serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माया प्रेम अनी मेरो लहरी

[Please view other pages to see the rest of the postings. Total posts: 90]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 29708 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 11-13-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

यता सुन त - कसैले बोलायो - मैले वास्ता नै नगरि बसिरहे
सुननssssss भन्या - यो पटक चाँही के भन्न करै लाग्यो। किन किन बोलाएको भन्दै उ तिर लागे, मैसाबको हातमा पर्फिउम को बोटल थियो, यो कस्तो छ भन्दै पर्फिउम मलाई छर्किन थाल्यो। कस्तो केटी को जस्तो रैछ।  केटी को त होनी भनेर हास्न थाली। मैले आँखा तरेर हेरे अनी अर्को तिर लाग्न खोजे - कहाँ जान लागेको एकछिन म सँग बस्न हुँदैन, त्यहाँ कसलाई हेर्न जान लागेको - को छ त्यहा तिम्रो - भनेर कराउन थाली। आफुलाई रिस उठिराथियो - उठेर के गर्ने बोली फुट्दैन - फुट्या भए देखाइदिन्थे नफुटेर पो आपत। पाइन्टको गोजिमा हात राखेर उस्लाई हेरी रहे। भित्र आगो थिए - बाहिर फेरी पानी - जस्ताइ मेरो शरीर र आत्मा को बिचमा भ्याकुम छ थर्मस मा जस्ताइ के। के भन्ने आफुले आफुलाई लाटो भनौ भने पढेलेखेको छु, सबै कुरा बुझ्छु, आनलाइज गर्न सक्छु तर बाठो भनौ भने उसको अगाडि बिना पानी को माछा जस्ताइ, केही गर्न नसक्ने, कुनै डिसिजन नै लिन सक्दिन, खै के हो के हो - यस्तै सोचेर ट्वाल्ल परीराथे - उता बाट आवाज आयो के ट्वाल्ल परेर बसिरा, म कस्तो किउट देखेकी छु है आज, मलाई देखेर फ्ल्याट भा हो भनेर - मैले केही बुझ्नु भन्दा अगाडिनै मेरो टाउको मेरो घाँटी माथि बाट तल माथि गर्न थाल्यो, अनी त यू आर सो किउट भनेर हाँसी  मोरी।   

यो एउटा किनौ है रे भनेर सोध्यो - यो भनेको चाँही पर्फिम। किन चाहियो यो तिमी सँग छ होइन मैले प्रश्न गरे। छन त छ तर यो चाँही लटेस्ट आको के - स्मेल पनि राम्रो छ। फेरी म सँग कुपन पनि छ २०% अफ, - मलाई उसको कुरा चित्त बुझेको थिएन - अब मेरो चित्त न हो बुझे पनि के नबुझे पनि के - काउन्टर मा लगेर राखी - स्क्यान भो २०% छुट पनि पायो - ट्याक्स गरेर ७४.४९ आयो, मैसाब ले टाउको ईशारा गरेर मलाई पैसा तिर्न भनी - मन ले त मानेको थिएन तर हात चाँही पछाडि गोजी सम्म पुगिसकेको थियो, घोटियो, सकियो खल्लास। थ्यांक यू भन्दै सामान उठाइ अनी सँगइ निक्लियौ। तीन चार वटा पसलामा छिरे - एसो हेरियो - दुई तीन घण्टा बिताइयो अनी घर तिर लागियो, सामान को लिस्ट मा अरु केही नि थपिएन। भोक लागिरा थियो - खाना पकाउने कुरा मा फेरी उसको जाँगर हरिप नि - तु तयार हुन्छे, चिया अनी पास्टा तयार भो - चिया खाँदै गर्दा नेपाल जाने सोच बनाएको कुरा उस्लाई भने। उ पनि तुरुन्त तयार भैइ, कहिले एही विन्टर मा हो - कहाँ विन्टर मा हुनु मैले एही दसैं मा जाने कुरा सुनाए। किन जानु पर्‍यो दसैं मा उसको क्लास छ रे - अब प्लानै त्यही थियो त मेरो - धेरै सोच बिचार  गरेपछी बनाएको प्लान हो मेरो। ठुस्की हाली,कराउन त कल्ले रोक्न सक्थ्यो र उस्लाई। एकछिन कराइ - म चुप्प लागेर बसिरहे - थाकेछ कि क्या हो - म सँगइ बसी अनी मेरो अनुहार मा हेरेर - तिमी साचै दसैं मा जाने हो, विन्टर मा नजाने साचै भनी अनी लामो सास तानी अनी टोलाएर भुइमा हेरिरही।।।।।।।   

एकछीन टोलाएर निकै बेर भुइ मा हेरेर बसी - केही बोलिन - मलाई लागिराथ्यो कि तुफान आउनु भन्दा पहिलेको शन्नाटा हो। उसले म तिर पुलुक्क हेरी अनी उठेर गइ कोठामा। दिस कट मि बाइ अ सर्प्राइज। न ऊ कराछ न रिसाको छ न केही भनेको छ। यि कुरा मध्य केही भएको भए म रेडी थिएँ तर अब के गर्ने त सोच्मा परे। छट्पटी भइनैराखेको थियो - यो गर्ने कि त्यो गर्ने सोच्नै सकिन म - मानौ समय टक्क अड्किएको जस्तो। केही सिप लागेन भित्र कोठामा गएँ, नेट चलाऊदै रैछ, उस्कै अगाडि गएर बसे अनी ऊ तर्फ हेरेर के भयो भनेर सोधे। टाउको मात्र हल्लाइ केही भएको छैन भनेर।

टिकट किनेको हो कि किन्न बाँकी छ, प्रश्न ले म झस्कीएँ, हँ के भन्दै --- अँ छैन हेर्दाइ छु, महँगो छ ।
"अनी कहिले जाने त"
"फुलपाती सम्म मा पुग्नु पर्छ"
"अनी फर्किने कहिले त"
"भाइटिका पछी नै होला शायद"
"के शायद भनेको - नफर्किने"
"फर्किने किन नफर्किने, डेट पो कन्फर्म भएको छैन भनेको त"
"अनी छुट्टी मिल्यो त"
"दुइ महिना बाँकी छ, पहिले टिकट मिलाउँ अनी भनुला - एक महिना अगाडि भने भइहाल्छनी"
"दसैं मा नै जानु पर्ने - विन्टर मा जान मिल्दैन"
"जान त किन नमिल्नु - मिल्छ तर चार वोटा दसैं मिस भइसक्यो मेरो - यो समेट गरेर पाँच वोटा हुन्छ, अनी ममी ले नि दसैं मा
भए रमाइलो हुन्छ भन्नु भा छ अनी त्यही भएर"
"अनी मलाई एक्लाई छोडेर जाने त"
"एक महिना त हो नि, सधैं को लागि कहाँ जान लागेको हो त लाटी"
"तैपनी के गरेर बस्ने एक महिना"
"स्कूल छ काम छ - एक महिना त चुट्की मा सकिन्छ"
"भन्न लाई मात्र हो के, कती लामो हुन्छ एक महिना के"
"त्यसोभए नजाउ त"
"होइन जाउ - फेरी पुग्न बितिकै फोन गर है"
"के कुरा गरेको - भक्खर कुरा भएको छ, टिकट किनेको छैन, दुई महिना छ नि बाबा - आजै जान ला हो र"
"एssss है भन्दै हाँसी, तर सो स्याड है म जान पाइदैन, आइ एम गोना मिस यु हनी भन्दै हग गरी।।।।।

क्रमश:  


 
Posted on 11-18-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरा पर्‍या हात  भनिन होला है लहरीले?
 
Posted on 11-18-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटी पनि लास्टै जिरे खुर्सानी रहेछ। निहु मात्र खोज्ने जतिखेर पनि। लहरे को छिप्पिएको हात ले शायद तोरिको फुल नै देख्यो होला बिचरीले। तर लहरे जि, शायद साचो प्रेम को सुरुवात हो कि यो जस्तो लाग्यो मलाई त।
 
Posted on 11-18-08 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोभी लहरेले कुटेरै छोडेछ लास्ट मा ??? कस्तो मान्छे रैछ, बिचरी त्यस्ती स्विट,केयरिङ लहरीलाई..... 


 
Posted on 11-18-08 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई दाई जि,
के गर्नु नि हात को स्वाद चखाइदिएको - पुल्पुल्याउने म भन्दै धेरै पनि गर्नु हुँदैन नि कि कसो - फेरी भाई को सपोर्ट नली चिन्नु न जान्नु को सपोर्ट रे लौ - के गर्न खोज्या ठुल्दाइ - यो चाँही भएन है

बिस्टे जि,
हो भन्या बिस्टे, बिस्टे ले कुरा बुझ्छ, मलाई पनि त्यस्तै लागेको हो के - एस्तो नगरि लाइन मा आउँदैन भनेर - अली अली कन्ट्रोल त गर्नै पर्‍यो। बिस्ट्या सपोर्ट पाएपछी अरु के चाहियो होइन र

सान्नानी जि,
किन बदमाश म, छुच्चा किन नि - केही गरेर भएन त - सम्झाउदा बुझाउदा नभएपछी के गर्ने त - परेको आफुलाई हो - आँट खोजेको उसले हो -

दिपिका जि,
के अतिनै भयो भनेको, अत्ती नै भएर मैले गरेको हो जे गर्नु थियो। लातको मान्छे बातले नमाने पछी। कार्ड मैले नै दिएको हुँ, तर उसले पनि बुझ्नु पर्ने हो नि अहिले धेरै खर्च छ मेरो भनेर अनी आफुलाई त किन्यो किन्यो घरमा समान पठाउन नि मेरै कार्ड घोटेर। मैले मन लागि लागि हानेको हुँ र आँट खोजेको थियो अनी पायो - तिमीलाई राम्रो लागेपनी नराम्रो लागेपनी हान्न चाँही हानिसके मैले - आँट को बारेमा - तिमी यो गर्न सक्छौ कि सक्दैनौ भनेर भन्न चाँही नहुने हो है।
अनी म किन रिसाउने तिमीसँग - देखी हाल्यौ म रिसाएछी के हुन्छ भनेर - अब धेरै रिस उठाउने होइन मलाई रे हिही

जिरा जि,
के भनेको त्यस्तो, एक्स रे - कहाँ एक्स हुनु - अहिले फेरी लहरी ले थाहा पायो भने जिरा लाई ग्राइन्डर मा पिनी दिन्छ अनी थाहा पाउलाउ। अब आफुलाई परे पो थाहा हुन्छ अनी प्रोफेस्नल सोफेस्नल जमै जान्छ तेल लेने।

सि.टी जि,
एस्तो संसार मा धेरै सज्जन पनि बन्नु हुँदैन के पेली हाल्छ - मैले ट्राइ गरेको थिएँ हुँदै भएन के गर्ने। आँट खोज्याथी भेटाइहाली अनी एसरी त माया गाडा हुने हो नि। माया गर्ने ले नहानेर अरुले हान्छ त गाला मा। आँट छ कि छैन भनेर जाँच लिएको सोह्र आना सही कुरा हो ल - फेरी एस्तो जाँच मा पहिलो चोटि नै पास भएन भने फेरी पछी हरेक चोटि फेल हुन्छ क्या - पछी पछी त पास गर्न गाह्रै हुन्छ नि। अनी मलाई फेरी पास भएर नपुग्ने फस हुनु पर्ने त्यही भएर अली बेस्कन लागेछ त्यतिमात्र हो ल।

क्रजी लभ जि,
किरा परेको हात ले - के भनेको तिमीले त्यस्तो एस्तो राम्रो हात लाई - कहिले काही उठ्ने हो के हात पनि - नहान्ने भनेर बसे नि नहुने।

सबैको शत्रु जि,
निहुँ खोज्ने कम्पिटिसन गर्‍यो भने बोर्ड मा आउने स्योर छ ऊ ल - ग्रारेन्टी ल, पानी घाँटी माथी आएपछी के गर्ने त - हिर्काउन त बेस्कन नहुनी हो तर त्यतिबेला के भयो भयो अनी देख्यो होला तोरी सोरी सबै - आवाज चाँही ठुलै आएको थियो है।
अनी प्रेम चाँही साँचो नै हो के, असाँचो प्रेम लाउन जानेको छैन मैले

चेली जि,
स्वीट छ, केरिङ्ग छ तर रिस पनि नाकै को टुप्पोमा छ नि - फेरी उस्काउन नि धेरै हुन्छ र -केही गर्दैन भनेर त उस्काको होला नि फेरी - एस्तो बेला केही गरेन भने पछी आँफैलाई आपत पर्छ भनेर मैले केही गर्नु परेको अनी लोभि किन म -

बाँकी सबै पाठक हरु धन्यवाद।।।।   


 
Posted on 11-18-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली लहरे ले महिला संघको नराम्रो खप्की खानु पर्‍यो। लौ अब देखी म नि भाई को पक्षमा।

 
Posted on 11-19-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ४
 
हात त हाल्दिहाले, अब के गर्ने। मनमा अनेक कुरा खेल्न थाल्यो। के मैले सहि गरे, फेरी हातै हाल्नु पर्ने थिएन कि। एउटा मनले ह्याss ठिकै हो, आँट खोजेको थियो, भेटाइहाल्यो, आज नदेखाएको भए भोजी खोज्ली पर्सी खोज्ली - ठीक हो जस्तो लाग्यो। फेरी अर्को मनले मानिराको थिएन - सम्झाएको मात्र भएपनी हुने थियो कि, गल्ती पो गरे कि मैले। केही सोच्न सकेको थिएन, त्यही बसिरहे। उठेर हिडौ जस्तो पनि लाग्यो, फेरी रिसको झोकमा एसले केही अनर्थ गर्‍यो भने आपत होला भनेर बाहिर नगै बसिरहे।
 
उ रोइरहेकी थिइ, अझै बन्द भएको थिएन, सोचे साह्रै दुख्यो कि क्या हो। फेरी सम्झे मुखमा त केही भएन, चोट पटक लाग्यो कि, पिर पर्न थाल्यो, माया त लाग्छ नि के गर्ने रिस नाकैमा छ अनी पो त टेन्सन हुने। फकाउनु पर्यो भनी सोचे, तर कसरी फकाउने, फेरी फकाउन भनेपछी नआउने मलाई, साह्रै झ्याउ लाग्दो काम पो हो त। गर्नै पर्‍यो नगरि नि सुख छैन। घोप्टो परेर सुतिराकी थिइ ऊ, बिस्तारै एसो टाउको माथि हात राखे, नछोउ मलाई भनेर हात झिकेर फ्याँकिदियो, फेरी ट्राइ गरे, नछोउ मलाई भनेको होइन भनेर जुरुक्क उठी, रातो आँखाले घुरेर हेरिराथी। एसो अनुहार नियालेर हेरे, ओठ फुटेको रैछ, अनुहार मा दाग पनि देखे, के हो भनेर राम्ररी हेरेको त, लौ मार्यो मेरै हात को छाप उसको दाहिने गालामा।
 
निक्कै बेस्कन हिर्काएछु कि क्या हो। उठेर कपास लिएर आएँ, फुटेको ओठ बाट रगत बगेको थियो, त्यही पुछ्न हात बढाएँ, उसले आफ्नो अनुहार मेरो हात बाट पर सारी। रगत छ के - पुछ्नु पर्‍यो भन्दा - हुन देउ के केही छैन, म मरे पछी मात्र तिमीलाई ठीक्क हुन्छ भनेर फेरी गंगा जमुना बगाउन थाली। कस्तो माया लागेर आयो भन्देखिन। ऊ सुक्क सुक्क गर्दै थियो, मैले पहिले रगत पुछे अनी आसुँ, गालामा एसो हात लगाएँ दुखेछ कि क्या हो आया भनेर कराइ, चार औंला मजाले छापेको रैछ। रुन्छे सोरमा, तिमीले मलाई पिटेको है, पापी, दुस्त हान्न पनि कसरी सकेको, दाँत समेत दुखिराछ। मैले सरी है हनी - अनी तिम्रो मुख पनी छुच्ची छ त भनेर भने। हातै हाल्नु पर्ने त कस्तो दुखिराछ भनेर हग गरी अनी फेरी रुन थाली। रोइ रोइ अब देखी म पनि तिमीलाई त्यस्तो भन्दिन, अनि तिमी पनि हात नहाल है - कस्तो दुख्छ थाहा छ तिमीलाई भनेर सुँक्क सुँक्क गर्न थाली।
 
ठिकै छ नि, नरोउ अब धेरै रोयो भने मेकअप बिग्रन्छ के भनेर फलाउन खोजे।  रुने के म त रुने के, कस्तो तरै तारा नै देख्ने गरी हानेको, हात पनि कस्तो हो - यो हात लाई तssssssss। अब देखी हान्दिन ल, अब नरोउ। खै कहाँ दुख्यो खै खै भनेर गाला हेरे - एकछिन है भनेर कपडा लिएर आएर - तातो सास छोडि कपडा गालामा सेकाएँ - आया बिस्तारै गर न - बिस्तारै त गर्दै छु नि। नियोस्पोरिन घाऊ भएको थाउमा लगाइदीएँ। अली क्रीम पनि लगाइदेउ गलामा भनी - अनी क्रीम लगाइदिराथे म - ऊ चाँही केही सोचीराथी। के सोचेरा नि फेरी भनी सोधे। केही होइन जवाफ आइहाल्यो। अनी किन टोलाइरा त - उसले केही होइन भनेर टाउको हल्लाइ।
 
म तिर हेरेर सोधी  "सुनन एउटा कुरा भन्छु माइन्ड नगर ल"
मैले नि के कुरा हो किन माइन्ड गर्नु पर्‍यो भनेर भने।
"त्यो अघी दिएको चेक डिपोजिट नगर ल"
"किन के भो र"
तिमीले त्यो क्यास गर्यौ भने न सँग पैसा नै हुँदैन, अनी फेरी रेन्ट तिर्न बाँकी छ, घरमा पनि अलिक पैसा पठाउछु भनेर सोचेको यो पाली तिमी जाँदा अनी फेरी बिलहरु पनि छ टन्नै तिर्नु पर्ने, है प्लिज एती गरिदेउ न मेरो लागि, म तिमीलाई पछी तिर्छु नि प्रोमिस गड प्रोमिस भनेर भनी। ठिकै छ नि पछी भए पछी, फेरी पैसा छैन भने त्यती धेरै सामान किन किन्नु पर्या त तिमीलाई भनेर सोधे। तिम्रो पैसा पनि मेरो त हो नि भनेर नि भन्दै हाँसी मोरी। हाँसे पछी अली धुक्क भो मलाई, अब ठीक भइ भनेर। अनी मैले नि थपे हुन त हो तर अहिले मेरो पनि खर्च धेरै छ - नेपाल जादै छु - सामान थुप्रै किन्नु पर्छ, टिकेट किनेको तिमीलाई थाहा नै छ, नत्र मैले कहिले तिमीलाई नकिन्देको छु त, तिमीले बुझ्नु पर्ने होइन। त्यो त हो तर मनपर्‍यो भने आफुलाई उठाउनै पर्छ, बानी नै खराब है हनी मेरो भनेर ठुस्स परी।
 
धेरै कुरा भइसक्या थियो, घडी हेरेको ११ बजिसकेछ। ल ल अब सुत्नु पर्छ सुत्ने होइन भनेर सोधे। हुन्छ सुत्ने हो तर पहिले म रेस्टरुम गएर आउछु भनेर उठेर हिडि। चिच्याएर ऊ बाहिर निस्की योमाsssssssssसाssssssssssss।
"के भयो किन चिच्याएको" मैले सोधे
वो मिस्टर लहरे कान्त लाकौल - लूक लूक, हेर यता हेर - यो मेरो गालामा हेर - के हो यो - कस्तरी हानेको नि दागै बस्ने गरी।  अब यो जादैन, किरा परेको हात, अब के गर्ने भनेर कराउन थाली।
फेरी सम्झाउन पर्‍यो - ठीक भइसक्या थियो फेरी कती ठुस्किन सक्छे यो केटी  -
"जान्छ किन नजानु भोली सम्म जान्छ, साचै जान्छ भन्या"
"गएन भने "
"जान्छ भन्या"
"कस्तो पापी हुन्छ केटाहरु - अली बिस्तारै पो हन्नु पर्छ, मनले पनि कसरी मानेको होला"
"तिम्रो मुख नि फेरी, एकछिन चुप लागेर बस्न नसक्ने - कस्तो छुच्चो नि फेरी", मैले पनि तर्क लगाएँ
"अनी हानै पर्छ त - भएभरको बल लगएर त हानेको होला -"
"लातको मान्छे बात ले माने पो त"
"के रे के रे - हेर यो दाग गएन भने म छोड्डिन तिमीलाई, यता उती हेर्यो केही भेटाएन अनी फेरी म पनि हान्ने खै गाला थाप - हान्ने के" भन्दै जाइलागी
"फेरी करायो - गएन भने प्लास्टिक सर्जरी गर्ने गरौला हुन्न मुँया" भनेर जिस्किए
"अँ गर्छ सर्जरी ओर्जरी - एस्तो राम्रो अनुहारमा - कस्तो नहुने मान्छे है तिमी - कस्तो रिस उठिराछ भन्देखिन - एकचोटी लामी सास तानी, देह्रे आँखाले एकछिन हेरी अनी खोइ उता जाउ मेरो ठाउँ छोड् भनेर सिरक तानेर पल्टि। सुत्नु पर्‍यो, बत्ती निभाउ भनेर अडर दिइ। एसो सम्झाउ कि भनेर बिचार गेरे - अहँ अहिले समय ठीक छैन भोली कुरा गरौला भनेर सोचे अनी बत्ती निभाएँ।।।।।।
 
क्रमश:     

 
Posted on 11-19-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा गज्जब को गएछ। केटीहरु लाई धेरै पुल्पुल्याउनु नि हुँदैन। तर केटी मान्छे माथि हात चै नहाल यार।

 
Posted on 11-19-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को चर्तिकला वाह रे वाह! डाम नि बस्ने गरी हान्नु त नहुने हो । कीरा पर्‍या......................... ।

भाषामा, शैली मा , प्रस्तुतिकरणमा अग्रगामी छलाङ छ लहरे । माथि राख्दै गर्नु (keep it up)।


 
Posted on 11-19-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे कथा गज्जब जादै छ , कथा मात्रै त होनी साच्चिक्कै घटनामा आधारित त हैन नि हैन ।
 
Posted on 11-19-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hera hera kutna pani damai basne gari po kuteko???

Domestic violence garne ho? 911 ma phone gardim?

 
Posted on 11-19-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The story is intresting and very similar to mine. The only difference between the character of this story and the character in my real life is; language. The character in my story talks in hindi & english.

Anyway I enjoyed a lot reading this story, thinking that I am not only person that suffer from this kind of situation.


 
Posted on 11-19-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तै हो केटी हरु लाई पैले रुवायो अनी फकाउन गाह्रो,फक्किन त धेरै टाईम लाग्दइन नि केटी हरुलाई।
लौ रमाइलो भयो पढेर,लहरे लाई चै चुर्लुम्म डुबाउने भई लहरी ले,पौडिन जान्या छ् कि छैन बरु?
 
Posted on 11-19-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबी जि
हाल्छु भनेर हानेको नि होइन क्या - मलाई मात्र कहाँ मन छ र हाम्नलाई - त्यस्तै पर्‍यो के गर्ने

राहुन भाई दाई जि
लहरी को चर्तिकला हुने पर्ने होइन र भन्या, अनी त्यसरी हानेको होइन - अब बस्यो त के गर्ने -

हर्क बहादुर जि
खै के भन्ने साच्चिकै हो भन्ने कि होइन भन्ने

चेली जि
बस्यो त अब के गर्ने - कुटाइ खाने मानि सक्यो - मान्छे हरु भन्ने ९११ को कुरा गर्छ,

रन्धिर जि
एssss तपाईंको सँग मिलेछ ल खुशी लाग्यो -

बिस्टे जि
फकाउन प्राउटिक्स हुने लाई केही गाह्रो होइन, बरु पौडी आउँदैन र पो - कहाँ गएर ट्रेनिङ लिने होला

बाँकी सबै पढिदिनुहुनेहारुलाई धन्यवाद 

 
Posted on 11-20-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ५

बिहान सम्म पनि उसको रिस मरेको थिएन। मरेन भन्दा पनि नाटक के, ठुस्किराथी। आफ्नो आँखा त खुलिसकेको थियो तर ओछ्यान मै थिएँ, घडी मा ७:३० बजेको थियो - ह्या यती चाडै नि कोही उठ्छ भनेर त्यसै पल्टिरहे। ओ दुस्त आत्मा उठ्ने होइन, उठ्ने टाईम भएको छैन भनेर कराइ। कराउन दिएँ एकछिन उसलाई। चिया पाकिसक्यो भनेको सुन्या हो, कस्तो कर्म मेरो पिटाइ पनि मैले नै खानु पर्छ फेरी त्यही पिट्ने मान्छे को नै सेवा गर्नु पर्ने, हे भगवान भनी एक्लाई कराइरहेकी थिइ। ८ बजेतिर उठे, आफ्नो सबै काम सकाइ चिया खान बसे, खोइ चिया भनेर मागे। आँफै लिने, सबै काम म गर्न सक्दिन, खाने भए आँफै राखेर खाने भनेर सुनायो। आखिर मा आँफैले राखेर चिया खानु पर्‍यो।

चिया पिउँदै थिएँ, हिजो उसले आज शिकागो जान्छु भनी घुर्की दिएको याद आएर एसो जिस्काइदिउँ भनेर साचै तिमी कती बजे जाने रे आज, जाने भए तयार होउ, म पुर्याइदिन्छु भने। को जान ला छ, तिमीले भन्दै मा जान्छ, किन जाने म, कस्तो हतार मलाई पठाउन, जान्न के भनी। अनी हिजो तिमीले नै - मेरो प्रश्न नसकिदै, भन्दै मा गर्नु पर्छ भन्ने के छ, हिजो को सिटुवेसन अर्कै थियो आज अर्कै छ भन्दै हासी। तर हिजो तिमीले हातै हाल्न चाँही नहुने हो के बुझ्यौ भन्यो। मैले टाउको हल्लाएँ। अनी गाला कस्तो छ तिम्रो भनी सोधे। फेरी नाटक शुरु भो, अझ सम्म नि दुखीराछ भनेर ठुस्स अनुहार बनाइ। ल भयो आइ एम सरी अब एस्तो हुँदैन धुक्क भए हुन्छ भन्दै ल्यापटप खोले।

उसलाई फेरी मैले नखोले सम्म केही छैन, खोले पछी उसलाई चाहिने। मेरो एउटा जरुरी काम छ, म पहिला इउज गर्छु भन्दै लगी ल्यापटप। अब त पालो आउने देख्दिन म, अब उसैले चलाएको हेरिरहे। निम्न साईट हरु खोल्दै थियो ऊ : हटमेल, नेपालन्युज, कान्तिपुर, साईबरसन्सार, फुर्सद, अनी पछी हिन्दी फिल्म साईट हरु अनी लास्टाँ साझा डट कम। ऊ पनि साझा मा जान्छ भनेर थाहै थिएन - अस्ती भक्खर राखेको कथाको याद आयो - उसले पक्कै हेरेको अनी पढेको छैन होला भनी सोछे नत्र कहाँ बाँकी राख्थ्यो मलाई तैपनी खोजिनिती गर्न मन लाग्यो। तिमी साझामा पनि जान्छौ - के हुन्छ यसमा भनेर सोधे। अब बयान गर्न लागि - यो एस्तो यो उस्तो भन्दै, पोस्ट गर्न चाँही अकाउन्ट खोल्नु पर्छ रे। तिम्रो पनि छ अकाउन्ट भन्दा - छ नि तर म भन्दिन पो भन्छ बा। आफुलाई यहाँ उसको निक नेम थाहा पाउन कस्तो मन लागिराथ्यो तर ज्यान गए नि भन्दैन - धेरै ट्राइ गर्दा पनि थाहा पाउन सकिन। आखिर मा सोध्नै बन्द गरे। 

मलाई त केही खासै लागेन यो त के छ एस्मा भनेर सोधे। कस्तो राम्रो राम्रो कथा हरु हुन्छ के एस्मा तिमी पनि पढ्ने गर कस्तो टाईम पास हुन्छ रे।  मलाई थाहा नै छैन कस्ले राम्रो लेख्छ भनेर - मलाई सोध न म भनिहाल्छु नि भन्दै नाम सुनाउ न थाली। राहुल भाई , दिपिका०२, दीप, क्रजी लोभ, पिएन्ज०७, फुच्चे केटो, समव्हेरेओनएअर्थ, भन्दै सुनाउदै गएँ। अब मलाई यो चौतारी मा पनि जान्छ कि जादैन भनेर जान्न मन लाग्यो। चौतारीको धागो टुप्पो मा रैछ, अनी एही मौका मा चौका हाने - यो के हो भनेर। यो चौतारी क्या काम नपाको हरु दिन भरी गफ चुटेर बस्ने ठाउँ हो यो - चाहिने नचाहिने गफ गरेर बस्छ रे। अनी तिमी पनि जान्छौ त भन्दा पढ्न त पढ्छु कहिले काही तर पोस्ट गरेको छैन रे। किन नगरेको भन्दा - टाईम पनि चाहियो नि आफ्नो त काम छ अनी पढाई छ उनिहरुजस्तो बेरोजगार हो कि क्या हो रे। खै त म हेरौ भनेर चौतारी लिन्क मा क्लिक गरेर भित्र छिरे। मेरो बारेमा के सोच्छ भन्ने भनेर सोध्न मन लागिराथ्यो, मैले नै बनाको चौतारी रहेछ अनी - अनी बिस्तारै सोधे अनी चौतारीको मान्छे हरु चिन्छ त भनेर। अली अली भनी। त्योसोभए यो सेरिअल भनेको को त भनेर सोधे - यो त महा गफाडी हो, हेरेक दिन हुन्छ यो - दिनमा मात्र नपुगेर राती पनि हुन्छ - मलाई त दिमाग खुस्केको जस्तो लाग्छ यो मान्छे त। मान्छेहरुले टाईम पनि कत्ती पाएको हो दिन दिन भरी कसरी टाईम पाको होला आफो चाँही फुर्सदै हुँदैन।  मान्छे त साइको नै जस्तो छ यो त रे ल - मनमनै हो साइको, साइको भएर त तिमी सँग फँसेको भने - अरु पनि थप्न लाथ्यो मेरो बारे - केही भन्न नपाउदै मैले चौतारी निवासी हरु को बारे सोध्न शुरु गरे।  अनी यिनी ज्ञानी हरु को बारे मा सोधे  राहुल भाई, बिर्खे, दिपिका, रिट्ठे, चेली, चिप्ले, बिस्टे, माइली बुढी, सान्नानी, दीप आदी इत्यदिको। ऊ भन्दै थि - यो राहुल भाई भन्ने नि ............................................


क्रमश:          

 


 


 
Posted on 11-20-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! भनेसि अब चौतारीबासिहरुको परिचय लहरिले आफ्नो इस्टाइलमा दिने भइन जस्तो छ हाहाहा!

पिट्नु पिटेर फकाएको इस्टाएल पनि गजब को ' मेकअप बिग्रन्छ' रे हाहाहा अत्ति!


 
Posted on 11-20-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ डाम नै बसाइदेको पापी

लेखाइ रमाइलो छ तर यो कुटपिट चै भएन बदमाश। कथामै त राम्रो देखिन्न झन सच्चिकै भन्दा त झन नराम्रो।
ल अब अर्को भागमा चै माया र प्रेम को कुरा गर। शिर्षक चै त्यस्तो छ कथा चै यस्तो


 
Posted on 11-20-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बौचा झापट नै दिएर  भए पनि रुवाउनु भनेको थिएन त मैले ?

अब  लहरीले पनि   त्यसरी ललकार्न हुन्छ त तिमीलाई  ठिक गर्यौ बौचा तर लहरीचै हातमा दहि जमाएर किन बसेकी नि?! दिनु पर्थ्यो नि  पाँच छाप त तिमीलाई पनि! 


 
Posted on 11-20-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो अर्को छोटो मिठो राखिसकेछ नि त लहरे ले

ठीकै भनिछ लहरी ले " यो त महा गफाडी हो, हेरेक दिन हुन्छ यो - दिनमा मात्र नपुगेर राती पनि हुन्छ - मलाई त दिमाग खुस्केको जस्तो लाग्छ यो मान्छे त। "


भनेसी लहरे ले हामी सब्लाई नि चिनेकी राइछ हैन त? अनी तिम्रो त्यो पुरानो कथा चै पढ्न भ्याकी रइन्छ त?

यो चै रमाइलो लाग्यो "मनमनै हो साइको, साइको भएर त तिमी सँग फँसेको भने "


 
Posted on 11-20-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यो सेरिअल भनेको - यो त महा गफाडी हो, हेरेक दिन हुन्छ यो - दिनमा मात्र नपुगेर राती पनि हुन्छ - मलाई त दिमाग खुस्केको जस्तो लाग्छ यो मान्छे त। मान्छेहरुले टाईम पनि कत्ती पाएको हो दिन दिन भरी कसरी टाईम पाको होला आफो चाँही फुर्सदै हुँदैन।  मान्छे त साइको नै जस्तो छ यो त रे ल

ठिकै भने छ है बिस्टे मामा? लहरी को परख त १६ डलर सहि निस्क्यो।


 
Posted on 11-20-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सेरिअल भनेको को त भनेर सोधे - यो त महा गफाडी हो, हेरेक दिन हुन्छ यो - दिनमा मात्र नपुगेर राती पनि हुन्छ - मलाई त दिमाग खुस्केको जस्तो लाग्छ यो मान्छे त। मान्छेहरुले टाईम पनि कत्ती पाएको हो दिन दिन भरी कसरी टाईम पाको होला आफो चाँही फुर्सदै हुँदैन।  मान्छे त साइको नै जस्तो छ यो त
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters