[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 त्यो के थियो?

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE: <<  1 2 3  
[VIEWED 45024 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 08-05-15 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 


भाग- १

कलेजको पहिलो दिन, सबै नया अनुहारहरु, नयाँ उत्साह र आशाले मैले प्यारो लास्ट् बेन्च रोजे। मेरो सबै साथीहरु अरु बिषय पढ्न गएका थिए र मैले मात्रै साहित्य रोजेकी थे। मेरो अगाडी एक युबक थ्यो, उसले कलम बिर्सेछ, मैले जगेडा रहेको कलम दिए। "धन्यबाद" दिदै उसले परिचय गर्यो "जीबन!" एकैछिनपछि मेरो दाँयापट्टि एउटी केटी बस्न आइ, उसले मलाइ हेर्न नपाउदै क्लासभित्र सर आउनु भयो।

"सर!" हेर्दा "किताब" पढाउने सर जस्तो थिएन। यदि सर कुनै बेन्चमा बस्नु भयो भने हामी जस्तै बिध्यार्थी जस्तो देखिन्थ्यो। सानो कद, सानो ज्यान, ढुङ्गा जस्तो अनुहार। कतैबाट त्यो मान्छे सर जस्तो लाग्दैन थ्यो। तर उसले कुनै डिग्री लिसकेको थ्यो, उ हामीलाइ पढाउन आएको थ्यो।
"अङ्रेजी साहित्य पढ्नु एउटा प्रेस्टिजको कुरा हो तर पढ्न सक्नु त्यो भन्दा धेरै गार्हो कुरा। यदि तिमीहरु इज्जतको को लागि यो क्लासमा बस्दैछौ भने त्यो भन्दा ठुलो दुख अरु केहि हुन सक्दैन।" सरको पहिलो वाक्य राम्रो लागेन हामीलाई।

सरको रुखो कुरा सुनेर हामी सबैको उत्साहमा बादल छाउन थाल्यो। मेरो दाया बस्ने केटीले मलाइ हेर्दै भनी "कस्तो नकारात्मक मानसिकता! पहिलो दिनमै हतोत्साहि बनाउने कुरा!" मैले उसको कुरालाइ टाउको हल्लाएर मात्र सहमति जनाए।
"मेरो नाम बिभा हो, तिम्रो?"
"मेरी!" मैले सानो स्वरमा भने।
"तिम्रो मन पर्ने लेखक?"
"नेपालि? कि अङ्रेजी?"
"जो भएपनि!"
"मलाइ अहिले मनपर्ने---"
"मलाइ बिपि कोइराला मनपर्छ!"
"मलाइ पनि!"
"गफ गर्नु छ भने क्लासबाहिर गएर मज्जाले गफ गर्ने।" कतै बाट एक्दम कठोर निर्देशन आयो। सबै जना बिभा र मलाइ हेर्न थाले। मेरो मुख रातो भयो। बिभा किताब खोलेर हेरे जस्तो गर्न थाली। मैले टाउको उठाउन सकिन।
"साहित्य गफ होइन, जसलाइ साहित्यमा रुचि छैन, मेरो क्लासमा नबसे राम्रो!" लज्जाबोधको भारीले मलाइ थिचिरह्यो।

घर गएर धेरै सोचे, अब म त्यो बिषय लिदिन। तर के पढ्ने भन्दै मैले छ महिना बिताइ सकेकी थे। मलाइ अरु केहि पढ्न मन लागेन। अहिले पनि मैले पढिन भने मेरो अर्को १ बर्ष खेर जान्छ। म सङै पढेका साथीहरु धमाधम आफ्नो आफ्नो मन पर्ने बिषय लिएर अघि बढिसकेका थिए। मैले निर्णय गरे, जसरी पनि पढ्छु। मेरो पढाइ पढाउने मान्छेमा होइन, म आफुमा भर पर्छ।
भोलिपल्ट क्लास सुरु हुनु अघि बिभा र मेरो कुराकानी भयो।
त्यो सर मान्छे हैन, कुनै हृदय नभएको दानब हो। त्यस्को अनुहार कस्तो डरलाग्दो छ। त्यो सङ मन छैन, त्यसैले कसैको इज्जत गर्दैन। त्यसलाइ कसैले मन पराउदैन। त्यो एक्लै मर्छ, त्यसलाई कसैले माया गर्दैन। त्यसमा धेरै घमन्ड छ। त्यो मान्छेको नाममा कलंक हो। त्यो बौलाहा हो। हामीलाइ पहिलो दिन गरेको गालीको बदलामा हामीले त्यसको नाम राखिदिउ “खुस्केट “, अनि मज्जाले हास्यौ। त्यसलाई सराप्दै हामी धेरै बेरसम्म निस्फिक्रि हास्यौ।

दोस्रो दिन " खुस्केट " ले शुरु गर्यो "एउटा बुढो मान्छे र पुल"। कथा कुनै युद्दको बेलामा युरोपतिरको परिबेशमा हेमिङ्वेले लेखेको थ्यो। युद्दको असर मान्छेलाइ मात्रै हैन जनावरलाइ पनि पर्छ भन्ने मुख्य बिषयबस्तु थियो। तर त्यो बुढो युद्धबाट बच्न कुनै थाहा नभएको ठाउतिर जादैथ्यो, उसलाइ आफ्नो ज्यान भन्दा बढी आफुले जिन्दगी भरी हेरबिचार गरेको परेवा, खसी र बिरालोहरुको पीर लागेको थ्यो। उसले जिन्दगिभरि जानेको भनेकै जनावरहरुको कसरी हेरबिचार गर्ने भन्ने मात्रै थियो। उसलाइ राजनिति के हो थाहा थिएन। उ ७० बर्स भैसक्दा पनि आफ्नो गाउ बाहिर कहि गएको थिएन, कुनै अर्को ठाउ देखेको थिएन। कथाको अन्त्यमा बुढो उठेर हिड्न खोज्छ तर सक्दैन, पछारिएर लड्छ।

"यो कथाको द्वन्द के हो?" खुस्केटले सोध्यो। केहि बिध्यार्थीहरुले आ-आफ्नो जवाफ दिए। म केहि बेर त्यो बुढो मान्छेको बारे सोच्दै बसे, क्लास सकियो। अर्को दिन आयो कुनै अर्को कथा पढियो, त्यो कथाको बारेमा छलफल गरियो। समय बित्दै जाँदा मलाइ खुस्केटसङ प्रश्न सोध्न डर लागेन।
खुस्केट महिनै पिच्छे जाँच लिन्थ्यो। जहिले गार्हो प्रश्न सोध्यो, जहिले मेरो जाँच बिग्रिन्थ्यो। म पास हुन्थे तर राम्रो नम्बर आउथेन। मलाई दिक्क लागिसकेको थ्यो। पास मात्र भएर त्यो सर्टिफिकेटको काम थिएन। मलाई पढाउन मन थियो, त्यसको लागि मैले धेरै नम्बर ल्याउनु पर्थ्यो।
एक्दिन मलाइ अचम्म लाग्यो, मैले प्रश्न गर्नु अघि उ मुस्कायो।

खुस्केटलाइ हाँस्न पनि आउछ? मैले मेरो आफ्नै मनलाइ सोधे। उ मुस्काउदा के नमिलेको के नमिलेको जस्तो लाग्यो मलाइ। तर उसको अनुहारमा बेग्लै चमक देखियो। उसको नजरमा म लास्ट बेन्चमा बसेर हल्ला गर्ने बिधार्थी मात्रै रहिन अब। शायद पहिलो दिनको गल्तीलाइ उसले मलाइ माफ गर्यो। उसले मलाइ उपहार स्वरुप दिएको मुस्कान न्यानो र आत्मिय लाग्यो। तर मैले उसको अनुहार सम्झे, मलाइ दिक्क लाग्यो। कस्तो आकर्षनबिहिन अनुहार। कस्तो उजाड अनि रुखो अनुहार! मैले उसको जिउडाल एकचोटि सरसर्ती नियाले। कस्तो नराम्रो शरीर, सबैतिर गाँठो परेको जस्तो। कुनै मान्छे यति नराम्रो कसरी हुन सक्छ?

"मिस मेरि! अब तिम्रो पालो!"

म झस्के आफ्नै सोचाइ बाट!

"मिस मेरि!" खुस्केट मेरो अगाडि उभिएको थ्यो।

"म?" मेरो नाम मेरि मात्र थ्यो, तर उसले अगाडि मिस पनि थपेको थ्यो।

" मिस मेरी! तिम्रो प्रश्न के हो?" खुस्केट को आखासङ मेरो आखाहरु प्रत्यक्ष जुध्यो, मेरो मुटु जोड जोडले धड्किन थाल्यो।

"सरि! " उसको अनुहारमा उही पारीलो मुस्कान थ्यो।
“तिमी के सोध्न चाहन्छौ?"
“मैले बिर्सें!"

क्लासमा सबै जना हाँसे! खुस्केट पनि हाँस्यो शायद। मैले उसको अनुहार हेर्न सकिन।
मलाई सीता जस्तो धर्ती चिरेर लुक्न पाए हुन्थ्यो जस्तो लाग्यो।

क्रमश:

 
Posted on 08-24-15 10:12 PM     [Snapshot: 3582]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi ThahaChaena,

Tyo Khusket le Miss Mary ko matra haina sabai ko man chore ko Jasto cha, huda huda malai samet katha nasakeko ho ki Bhanne lagna thaleko cha, Yadi Kunai din Miss Mary le Khusket Sanga bhetne mauka pai ra kehi prashnako uttar sajilai pai bhane ma feri arko bhag lekhne prayash garchu. Tara tyo ta bhabisyale bataucha, shayad arko bhag na huna sakcha wa kehi panaharu thapina pani sakcha.
Thanks!
CL
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters