[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भिनाजु को जुत्ता

[Please view other pages to see the rest of the postings. Total posts: 95]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 49836 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 12-10-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहेथ्यो ठूलोबाबा को छोरी को आफुलाई पो भ्याई नभ्याई, किनमेल गर्दैमा। बाबा को दाजु भाई का छोरीहरु मिलाएर हामीहरु पाँच जानाथ्योउँ, फेरि दाईहरुको बिहेमा जन्त जाँदा जाँदा हैरान् भएको यो पालि त दिदीको बिहे घरमै जन्ति आउने, हामीलाई के चाहियो र?  बिहे आउन जम्मा चार दिनथ्यो, दुई दिन के लगाउने सोच्दैमा बित्यो, बाँकि दुइ दिन सोचेको लुगा किन्दैमा।

बिहेको दिन त आफुलाइ कसैले देख्नै नहुने, घरि स्वोयम्बर को निम्ता सिँगार्न आउ भन्याछ घरि दुलाको टोपि सिँगार्न।  "ल ल आईहालेँ" भन्दै म पनि लुकि लुकि भागिराथेँ। आफुलाई आफ्नै नक्कल झक्कल को पिर भैराबेलाँ को जावोस् त्यो दुलाको टोपि सिँगार्न? यता आमाहरुले टोपि सिँगार्न बोलाउनु भा छ उता दाईहरुले देख्न नहुने बोलाइहाल्ने--"ए दिपिका एकचोटि यता आउ त, जग्ये सिँगार्नु पर्यो"  कता के मात्र सिँगार्नु ?  धन्न रातिको बिहेथ्यो त्यसैले अलि अलि त मद्धत् गर्या जस्तो गर्न चैँ  भ्याएँ।

लाउन त हामी सबैले सारी नै लाउने भएकाथ्योउँ तर लाउन भने कसैलाई नआउने। बल्ल तल्ल लगाइदिने भाउजुहरु खोजेर ल्यायो,  सारी लाएपछि हिड्न अर्को माहाभारत। सारी यता पनि अल्ज्याछ उता पनि। झन अलिकती बाहिरमात्र के निस्केकी थिएँ,  पुरेतको जुत्तामा अल्झिएर पच्छारिहालेँ,  फेरी कसैले देख्यापो छन् कि भन्दै यताउता हेर्दे उठेको त कोही नभएर झन् आफ्नै बाबाले पो देख्नु भएछ, कराईहाल्नु माथिबाट--"अब हिड्नै नआउनेले किन सारी लाउनु पर्यो? अहिले खुट्टा भाचिन्छ अनि थाहा पाउछौ", अब खुट्टै भाच्चेपछि त थाहा पाएर नि के गर्नु नि? भन्नु त भएन तैपनि पच्छारिएको झोकमा मैलेपनि भन्दिएँ--"अब पुरेत ले जुत्ता झन्डै आँगनकै ढोकानेर पुर्याएर खोल्नु भा रैछ त म के गरुँ,  मेरो गल्ति हो र?", त्यो पच्छारिएको सुरमा त आफुले पुरेतको नै गल्ति देखेँ।  आँगन्मा पुगेको मात्र के थिएँ दाईहरुको आवज ठोक्किहाल्यो कानमा--"लौ अब कुन चै ले आँखा लाउने भो आज? हामीलाई पो आपत रेखदेख गर्दैमा",  हुन त दाईहरुले जिस्किनु भएको थाहा थियो, तर पनि त्यो गालि खाको झोकमा मैले पनि ठाडै उत्तर दिएँ--" राम्रो देखिएको छ भने सिदै भने भैहाल्योनि किन कुरालाइ जाँतो जसरि घुमाउनु पर्यो ?" दाईहरुलाई म किन रिसाको थाहै थेन कराइहल्नु भो--"लौ आजत ऊ सँग बोलिसाद्दे नै रहिनछ"

जन्तिको बाजा बज्न थाल्यो, हामी पनि दौडेर गयोउँ स्वागत् गर्नलाई। स्वागत् भनेको त छदै छ, आँखा घुमाएर एक चक्कर जन्ति पाटिलाई हेर्योउँ। केटाहरु हर्न लायकका नै रहिछन्। सबैको स्वागत् गर्योउँ अनि बिस्तारै पूजा अगाडि बढ्न थाल्यो। जन्ति पाटि र केटी पाटिको हेराहेर चलिनैराथ्यो। एक्कैछिन मा एउटा फुच्चे आयो र भन्न थाल्यो--" हरियो सारी लाउने यो दाईलाइ मन पर्यो रे----निलो सारी लाउने यो दाईलाई मन पर्यो रे-----" उस्ले त पुरै लिस्ट् नै लिएर आएछ सारी अनुसार दाईहरुका नाम। अझ हामीलाइ सोध्छ --"हजुरहरु को नाम भन्नुस रे" अनि हामी पनि के कम? फुच्चेलाई खबर पठायोउँ--"हाम्रो दाईहरुलाइ सोध्नुस्, सबैको नाम पाउनु हुन्छ"

यता पुरेत बाजे आफ्नु मन्त्र भट्यौदै हुनुहुन्थ्यो, उता जन्ति पाटिले कहाँ बाट मेरो भाई भेटेछन्, बिस रुपयाँ को किटक्याट किन्देछन्, बच्चा त पर्यो, उस्ले त चार रुपयाँमा एकजनाको नाम बेचेर आएछ। अघि सम्म त यो सारी लाउने र त्यो सारी लाउने भनिराथे अब त नामैले बोलाउन पो थाले। हामीलाई आपत दाईहरुले सुन्नुभयो भने को को पो थोते हुने हो भनेर। धन्न दाईहरु अलि टाडै हुनुहुन्थ्यो बाजा ले गर्दा हत्तपत्त सुनिदैनथ्यो आवज।

पूजा अगाडि बढिनैराथ्यो, जुत्ता त लुकाकै छैन। अब हामी त दुलाको अगाडि पर्नै भएन सबैको निग्रानी हामी मै थ्यो त्यसैले भाईलाई पठयोउँ। उस्ले सुटुक्क चोरेर ल्यायो कसैले थाहा नै पाएनन्। अब सबै जना लुकाउन गयो भने त थाहा पाइहाल्छन्, त्यसैले म खुसुक्क घर् पछाडि अध्यारोमा एउटा खोर् रहिछ तेस्को पछाडि लुकाएर आएँ। आदी घण्टा कुर्योउँ अनि कराउना थाल्योउँ--"दुलाको जुत्ता चाहिन्छ भने दुई हजार दिनुस् र जुत्ता लिनुस्" जन्ती पाटी त उल्टो भन्न थाले--"दुई हजारमा त दुईटा जुत्ता आउछ, भयो हामीलाई जुत्ता चहिदैन तिमीहरुनै लगाऊ", घटाउदा घटाउदा त लोभिहरुले पाँच सयमा पो पुर्याए। अब त्यो बुढो जुत्ता राखेर हामीलाई काम थिएन, पाँच सय मै मन्जुर हुने बाहेक् अरु केहि उपाए नै भएन, अब त्यतिमै मान्नै पर्यो।

पैसा लिएर जुत्ता लिन गएँ, लुकाको ठाउँमा त जुत्तै छैन, सबैतिर खोजेँ पाउदै पाइन। डर पनि लाग्न थाल्यो अनि ठूलो बाबाको छोरा बिपिन दाईलाई बोलाएर भनेँ--"दाई हेर्नु न जुत्ता यहिँ लुकाको थिएँ अघि, अहिले जुत्तै छैन", दाईले लुकाको ठाउँ हेर्नुभयो अनि तर्सेर भनुभयो--"ल बर्बाद्, फुर्केलाई खोज छिट्टो", फुर्के, उहाँहरुको कुकुर, चोर नै देखेपनि चाट्न जान्थ्यो त्यसैले नाम नै फुर्के राख्याथ्यो। अब आफुलाइ जुत्ताको पिर् भैरा बेलाँ त्यो फुर्केलाई खोज् भन्दा त म पनि झनक्क भएर भनेँ--"अब जुत्ता हराइरा बेलाँ कता जाउँ म त्यो फुर्केलाई खोज्न", अनि दाईले भने पछि पो थाहा पाएँ फुर्केलाई त जुत्ता देख्नै नहुने रहिछ, चपाइदिदो रहिछ, मैले त त्यस्कै खोर् पछाडि लुकाइछु, त्यस्लाई त आहार ओडारमै पो राख्या जस्तो भएछ, आफूलाई के था? फुर्केलाई पाउन त पाएँ तर जुत्ता के नै बाँकि राखेछ र? एउटा को तल देखि माथि सम्म चपाएर उल्टो हो कि सुल्टो हो नै नचिन्ने बनाएछ, अर्को को बुढि औँला नै देखिने गरेर जुत्ता को माथि भाग छिया छिया पारेछ। म त तर्सिहालेँ। एक हातमा पाँच सय अर्को हातमा जुत्ताको ताल् त्यस्तो। उता जन्ति पाटी कराउन थालिसके--"के हो जुत्तै आएन, पैसा लिएर टाप हो कि क्या हो?"

केहि उपाए सम्झिनै सकिन अनि गएँ दुला भएको ठाउँमा त्यो जुत्ता लिएर। अघि सम्म त जन्तिहरु मात्र हल्ल गरिराथे अब त दुला नै तर्सिए, जन्तिहरु भन्दा ठुलो दुलाको पो आवाज सुनियो--"के हो त्यो", दुला तर्सेको देखेर दुलालाई त हेर्नि सकिन , हाँसो पनि उठ्यो, डर् पनि लाग्यो अनि परिस्थिति अनुकुल नरम भएर जन्ति तिर हेर्दै  भने--"भिनाजु को जुत्ता"

Last edited: 10-Dec-07 09:50 PM

 
Posted on 12-12-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि गर्नु सम्म बोर गरेछ कुकुर ले त।
दिपिका जी, ए उटा साधरण घटना को कति सरल चित्रण गर्नु भएको? सलल बगेको छ कथा। सुरु गरे पछि न सिध्याइकन रोकिन मन ले नै मानेन।

 


 
Posted on 12-12-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


meromuskan...I like your nick,बिचरा भिनाजुहरु को पनि बिजोग हुन्छ उस्तै सालीहरु परे भने

surNa Tal....धन्यवाद, खुशी लाग्यो टिप्प्णी देखेर

hami1hau... thank you for ur time.

punteDamai....yes, it is a true story. I will try to post more frequently, thank you.

hardcore fan...मलाई खुशी लाग्यो जे होस् लेखक हुने खुबी देख्नु भएछ, अनी साँच्चिकै हजुर को कुकुर को नाम त्यही हो र? मैले आज सम्म त्यो फुर्के बाहेक अर्को फुर्के देखेकी थिन

nepal ko Choro...धन्यवाद, धेरै ठुलो पुरस्कार लाग्यो हजुर को टिप्पणी

दिपिका

 
Posted on 12-12-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैलाई चैं लक्ष्मी पुजाको दिन घर भित्र छि-या जस्तो रे, कसैलाई चैं दशैंमा मामाघर पुग्या जस्तो रे। मुलाई त आफ्नै बिहेको दिन हुनेवाला ससुराली पुगे जस्तो पो भो, गाँठे!

आफु त परिया थेम् तेई बेला देखुन्को खुईले। सालीहुरले पहिले नै चिनेका थिए क्या'र, अन्खेरुन्, "यो भिनाजुको त जुत्ता होईन, टोपी लुकाउन पर्छ!" भन्दै खितितितितिति।

मेरो पाल नि भोजको नाच्नि बेलाँ, "चट्ट रुमाल क्या मालुम? कोटको खल्तीमा!" लाई बिगारेर, "चिल्लो खप्पर, क्या मालुम? सालीको दिलैमा!"  गाउँदै मच्चि मच्चि नाच्दिएं। कोई कोई सालीले त, "भरै दिज्जुले तेई खप्पराँ बजाउँछे, अनि चाल पाईबक्सेला, भिनाजु!" भन्या थिए के रे। अर्को पाली बिहे गरियो भने चईं, जुत्ता र टोपीको बोरा भरिको स्टक बोकेर जन्ती जान पर्ला।

रमईलो लाग्यो, दिपिका आन्टी!


 
Posted on 12-12-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 12-Dec-07 05:26 PM

 
Posted on 12-12-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेटाउनै पर्ने गरि के के गाली गरेकी थिईन मलाई कुन्नि, आन्टीले?
 
Posted on 12-12-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन पुन्टेदा!!

 केहि लेखुम्ला भन्दा भन्दै  मेटिसकिछिन त दिपिका ले त्यो!!!

 जेहोस पोष्टर चै निकै रमाइलो थियो है


 
Posted on 12-12-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खडयन्त्रै रचेका थिए क्या हो यि आईमुई हुरका पाटी मिलेर हामी माथि?

दर्खण है, माहटार्नी नानी! के लेखेकी थईन र हो, दिपिका आन्टीले?


 
Posted on 12-12-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

पुन्टेदा  म किन षडयन्त्र गरुम हजुरको बरु जे लेख्याथिन सिस ले  एकदम सहि थ्यो के :P

अळिअलि त कन्ठै छ  हँसाउने थियो   तर अब  हजुरको आन्टिलाइ नै सोधिस्यो दादा!!

 दिपिका,

 edit फेरि र उहि पहिलेकै राख न(नरिसाम है सिस आन्टि त पुन्टेदाको मेरो त  सिस नै हो )  


 
Posted on 12-12-07 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  यो मैले मेरो मिस ले भनेको भएर मात्रै राखेको हो है पून्टे छोरा,

नाता लाउन त सिपालु र छौ, अनी त्यसरी कपाल नै खुयिलिने बेला सम्मा केकुरिरा त, अझ अर्को चोटि बिहे गरे भने रे----मर्लान छोरा नाती ले, होस गरेस है बा


 
Posted on 12-12-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी पून्टे म कुन आधार ले तिम्रो आन्टी नि भनन, यो नाता त मलाई छुट्टाउनै गाह्रो पर्‍यो, नभनन बा त्यसरी, आफुलाई त चोट पो पर्‍यो 
 
Posted on 12-12-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी , दीपीका अन्टी, आम्मै हो पून्ते हेहेहेहेहेहे, कि पून्टे हो? नारी जाती मिलेर चुट्लान नि फेरी होस् पुराए। फेरी दोस्रो बिहेमा सोल पनि फिर्ता नहोला नि है बिचार् गरे,

I was just kidding man, Esp sali nanis are pretty bad duirng the  wedding day, they act as if they are ready to go along with Didi ...                                                


 
Posted on 12-12-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika ji,

I really liked ur article. The most interesting thing i found is that "dui din ta k lagaune sochdaima bityo, baki dui din socheko luga kindaima." As u r a girl and u didn't hesitate to say this things. I am not criticizing girls, but its their nature that they mainly focus in the outlooks. By the way, where is this incident happened, Let it be knon if it can be said.


 
Posted on 12-12-07 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका, भन्दा भन्दा त्यो माथिको पोष्टर नि 'मिस ले भनेर लेखेको हो' चै नभन्नु है सिस
 
Posted on 12-12-07 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Premi, thank you very much for the comments. That was happened in my thulo baba's house
 
Posted on 12-12-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन होइन मिस, कमेन्ट त आँफैले लेखेको, तर फेरी पून्टे दाइलाई मन नपर्ने हो कि भनेर मेटाकी थे, अब हजुर ले फेरी राख्नुस् एक्चोट भनेर मात्रा राखेकी तर मेटाउने भए पनि मेटाइदिउला केही छैन

 
Posted on 12-12-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika was that for real , I thought it was just your imagination


 
Posted on 12-12-07 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry hai miss, confusion badi bayo yo sab poonte daile gardaa ho
 
Posted on 12-12-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो तेस्तो पो र'च? LOL

अब मेरो कुरो चैं यस्तो: एक जमाना थ्यो, "ब्रो" भन्थे; अनि "दाई" भन्न थाले, अब त "अंकल"! अन्खेरुन्, चिनजान भ'काहुरलाई त जे हो तेई भन्नै परो, चिनजान नभ'काहुरलाई चैं मौकामा चौका दाउँ हानेर, आफूले ऊ बेलाँ अरुलाई "आन्टी/अंकल" भन्ने जमाना सम्झंदै आफैंलाई आश्वासन दिने के!

च्वास्सै परेछ त नि दिपिकालाई। लु त, दिपिका नानी!


 
Posted on 12-12-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyperthread-- that incident was real ...oh i still laugh when i think about that shoes
Last edited: 12-Dec-07 06:43 PM

 
Posted on 12-12-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सरि नै त भन्नु पर्ने केहि थिएन :)
हो हो पुन्टेदाले   अझ भनुम भने   हजुरको त छोराले नै गर्दा हो   

हत्तेरि !! अब म चुप लागे :)


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters