हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी
चौतारी १८४ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म,
दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र
उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।
अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो।
कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '
हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले
हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्!
नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा ! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ !!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's
finest school teachers,
unbeatable students,
mischievous senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internetIMPROV
in Nepali language)
चिप्लेको कुरा काट्या होइन यहाँ । रिट्ठे बज्याले एक चोटि त खबर पठाउनु पर्छ नि पो भनेको । बिराटनगरमा इण्टरनेट न भाको होइन। पहिलो हफ्ता त गिरिजा बाजे परलोक सिधार्नु भाकोले ईन्टरनेट डाउन भनुं ।
धन्यवाद हर्के र बाघे ।
रामे र बौचा फूलमाला किन्न गाकोहोला , फूलमाला त के किन्यो होला, फूलमाया सँग भुल्यो होला, मखुला ??
ठुल्दाइ जान लागेको ले मनै खिन्न भईरहेको छ ..... ल ठुल्दाइ ..... माया नमार्नु होला ..... ३ बजे सम्म अाइरहनु होला ..... मेरो त ठेगान छैन ....... सके सम्म आउनेनै छु ..... त्यो लिमो मा बसेर अन्तिम सर्को तानेर जानु होला .... आबु दाबिमा गएपछी फेरी बात हुने नै छ .......
मेरो नाम मा हप्ताको १-२ चोटि मम खाइदिनुहोला ......
नयाँ बर्षा को आगमन सँगइ नेपाल भित्रिन लाग्नु भएको छ .......... यो नयाँ बर्ष ले तपाईंले चिताएको सबै कुरा पुरावोश ......
लौ हेर चिप्ले मैले पैला नै भनेको नि , फूलमाला किन्न गाको रामे फूलमाया सँगइ भुलेर माला न लिआइ आए छ ।
मनले चिताएको एक थोक छ, नयाँ साल ले पुर्याउन सक्दैन होला। हेरम, गणेशलाई लड्डु, भिमसेनलाई पेडा, माइहरुलाई फलफूल चढाउला क्या रे, जागिर एउटा मिलाई देउ पर्भू भनेर ।।
यहाँको पर्भूले सुन्ने हुन कि हैन थाहा छैन। यशु ख्रिष्ट को मा जाने चलन छैन, नत्र त्यसलाई नि एउटा पेडा चढाइ दिन्थे ।
डेढ घण्टा भैसक्यो कोही आएका छैनन्। ठुल्दाइको त यता उति गर्नु पर्ने होला जान अघि, अरु चाँही कहाँ गए नि? म पनि ठुल्दाइलाई शुभयात्रा भन्न मात्रै आएको।
ठुल्दाइ, शुभयात्रा। साथै केही सुझाव तथा अनुरोध: १) हवाइजहाजको शौचालयमा चिलिम नतान्नुहोला अस्ति मात्रै त्यो कतारीले गरे जस्तो। २) सम्पूर्ण औतारीहरुको तर्फबाट बाउचाको पसलको मम र डर नलागे माछा पनि खाइदिनुहोला। साथै पाटनको होनचाकहाँ पनि जानु होला। ३) होशीयारीपूर्वक बाटो काट्नुहोला। 4) ट्याक्सी चढ्दा रिंगटा लागे मिटरबाट अन्यत्र हेर्नुहोला। ५) मेलम्ची प्रोजेक्टमा चिनेको कोही बाँकी भए आयोजना छिट्टै पूरा गर्न दवाब दिनुहोला। ६) प्रचन्डे, माकुने, गच्छेदार आदिलाई लातका लात हानिदिनुहोला। ७) फोटोहरु टन्न खिच्नुहोला। ८) हामी औतारीहरुलाई खाने, पिउने, हेर्ने, सल्काउने आदि प्रशस्तै कोशेलीहरु ल्याइदिनुहोला। ९) काठमाडौंका अनि ललितपुरका टोल टोल अनि गल्ली गल्लिका साथै डाँडाकाँडा र द्रिश्यहरु र उपत्यका बाहिर जानु भयो भने ती ठाउँहरुलाई पनि चिप्लेढुङ्गाको बार र मौसम अनुसारको जदौ सुनाइदिनुहोला। साथै जदौ भन्नु पहिले एक अन्तरा गीत पनि गाइदिनुहोला।
१०) लास्ट बाट नट लिस्ट: हाजिर गर्दै गर्नुहोला। चौतारी प्रवेश पश्चातको तपाईंको पहिलो नेपाल यात्राको बिवरण सुन्न हामी औतारीहरु सँधै ब्यग्र रुपमा प्रतीक्षा गरिरहेका हुनेछौं।
धन्यवाद चिप्ले सर सर को सुझाव १२ बुंदे सम्झौता जस्तो हुने छैन। अक्षरश: पालना गर्ने कोशीश गर्ने छु ।
सबै चौतारीका औतारिहरुमा धन्यवाद ज्ञापन गर्दै अली छिटो नै कम्पुटर बन्द गर्नु पर्ने अवस्था आएकोले आजको लागि यही लाई अन्तिम पोस्ट बनाएको छु । मौका मिले हावाइ अड्डा छदै छ ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.