[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मनोजले छोडेको कथा

[Please view other pages to see the rest of the postings. Total posts: 120]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 38855 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 11-13-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

“छ्या गाडी थोत्रो रहेछ ! ” मनमनै सोचेँ । कोशि वारि बाटै टिकटको लागि भनेको थिएँ पारी बाट गाडिको चढाई भो । त्यो पनि नेपालगन्ज सम्मको यात्रा ! मैले नारायणगढ सम्म त्यो गाडिमा बाटो काट्नु थियो । साथिको बिहेमा हिँडेको ! उसको सुखमा म बुङ्गो यति दुख गरी गरी जाँदै थिएँ , मैले जाँगर र रहर पनि देखाएकै हो उसको बिहेमा जाने ! कोहि कोहि ठिकै भन्छन् फुच्चे मुडि छ । साँचो हो यथार्थको धरातलमाँ जस्ले भावना र सम्बन्धलाई महत्व दिन्छ उ सनकि नै हुन्छ एभरेज भिँडको अघि । साँचो कुरा त दुनियालाई मेकानाइज्ड लाईफ मन पर्छ मेरो सनक र मुड भन्दा ! मलाई पनि उनिहरुलाई गलत साबित गर्ने रहर छैन , मेरो जिवन मा अरुको सुझावको लागि ठाउँ छैन ।

 “कहाँ सम्म हो ?” मेरो तन्द्रा भंग भयो । आवाज माला चुँडिएर मोति भुईमा खसे जस्तै थियो । मैले आवाजको भौतिकता नियाँले । अनुहारमा अघि चुँडिएका मोतिको दिप्तता थियो भने केश त्यहि मोति चुँडिएको रेशमि डोरी ! स्विटर माथिको गुलाबि ओढ्ने ले जोरले उनलाई कसेको हुनुपर्छ किनकि उनी पक्कै पनि छोड्न मन लाग्ने थिइनन् ।

 शायद फुच्चेलाई यहि भएर नेपालगन्ज सम्म जाने झोँक चलेको रहेछ , आज भने फिल्मी ( बेगर विद द प्रिन्सेस) यात्रा हुने भयो । मनमनैँ सोचेँ ।
 “यो गाडिमा त नारायण गड सम्म जाने हो !’ मैले उसलाई नियाल्दै भनेँ । गाडि बिस्तारै घ्यार घ्यार गर्दै चलायमान भयो । तर उसलाई नियाल्दा मैले आँखा यता उता चलाउने पनि फुर्सद पाएको थिईन । “नारायण गढ कति बजे पुगिएला ?”
“बज्ला बिहानको दुई तिन !”
 “तँपाई त्यहिँ सम्म जाने हो ?”
“होइन नेपालगन्ज ।“
“हो र ! म पनि नेपालगन्ज नै जाने हो त , साथि हुने भइयो ।“ उ खुशि देखिई ,तर म ठोकुवा गरेरै भन्न सक्छु उसको खुशि भन्दा मेरो खुशि हजारौँ गुना ज्यादा थियो ।
 “तँपाई पनि नेपालगन्ज जाने हो ?”मैले आफ्नो खुशि कन्फर्म गर्न फेरि पनि सोधेँ ।
 “हो तर तँपाईले मलाई तिमी नै भने पनि हुन्छ । At least I have to get some liberty of being younger !!!!!!!! मेरो नाम चाहिँ सुधा हो , सुधा भनेर बोलाए पनि हुन्छ । ”
 उसले मुस्कुराउँदै जवाफ फर्काई । अघिका सम्पुर्ण गुणलाई परास्त गर्ने त उसको मुस्कान रहेछ ।मन फुरुङ्ग भएर आयो ।म आफ्नो खुशी लुकाउन झ्याल बाट बाहिर नियाल्न थालेँ ।दुनियाँ चलायमान थियो ,मैले बिस्तारै दुनियाँलाई भनेँ “हेर तँ भन्दा पनि मेरो जिवन चलायमान छ ।“

 जब मैले बाहिरबाट ध्यान हटाएर उ तिर आँखा फर्काए । उ केहि खुला पानाहरु पढिरहेकि थिई । प्रिन्ट सानो थियो मैले राम्ररि नियाल्दा पनि ठम्याउन सकिन ।

 “साझा पढ्ने गर्नु भाको छ ?त्यसैको एउटा कथाको प्रिन्ट हो ।” उसले मैले उसले पढ्न खोजेको कुरा देखिछ क्यार ! मुटु एक चोटि बुरुक्क उफ्रियो ,अब कुरा अगाडि बढाउन अफ्ठ्यारो पक्कै हुनेछैन । मैले भगवान लाई धन्यवाद दिन एकचोटि माथि हेरेँ किनकि जब धेरै कुराहरु एकैचोटि मिलेर आउँछन् विश्वास गर्न पनि डर लागेर आउँछ ,कतै झल्याँस्स बिउँझिइने पो हो कि भनेर !

 “थोरै थोरै पढ्ने गर्छु ,कस्को कथा हो त्यो ?”
“Somewhere on the earth!!!”
“Lucky सोम दाई , मेरो नाम किन आएन! “मैले मनमनैँ सोचेँ ,फेरि सोचेँ मान्छे साँचै असन्तोकि हुन्छ स्वभावैले ,यति सबै भइसक्दा पनि म त्यो कथा पनि मेरै होस् भन्ने चाहिराखेको थिएँ । “तिमीले फुच्चेकेटो को कति कथा पढेकि छ्यौ ?” मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ । म मेरो नाम आउँदा उसको मुहारको परिवर्तन नियाल्न चाहन्थेँ ।
 “सबै कथा पढेकि छु दुइटा कथा अधुरा छन् उसका ,किन?”
 “त्यो फुचेकेटो म नै हुँ ।“
क्रमश:
Last edited: 13-Nov-08 09:11 AM

 
Posted on 11-28-08 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuchche ko gadi hotel mai gayera rokiyeko rahechha, ani hunthyo? ahile moj gardai holan ni fuchche ra sudha hotel ma basera, masti ni. tehi bhayera fuchche gadi agadi badaune kurai gardainan ta ba yeti ka din bhaisakda pani.
 
Posted on 11-28-08 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हुन त म साझा वासिको माफिको लायक चैन तर पनि कामै काम ले घेरिएको यो कर्मचारिको पन्ध्र दिने बिदा स्विक्रित हुन्छ भन्ने आशाका साथ पढिदिने र सुझाव दिनेहरुलाई धन्यवाद दिँदै !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

मनोजले छोडेको कथा

 

खाना पछि गाडिको गुडाई एकनासे र निरस हुँदै गयो मानौँ गाडिलाई अरु कसै सँग केहि मतलब छैन उ मात्र दौडिन चाहन्छ एकनासे बेगमा , सुसेलिहरु पनि थिएनन् गाडि सँग किनकि बाटो निर्जन र एकनासे थियो र त्यो एकान्त मलाई म सँग मात्र सुधा रहेको भान दिइरहेको थियो । सुधा शायद निदाएकि थिई घरि घरि उसको कोल्टे फेराईले उसका छरिएका रेशमि कपालको स्पर्शले मेरो आंग जिरिङ्ग जिरिङ्ग बनाउने बाहेक उ केहि पनि गफ गरीरहेकी थिईन । शायद उ सपना मा हराईरहेकी थिई म भने म हराएको धरातल चाहिँ सपना हो की बिपना निर्क्यौल गर्न मा ब्यस्त थिएँ ।

अचानक गाडिको चर्को ब्रेक ले सुधा हुत्तिई अघिल्तिर अनि झसङ्ग भएर बिउँझिई म थोरै हाँसे ।

"कस्तो मान्छे होला अरुको टाउको ठोकिँदा पनि हाँस्ने ?" सुधा यो यात्रामा पहिलो चोटि झर्किई पनि !

मलाई थाहा छैन त्यो मलाई मात्र भईराखेको थियो वा सबै लाई हुन्छ तर मलाई उसको झर्काई पनि मन पर्यो ।

"के भएको अरे ?" गाडिमा अघिल्तिरका सिटका यात्रिमाध्ये एक भने गाडि रोकिनुको कारण पत्ता लाउन ब्यस्त देखिन्थेँ ।

"अगाडिको गाडि डकैति भयो रे ,ड्राईभरले गाडि हुईँक्याएर लैजान खोजेको गोलि चलेर ड्राईभर नै घाईते छ अरे !" बाहिरको मान्छे ले जवाफ दियो ।

"लौ फसाद ! बन्द मा परियो जस्तो छ !ति माथि यो त यातायत वालाको पर्यो अब सरकारले क्षतिपुर्ति कहिले दिने हो !" सुधा चिन्तित देखिई ।

मैले घडि हेरेँ रातको करिब दुई बज्न आँटेको थियो । ठाउँ पतलैया रहेछ ।मेरो रहर वा आवेगको गाडिमा कुनै असर नपर्ने हुनाले म मा कुनै किसिमको भाव परिवर्तन देखिएन !

 

"के हो निदाउनु पर्ने बेलामा ननिदाएर अहिले निदाएको हो तिमी ?" मेरो भाव परिवर्तन नहुनुमा भने सुधा आश्चर्यचकित भई ! म उसलाई कसरी बुझाउँ म सँग कति धैर्यता छ भनेर , त्यस माथि यो पल्ट त धैर्यतामा स्वयँ उसको साथ थपिएको छ , म लाई त गाडि नखुलेकै ठिक छ ।

"जौँ हिँड बाहिर , गाडिमा बस्दा बस्दा खुट्टा कुँजिई सक्यो !" मैले प्रसङ्ग बदलेँ उ चुपचाप बाहिर डोरिई ।

बाहिर शित परेर होला मौसम चिसो थियो ।उसले अझै पनि ओढ्ने लाई कसेरै पक्डेकि थिई । हुन त मैले पनि त्यो ओढ्ने मा ईर्ष्या गरेर केहि फाईदा छैन । गाडि देखि थोरै पर को चिया पसल बिस्तारै बिस्तारै घुईँचिँदै थियो । हामी पनि त्यतै तिर लाग्यौँ । धेरै को गफ यस्तो माहोल मा राजनैतिक अस्थिरता माथि हुनु स्वभाविक थियो , अरु बेला भएको भए म पनि दुई चार वटा देश पछि परेका कारण हरुमाथि आफ्नो भाषण छाँटेर त्यहाँको खरो बक्ता भईदिन्थेँ होला तर अहिले मेरो त्यसो गर्ने मन पक्कै पनि थिएन , म चुपचाप दुईवटा मुढा लिएर त्यो भिँड बाट छुट्टिएँ । एकछिनमा च्यात्तिएको सर्ट र हाफ पायन्टमा एउटा फुच्चे चिया लिएर आयो ।

 

"आज थुप्रै कप बिक्रि हुने भयो मस्ति हुने भयो तेरो !" मैले उसलाई जिस्क्याएँ । उ खिस्स हाँस्यो रातको निष्पट्टता मा मैले छुट्याउन सकिन तर उसको दाँत पहेँलो नै हुनुपर्छ ।

"बिचरा।।।।।।।त्यसको लवाई हेर , अझ तिमी उसलाई जिस्क्याउँदै छौ ! तिमी पटक्कै भावुक छैनौ , आफ्नो कथा जत्ति पनि छैनौ !"

"यो म माथिको गुनासो हो कि यसलाई मेरो कथाको तारिफ सम्झिउँ ?"

"जे सम्झ त्यो सत्य हो !"

"सत्यका दुईवटा पाटा हुन्छन् सुधा ,तिमी जे गर्न सामर्थ्यवान छैनौ त्यसमा सत्य खोज्न थाल्यौ भने विवश देखिन्छौ तिमी आफ्नै अघि !"

"भन्नाले ?"

"म मा उसको जीवन परिवर्तन गर्न सक्ने क्षमता छैन भनेँ म उसलाई सहानुभुति पनि किन दिउँ ? गाडि आफ्नो ईच्छा ले गुडाउन सकिँदैन भनेँ रोकिएको ठाउँ माथि रिस किन पोख्ने ? यो एउटा तरिका हो जीवन जिउने तिमी मलाई जे बुझ !" मैले चिया को सुर्को ताने मरिचको तातो मेरो घाँडि छेड्दै भित्र छिर्यो ।

"शायद त्यो तिमी भित्रको कायरता बोल्दै छ !"

"तिमी जे बुझ तर म त्यस्तै छु !"

उ चुप लागी । छेवैको समुह अझै देशकै राजनितिमा अल्झिरहेका थिए ।

"तिमी नेपालगन्ज के का लागि जाने अरे ?"मैले कुरा लाई थोरै हलुका बनाउने प्रयास गरेँ ।

"अफिसकै काम हो !" उसले सटिक उत्तर फर्काई

"चिया कस्तो लाग्यो त ?" मैले उ तिर नहेरी जुत्ताको चुच्चोले भुईँ कोर्दै प्रश्न राखेँ , मलाई माटोमा कोरिएका आक्रिति हरु सानै देखि रमाईला लाग्छन् । सानो समयमा धेरै थरि जिवन जिएर मेटिन्छन् ति आक्रिति हरु !

"पिरो थियो !"

"जाडोमा खाने नै यस्तै हो !"

"थाहा छ मलाई जुन कुरा तिमी बदल्न सक्दैनौ त्यसैमा रमाउन सिक !" सुधा हाँसी । उसको मुस्कान पक्कै पनि हजार गुना त्यो चिया भन्दा मिठो थियो ।

मैले घडि हेरेँ तिन बज्न आँटेको थियो । गाडि हिँड्ने नामो निशान थिएन ।आकाश बाट तारा खस्दै थिएँ म भने आकाशलाई धन्यवाद दिँदै थिएँ हिजो नै खसेको ताराको लागि!!!!!!!

 

"तिम्रो बिहा भएको छैन है ?" एकछिनको मौनता पछिको सुधाको यो प्रश्नले मलाई चकित तुल्यायो ! उसले अघिनै मलाई किन यो प्रश्न सोधिन !

"तिमीलाई के लाग्छ ?" मैले पहिलो चोटि उसको मनसँग खेल्ने मौका पाएँ ।

"खोई कथामा त धेरै चोटि लेखेको छौ पतिपत्निको बारेमा!"

"कथा सँधै सत्य कहाँ हुन्छ र !" मैले यति भन्दा उसले धेरै कुरा हरु बुझि होला

"पछि साँच्चै मेरो बारेमा पनि लेख्छौ ?"

"तिमीलाई के लाग्छ ?"

"मलाई आफु कथा बन्न लायक टपिक्स लाग्दैन ।"

"हरेक मान्छे मा एउटा कथा हुन्छ !"

"तिम्रो हातबाट लेखिने भएँ भनेपछि म !"

यसपालि भुईँमा हेर्ने पालो उसको थियो ।केटिहरु पक्कै पनि केटाहरु जति स्पष्ट हुँदैनन् । उसका अन्तिम शब्दहरुको आशय के थियो म त्यो खेलाउन ब्यस्त भएँ ।

"पछि हामी नजिकै छौँ , भेट त होला नी है !"

"तिमीले चाह्यौ भने !"

"मोबायल नम्बर देउ न त !"

मेरो मुटु यति जोडले धड्किरहेको थियो उसले नै सुन्लि भन्ने पिर भई सकेको थियो मलाई ! बन्द यिनै कुरा हरुका लागि हुन् भने नेपालमा बन्द सँधै हुन् ।

क्रमश:

 

 

 


 
Posted on 11-29-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuchche ko chanchale rup balla chharaprasta pokhiyo katha ma. sanibar uthne bittikai kasto marich haleko chiya bhanda pani masaladar katha padna paiyo, fuchche ko jaya hos.
 
Posted on 11-29-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchhe ko katha le mero pani kathmandu- Pokhara ko yatra haru ma vayeka  kahani haru lai renew garidiyo.

Thanx fuchhe Ji,

Hoina naam chahi fuchhe, kura chai kati janeko.

aajavoli ka fuchche haru dherai forward.

La badhai chha fuchhe ji, aba tyo Fone number pani lekhau hai. Hami pani phone ma kura garna painchha ki!!!!!!!!!!!!!!


 
Posted on 11-29-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Everything is fair in love" bhanthe ho raicha.

मेरो मुटु यति जोडले धड्किरहेको थियो उसले नै सुन्लि भन्ने पिर भई सकेको थियो मलाई ! बन्द यिनै कुरा हरुका लागि हुन् भने नेपालमा बन्द सँधै हुन् ।

Nepal sadhai banda bhayo bhane fuccheko kati jana sanga love parne holaa? aammaamma, kasto dar lagyo malai ta.


 
Posted on 11-30-08 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ctal ,sabaiko shatru n crazy thanx for such a sweet comment ..................
 
Posted on 11-30-08 5:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले हत्त न पत्त मोबायल नम्बर सेभ गरेँ अनि त्यहि मोबायल नम्बर मनमनैँ चार पाँच चोटी दोहोर्याएँ । शायद मलाई डर थियो कतै मोबायल भित्रै बाट सुधाको नम्बर हराउने पो हो कि भनेर , बिस्तारै बिस्तारै थोरै उज्यालो पुर्विय क्षितिजमा हुन लागेको भान भो मलाई ,पर आकाशमा पनि अब थोरै बेरमा मेरो मनमा जस्तै लालिमा छाउनेछन् ! घडि हेरेँ चार बजेको थियो !

"ड्राईभर बच्यो अरे !!!!!!" कसैले चर्को आवाजमाँ चिच्यायो ।

मलाई उ बचेकोमा गुनासो छैन तर अब शायद हाम्रो यात्रा छोट्टिदैँ छ त्यसको गुनासो भने मलाई अवश्य पनि थियो । कुनै कुनै यात्राहरु लक्ऋ बिनानै ब्रित्तमा घुमेको गुम्यै रहुन भन्ने खालका पनि हुँदा रहेछन् ।

 

 

सुधाको मुहारमा अचानक खुशिका रेखाहरु कोरिए उसले मलाई मुस्काउँदै नियाली !!!!!!!!!!!

"चुपचाप छौ नि , कोहि मन पराउने सँग बिछोड हुन लागे जस्तो !!!"

"तिमी नभनि कन धेरै कुरा बुझ्छौ !"

 मैले उसको आँखा नियाँले अथवा भनौँ म उसको आँखा पढ्न चाहन्थेँ । उ कुरा बुझ्छे ,बुझ्दिन वा बुझेर पनि नबुझे झैँ गर्छे म त्यो कुराको निर्क्यौल गर्न चाहन्थेँ । गाडि अझै पनि घारघार घुरघुर गरिरहेका थिएनन् केहि कुरा मिलाउन अझै बाँकि नै थियो होला!!!!!!!!!!

 

"हरेक बिछोड नयाँ भेट को आश छोडेर जान्छन् होला नि ! हैन र ?"

"होला तर मलाई बिछोड मन पर्दैन !!!"

 

सुधाले मेरो हात समाति ,पहिलो चोटिको अथेन्टिक स्पर्श !!!!!!!! ,अथवा भनौँ उसले जानी जानी गरेको स्पर्श अनि मैले पछि सम्म सुबास महसुस गर्ने स्पर्श,  यस्तो स्पर्श जस्ले धेरै कथाहरु लेख्नेछन् । मैले उसका लामा औँलाको रातो नेल पोलिस नियालिरहेँ ,गुलाबका पत्रहरु जस्तो देखिएका थिए ,थोरै समयमानै उसले आफ्नो हात छोडी अनि आफ्नो कपाल मिलाई ।

"एक कप चिया थपौँ । "

यो उसले आफुलाई फेरि पहिले कै अवस्थामा ल्याउन प्रयोग गरेको शब्दहरु हुनुपर्छ ।मैले पनि स्विकारोक्ति जनाएँ ।एक छिन मा उहि हाफ पायन्टमा उहि केटो उहि पहेँला दाँत देखाउँदै चिया लिएर आयो ।

 

"जीवन अचम्मको छ है ?"

"किन ?"  सुधाको अनायास आएको प्रश्न मा प्रश्न थप्नु मेरो जिग्यासाको उपज मात्र थियो ।

"कुन मोडले कसलाई कसको साथ र कसको बिछोड दिने हो कसैलाई थाहा हुन्न !" उसले चिया सुरुप्प पारी !

"मलाई बिछोड मन पर्दैन !"

"थाहा छ अघि नै भनी सक्यौ !"

"मैले फेरि तिमीले मेरो हात समात्छौ कि भनेर मात्र भनेको हुँ !"

उसले पुलुक्क म तिर हेरी अनि मुस्कुराई ! मलाई यो कुरा मा खुशि छ उसलाई मेरा हरेक कुरा हरु मन परिदिन्छन् ।

 

"सबै लेखक हरु यस्तै हुन्छन् ?"

"यस्तै भन्नाले ?"

"गफाडि !"

"म गफाडि छैन !"

"त्यो त मलाई हिजो देखि अहिले सम्म मै पत्ता लागि सक्यो !"

"कसैलाई यति चाँडो जज गर्नुहुन्न !"

"शायद यो मेरो कमजोरि होला !"

"जहाँ सम्म मलाई लाग्छ तिमी मा केहि कमजोरी छैन !"

उ फेरि हाँसी , मलाई लाग्यो उ यसरि नै मुस्कुराईरहोस् जब जब म उसको प्रशंसा गर्छु ।

 

 

एक छिन हामी चुपचाप बस्यौँ , शायद यो हाम्रो एक अर्कालाई अघि देखि भनेका कुरा हरुको मनन् गर्ने समय थियो वा नयाँ गफहरुको शुरुवातको खोजि!!!!!!!!!!

 

"तिम्रो प्रोग्राम के अरे नेपालगन्जमा ?"

"तिमीलाई अहिले सम्म थाहा छैन ?मलाई त तिम्रो बारेमा अघि थाहा भईसक्यो !"

"सम्बन्धहरुको बिचमा मलाई तिम्रो बारेमा यति थाहा छ , म यति सोच्छु भनेर ईगो कहिल्यै ल्याउनुहुन्न ,ल अब भन न त !" मलाई थोरै आत्म ग्लानि पनि भयो ,मैले अघि किन त्यस्तो शब्द प्रयोग गरेछु भनेर !

"साथीको बिहे छ , आठ गते !"

"आज पाँच हैन ?"

"हो किन ! "

"तिमी चाँडो हिँडेछौ !"

"शायद तिमी सँग भेट हुन !"

"यो त तिम्रो भन्ने कुरा मात्रै हो !"

"म सँग त प्रशस्तै समय छ , बाँडिदिने कोहि नभएर होला !!!!!!!!!!"

"तिमी बिछोड देखि डराएका थियौ होईन ?"

"किन ?"

"मलाई त्यो बिछोड थोरै ढिलो बनाउन मन लाग्यो !"

"कसरी ?" यसपालि म उत्सुक भएँ । त्यसै पनि यो यात्रा मा जे भइरहेको थियो त्यो कल्पना भन्दा बाहिरकै कुराहरु थिए । मलाई लागिरहेको थियो त्यसमा अरु दुई चार वटा कुराहरु थपिँदैछन् अब !

"यदि आज गाडि चल्यो भने म सँग पनि बिचमा एक दिन बाँकि रहनेछ ,If u dont mind I want to Share With u !!!!!!!!!"

उ मुस्कुराईरही !!!!!!!!!!!मलाई उसलाई आफ्नो बाएको मुख देखाउन मन नलागे पनि मेरो मुख आँ को आँ नै भइरह्यो ।

क्रमश:

 

 

 


 
Posted on 11-30-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchhe ji,

"कुन मोडले कसलाई कसको साथ र कसको बिछोड दिने हो कसैलाई थाहा हुन्न !" उसले चिया सुरुप्प पारी !

"मलाई बिछोड मन पर्दैन !""

जीबन भनेको नै एउटा यात्रा हो| जुन यात्रामा सुधा जस्ता साथीहरु धेरै भेटिन्छन् तर त्यसरी खुलेर गफ गर्ने कम नै हुन्छन |अब छोटो मिलन बाट बिछोड भन्दा नि झन गहिरो सम्बन्ध होला ? कि एउटै बिहेमा मा त होइन ? ल ल साथी को नि बिहेको कुरा सुन्न पाए हुन्थ्यो | कथा धेरै राम्रो छ | अब गाडी ६० मा गूड्आउन पर्‍योओ कि कसो ?


 
Posted on 11-30-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo,

I like your story.. waiting for another episode... don't leave it incomplete "like your other two!"... as your sudha said.

GOGOL


 
Posted on 11-30-08 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuchche chadeko gadi ajhai rokiyekai bhaye pani fuchche ko gadi (katha pani, baish pani) le velocity (speed pani direction pani bhayeko ke, Bange ko shabda choreko ni Deep ko katha "Suvekshya" bata) lina thalyo jasto chha. baki bhag chhitai padna paine bhayo jasto chha. BTW, prastuti satik chha, kasto 'Raambaan' haneko yaar Sudha lai. 
 
Posted on 12-01-08 5:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice presentation... i will be waiting for further episodes..


 
Posted on 12-01-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे,  धेरै साथी भेटिन्छ यो जिन्दगीको यात्रामा तर कस्को साथ कुन हद सम्म हुन्छ समयले नै बुझाउने रहेछ।  अब तिम्रो र सुधा को साथ चाँही कुन हद सम्म हो  तिमीले नलेखी थाहा भएन
 अर्को भाग कहिले आउने हो? यो महिना मै आउछ कि अर्को? कुराउन त सक्ने नै हौ तिमी। मान्नै पर्छ 
 
Posted on 12-01-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Travelling alone and girl on next seat that's something I pray for everytime I board on night bus.

good going bro but as dipika said "कुराउन त सक्ने हो " that's wot I felt too.

how about not to rush to post untill you done writing the whole story..just my 4 cents

 


 
Posted on 12-05-08 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalibabu101-कथा कुन स्पिडमा चै थाहा छैन तर बढ्यो भन्ने बुझे हुन्छ आज अर्को भाग लेखिसकेँ !

gogol- thanx , your wait is over

ctal ,gyan guru thanx

dipika- यो कथा यहि महिना मा सिध्याउँ भन्ने मेरो पनि चाहना हो , तर हेर न ।के हो के हो

mauj garau - thanx its gona be upanyaas and only one chapter is down ,bistaari bistaari padhdai majja auchha hola..................

 

 

 


 
Posted on 12-05-08 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"गाडि खुल्यो है , छिटो छिटो आ-आफ्नो गाडिमा चढ्नुहोला"

फेरि एक पटक क्रम भंग भयो ,कुनै यात्रा नगरिकन पनि टाढा कतै पुगिसकेका सुधा र म फेरि पतलैयाको त्यो निरस चिया पसलको यथार्थमा फर्क्यौँ ।

"जौँ ।" उसले पर बल्न थालेका गाडिका हेडलाईट हरु हेरी , अनि सुस्तरि बोलि ! उसलाई पनि शायद म जस्तै हिँड्न मन लागेको थिएन तर सँधै कल्पना र यथार्थको बिचमा मात्र बिवशताको फरक हुन्छ ।

गाडिको सिट चिसिएको थियो ।अब हामीले त्यसैमा अरु दुई घण्टा जति डोरीनु थियो होला , यदि बिच बाटोमा अर्को बन्द भेटिएन भनेँ ,झिसमिसे उज्यालोमा मैले एक चोटि फेरि सुधालाई हेरेँ । रातभर नसुतेकी सुधाको अनुहार निन्द्रा को चपेटामा देखिएको थिएन उ खुलेकी थिई । मैले उसलाई छोड्नु पर्नेछ , आजको दिनभित्रैमाँ !!!!!!!!!!

उसलाई हेरिरहन सकिन बाहिर तिर नजर डोर्याउन थालेँ बाहिर हरेक कुरा चलायमान थिए शायद मलाई बुझाउन खोज्दै थिए  केहि पनि शाश्वत छैन भनेर ! एउटा अनौठो निशब्दता करिब दुई घण्टा दौडिरह्यो गाडि सँगै !

 

नारायणगढ आउँदा शायद म निदाउन निदाउन आँटेको थिएँ सुधाले मलाई बिस्तारी झक्झक्याई ।  म उठेँ अनि सोचेँ जब नेपालगन्ज आउनेछ म फेरि निदाएझैँ गर्नेछु उ फेरि पनि आफ्ना कमला हात हरुले झक्झक्याएर मलाई उठ्ने ईशारा गर्छे होला ,फेरि आँफै सँग हाँस उठ्यो के के सोचिरहन्छु म पनि भनेर !

"के हाँसिरहेको ,निदाएको मान्छे उठ्ने बित्तिकै हाँस्ने अरे !!!!! लेखक हरुको संगत मलाई गारै पर्ला जस्तो छ , यहि हो नारायणगढ भनेको " उसले बाहिर देखाउँदै भनी ।

 

म चुपचाप थिएँ । हामी बिस्तारै पश्चिम बसस्टैण्ड तिर गयौँ । राम्रो भनौँ वा नराम्रो भनौँ मेरो भाग्य को नियतिलाई गाडि लागिरहेको थियो ।उसको टिकट को पैसा तिर्न खोजेँ सुधा मानिन । म यो सम्बन्धलाई दाँज्दै छु ,केटिहरुलाई के के कुरामा मान्छे आफ्नो र के के कुरामा पराई लाग्छ । हिजो को चियाको पैसा  मलाई तिर्न उसैले लगाएकी थिई ।

 

 

रातभरि नसुतेर होला सुधा र म दुवै निदाएछौँ ।बिच बिचमा उसको स्पर्शले मलाई झक्झक्याउने गर्थ्यो । म उल्टो गन्ति गर्थेँ जब जब बिउँझिन्थे यति घण्टा बाँकि छ अब भनेर ।

"बुटवल आईसकेको ?" उसले आँखा मिच्दै भनी । बाहिर पारिलो घाम थियो । पहिलो चोटि आफ्नो शललाई अलग्याई ।मनमनैँ लाग्यो के म त्यो शलको ठाउँ लिन सक्छु भनीदिउँ कि भनेर । कालो रंग को टिशर्ट रहेछ भित्र । गोरो अनुहार हरु कालो रंग को आड मा अझ फक्रिए झैँ लाग्छन् ।जे होस् ड्रेसिंग सेन्समा उ बाठि छे ।

"आइपुग्यो !"मैले आफ्ना शब्दहरु बदलेँ ।

"अब चार घण्टा मा त पुगिएला !"

चार घण्टा कति थोरै ,भनेको दुईसय चालिस मिनट ! समयलाई लम्ब्याएको भान भयो ।

"आज धेरै चुपचाप छौ नि !"

"तिमीसँग छुट्टिने डरले होला !" मलाई कुरा लुकाउन मन लागेन ।

"धन्यवाद !" उ हाँस्दै थोरै हलुका हुन खोजी ।

"तिमीले हाम्रो भेट लाई कसरी हेरेको छौ ?"

"हरेक भेट आगामी भेटको योजना सहित हुन्छ ।"

"तिमी दोस्रो भेटमा बिश्वस्त छौ भनेपछि !"

"ल !!!!!!! मैले झन तिमी सँग हिजो एक दिन माँगेको हैन नेपालगन्जमा मेरो लागि !"

"मलाई बिश्वास लागेको छैन !"

"केहि कुरामा आँखा चिम्लिनु पर्छ ! आँखा चिम्लिएर सोच तिम्रो मुटुले के भन्छ ।"

आज उसको र मेरो बिच समबन्धले एक सिँढि चढे जस्तो लाग्यो । जे होस् हामी सतहमा थिएनौँ थोरै गहिरिएका थियौँ ।

 

 

 

"मैले फोन गरेर बोलाउँदा नाईँ भन्न पाउन्नौ है !"

"प्रश्नै उठ्दैन ।" करिब तिन बजेतिर नेपाल गन्ज बस स्टप मा च्यातिने बेलामा मैले उत्तर फर्काएँ । उसको आँखा मा आँखा जुधाउने साहस आएन । पर पुगिसकेपछि ओझेल हुन लागेको आक्रिति लाई धित मरुन्जेल नियाँले ।

 

 

अचानक फोनको घण्टिले मेरो हेराई भंग गर्यो । मनोज को रैछ ।

"कहाँ छस् तँ ?"

"म बसपार्कमा !"

"दाहिने पट्टि एउटा चिया पसल छ म बाईक लिएर त्यहिँ छु आईज त्यता !"

मैले पर हेरेँ कालो पल्सर मनोजकै थियो । आफ्नो कालो शरिर त्यहि कालो पल्सरमा राखेर पर्सिको दुलाहा मलाई पर्खिरहेको थियो ।

"बन्द मा त परिनस् ?"

"झण्डै हाँप्दिन आटेको थिएँ तेरो बिहे ,यात्रा रमाईलो भयो ।"

"केटी छेउ मा परी कि क्या हो ?"

"कसरी थाहा पाईस् !"

"तिमीहरुको बिछोड हेरीरहेको थिएँ पर बाट ,नसुध्रिने भइस हैन कहिल्यै !"

"हैन यार यो अरु भन्दा भिन्दै थिई ।"

"सबै पहिलो भेटमा त्यस्तै लाग्छन् ।" उसले बाईक स्टार्ट गर्दै भन्यो ।

म उसको बाईक पछाडि चढेँ बिस्तारै उसको बाईक नेपालगन्जको केहि सडक हरु छुँदै अघि बढ्यो ।

"त्यसो भए बिहा किन त ?" मैले उसलाई जिस्क्याउँदै भनेँ ।

"बटुवा जति चौतारिहरुमा सुस्ताए पनि आखिर रातमा ओत लाग्ने छानो खोज्नु पर्छ ।"

"पहिलो चोटि म सँग लुकेर गरेको एफेयर ! त्यहि बिहा मा परिणत भयो , मैले भनेको मान्छस् भनेँ तँ हरेक कुरा म सँग लुकाउने गर् ।"

उ हाँस्दै थियो । मैले उ सँग साना देखि का केहि कुराहरु पनि लुकाएको छैन न उसले म सँग ! आजको रात भरि हाम्रो गफ हुने होला आखिर धेरै दि पछि को भेट थियो त्यो !

 

"ल जा फ्रेस हो ,ब्याग मेरै रुम मा राख !"

अंकल आन्टिलाई नमस्ते गरीसकेपछि म घर भित्र छिरेँ ।

 

राती नौ बजे पछि मात्र आएका पाहुना हरुलाई मिलाएर मनोज कोठा भित्र छिर्यो ।म उसकै ल्यापटपमा नेटमा साझामैँ बढेका थ्रेडहरु हेर्दै थिएँ ।

"कति साझालाई नै काखि च्यापेर बस्छ यो !"

"मैले झलक्क सुधाले गरेका कुराहरु सम्झेँ अनि कम्प्युटर निभाएर बसेँ !"

"ल भन् भाउजुसँग को भेट ,बा म अर्को प्लट पाई हाल्छु कि !"

"तेरो प्लट हुनलायक केहि छैन यार ,जागिरको बेट ,दुईमहिनाको चिनजान मेरो प्स्ताव उसको स्विकार त्यत्ति हो !"

"आफ्नो त दुवै दिन मा पर्ने भइसक्यो !"

"ए बसमाँ भेटेकी ,साँच्चै त्यस्तै हो भन्या ?"

"त्यस्तै लाग्छ यार !"

"सुना न त ! तैँले जस्तो बुट्टा भरेर सुनाउन मलाई आउँदैन नि त !"

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

 

मैले कथा सुनाईसकेको थिएँ उ अर्को खाटमा सिराने लाई कसेर पक्डेर मेरो कथा सुन्दै थियो ।

"टु फास्ट , तँ अथवा त्यो केटीको एप्रोच थाहा भएन  । तर त्यो केटी छिटी भए बचेर बस् ।" उसले मलाई सुझाव दियो ।

"होईन मेरी सुधा त्यस्ति छैन " मैले सुस्तरि जवाफ फर्काएँ ।

 

क्रमश:


 
Posted on 12-05-08 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchhe Ji katha kasto interesting  and suspense as well.  Tyo kt le fuchhe ji lai katai dhateki ta hoina???????

malai ta tyo KT manoj kai hune wala srimati nai ho ki jasto lagyo

 


 
Posted on 12-05-08 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म उल्टो गन्ति गर्थेँ जब जब बिउँझिन्थे यति घण्टा बाँकि छ अब भनेर।..." baaf re baaf, ek dine bas ko sahayatri sanga ko bichod ko kati thulo pir? fuchche bro jindagi kai sahayatri bhanaune dhun ma (katha ma hai), ani hunenai bhayo ni. katha jhan exciting jhan exciting hudai gairachha, ending kasto hune ho, kunni?
 
Posted on 12-06-08 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina keta, yetai chadai pani kura agadi badcha ra bhanya?

 


 
Posted on 12-07-08 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo, dherai nai suspense rakhne bichar chha jasto chha ni... yetro din pachhi balla balla lekheko... ajhai katha baki nai chha.... eagerly waiting for another episode....

Sabaiko Satru,... bichara fucheketo lai kaha tenson di rako?

Last edited: 07-Dec-08 08:32 AM
Last edited: 07-Dec-08 08:37 AM

 
Posted on 12-07-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo, dherai nai suspense rakhne bichar chha jasto chha ni... yetro din pachhi balla balla lekheko... ajhai katha baki nai chha.... eagerly waiting for another episode.... banda.. travelling and unknowns are familiar.. Sabaiko Satru,... bichara fucheketo lai kaha tenson di rako?
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters