crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 असारे फूल र एक जोडी आँखा।

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

crazy
[VIEWED 90317 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 04-28-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM

 
Posted on 05-12-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<नेहा प्रेम गीत हरु सम्झी सम्झी गुन गुनाँउदैथी। >>


आज मौसम बडा बेमान है आज मौसम .......


<<चन्द्रमाले सोधे झैं लाग्यो नेहालाइ।>>


सोल्टी दारु खाएर टुन होला, दीप ले भने झै गणेश थानको गणेश पनि लाग्या बेला बोल्छ । तर यहाँ नशा सागरको छ, कुरा गम्भिर छ


<<तिमी सगरलाइ देख्न सक्छौ?" नेहाको प्रश्न अरु केहि हुन सक्दैनथ्यो।>>
मैने पुछा चाँद से के देखा है कभी मेरे यार से हसिन भन्दै हो ??


पेलुम पेलुम मस्तले पेलुम


 
Posted on 05-13-09 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ज्यु,


बिजी हुनुहुन्छ होला भनी बसी रा त, पाँचौ भाग पनि आइसकेको रहेछ।


नेहाले आफ्नै भुपु सगर जस्तै सगरलाई चन्द्रमा संग पनि दाजिन् तर सगरको नाम अझ सोध्न भ्याइनन्। सगरलाई पाउन ज्यामितीको(सूत्र)  हिसाब पनि गरिन्।


"नेहा = आकाश, आकाश = सगर, नेहा = सगर" अनी चन्द्रमा सँग रमाउदै सगरको बारेमा गुन - गुनाउन थालिन्।
 
ल ठीक छ, धेरै राम्रो छ। आर्थिक मन्दी भए पनि, घरि - घरि भोग लागे पनि खाना खाएर नै लेख्नु होला।  


कालेदाइ       


 
Posted on 05-13-09 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-६


त्यसो भए सगर खोइ त? बर्सौं देखि नेहाको मन मस्तिस्कमा छाएको सगर कता हरायो? के उ चेतन र अबचेतन मनबाट आफैलाइ छलिरहेकी छे? नेहा यो प्रश्नले भयभित भइ, सगर उसको मनको सतहमा डुल्न थाले जस्तो लाग्यो उसलाइ। सगरले कलेज छोडेर अन्तै जानु पर्ने कुरा केहि दिन अघि मात्र भनेको थ्यो उनिहरुलाइ। सगरको बाबा कुनै ठुलो बिकासे संस्थामा काम गर्नु हुन्थ्यो र उहाँको सरुवा भइरहन्थ्यो। जब सगरले अचानक कलेज आउने नसक्ने कुरा बतायो, शुरुमा नेहाले पत्याइन। त्यही कुरालाइ केहि बेर छलफल गरेपछि मात्र उसले थाहा पाइ, सगर उ बाट अब धेरै टाढा जाँदैछ। त्यस दिन उसको मन रोइरह्यो, आँखा रसाइरहे तर मुख जबर्जस्ती मुस्काउने प्रयत्न गर्थ्यो। भन्ने कुराहरु थिएनन्, बास्तबमा भन्ने हो भने उनिहरु बिच प्रेम- सम्बन्ध को बारेमा प्रत्यक्ष केहि पनि कुरा भएको थिएन। मन मनै नेहा सगरलाइ प्रेम गर्न थालेकी थी। सगरले केहि भन्छ कि भन्ने आशा थ्यो उसलाइ। तर अन्तिम दिन पनि सगर खालि झोक्राएर बसि रह्यो, केहि भनेन। बिगतको सम्झनाले फेरि नेहाको आँखामा कालो बादल लाग्यो, ठुलो झरि पर्नु अघि उ उठी र सुटकेश् खोली र महाकबि लक्ष्मी प्रसाद देवकोटाको "मुना मदन" निकाली। किताब लिएर उहि झ्याल निर आइ, हतार हतार पानाहरु पल्टाउन थाली, मुना मदनको बिचमा उसले कलेजदेखि राखेकी "असारे फूल" का अबषेशहरु बाँकी थिए। सुकेर धुलो धुलो भएका ती अबषेशहरु सगरको स्पर्शको प्रतीक थियो। तिनै मायाको प्रतीकलाइ बिस्तारै सुम्सुम्याउन थाली नेहा, आँखाको डिलबाट तातो तातो आँशुका ढिक्काहरु खस्न थाली सकेका थिए। अचानक हावाको एक झोँका कोठा भित्र आयो र उडायो ती अबषेशहरुलाइ कता कता नेहाले कहिले नभेटाउने ठाँउमा। नेहा एकछिन स्तब्ध भइ, आफ्नो सर्बस्व गुमाएको अनुभव भयो उसलाइ। केहि बेर सोचि, भोलि अर्को असारे फूल ल्याँउछे उ बोटबाट, सगरको सम्झनाको चिनो।


बिहानै नेहा उठ्नासाथ गइ असारे फूल टिप्न, बोटमा हाँसीरहेका फूलहरु उसैलाइ स्वागत गर्दैथे। उसले एक झुप्पा झुरुप्प फूलेका फूलहरु टिप्न हात बढाइ, उसको मन फेरि परिबर्तन भयो। किन टिप्नु यी सुन्दर फूलहरु, टिपेपछि ओइलाइहाल्छन्, बरु बोटमै ओइलाउन। त्यसपछि फूलहरुलाइ शुभदिन भन्दै फर्की।


काममा त्यति मन लागेको थिएन त्यो दिन नेहालाइ। राति राम्ररी सुतेकी थिइन, तैपनि जाँगर चलाउनै पर्ने भयो। उसले आफ्नो ठाँउमा पुग्ने बितिकै उहि दिशातिर नजर दौडाइ। हिजोको ठाँउमा अरु कोहि थियो, सगर जस्तो सगर थिएन। मन झन खिस्रिक्क भयो नेहाको। हिजो त्यति राम्रो कुरा गर्ने मान्छे आज चाहि किन नआको होला। काममा झनै ध्यान दिन मन लागेन उसलाइ। कति खेर सारा भेटुँ र मनको कुरा गरु जस्तो भयो नेहालाइ। लन्च ब्रेकमा नेहाले सारालाइ हिजो "सगर जस्तो सगर" सङ भएको सबै कुरा बताइ।


"आज त काम गर्नै मन छैन हेर न।" भन्दै नेहाले मुख बङाएर लामो "हाइ" गरी।


"के हो? रातिभरि उसकै बारेमा कबिता लेख्दै बस्या हो कि के हो?" साराले जिस्काइ।


"ह्या, उ कहाँ छ कहाँ के सम्झिनु सधैं।" नेहाले झुठ बोली।


"म यहीँ छु नि, बिहान पो अर्को अफिसमा गाको थेँ, तिमीले सम्झिन्छौ भन्ने मलाइ थाहा थ्यो।" अचानक "सगर जस्तो सगर" उनिहरु टेबुल नजिकै उभियो।


नेहाले हत्तर न पत्तर चिनाउन थाली दुबैलाइ।


"उ मेरी साथी सारा अनि उ......... " नेहालाइ बल्ल याद आयो उसले "सगर जस्तो सगर" नाम सोधेकी थिइन।


"भन, भन ! के हो मेरो नाम?" सगर जस्तो सगरले पनि उहि बिषय भेट्यो।


"उस्को नाम के नि?" साराले सोधी। नेहा अकमक्क परी।


"सरी, मैले तिम्रो नाम नै सोध्न बिर्सेछु हिजो। तिम्रो नाम के हो?" नेहाले सोधी सगर जस्तो सगर लाइ।


"के म त्यस्तो नराम्रो छु कि मेरो नाम सोध्ने प्रयास पनि गर्दैनन् कोहि कोहि।" नेहालाइ ब्यँग गर्दै सारालाइ सोध्यो सगर जस्तो सगरले।


"हैन, हैन, त्यो कारणले होइन। तिमी सगर जसतो हिस्सी परेको छौ। त्यसैले मलाइ तिम्रो नाम सगर नैं हो जस्तो लाग्छ। जब तिमी हाँस्छौ नि, त्यतिबेला तिम्रो देब्रे गालामा खोपिल्टो पर्छ। त्यो पनि ठ्याक्कै सगर हाँस्दाखेरि देखिएको गालाको खोपिल्टो जस्तो छ।" नेहाले अलि बिस्तारै भनी।


"त्यसोभए भोलि नैं प्लास्टिक सर्जनका जान्छु?" सगर जस्तो सगर गम्भिर भएर भन्यो।


"किन?" सारा र नेहाले एकैचोटि प्रश्न गरे।


"यो मेरो गालामा पर्ने खोपिल्टो पुर्न।" सगर जस्तो सगरले तुरुन्तै उत्तर दियो।


"त्यसो नगर, त्यो खोपिल्टो असाध्यै राम्रो छ। बेकारमा किन पुर्ने?" नेहालाइ सगर जस्तो सगरको कुरा मन परेन।


"तिमी खालि मलाइ सगर सङ मात्र दाँज्छौ त! म सगर होइन।" सगर जस्तो सगर अलि दिक्क भयो।


"मलाइ थाहा छ तिमी सगर होइनौ, मैले त त्यस्तै देखिन्छ मात्रै पो भनेकी।" नेहा पनि गम्भिर भइ।


"ल, ल! तिमीहरुको कुरा जटिल हुन थाल्यो। अब तिम्रो नाम भन न त। अनि सगरको नाम कहिल्यै लिदैंन नेहाले तिम्रो अगाडि।" साराले समस्या समाधान गर्ने जुक्ति दी।


"ल सुन! म तिमीलाइ मात्र भन्छु।" सगर जस्तो सगर साराको कान नजिकै गएर बिस्तारै केहि भन्यो।


"नील!" साराले ठुलो स्वरमा भनी।


"नील होइन होला।" नेहाले टाउको हल्लाइ।


"नील नभए के त?" सगर जस्तो सगर अर्थात नील रिसायो।


"नील जस्तो नील!" नेहाले ठट्टा गरी। सबै जना हाँस्न थाले।


 


 


 

Last edited: 13-May-09 07:54 PM

 
Posted on 05-13-09 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो वान साइडेड लोप त नेहा को - वान साइडेड त भन्नु पर्‍यो नि

सगर ले मन पराको भनेको छैन नि अहिले सम्म,

क्रजी यो भाग पनि मजाले गयो -

तर मलाई निल नै सगर हो कि जस्तो लागिरा छ

तर क्रजीको कथा लाई गेस गर्नै सकिदैन, कता बाट टुइस्ट हुन्छ कथा थाहानै हुँदैन

लास्ट मा गएर के हुन्छ अनुमान गर्नै गाह्रो छ -

ल अरु पनि पेलम पेलम
 
Posted on 05-13-09 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चै लहरे!


यो कथामा लोप पार्दिउ कि ट्र्याजिडि? तिमी भन त।


 
Posted on 05-13-09 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोप पार्देउ न ल

ट्राजेडी परेको कि के पढ्ने -

रमाइलो अन्त नै राम्रो

मान्छे हाँसेको राम्रो लाग्छ मलाई त

ल क्रजी मैले भनिहाले - तर कथा तिम्रो हो दिमाग तिम्रो हो - म त केवल पाठक न परे
 
Posted on 05-14-09 4:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब त, डेली एक पार्ट टास्न थाल्नु भएछ। राम्रो सँग सुत्नु र खानु भएको त छ नि? हप्तामा २ भागको आशामा थिए। धेरै नै पस्केला जस्तो छ।


सगर  जस्तो सगर अब निल जस्तो निल मा परिणत् हुँदैछ।


कथा लेखेर रुवाउने र हसाउने तपाईंकै हातमा छ।          


कालेदाइ


 
Posted on 05-14-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW........    क्रेजी  , कथा  त  दामी  लेख्ने  रहेछ  नि  रमाइलो  छ,,  १-६ एकै  चोटि  पढे
ल ल  अर्को  भाग  पनि  राख   अर्को  भाग  को  प्रतिक्षा    मा


 
Posted on 05-14-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त साह्रै राम्रो लेख्नुभाकोछ तर चाडै चाडै पढ्न पाये त गजब हुन्थ्यो भन्याहो । लेख चै मन्नै पर्छ गजब छ गजब.


नाम पनि crazy love रे कथा नि crazy love राइछ।
 
Posted on 05-14-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेलाइ कस्तो लास्टै छोटो लागेछ। लेख्दा लेख्दै भोक लाग्छ, खाना खाएपछि निद्रा लाग्छ अनि कसरी हुन्छ त लामो लेखाइ।


तिम्रो कथा कहिले सुरु हुन्छ नि?


यो लहरे माकलाइ झन नरिसाउ है भन्या त उल्टो मलाइ के के भन्छ?


लहरीले त्यसै ठिक पार्ने हो र?


अब लहरेलाइ मान्छे हाँसेको मन पर्छ रे। त्यसो भए एउटा जोकर पनि ल्याउनु पर्‍यो कथामा।


गुच्चा चोर ज्यु,


मैले त जोक पो गर्‍या त साँचिक्कै गुच्चा चोर भन्या हो र? मलाइ थाहा छ नि तपाइको नाम मात्र गुच्चा चोर। तपाइ कस्तो भाग्यमानि दिनदिनै फूल को दर्शन गर्न पाउने।


म पनि असारे फूल को फोटो खिच्ने कोशिशमा छु तर मलाइ राम्रो खिच्न आँउदैन।


बैरे,


क्या हो गीत को भन्डारै छ जस्तो छ नि। अनि उता सफल जिन्दगी पनि शुरु भाको रैछ, अब चाहि बैरेको लोप पर्छ जस्तो छ।


प्रेमको नशामा दारु भन्दा पनि कडा असर हुन्छ, त्यसैले त चन्द्रमा पनि बोल्छे, हावाले कानेखुशी गर्छ, आकाशले जिस्काँउछ नि।


कालेदाइ,


म खाना राम्ररी खाँदैछु, निद्रा पनि टन्नै लाग्छ, तर आजकाल कुनि के जाति बुद्धि बङारा भन्ने चिज आइरहेको छ, दिँउसो दुख्दैन र निदाउनु अघि दुख दिन्छ र मात्रै, नत्र त मेरो स्वास्थ्य राम्रो छ।


एक बारको जिन्दगीमा कति रुनु है कालेदाइ? भैगो हाँस्ने प्रयत्न गरौँ है कथासङै।


केलि,


स्वागत, स्वागत! यतिका दिन कता गायब तिमी?
१-६ एकै चोटि पढेकोमा धन्यबाद!


नक्कलि मैया,


हो त ! कथा पनि "पागल- माया" नैं छ भन्या म जस्तै। हे हे हे


प्रतिक्रियाको लागि धन्यबाद!



 


 
Posted on 05-14-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बिगतको सम्झनाले फेरि नेहाको आँखामा कालो बादल लाग्यो, ठुलो झरि पर्नु अघि उ उठी र सुटकेश् खोली र महाकबि लक्ष्मी प्रसाद देवकोटाको "मुना मदन" निकाली>>



म त मुना मदन निकालेर कुनै मिठो कबिता नै पढ्छे भनेको त असारे फूल पो निकाली सोल्टीले


यो नाम भन्न पनि कती गाह्रो भाको हो , सागर नै होला भन्या त निल पो रहेछ लौ न सागर निल भाको हो कि के हो ?


लौ पेलुम पेलुम अझै पेलुम


 
Posted on 05-14-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy ले मलाई जिस्काको हो? मलाई राम्ररी फोटो खिच्न आउन्न । मेरो दुई पैसे phone ले खिचेको त्यो पनि
अर्को भाग पनि पढे। राम्रो छ। पुरै कथा नपढेसम्म कता कता हराएजस्तो हुन्छ। छिटो लेख्नु नि अर्को भाग पनि
गुच्चा चोर्
 
Posted on 05-14-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे,


सागर होइन क्या सगर हो। बैरे पनि न्वारान गर्न सिपालु रैछ। हे हे हे।


गुच्चा चोर ज्यु,


तपाइलाइ मैले जिस्काको छैन है। त्यो फोटो कसरी राख्ने हो? सिकाउनु न।
तपाइंको फोनले खिचेको पनि कस्तो राम्रो आको छ, मेरो यहाँ क्यामेराले खिच्या पनि अध्याँरो छ भन्या, हुन त साँझमा खिचेको मैले।


 
Posted on 05-14-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुच्चा चोर जि लाई क्रजी ले जिस्काएकै भान हुन्छ मलाई त


माछे जिस्काउन त कुब सिपालु छ यो क्रेजी


अनी क्रजी म रिसाएको होइन नि मैले नरिसाइकन तिमीलाई माकनी माकनी पाकनी भनेको हिही


 
Posted on 05-14-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल पागल माया

चाडै कथा सकौन पर्‍यो अफु लाई त्यो सगर नै हो जस्तो लाइसक्यो लौ न पेन किल्लर खाएर भएनी सकौन पर्‍यो क्या।
 
Posted on 05-17-09 3:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ज्यु को क्रेजी लेखाइलाई मान्नु पर्छ। बुद्धी बंगरा सँग - संगै  कथा लेख्ने बुद्धी पनि आए जस्तो छ। क्या झ्वाक लेखाइ।


 


मलाई भने यता पढ्ने फुर्सद पनि नभएर कस्तो भै रा । त्यसै त सप्पै गुरुहरुले कथा कम्पिटेसन गरे झै फटा - फट टास्न थाल्नु भएछ।


 


आफुलाई अफिसको कामले पढ्न नै नभ्याई रा भन्या। प्रायोरिटी त कामलाई दिनु पर्‍यो, नत्र हात मुख जोड्ने कार्यक्रम नै क्यान्सिल होला भन्ने डर। जे होश हामी दुखीहरुलाई यो कथाले मन भुलाएको छ।


 


तपाईलाइ बुद्धी बङराले सताएको रहेछ। एउटा उपाय - डाक्टर् बाट मेडिसिन ल्याए पछी, निदाउनु भन्दा पछी र ब्युझनु भन्दा पहिले पेन किलर खानुस् अनी हेरुं कत्तिको काम गर्छ।


 


कालेदाइ                   


 
Posted on 05-18-09 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-७


"धन्य प्रभु! सगर जस्तो नील भनिन। मलाइ त त्यही भन्ली भन्ने डर थियो।" नीलले नेहालाइ ब्यङ्ग गर्दै भन्यो।


"तिमीलाइ त्यस्तै सुन्न मन छ भने भनि दिन्छु। भनुँ?" नेहाले पनि नीललाइ जिस्काइ।


"तिमीहरु किन एक अर्कालाइ ब्यङ्ग गर्छौ हँ?" साराले दुबैलाइ सोधी। नेहा चुप लागी।


"तिमीलाइ एउटा कुरा थाहा छ सारा?" नील कुनै महत्वपूर्ण कुरा भेटे झैँ जस्तो देखिन्थ्यो।


"के?" सारा उत्सुक भै।


"नेहा हाँस्दा मलाइ एकदम डर लाग्छ नि।" नीलले साँच्चिकै डराएको जस्तो गर्‍यो। नेहा छक्क परेर नीललाइ हेर्न थाली।


"किन डर लाग्छ?" साराले सोधी।


"उसको मुखमा हवाइजहाज पस्ला भनेर। नेहा हाँस्दा कति ठुलो आँ गर्‍या जस्तो देखिन्छ।" नीलले छड्के छड्के नेहालाइ हेर्‍यो। नेहा रिसाइ। सारा हाँस्न थाली।


"तिमी जस्तो कन्जुस हो कि क्या हो? हाँस्दा पनि गाला दुख्ला कि भनेर मुख बन्द गर्ने। हो त, हामी त मन खोलेर हाँस्छौ।" नेहाले तुरुन्तै जवाफ फर्काइ।


"नेहा ! तिमी जस्तो मुस्कानको धनी भाको भए म पनि त्यसै गर्थे। तर के गर्नु आफ्नो भागमा त हाँसो नैं कम छ, बचत गर्दै हाँस्नु पर्छ।" नील अलि गम्भिर देखियो।


"हाँसो कम होइन, तिम्रो मन नैं सानो छ, खुलेर हाँस न। तिमी हाँस्नै डराँउछौ। अनि कसरी हुन्छ त?" नेहा झन के कम थीइ र कुरामा।


"तिमीहरु किन हाजिरजवाफ जस्तो गर्दैछौ? मलाइ बिचमा नपार है। अँ , साँच्चि यो सप्ताहान्तमा तिमी के गर्दैछौ नील?" साराले नेहालाइ भन्दा पहिले नीललाइ सोधी।


"के गर्नु छ र? टी वी हेर्‍यो, कोठा सफा गर्‍यो, लुगा धोयो, त्यस्तो बिषेश केहि छैन। एक्लो मान्छे को के नैं काम हुन्छ र? किन र?" नीलले नेहालाइ हेर्दै सारालाइ सोध्यो।


"हामीहरु यो सप्ताहान्तमा एउटा सानो जमघट गर्दैछौं। यदि तिम्रो फुर्सद छ भने तिमी पनि आउन सक्छौ। सबै साथीहरु रमाइला छन्,म तिम्रो परिचय उनिहरुसङ गरिदिउँला।" साराले नेहालाइ पनि आँखा सन्काइ। नीलले नदेखेको जस्तो गर्‍यो। नेहा गुलाबी भइ।


"हामीहरु भन्नाले, तिमी र नेहा? तिमीहरु सङै बस्छौ?" नीललाइ अलि धेरै बुझ्न मन लाग्यो, नेहाको बारेमा पनि।


"होइन, होइन, हामीहरु भनेको म र मेरो ब्वाइफ्रेन्ड। नेहा एक्लै बस्छे।" नेहाले नीलले बुझ्न चाहेको कुरा बताइ।


"तिमीहरु सबै जोडी जोडी हुन्छौ होला, म मात्र एक्लो हुँदा जोकर त बन्दिन कतै।" नीलको अभिप्राय नेहालाइ बोल्न लगाउनु थियो।


"नेहा पनि आँउदैछे नि। अरु पनि छन् साथीहरु बिजोडी। तिमीलाइ चाहि किन जोडीको पीर पर्‍या नि।" साराले सोधी।


"नेहा आइभने कहाँ एक्लि आँउछे र? सगर पनि आइहाल्छ नि उ सङै। उसको जोडी त सगर नैं हो नि। जतिखेर पनि उसको मुखमा सगर बाहेक अरु केहि झुन्डिदैन जस्तो छ।" नीललाइ नेहालाइ जिस्काउन मज्जा लागिरहेको थ्यो।


"हो त! तिमीलाइ किन पीर पर्‍यो त मेरो?" नेहा रिसाइ हाली।



"कति छिटो रिस उठ्छ यो केटीलाइ भन्या? ल उसो भये म आँउदिन त्यो पार्टीमा।" नीलले अलिकति भाउ खोज्न थाल्यो।


"तिमीहरु दुबै खुरुक्क सात बजे आउने। मलाइ तिमीहरुको घुर्कि सुन्नु छैन। ल अब म हिडेँ।" सारा उठी।


"सारा! म भोली यो अफिस आँउदिन। मेरो उतै मुख्य अफिसमा काम छ। मलाइ तिम्रो घरको ठेगाना देउ न।" नील यो कुरा नेहालाइ सुनाउन चाहन्थ्यो।


"म दिन्छु तिमीलाइ साराको ठेगाना अहिले।"
नेहाले सारालाइ सजिलो पार्न खोजी र नीलसङ केहि एकान्त पनि। साराले कुरा बुझी, उ उनिहरुलाइ छोडेर त्यहाँबाट हिडी।


"यदि म बाटोमा अलमलिएँ भने, कसरी थाहा पाउने साराको घर?" नेहाले खेस्रा कागजमा साराको ठेगाना लेख्दै गर्दा नीलले सोध्यो।


"एक्दम सजिलो छ, म तिमीलाइ बाटोको नक्सा पनि कोरिदिन्छु। ल हेर" भन्दै नेहाले देखाउन थाली।


"नक्सा हेरेर पनि भुँले भने नि। साराको फोन नम्बर त थाहा छैन छैन, तिम्रो पनि थाहा छैन।" नीलले फोन नम्बर लिने बहाना राम्रै बनायो। नेहाले कुरा बुझी।


"हरायौ भने हरायौ। ल, लिउ यो ठेगाना।" नेहाले नीलको चाहनालाइ बेवास्ता गरे झैं गरी।


"म भोली आँउदिन। पर्सि पनि ठेगान छैन, उता अफिसमा पनि काम धेरै छ। के तिमी मलाइ सारा कहाँ नजाउ भन्ने चाहन्छौ?" नीलको आँखामा केहि आशा थियो।


"त्यसो भए साराको नम्बर लिउ। ल टिप त।" नेहाले नम्बर भन्न थाली "दुइ, पाँच, एक---", नील एकोहोरो नेहालाइ हेर्न थाल्यो।


"कस्ति छुच्ची तिमी त!" नीलले जे पर्ला पर्ला भनेरै बोल्यो।


"के रे? छुच्ची रे!" नेहालाइ पनि रिस उठ्यो।


"अनि के त? जाबो फोन नम्बर पनि दिन नहुने? के तिम्रो नम्बर लिएर म तिमीलाइ बेकारमा फोन गर्छु र? बाटोमा हराए भने पो गर्छु भन्या त!" नील पनि नम्बर लिने कोशिशमा लागि परेको थ्यो।


"लिने भए साराको नम्बर लिउ, होइन भने मलाइ धेरै रिस नउठाउ।" नेहा जुरुक्क उठी, साराको ठेगाना लेखेको कागज त्यहीँ छोडी।


"भोलि मलाइ सम्झेर रुने होइन त्यहाँ।" नीलले पनि जाँदै गरेकी नेहालाइ सुनायो।


"तिमी सगर हौ र सम्झेर रुनलाइ?" नेहाले उल्टो क्षेप्यास्त्र प्रहार गरी।


नील नेहालाइ ढोकाबाट ओझेल नहुन्जेल हेरिरह्यो र मुसु मुसु हाँस्यो।


क्रमश:


 


 


 


 


 
Posted on 05-18-09 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<नील नेहालाइ ढोकाबाट ओझेल नहुन्जेल हेरिरह्यो र मुसु मुसु हाँस्यो।>>>

waah, prem ma manche haru bujhe pani kasto nabujhyaa jasto garchan hai... tara kyaa crazy, ali dhilo bho.. katha nai kaaan kaaan pugyaa jasto huncha kyaa esto break bho bhane, kharrrrrraaa janna.... feri agadi ko bhag alikati padhna parcha ani padhi sakya feri padhna ni alchi laagcha kyaaa.. so dhilo nagarum hai.. esai ni bholi naaune bho nil ta.. sara ra nehaa lai bhe pani lera aaunu ni hai...

 
Posted on 05-19-09 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ति छुच्ची !
 
Posted on 05-19-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरेलाइ तह लाउनलाइ त ब्ल्याकबेल्ट वाला लहरी चाहिन्छ। मैले गुच्चा चोरलाइ जिस्काएको हो? तिमी आफैले कुरा बनाको होइन?


माछे भन्या के नि? माछालाइ जिस्काको भन्या हो? ए, गुच्चा चोरलाइ तिमीले माछा भन्या? पख तिमीलाइ गुच्चा चोरले आएर ठिक पार्छ।


म पनि नरिसाइकन "दुर्खा ख्वा:" लहरे भन्छु। हे हे हे।


ओ! नक्कलि मैया,


तिमी सक्कलि कि नक्कलि मैया/ बाबु?


पेन किलरले क्रेजीलाइ छुन्छ कि क्या हो? क्रेजीले पेनलाइ आफै किल गर्छे क्या। हा हा हा।


कालेदाइ,


हेर्नु न! न बुद्धि आयो, न त बङारा नैँ। कानको जरा दुख्या जस्तो छ, म त बुद्धि बङारा आउन लाग्यो भन्ठान्या। अरुहरुले बुद्धि बङारा आँउदा दुख्छ भनेर त्यही सोच्या।


यो जिन्दगीमा बुद्धि नआउने भो कालेदाइ।


तपाँइले भन्या जस्तै गरी मैले पेन किलर खाने योजना बनाँउदैछु, तर सपनमा मात्रै संभव होला है।


ह्या, दाइ पनि कति धेरै काम गर्नु पर्ने, कामको बिचमा ब्रेक लिएर पढ्नु पर्छ नि कथाहरु।


पूरे,


टाइम टाइममा लेखु भन्यो, जिन्दगीको पास गर्न गार्हो जाँचहरु आइरहन्छ। त्यसैले चाहदा चाहदै पनि ठिक समयमा लेख्न सकिन। तर म प्रयास जारी राख्नेछु।


Gogol


long time no see! how have u been?


अनि कस्लाइ छुच्ची भन्या? नेहालाइ हो?



 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters