[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 137951 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 09-20-05 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास त के भनी ताछ्नी, मठार्नी आदि काममा खेमे हामी भन्दा जाद्रै सिपालु थियो केरे, तेसका बालाई सबैले
गाममा पुनि आरे कर्मी भन्थे । आरो लगाउने, काठको काम अर्नी सिकर्मी भएर आरे कर्मी भनेको के । चईनी
गाम मा धेरैका हलो, जुवा, मदानि (मोही पार्नै stirrer) पुनि आरे कर्मीले जो हो केरे बनाम्नी । छोरो खेमे तेसै
पुनि सिपालु हुनी भओ केरे, आफ्ना बालाई कहिलेकाही आरो तान्न साथी दिदा दिदै । तर म (र नमे पुनि)
भनी पछि गएर ईन्जिनेयार हुन पर्च भनेर यस्ता घर सर बनाम्नी कुरामा अलिक बेसी नै चाख दिन्थेम केरे ।
अनि यो चर्खे पिङ हाल्नी बेलाँ पुनि मेरो काम चईनी कुन दार, कुन रुख, कुन बुटो काट्न पर्च, तेही छान्नी
भनेर हो केरे । खास कुरो त के भनी अब मुल डाँडीले जो हो केरे सप्पै धान्नी, मुन्छेको भारी, मच्चिँदा खेरिको
जोड, तोड सप्पै । भनेसि मुल डाँडीको काठ चईनी चाम्रो र दोब्रिनी खाले हुन पर्च के, जस्तो सालको, चिलाउनी,
खनियाको पुनि हुन्च केरे, खयरको पुनि फेदै बाट काटे हुन्च केरे । तर चईनी झुरो काठ जस्तो सिसौको, सिरिस,
अपुर थोक खमारी, कुटमेरो, दब्दय आदि को हाल्यो भनी बलियो मत्रै भएर हुन्न केरे, भाँच्चियो भनी थाहै नदिई
झ-याम्मै भाँचिनी केरे, अब पिङमा त कथम भाँचिए पुनि बिस्तारै नुहेर, बाङ्गिएर, सबैलाई थाहा हुनी गरी बिग्रनी
चाम्रो काठ चाईनी केरे । खेमेका तेस्ता बुद्धि कहाँ पाई, उसले त सुर परे कटुसको हाँगो पुनि काटेर ताछ्न सक्छ
केरे, तेसो भएर पुनि हो के हामी पुनि सँगै गाको ।

कुरा पुनि कता कता पुगेछ । जमुनिले चईनी पहिला कति बजो भनेर सोधि केरे, त्याँसी मैले उसलाई हेरेसि
त चईनी येसो गाला कन्याए जस्तो अरेर हातले त चईनी यतै बस भनेर ईसारा अरि केरे । मलाई पुनि क्यारम
क्यारम भओ । हाम्रो टोलीमा मेरो भन्दा ठ्याक्क अगाडि दादा थिए केरे, त्याँसी मैले "ईऽऽऽऽ सिमा खानी चप्पलको
तुनो फुत्क्यो कि चुडियो यार, मेरो त , ए फुत्केको रैच, म बनाएर आम्दै अर्चु है " भनेर कराएँ । दादाले येसो
पछिल्तिर फर्केर हेरेका मत्रै के थिए, मैले आँखा झिम्काएर ईसारा अरें केरे, दादाले कुरो बुझि हाले, अनि "ल ल
हामी हिंड्दै अर्चम, तिमी आम्दै अर न त " भने । मलाई त तेति भएसि पुगि हालो केरे ।

त्याँसी नजिकै पुगेसि त जमुनिले त क्यार्छे भनी तो गाईकाँडो (काँगियो जस्तै परेको सबैतिर काँडा निस्केको काँडो,
गाई-गोरुको पुच्छरमा प-यो भने पुच्छरको रौं काँगियोले कोरे जस्तै सलक्क बनाईदिन्छ) को झ्याङ्ग बाट एउटा
गाईकाँडो टिपी, अनि म नजिकै पुग्नी बित्तिकै त जमुनिले "हेर, कपाल पुनि नकोरेका बाई, सके दुईटै अर्न पर्च,
नत्र कि नुहाम्न पर्च, कि कपाल सम्म त कोर्न पर्च " भनेर मेरा टाउकाँ गाईकाँडो धसार्न लागि केरे, मलाई नि
काँडाले कोतरेसि त बेस्सरी जो दुख्न लागो र मैले नि तेसलाई जीउभरि कता कता भुँडीतिर, पेटतिर, मास्थिर पुनि
काउकुति लाईदें, अनि त्याँसी बल्ल हाम्रो चईनी सामान्य भलाकुसारी सुरु भओ केरे ।
 
Posted on 09-20-05 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमुनिले त्याँसी "साँच्चै सिरे, तिम्रा कपालाँ त चाँया परेच बाई, येसो के छोईदेकी थिएँ, येस्तो हुरहुरी सेतै
निस्को केरे, कि तोरिको पीनाले कि मोहीले नुहाम्नी अर, जान्च " भनी । मैले नि "हुन्च, आजभोलि जो अरम्ला "
भने केरे । तेस पछिजमुनिले टिपेका ऐसेलु खाईयो, दुईटै बसेर । के खाईयो भन्नु र, मैले मत्रै जो खाएँ, उसले
मलाई जो भनेर टिपिदिएकी अरे, उसले आफूले त खासै खाईन ।

त्याँसी मैले पिङ हाल्नी कुरो भने, अनि म चईनी खास मुल डाँडीको लागि काठ छान्न भनेर आको हो, म नभई
उता कामै सर्दैन भनेसि "अब ऐसेलु खाई हालेउ केरे, पेट भोरि हालेउ केरे, अनि अब भाग्नलाई, मबाट अब
छुट्टिनलाई बहाना चाहिएको थियो, अब तेसैले पिङ बनाम्न परो, हैन ? के हुनी होलान यी केटा मुन्छेका मनाँ,
खान, पेट भोर्न र रमाईलो अर्नी बाहेक अरु कुरा केही पुनि नबुझ्नी । हैन हामी आईमाई मुन्छेको ज्यान भित्रको
मन हुनी ठाममा पुनि मनको साटो तिमेरु केटा मुन्छेको त आर्को भुँडी जो हुन्छ कि क्या हो, मेरो मनले कुरा अर्दा
तिम्रो भुँडीले कुरा अर्च कि के हो ? " भन्न थाली केरे । मैले येसो मुखाँ हेरेको त चईनी मलाई जो टोलाएर हेरेकी
रैच, त्याँसी म पुनि फेरि पुनि सुरिएँ र जमुनिका चईनी हात समातें, दुईटै जो । जनैले खानी, सत्ते ल, कस्सम ल,
आजसम्म आईमाईका हात कहिले समातेको थिईन केरे, आज त जमुनिका कुराले के भओ, के भओ ।

मैले अनि "तेरो जति चईनी केरे मेरो पुनि त होला नि मन, मन हुनी भएर त हो नि हामीलाई मन्छे भनेको, नत्र
त बाँदर जस्तै त देखिन्छम केरे नि हामी पुनि । तर चईनी केरे घरबार, समाज सप्पै सोंच्न पर्च केरे, एक्कासी
आत्तिएर पुनि हुन्न केरे, मैले पुनि त हेर जमुनि तँलाई जत्तिको कसलाई पो रुचाएको छु र, तेसो भा सि अब हाम्रो
चईनी आपसमा कुरो खुलो केरे, अब त येस्तो मयाँ-पिरिमको कुरो हल्ला अर्न पुनि हुन्न के धेरै, अब चईनी मैले
पुनि त तेरो कत्ति कुरा अर्थे केरे नि, दादालाई सोध त" भनेर फकाएँ एक छिन । केटी त लट्ठ परि केरे । त्याँसी
अझ २-४ मिनेट तेस्तै मयाँ-पिरिमका जो कुरा अरेम । त्याँसी "अब आज जो पिङ हालेर सक्काम्छम केरे, अनि तैले
चईनी भोलि पिङ खेल्न आईज, तँ र म दुबै जाना खेलम्ला नि त, बरु तो पिङ को डाँडी चिप्लो पार्नलाई जति
सको धेरै तरुलका पात (गाँउलेहरुले पिङमा राख्ने लोकल lubricant) लेर आईज है " भनें । जमुनिले मुन्टो हल्लाई,
बिदा दिई केरे ।

त्याँसी अब केटाहुरलाई खोज्न परो भनेर दगुर्न थाले म पुनि । चईनी उ तेता पट्टि ट्वाक-ट्वाक आवाज त
आको छ, काठफोरे चरो हो कि खेमेले कटुसको हाँगो जो गिंड्न लागो कुन्नि । हुन त दादा तेही जो छन केरे, तेस्तो साह्रै
मुर्ख काम जो त के अर्न देलान र । जे होस, बथान खोज्न परो, कता गएचन कुन्नि ।

keep rolling...

 
Posted on 09-20-05 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

that's all chamatkar of dada's chhimeki japanese.... rather, it's supposed to be romantic. how come it's darlagdo for you???>>>>>
gaalab , hmm it depends on each and every person hoina?
"beuaty lies in eyes of beholder " u find it romantic..i find white chautari darlagdo .....especially when its night.
green chautari would be more romantic and natural thn white one hoina ra? just a thout.

baru dada ko taha taha lageko dashain ko jun sounds romantic:)


ruina nani story sundai chu..

~*ruIna*~
 
Posted on 09-20-05 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautaari ma ta daro katha po jamya recha babai. Lau hai ma pani aaye, chautari ma katha sunna lai.
kaam ley fursaad huney nai hoina bhanya. Yo katcha chai kata bata kata gayo kata gayo mailey chai thamyaaunai sakina. Khai ktahur ley ta ping halda haldai katha sakaula jasta chaan.

a sirey, k jamuni lai chodera, bathaan khojna gaako, khurukka tehi nabasera ekchin. Aba dada aghi chadai cha. dada ley kuro milaai haalcha ni. Teti ley pani pugena bhaney, ma pani yeso ek dui haat saghai dimla kerey.


 
Posted on 09-20-05 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय ९

दमैको राजू भने माथ्लोबाटो पसिना काढ्दै दौँडिँदै थियो, सिरे बुढो सल्लोको फेदनिर पुग्दा। सिरेको कपाल बिहान बिहान लरक्क परेको थियो भुने तलबाट जमुनीले एक टकले हेरिरहेकी थिई, मानौँ आफूसित छुट्टिएको बाच्छीलाई गाइळे हेर्दैछ। राजुले बा कुरा बुझेर हो बा नबुझेर हो कुन्नि। "त्यो खेमले बिहान उठाउन आउँछु भन्दै थियो, आएनछ। म त भुसुक्कै निदाएर पिताजीले एक्कासी "हैन तँ कोसित हो वन जानी कुरा गर्दै थिइस् जान्नस?" भन्दा पो ब्युँझे त!" भन्दै हातको खुर्पाको उल्टोतिरबाट बुढो सल्लोलाई ड्यागं हान्यो। राजुले हजुरबालाई पिताजी भन्थ्यो के, बुवालाई भने बाबा भन्छ, केटाकेटीदेखि त्यही बानी लागेछ छुटाउनै सकेको छैन बरा। हुन त छुटाउने प्रयास गरे जस्तो पनि लाग्दैन। बुढो सल्लाको टुप्पोबाट २,४ वटा हुटिटागं पनि उडे, राजुको आवाजले होला।

***
"त्यो सिरेलाई पिगं खेल्न दिनी हैन भै हो।" जिवनले चित्त बुझ्दो बाहाँ फेला नपरेको रीस सिरेसित पोख्दै खेमसित जर्किँदै थियो।
"आम्छ आम्छ तेसका चप्पल फत्किराख्छन् के।" उता खेम भने कटुसकै रुखमुनि छ बा। कटुसको हाँगा काट्न त हैन नि फेरि भदौरे कटुस खानलाई के। तेसको कामै त्यही हो वनमा छिरेसी, घरतिर मात्रै गफ हुन्। अरुलाई भने काममा लगाउने आफुले कटुस खाएर बस्नी त तेसको बानी नै हो के। माउते न ठहरियो।
***
खसखस खसखस पतिगंरको आवाज आयो। सबैजना सतर्क भएर सुने। "सिरे आयो कि।" खेमले संका व्यक्त ग-यो। एकछिन त सबै डराए कता भालु आयो भनेर। "ए सिरे!" जवाफै छैन।
केटाहरुको सातो पुत्लो गएछ। खेम त जिवनतिर पो टाँसिन पुग्छ बा माउते रे तेस्ता पनि। जम्मै एकै ठामाम गुजुल्टो पर्दै थिए। राजु माथिबाट झ्वाम्म हाम्फालेर सातो टिप्यो।
तर सिरे खै?
फेरि चप्पल फुत्केछ कि क्या हो? तर राजु आएसी सबैजना खुशी भे। सिरेको कन्तो खन्नी जिवन पनि खुशी छ बा।

 
Posted on 09-20-05 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
माड्दै अरम, गुल्ट्याम्दै अरम है, यो साता भोरि चईनी अब सिरेका चप्लीका तुना बन्लान झैं छैनन केरे, अड्डा तिरा 'ट जाद्रै जो तामेली अरि राका छन केरे, क्यारम ।

माड्दै अरम, गुल्ट्याम्दै अरम (Keep rolling) ...


 
Posted on 09-20-05 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो यहाँ त दशैं सुरु भै सकेछ त !!
ल बधाइ छ , थपौं थपौं ल , ताल मिलाऊँ !!
 
Posted on 09-20-05 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey guysss
howz nouveau chautari going??? ;)
 
Posted on 09-20-05 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jamuni,
nous sommes bien
keep rolling...
 
Posted on 09-20-05 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

das goooooooooooooddddddddddddddd(y)
 
Posted on 09-20-05 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय १०
-------------------------
केटाहरुले अच्छा पिङ हाल्ने भए , आफु त त्यस बेला टारिआं शेस पैतालिस पाकेर भित्राउनै हैरान।
अब पिङको बाया लिन जान्चू भनेको त हो नि, बा जङ्गिएर क्यार्नि । म त जान देलान भनेको
त 'तलाइ साइदूवा तलाइ काट्टो खान पर्दैन ? अब यो बुढो हड्डिलाइ घोटेर त चै बन जा पो भन्चन'।
अनि त कामि सेतेले उदाको कराउते आंसि लिएर लागे नि ओरालो सुरौदी खोलातिर ।
बल्ल धानको काट्टो लाउनु पनि काटेर सकियो , यसो साझा पख पिङ तिर जान्चु भनेको त
आमा कारउन थालिन ' त्यो भैसि तेरो सम्दिले दुउन्च ? पिङ गए ढिङ ल्याउच , रोदि
गए एउटि ल्याउच, जान पर्दैन त्या ' भो अब के भन्लान दादा, सिरे, खेमेहरु ले ।
यसो स्वार तिर जान्चु भनेर टाप दिए छापाको चौतारो तिर । के गएर उभिइको थेइ गाइपानि
मिने त २ रुपैया ले पो भन्च । हैन यो बस पार्कको मेला हो कि क्या हो भनेको त मिलि नमिले
अङ्गरेजो पो बोल् च । ' u money give. why no give. i say give
and u give. no give no play ping. u money no give me.
khem give money.' अब दिन भर रोटेपानि टारिमा धान काटेर आको तेइ कट्टु
लार आको थिए यसो खोल्ति छामेको त धानका गेडा मात्रै भेटिए, कता भेट्नु नि २ रुपिया।
मिने त टस को मस हुदैन गाठे । फेरि भर्रखर लाउर ट छुट्टिमा आको के जोरि खोज्नु
म त चुप्प लार उभिए। you money give give. today no work
and no money give. मलाइ त हातै हाल्च जस्तो पो गर्च । खास कुरा के रच भने
मुल डाडि ल्याउदा राति परेच । अध्यारो मा क्यार्नि , छोड्न पनि भएन दशै आइसक्कयो
, हाता लाइट छैन अनि खेमेले आफ्नो भुक्के चप्पल बालेच र बल्ल बल्ल चौतारां ल्याचन् ।
सपैले पैसा उठाएर खेमेलाइ दिने भनेर मिनेले जिम्मा लेको रच । अलि अलि बिजुलि पानि
चढाको, मोरोलाइ करेन्ट बेसरि लागेच तेहि भर म सं जङेको रच । भोलि देला नि त ,
खैनि को हात पुछेर पिच्च थुक्दै खेमे आइपुग्यो । मिने किन मान्थ्यो भन्न थाल्यो he money
but no give. he clever. मलाइ बाघले झम्टला जस्तो पो अर्च गाठे ।
यसो आखा घुमाएं कसैले मद्दत अर्च कि भनेर । अलि उता पाखुरिको बुटमुनि सिरि धुर्सेलिको छेल
परेर जमुनि सं पिरति गास्दै र च ,यता हेर्न के को फुर्सत । यसै त दिउसो भरि काम अरेर थाकेको,
झन यो मिनेले अर्दा मेरो त HOUSTON 60 टिसर्ट पसिनाले भिजेर निथ्रुक्क भको थियो ।
सुइअ अर्दै आकासतिर हेरे , जुन टह टह लागेका थिए । शान्त आकाश, अलि अलि बादलका
धर्सा , तेस्सिमा मिनेले फरि झस्कायो 'give 2 ruppes. no money no go.'
हैत्तेरि यो मिनेले के खोजेको हो, झन सन्किए झै मच्चिएको मच्चिएइ पो अर्च ।
झन कराउन थाल्यो मिने 'no money i kill you'. म त सोच्दै थिइ यो नाथे
२ रुपायाले ज्यानै जाने हो कि क्या हो । त्यो खेमे खैनि थुक्दै टवाल्ल परेर पो हेरच गाठे।
यतिकैमा दादा आइपुगे , थाहा पाइ सकेचन केरे गाठिं कुरो , के खोजेको ह तैले भनेर
मिने सं कराउन थाले । मिने उल्टै दादा सं कराउन थाल्यो 'you friend money
you give.no money i kill you.'साला यो २ रुपायाले कतिको
ज्यान जाने हो, मेरो त दिमाग नै घुम्यो । यतिकै मा राजु पपि च्यापेर आइपुग्यो ।
तेस्ले पनि कुरा थाहा पाच केरे,
भन्न थाल्यो 'आइजा मु* सिङगल खेल्न । जाड खार यो बिचरो नमेलाइ जे पाए तेइ अर्चस,
तेरो बाउको गाम हो यो , राजुले एक मुक्का दिइहाल्यो मिनेलाइ । यतिकैमा सिरे पनि आइपुग्यो।
अनि दादा, सिरे, खेमे भएर मिनेलाइ समाए । त्यत्रो हल्ला एकै छिनमा सामसुम भो ,
पपि को आबाज मात्र सुनियो। पपि मिने तिर फर्केर भुक्दै थियो ।
--------------------------------------------
यो अध्याय १० सत्य घटनामा आधारित छ
 
Posted on 09-20-05 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्थान: छापाको चौतारो - २०५३
 
Posted on 09-21-05 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, हँसायौ। साह्रै घत लाग्दो छ। सबैले सकेसम्म सत्य घटनमा आधारित ळेख्ने है त।
अब कसको पालो हो?
------------------------------------------------------------------------

 
Posted on 09-21-05 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेले नेपेलाई पनि कथाको श्रृङ्खलामा घुसाउनु भएछ । मैले पनि एक घान कथा हाल्न पाए हुन्थ्यो भन्ने लागेको हो । परन्तु, सिरे, दादा र नमेज्यूहरुको ग्रामिण जीवनको जति समृद्ध सामान्य ज्ञान छ, त्यसको शतांश पनि आफुसंग नभा' हुनाले आँट आएन यति सुन्दर धारावाहिकमा घुसेर स्वादै पातलो गरिदिन ।

अचेल केहि साझा ईतर व्यस्तता भए पनि, यो धागोलाई मात्रै हेर्न पनि पस्छु साझा भित्र ।

युनिकोड नेपाली र सिरे-दादा-नमे-भउते को प्रवेश पछि स्थानिय नेपाली ग्रामिण जीवनले जुन समृद्ध प्रस्तुति पाएको छ साझामा, त्यो अभुतपूर्व छ । संभवत: यो अहिले साझाको मुख्य आकर्षण हो । निर्विवाद, मनोरंजक र ज्ञानवर्धक । अरु के चाहियो र ?

 
Posted on 09-21-05 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजी, मन भएसि त पुगि हालो केरे नि, अपुर त जे छ, मनैले ल्याम्नी जो त हो नि । चईनी जमुनिलाई मैले भनेको डाईलग हो कि भाईलग फेरि दोहो-याम्छु है त,
"...मन हुनी भएर त हो नि हामीलाई मन्छे भनेको, नत्र त बाँदर जस्तै त देखिन्छम केरे नि हामी पुनि..."
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^


दादालाई, नमेलाई थाहा होला, यो गीत कहाँबाट सम्झन पुगिइच, पुरा आम्दैन, तपैहुरलाई आम्दो हो कि ,

चरी बस्यो निरीमाया रुखैको डालीमा
(???भूईंमा छौ कि निरीमाया??????खेतैको आलीमा)
भेटै नहुनी
खोला पारि निरीमाया
वारि म रुनी


keep rolling...



 
Posted on 09-21-05 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-21-05 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
त्यो गीतको lyrics केर्नुस न । जिब्रोमै झुन्डियो भनेको ।

keep rolling...
 
Posted on 09-21-05 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चरी बस्यो निरीमाया खेतैको आलिमा
भूईंमा छौ कि निरीमाया रुखैको डालीमा
भेटै नहुनी
खोला पारि निरीमाया
वारि म रुनी

आज भोलि निरिमया के हुन्छ के हुन्छ
वनमा न्याउली निरिमया कराउँदा मन रुन्छ
भेटै नहुनी
खोला पारि निरीमाया
वारि म रुनी

 
Posted on 09-21-05 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादालाई धेरै धेरै धन्नेवाद अरें है।

अब यसरी गाम्न पर्ला :
....
भेटै नहुनी
खोला पारि जमुनी
वारि म रुनी ;)

keep rolling...


 
Posted on 09-22-05 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइने केरे के भन्?छ इङलिस मुन्?छे लाइ , कसरि आयो यो गित इङलिस मुन्?छे लाई
जे होस राम्रो गाना बजामनुहोस है ।।।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters