बद्लियो हगी बैरे ? "

 

मैले केही कुरा बुझिन तर पक्कै हाम्रो यात्रा देखी आजको दिन सम्मको कुरा गर्या हुनु पर्छ जस्तो लाग्यो । मैले केही बोल्नु अघी नै उसले फेरी बोली - " आज भन्दा ४ बर्ष अघी तिमी को म को, हामी कसरी भेट्यौ, कसरी साथ भयौ ? म तिमीलाई मन पराउन थाले, तिम्रो नजिक आउन थाले तर तिमीले कहिले मेरो मत्लब गरेनौ । तिम्रो लागि मैले कती दिन कती रात कुह्री बसे तर तिम्रो मनमा मेरो लागि कहिले केही भावना उठेन "। उु आँखा भरी आसुँ पारी - " यो बद्लिने समयमा तिमी कहिले बद्लेनौ , आज पनि तिम्रो लागि म त्यो चार बर्ष अघीको अन्जान झै छु "   
   
उसको कुराले मोहनी लागेको पनि होइन, जाडले छोडेको धेरै भईसकेको थियो तर के भयो कुनी केही थाहा पाईन । मैले रियालाई आफ्नो अंगालोमा लिए र उसको ओठमा आफ्नो ओठ मिलाए । उसले मलाई रोकिन,उु आँखा चिम्ली मलाई समाई रहेकी थि, उसको आँखाबाट अझै आसुँ झर्दै थियो । कुरा अघी बढ्दै गयो न त मैले आफु लाई रोके न त रिया ले नै , रातको जुन सँगै म र रिया उसको कोठामा अस्तायौ ।          

 
Posted on 05-26-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG!!!!!!!!!


बैरे हो कि खैरे हो यो कथामा? छुट्याउनै गार्हो भो।


रियालाइ कराँते , कम्फु के के छ सबै सिकाउनु पर्‍यो।


 
Posted on 05-26-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बैरे हो कि खैरे हो यो कथामा? छुट्याउनै गार्हो भो।"


tyai ta crazy hai?


timro khukuri deu ta crazy riyalai.......


 
Posted on 05-26-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बैरे ले नि गर्नु गरेछ - तँ त साह्रै बिग्रिस नि बैर


रिया सँग सम्बन्ध पनि गाँस्न नचाहने अनी उसैसँग - यो त भेन -


बैरे ले पछुटाउने भयो - नजिक को देउता लाई हेला गर्‍यो 



 

Last edited: 26-May-09 01:44 PM

 
Posted on 05-26-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी ड्रिन्क लाई दोस् दिएर उम्किने होला यो बैरे। सिस्नो पनि ले पिट्नु नपुगेको


 
Posted on 05-26-09 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है ब्दमास रहेछ बैरे त.. रीया ले पनी बैरे लाई देखाइ देखाइ खैरे सँग डेट गर्नु पर्ने नि ... अनि फेरि चार चार बर्स सम्म रिया ले कोही नभेटेको ..राम्री थीना कि के हो...कि बैरे बाहेक अरु लाई मन पारौन सकिन?

 
Posted on 05-26-09 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire ta bahut lucky rahecha...moj garecha
 
Posted on 05-27-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy Love
<<OMG!!!!!!!!!
बैरे हो कि खैरे हो यो कथामा? छुट्याउनै गार्हो भो।
रियालाइ कराँते , कम्फु के के छ सबै सिकाउनु पर्‍यो।>>


अब सपना त खैरेको बोकी आको नेपाल बाट त्यही पुरा गर्दै नि क्रेजी खै कुरा बुझ्या तर आफ्नो जालोमा नेपाली माछा परेर मात्रै हो कुरा गम्भिर भएको


kHusHii
<<timro khukuri deu ta crazy riyalai>>
च्याङ्ग्रा लाई पर्साउन हो खुशी , खुशी पनि दुखी भई किन मार काट मा पर्या


serial
<<यो बैरे ले नि गर्नु गरेछ - तँ त साह्रै बिग्रिस नि बैर
रिया सँग सम्बन्ध पनि गाँस्न नचाहने अनी उसैसँग - यो त भेन -
बैरे ले पछुटाउने भयो - नजिक को देउता लाई हेला गर्‍यो>>


बौचा कहाँ बिग्रनु आफ्नो रन्को मा रिया पर्या मात्रै हो , अब दोस्रो राउन्ड त के भयो के कुरा यही आएर त बिग्र्या हो नि , खै नजिक को देउता हो कि देवी हेरुम भाग्यमा पछुताउने लेख्या छ कि छैन


NitiSa
<<फेरी ड्रिन्क लाई दोस् दिएर उम्किने होला यो बैरे। सिस्नो पनि ले पिट्नु नपुगेको >>
ओहो त्यो बच्चामा खाको कुटाइ कहाँ सम्झाइ रहा NiTiSa मैले त दोष कसैलाई दिएको छैन अहिले त


Rachel Green
<<सार्है ब्दमास रहेछ बैरे त.. रीया ले पनी बैरे लाई देखाइ देखाइ खैरे सँग डेट गर्नु पर्ने नि ... अनि फेरि चार चार बर्स सम्म रिया ले कोही नभेटेको ..राम्री थीना कि के हो...कि बैरे बाहेक अरु लाई मन पारौन सकिन?>>


अब राम्री नराम्री त हेर्नेमा भर पर्छ, अब स्वोर्गको अप्सरा, कृष्णको लीला , महादेवको तेस्रो नेत्रको बयान कसैले गर्न नसक्या झै उसको सुन्दर्ताको बयान यो छोटो मुखले के गराइ भयो र , तर मौका मा चौका हान्या झै त्यो भाग्य पनि मैले पाउने आशा छ ।
गधी पे दिल लागि तो परी क्या चिज है भन्थे रियाले म सँग लाको माया प्रिती अरु लाई हेर्नै सकेन होला , FRIENDS मा भने झै She is my Lobster , Rachel ले जे गरे नि Ross लाई मन परा झै हो खै कुरा बुझ्या ?


AlterEgo
<<Baire ta bahut lucky rahecha...moj garecha >>
ओहो प्रभु धेरै दिन पछी दर्शन पाईयो , ओज भनु कि भोज बनु , हरी बंश ले भन्या झै "चपा बैरे चपा " जिन्दगी अहिले चाँही मौका चपाउन दिएको छ । घाटी नै नहेरी हाड निल्या छु पच्ने हो कि होइन त्यो चाँही थाहा छैन 


 


 
Posted on 05-27-09 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baire...UNLV ma tannai chineko kta haru chan..tara riya ko naam chai kahile sunena.....naam paribartan gareko ta hoina?


AE

 
Posted on 05-27-09 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo AE sab tira manche chinne raicha, ellai ni chinya cha bhancha.. uullai ni chinyaa cha bhancha.. politics tira laaga yaar AE, jite PM bani halchau.. aba ta haare ni PM banchan re! way to go dude!

 
Posted on 05-27-09 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha ha...Perfectionist le hasayo...me and poltics.. i still remember i got 2 votes in CR election..yeuta chai mero thiyo ani aarko chai mero milne saathi ko thiyo :)

UNLV conincidence ho...i do have lots of frens there

AE

 
Posted on 05-28-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा अघी बढ्दै गयो न त मैले आफु लाई रोके न त रिया ले नै , रातको जुन सँगै म र रिया उसको कोठामा अस्तायौ ।          


बिहान आँखा खोल्दा मेरो सामु रिया थियो, उु अझै मेरो अंगालो बाधिएकी थि । मलाई हेरी मुस्कारायो अनी मेरो ओठमा आफ्नो स्पर्श छोडी नुहाउन गई । म पनि उठेर बाहिर निस्के । च्याङ्ग्रा मलाई हेर्दै हाँस्दै थियो ।


 

"के हो सुर्य हिजो पूर्बैमा अस्तायो नि ? "

 

म उु छेउ गएर बसे , " खै के भयो के भयो, मैले हिजो आफुलाई रोक्नै सकिन । तर वास्तबिक्ता आज पनि उही छ , म रियालाई त्यसरी मन पराउदिन "

 

च्याङ्ग्राको आँखामा आस्चर्य थियो " बैरे तैले यो कुरा रियालाई भन्नु उचित हुन्न, कती दुखाउछस उसको मन , तलाई पाप लाग्ला, अहिले केही नभन समय सँगै तेरो मन पनि बद्लिन्छ "

 

" अनी तेरो रात कस्तो भयो " मैले सोधे

 

"कुरै नगर यार, आज पनि भेट्ने भन्या छे तरुनीले, बर्षौको प्यास मेटिने भयो "

 

म हासी मात्रै राखे, केटोको प्रगती देखी खुशी थिए ।

 

त्यो रात पनि च्याङ्ग्रा उही खैरिनीसँग आयो, तर त्यो रात म आफ्नो कोठाबाट बाहिर निस्किन ।

 

च्याङ्ग्रा र खैरेनी त्यो दिन पछी धेरै जसो सधैं सँगै हुने गर्थे, खैरेनी समय समयमा हाम्रो घर आउथी र हाम्रो साथी बन्न पुगेकी थि । एक दिन हामी डिनर खाई बार्दलीमा बसेर चुरोट तान्दै गरेको बेला गाडी किन्ने कुरा निस्कियो, खासै हामीलाई गाडी त चाहिएको थिएन तर कुरै कुरामा निस्क्या, कुरा गर्दा कस्को बाउको के जान्छ ।

 

च्याङ्ग्रा - " बैरे एउटा गाडी लिनु पर्‍यो, यसो समय समयमा घुम्न जान रमाइलो नै हुन्थ्यो "

 

म - "हुन त हुन्थ्यो तर घुम्न त जिन्दगी छदै छ नि पहिले यो पढाई त सकियोस्, त्यस पछी भन्या भन्या गाडी किन्नु पर्छ "

 

रिया - "बैरे तिम्रो गाडीमा मै पहिले अगाडिको सिटमा बस्छु है, मलाई राख्छौ ?"

 

" अगाडि त मेरो बुढी बस्छ, बुढी नहुन्जेल टेम्प्रोररी बुढी च्याङ्ग्रा बस्छ " मेरो नियत उसलाई जिस्काउनु थियो र त्यस्ले काम पनि गर्‍यो, उु रिसाई ।

 

च्याङ्ग्राको खैरेनीले कुरा बुझ्यो र च्याङ्ग्रालाई सोध्यो, "व्हाट अबाउट यू हन?"

 

" यू, अफ कोर्स "

 

च्याङ्ग्राको उत्तरले नयाँ मोड लियो, खैरिनीले च्याङ्ग्रालाई - "डु यू थिन्क यू क्यान बे विथ मी फोर थे रेस्ट अफ योर लाईफ " भनी सोधी । 

 

च्याङ्ग्राले तरुनीलाई मख्याउन -" अफ कोर्से बेबी " भन्यो

 

तरुनीलाई मेरो र रियाको बारेमा च्याङ्ग्राले केही नभनेको रहेछ । मलाई हेर्दै - "व्हाट अबोउत यू बैरे, व्हाट उड बि योर द्रीम गर्ल "

 

मैले नसोची - " वेल्ल, सि उड बि वेअरिङ्ग अ रेड द्रेस्स विथ अ टियर द्रोप नेकलस । आइ विल्ल क्नोव वान्स आइ सी हर "

 

खैरेनी - " सो यू ह्याव नट फाउन्ड हर एट ?"

 

म - "नट द्यात आइ क्नोव अफ "

 

रिया उठेर भित्र गई, च्याङ्ग्राले मलाई घुरेर हेर्यो, म हासे मात्रै । तर मैले सत्यता बोलेको थिए । मैले रिया सँग आफ्नो भविस्य गास्न अझै सकेको थिन ।

 

च्याङ्ग्रा र खैरेनी सुत्न छिरे कोठामा रिया आइ म भएको ठाउँमा बसी, केही बोलिन, मलाई हेर्दै बसी । म आँफै हासी त्यो क्षणलाई भंग गर्न खोजे - "त्यसतो रिसाउनु त पर्दैन "

 

उु रिसाई - " मैले जती गरे नि तिम्रो लागि काम नै हुन्छ , म तिम्रो लायक कहिले बन्न सकिन । के खोज्छौ म सँग तिमी म त्यही गर्छु , भन मेरो मायामा के कमी छ ?"

 

म पनि जवानै थिए शायद बुद्धी थिएन उल्टै रिसाई - "अघी भने झै तिमी मेरो सपनाको केटी होइनौ " भन्दै म कोठा भित्र गए ।

 

त्यो दिन पछी हाम्रो त्यसतो  कुरा भएन, मनको कुरा न त उसले खोल्न सक्यो, आफ्नो त मन मै केही थिएन के फोर्नु ? अब खाली ग्र्यादुएसनको प्रतिक्षा थियो । गर्मीको सेमेस्टर जसरी आयो त्यसरी नै बित्यो र ग्र्यादुएसनको दिन पनि आयो । सेरोमणी सकिए पछी हामी तिनै जना कोठामा आयौ , अब के त भन्ने प्रश्न तिनै जनामा उठ्यो ।

 

कोठाको बातावरण भर्खर सकेको ग्र्यादुएसनको थिएन हाम्रो मित्रताको अन्तको  बिजोगले भरिएको थियो । च्याङ्ग्रा र म त सँगै हुन्थ्यौ तर रियाको के त ? उसलाई बस भनेर रोक्ने क्रममा म थिईन । शायद उु आफ्नो आफन्त भएकोमा जान्छे होला भनी सोचे । कुरा उठाउने शक्ती हामी कसैमा थिएन , हाम्रो लिस महिनाको अन्तिममा सकिन्थ्यो ।

 

- "अब के त, केटा केटी हो ?" मैले नै सोधे

 

- "खै" रियाले भनी

 

म - "अब काम खोज्न तिर लाग्नु पर्‍यो, अब त सेरिय्स हुनु पर्छ खेलबाड छैन, तिमीले के सोच्या छौ, कहाँ जाने कहाँ बस्ने " मैले त्यो प्रश्न रियालाई सोधे । च्याङ्ग्रालाई सोध्नु केही मत्लबनै थिएन , म जहाँ हुन्थे त्यो त्यही नै हुन्थ्यो । रियाबाट अपेक्षा गरेको उत्तर च्याङ्ग्राबाट आयो  

 

- "खै तिमीहरुको के छ प्लान त्यो चाँही थाहा छैन, म त खैरिनी सँग कलिफोर्निया जान्छु, त्यही नै काम खोज्छु होला "

 

म केही बोल्न सकिन, मेरो प्रश्नले जे असार रियालाई गरेको थियो च्याङ्ग्राको उत्तरले मलाई सोही असार पारेको थियो । त्यही पनि मलाई पनि साथ हिड भन्छ भन्ने अपेक्षा थियो तर उसले भनेन । मैले आफुलाई संहली - "कहिले जान्छस त " भनी सोधे

 

"एक हप्ता भित्र "

 

रिया केही बोलिन उु हामी सब छुटिने, त्यस माथि पनि मैले उु सँग नबस्ने कुरा मेरो प्रश्नले सुनाएकोले उसको बोल्ने भाडो उसका आँखा बनेको थियो ।

 

दुई दिन जती पछी हामी सबै बार तिर गयौ । सधैंको झै पिउन धेरै भएको थियो , तर त्यो दिन त बिशेष गरी बिछोडको लागि पिउदै थिए म । दु:खमा पिउदा धेरै लाग्छ भन्थे आफु लाई पनि त्यही भयो । आफु लाई संहाल्नै नसकेर मलाई लिदै च्याङ्ग्रा र रिया कोठामा आए ।

 

च्याङ्ग्रा मलाई गाली गर्दै थियो - " के हो किन गती छाड्या ? "

 

मेरो मन ज्वाला मुखी बिस्फोट हुन बाँकी थियो र भयो पनि - " मैले च्याङ्ग्रालाई अपसब्द भन्दै, त खैरेनी पाए पछी यत्रो बर्षको मित्रतालाई पनि लात हान्न सक्ने , तेरो लागि यस्ता तरुनी कती छोडियो कती, तलाई भने मेरो बाल नै छैन । "

 

च्याङ्ग्रा मलाई संहालन खोज्दै थियो तर सकेन , उसलाई पनि म सँग छुटिने बियोग थियो, तर मैले बुझेको थिईन र त्यही रिश उसले पनि म मा पोख्यो । कुरा धेरै अघी बढ्यो हामी बिच हाता पाई भयो , च्याङ्ग्रा म अब यहाँ बस्दिन म भोली नै जान्छु भनी कोठा तिर लाग्यो ।

 

रिया मलाई हेर्दै रुदै थि , - "बैरे तिमी देखी मलाई दु:ख लाग्छ, तिमी आफ्नो साथी सँग छुट्टीदा तिमीलाई चाँही गाह्रो हुने, तिमी जसलाई मैले मेरो सर्बसो दिएको छु म बिना बाँच्न चाँही तिमीलाई केही हुन्न । तिमी ढुङ्गाको मान्छे रहेछौ, ढुङ्गालाई मैले देउता माने तर तिम्रो कठोर मनमा मेरो लागि कहिले माया पलाएन । " भन्दै उु पनि आफ्नो कोठा तिर लागि ।

 

रात बित्यो बात बित्यो हुन्छ भन ठानेको थिए मैले , बिहान उठ्दा च्याङ्ग्रा गई सकेको रहेछ । एक चोटि जान्छु पनि भनेन । रिया अझै रुदै थि, पक्कै च्याङ्ग्रा सँग भेट भयो भन्ने सोचे, तर सोधिन । मैले पनि आफ्नो स्वाभिमान छोड्न सकिन । मैले च्याङ्ग्रालाई फोन नगरने निधो गरे । म त्यहाँ बसी न त च्याङ्ग्राको अभाब  महशुस गर्न चाहन्थे न रिया रोकै सुन्न , म बाहिर लागे । बेलुकी घर फर्केर आउँदा रिया आफ्नो लुगा फाटो मिलाउदै गरेको देखे । सुट्केसमा लुगा हाल्दै थि, उु पनि मलाई छोडि जाने निर्णय गरी सकेकी थि । मलाई रियाले भन्दा च्याङ्ग्रा गएको रिश धेरै उठी रहेको थियो एक शब्द नबोली म आफ्नो कोठामा गए ।

 

साझको खान खाने समय भयो, पापी पेटको सवाल थियो बाहिर निस्किनै पर्‍यो रियाले खान तयार पारी सकेको रहेछ । म केही बोलिन खाना लिएर खान बसे , उसका नजरहरुले "मलाई रोक" भन्दै थे, मैले रोकेको भए रिया मेरो लागि बस्थी तर मैले आफ्नो भविस्य उु सँग देखेको थिन । उु मेरो सपनाकी परी थीइन मैले उसलाई रोक्नु भनेको आफ्नो स्वार्थ पुरा गर्नु बाहेक केही हुन्न थियो , त्यसैले मैले उसलाई रोकिन ।

 

खाना खाएर भाडा माझी बार्दलीमा बसेर म चुरोट तान्दै थिए, रिया बाहिर आइ । म उसको आँखामा आफुलाई देख्न सक्थे तर देख्न चाहन्न थे त्यसैले उसको आँखाबाट टाढै बसे ।

 

रिया - "बैरे म भोली जादै छु, तिमी लाई केही भन्नु छ "

 

उसको केही, मेरो उसलाई  नजाउ भन्ने थियो, तर मैले -"छैन " भने , "कहाँ जान्छौ ? "

 

"पछी कहाँ त्यो थाहा छैन तर अहिले फुपुकोमा जान्छु, न्यू योर्क "

 

"हुन्छ" - मैले अरु केही बोलिन, न त सोधे नै कती खेर जाने हो भनेर ।

 

उु आँखा भरी आशु पारी आफ्नो कोठामा गइ । राती सुत्नु अघी उसलाई आउने जीवनको शुभ कामना दिन्छु भनेर सोच्या थिए तर उसको अगाडि पर्नै सकिन, म पनि आफ्नो कोठामा गई बसे । रातभरी सुत्न सकिन, म आफ्नो जीवनलाई केलाउदै थिए, च्याङ्ग्रा र म कहिले छुट्टीन्न झै लाग्थ्यो आज उु पनि छैन । म रिया सँग मेरो कथा यो क्रमले टुङ्ग्याउन चाहन्न थे , मेरो र उसको बिच केही नभए पनि मित्रताको आधार थियो , त्यो धागो टुट्न दिन म चाहन्न थे ।

 

३-३.५ बर्ष अघी मैले नयाँ परिवार भेटेको थिए तर आज म सँग कोही थिएन । म हारेको जुवारी जस्तै भएको थिए तर मैले जुवा पनि खेलेको थिन, जिन्दगीले समयलाई आफ्नो पासो बनाई युधिस्थिरलाई झै मलाई पनि कंगाल बनाएको थियो । सोच्दा सोच्दै कती खेर आँखा लाग्यो थाहा भएन, आँखा खोल्दा म एक्लै भएको थिए रिया पनि मेरो समक्ष थिएन । उु मलाई नभेटी बिलाइन् ।

भेगसमा गर्या सबै पाप मुक्त भन्थे, तर मेरो पाप त्यो क्षण धुरी बाट चिचाई चिचाई कराइ रहेको थियो । केही दिन पछी म पनि आफ्नो बाटो लागे, हाम्रो भेगसको कहानी अधुरो नै रहयो ।

 

आउने दिनहरुले बर्षौ काट्यो, हुन त हामी सँग एक अर्काको फोन नम्बर नभए पनि ईमेल थियो, तर एक अर्का लाई लेख्ने सहास कहिले उठेन । अरुमा नभए पनि म मा चाँही । च्याङ्ग्रा र रियाको कुरा हुन्थ्यो हुँदैन थियो त्यो मलाई थाहा थिएन तर मेरो चाँही दुबै सँग बोल छल थिएन । कैयौ पटक लेखु भनी ईमेल लेख्न पनि बसे तर पठाउन चाँही सकिन, उनी हरु म बिना बाँच्न सक्छ भने म पनि उनीहरु बिना बाँच्न सक्छु भनेर देखाउनु मलाई थियो ।

 

समय सँगै पुराना यादहरु नभरिए पनि काम र तरक्कीले समय ओगेट्न थाल्यो, अब त झन ति पल हरु आफ्नो एकान्तमा केलाउने सहारा मात्रै हुन पुगेका थियो । जाड तान्या बेला र एक्लो हुँदा दुबै को याद आउथ्यो तर आफ्नो घाऊ आफु सगै साची राख्थे .............

 

क्रमश :

 

 
Posted on 05-28-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Long time reader , although first time commenting.. Your writing has improved from your previous stories . This story seems to be taking a good turn waiting eagerly for the next part..
 
Posted on 05-28-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AlterEgo
<<Baire...UNLV ma tannai chineko kta haru chan..tara riya ko naam chai kahile sunena.....naam paribartan gareko ta hoina?>>


नाम लाई बेनाम पार्दा नै निको हुन्छ झै लाग्यो तर नाम भन्दा पनि याद दरो भएको हुनाले कथा लेख्न वाध्य भएको हुँ


Kailadai
<<Long time reader , although first time commenting.. Your writing has improved from your previous stories . This story seems to be taking a good turn waiting eagerly for the next part.. >>
तपाईले समय लिएर कमेन्ट गरिदिनु भएकोमा आभारी छु 


 
Posted on 05-28-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु भाग पनि पढ्थें तर कमेन्ट गरेको थीइन, आज फेरी कता कता मैले चिनेको-सुनेको-देखेको-बुझेको कथा देखें। अरु केइ भन्नु छैन, अर्को भागको प्रतिक्ष्यामा

--
perfectionist
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters