serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निर्मोही लहरी by लहरे

[Please view other pages to see the rest of the postings. Total posts: 91]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 120686 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-09-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कथा का घटना तथा पात्र  हरु काल्पनीक होइनन्, कसैको वास्तविक जीवन सँग मिल्न गएमा कथाकार आफु मात्र एक्लो नभै अरु पनि रैछ भनेर दंग पर्ने छ।  

एक जना नखर्माउली छ शिकागोमा - अस्ती फोन गरी है - के भन्छ भनेको त उस्को समर बिग्र्यो रे टिउसन तिर्ने पैसो छैन रे  - के गर्ने रे - मैले पनि क्रेडिट कार्ड स्वाप गर्ने अरु के गर्ने नि भन्दे है। त्यस्पछी अर्को दिन फोन गरेर वीकेन्द मा उस्को प्लान छ मलाई आउनु पर्दैन रे - बाल मतलब मलाई पनि ठिकै भयो भनेर बसे, नत्र कम पैसो खर्च हुन्थ्यो - पैसो बच्यो भनेर बस्यो दिनभरी सुतियो -- कान पनि हल्का भएको छ नत्र ट्यार ट्यार र टुर टुर गरेर एकछिन बस्न दिदैन्थ्यो।

अब समर कसरी बिग्र्यो भन्लाउ - ल सुन
वीकेन्द काम नगर्ने - बिहान १० देखी राती ६-७ बजे सम्म मात्र काम गर्ने त्यस्पछी दिन्दिनै कहिले के कहिले के, नाच्न पनि उलाई नै पर्ने, घुम्न नि उलाई पर्ने, किन्न नि उलाई पर्ने, महँगो ठाउँ मा उलाई नै खानु पर्ने अनी कार्ड चाँही मेरो घोट्ने - बाबा नसकिने
अस्ती मेरो ठाउँमा  आयो घुम्न - रमाइलो लागेन रे - एस्तो ठाउँ पनि ठाउँ रे, मन परेन रे - मलाई नै आउ रे शिकागो। आफ्नो पैसा खर्च गरेर आएपछी कहाँ हुन्छ त रमाइलो - भन्न लाथे घाँटि सम्म आकोथ्यो - निल्दीएँ

अनी अस्ती ANA गाको नि थाहै नदीकन, साझा मा फोटो देखेर बबाल। त्यो सानचा लाई नि किन फोटो राख्नु परेको होला। अनी त घुम्नु पर्‍यो रे उलाई पनि - अप्सन दिएको मलाई
१ न्यू योर्क
२ वेष्ट कोस्ट
३ फ्लोरिडा
एस्तो नि अप्सन हुन्छ।
बहुला कुकुर ले टोक्या छ र, आफु मरी मरी काम गरेर पैसा कमाउने, उ चाँही यो चाहियो त्यो चाहियो भन्ने। विन्टर मा जाउला वेष्ट कोस्ट भनेर फकाको छु। अहिले देखी नै प्लान सुरु भैसक्यो, अब विन्टर मा नयाँ बाहाना खोज्नु पर्ला। अहिले त ठुस्क्या छ जती ठुस्के नि ठुस्कोस्। किन ठुस्किन मन लाको होला है त्यो नखर्माउलीलाई।

कसरी ठुस्किन्छ भन्ने बारेमा लेखुँ है।


ठुस्किन्छ कसरी भन्दा पनि कसरी लोप पर्‍यो भेट कसरी भो भनेर भनौ न पहिला।

त्यो मोरी शिकागोमा पढ्छ undergrad क्या त्यही। एही सालको मे तिर जाडो सकेर घुम्नु पर्‍यो भनेर शिकागो गएँ। ठाउँ त रमाइलो थियो। घुमघाम गरेर बलिङ खेल्न गैयो। त्यही ठाउँ मा एक हुल भनु कि बथान केटी हरु - अप्सरा भनुन खेलिराथी, खेल्न त्यती नआउने JPT खेल्दैथ्यो, खेल्ने भन्दा नि हाँस्ने धेरै, आफु पनि साथीहरु सँग खेल्न शुरु गेरे। आफुत खेल्न मग्न तर पनि कहिले काही नजर उठाएर हेरिथ्यो। एक जना मेरो साथी ले मलाई खुसुक्क त्यो एक जना केटी ले अघिदेखी मलाई हेरिराकोछ भनेर भन्यो। नाक फुलेर कस्तो मेरो - दंग भएँ अनी यसो हेरेको त मुसुक्क पो हाँस्दो रैछ। हंग्सले झन्डै ठाउँ छोडेको मेरो। राम्री त ब'बाल राम्री नि, सलक्क परेको जिउ, हाइट पनि ठिकै थियो, आँखा को त कुरै नगरु - त्यही आँखा मा डुब्ने रहर जाग्यो - साथ साथै सविन राइको गीत पनि याद आयो।

कोमल तिम्रो त्यो बदन मा
ढल्न मन लाग्यो
एकछिन लाई सारा भुलेर
हराउन मलाई इच्छा जाग्यो

एकछिन पछी म मेरो अडर रेडी भएको लिन गएँ। पैसा बुझाउन्दै थिएँ, मेरो नजिकै आएर उभी अनी हाइ आइ एम ----- भनेर भनी मैले पनि आइ एम सेरिअल भनेर भने। कस्तो मिठो बोली - कानमा ध्वनी बज्यो मेरो। एकछिन पछी हाम्रो साथीहरु सँग उस्को साथीहरु को बिच पनि कुरा कानी भयो - यानी चिनाजान भयो।

अब मलाई खेल्न मन लागेको थिएन, साथीहरु लाई तिमीहरु खेलिराख भनेर म अली पर पट्टी रहेको सोफामा गएर बसे। उस्लाई मौका मिलिहाल्यो, भन्नै परेर आएर बसी। के भो किन नखलेको भनेर सोधी - एसरी शुरु भएको गफ एकैछिन्मा कहाँ पुग्यो कहाँ पुग्यो। मस्किदै मेरो बारेमा सोध्न थाले - मैले  पनि भन्दै गएँ। उस्ले नि आफ्नो बारेमा भनी। उस्ले भनेको एउटा कुरा अहिले पनि मलाई याद छ,  I am a simple girl with simple thinking  रे धेरै हाइ फाइ मान्छे हरु मन पर्दैन रे, रिस पनि चाडै उठ्दैन रे अनी एकदमै सोसिएलाइज हुन सक्ने मान्छे रे अनी मान्छे ठुस्स परेको त मनै पर्दैन रे। मक्ख पर्दै सुन्दै गएँ। आफुलाई के था जाल बुन्दै छ भनेर फसिदै गयो लहरे। मेरो हरेक कुरा मा उ हाँस्थी, मन चाँही आनन्द थियो मेरो। त्यो दिन उसँग एक घण्टा जती कुरा गर्‍यो होला। पत्तै पाएन टाईम गएको।
जाने टाईम भयो, मलाई पनि फर्किनु थियो म्याडिसन, जाने बेलामा हग गरी मोरिले - दिल बागबाग भयो अनी त्यही बेला मेरो पाइन्ट को खल्ती मा केही हाल्द्यो  । जादै गर्दा फर्केर हेरी अनी मुसुक्क हाँसी। मैले खल्टी बाट तो चिज निकाले - काचकुच परेको कागज रैछ, खोलेर हेरे
मैले जे सोचे त्यही थियो फोन नम्बर दिएर गइ मोरिले अनी सँगै लेखेको थियो कल मी।

 

 घर पुग्दा १२:३० भैसकेछ। फोन गरौ त जसो लागेको थियो तर गरिन, मनमा कुर खेलाई खेलाई सुते। बिहान उठ्दा ८:०० बजिसकेछ, सोमबार थियो काम त जानै पर्‍यो, गएँ तर काम गर्ने फिटिकै मन थिएन, चौतारीमा पनि गैन त्यस्दिन। जीवनको सबैभन्दा लामो दिन त्यै दिन जस्तो लाग्यो। बल्ल बल्ल ५ बज्यो, ५ बजेर के गर्नु, हाकिम गएको थिएन, उ नगए सम्म आफु पनि जान मिलेन, कुर्नै पर्‍यो, ५:२० तिर बल्ल उठेर गयो, अनी आफु पनि लागे घर तिर। घर गएँ, एक्लो ज्यान खाना पकाउनै पर्‍यो, मेल सेल चेक गरे - एसो त्यसो गर्दा गर्दै ९ बजिसकेछ। फोन गर्न त मन थियो तर गरिन, खाना खाएँ। जे पर्ला पर्ला भनेर फोन लगाएँ, हेल्लो आवाज आयो उताबाट, मैले परिचय दिएँ - अनी त हिजो किन फोन नगरेको रे, उ कुरिराकी रे फोन आउछ भनेर भन्न थाली। के भनौ के भनौ भयो, तर
बहाना त बनाउ नै पर्‍यो - अनी ड्राइव गर्नु परेको ले धेरै थाकेको अनी पुग्ना साथइ सुतेको भनेर भने। सोमबार मे को तेस्रो हप्ता बाट हाम्रो फोन मा कुरा कानी शुरु भयो अनी त्यस्पछी दिनहुँ जसो कुरा हुन थाल्यो। यसरी शुरु भयो हाम्रो मिलन यात्रा।
      जुन को तेस्रो हप्ता हाम्रो एक महिने आनिवोर्सरी मा फेरी म शिकागो पुगे। त्यो बेला चाँही एक्लाई गएँ, साथीहरुलाई लिएर जाने त चान्स नै भएन नि। पहिलो डेट थियो मेरो र उस्को, घुम्घाम गर्‍यो, त्यो दिन त शिकागो त झनै राम्रो लाग्यो, राती गएर क्यान्डल लाईट डिनर पनि खैयो, मोरी त आज अझ बढी राम्री देखिन्थी, पहिलो पटक मेरो क्रेडिट कार्ड घोटियो। त्यो दिन त खुशी खुशी साथ घोटियो, के थाहा त अब देखी मैले नै हरेक पल्ट मैले नै घोट्नु पर्छ भनेर। त्यस्प्छी कती पल्ट घोटियो भन्ने लेखाजोखा नै छैन। पहिलो महिना सम्म त यो किनिदेउ है भन्दै मस्किन्थी, म पनि के कम भुटुक्कै हुन्थ्यो अनी जे भन्यो त्यही। तर मेन प्रब्लेम त अहिले पो छ त। अहिले त सोध्दा पनि सोध्दिन, खुरु खुरु सामान उठाउठी अनी काउटर मा सामान बुझाएर - ही विल पे भनेर देखाउछ अनी खुरुखुरु घोटिन्छ क्रेडिट कार्ड। अनी बिल नि द ब्याग। कहिलै मेरो हातमा बिल परेन। के किन्यो, कती कतिको किनियो थाहा छैन, बस जम्मा कतिको किनियो त्यो थाहा छ।
     एक दिन चाँही हेर्नै पर्‍यो भनेर उ रेस्ट रूम गएको मौका पारी बिल निकालेर हेरे, सामानको पैसा देखे - ब्लूड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो...............................    
       

.....सामानको पैसा देखे - ब्लड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो।
एउटा लिप स्टिक को $३३ रे, के छ एस्मा भनेर हेरेँ, साधारण लिप स्टिक नै रैछ, तर नाम चाँही लान्कम रे, - यो हेरे पछी अरु हेर्नै परेन। बिल त्यही छोडि बाहिर निस्के अनी कहिले बाहिर निस्किन्छ भनेर कुरेर बसें। हनी भन्दै उ बाहिर निस्की - अँ भन्नै बिर्सेंको, मलाई उ हनी भनेर बोलाउँछ, यानी म चाँही उस्को हनी, अब हुन पनि हो नि, माहुरी  जस्तै मरिमरी कामगर्ने म, मह काट्ने चाँही उ भएपछी, म भएन त उस्को हनी।

मैले समानको बिल मागें। बिल के बिल भनेर काखै मा बसी अनी भन त किन चहियो बिल बाबा तिमीलाई बिल भनेर जिस्किन थाली। यती मात्र के भनेको थियो, माथा तातेको ११० डिग्री बाट झरेर खर्ल्याम खुर्लुम ९९ डिग्री मा पुग्यो, तर यो पटक आफुलाई सम्मालेर १०२ डिग्री सम्म पुर्याएँ तर जती गरे  पनि ११० पुगेन। उ कुरालाई अर्कै तिर मोड्न प्रयास्रत थियो, र हरेक पल्ट बिफल हुँदै थियो, केही नलागे पछी जुरुक्क उठेर कोठामा गै, अनी समान र बिल सहितको पोका मेरो अगाडि फ्याँकिदियो अनी शुरु भयो डाइलग बाजी जाबो एस्तो सामान किनिदिएर के के न गरिदीएँ भनेर सोचेको होला रे, चाहिया छैन रे कसैले किनिदिन, उ आँफै किन्न सक्छ रे - यस बिच उसले मलाई हनी भनेर एकचोटी पनि भनिन - र अन्त्यमासामान सबै रिटर्न गरिदेउ भनेर आफ्नो कोठामा गै अनी ढ्याआमssssss - यो चाँही ढोका लागेको आवाज।

म पनि के काम, आखिर उस्कै प्रेमी न ठहरीएँ, गएर फिर्ता गरिदीएँ सामान सबै, अनी फर्केर फिलिम हेर्न थालें। मैसाब अझै कोठामै रैछ। म पनि बाल मतलब भनेर फिलिम हेर्न मग्न। १ बजे पछी  भोक लाग्न थाल्यो। फ्रिज खोलेर हेरें केही छैन रैछ, अन्डा थियो पकाउन मन लागेन, जुस लिएर पिएँ। एकछिन पछी महारानीको सवारि भयो कोठाबाट किचन तर्फ, पकाउन लग्या रैछ, अरु केही त थिएन अन्डै होला, हो रैछ अम्लेट। कस्तो मिठो बास्न थियो, ल अब खान पाइने भयो भनेर मख्ख थिएँ। मोरी त पाकेको अम्लेट लाई प्लेटमा हालेर मलाई हेर्दा नि नहेरी लुइँ लुइँ आफ्नो कोठामा पो जाँदो रैछ। फेरी ढ्याआमssssss ढोका लायो।

अब त भएन भनेर केही त गर्नु पर्‍यो भनेर सोचे, रिस त मरेको थिएन, त्यस्माथि भोक लागेको। जुरुक्क उठे अनी गएँ फास्ट फुड रेस्तुरन्तमा, टु गो को लागि चिपोट्ले लिएर आएँ, आएर फिलिम हेर्दै खाएँ अनी पोको चाँही देख्ने गरी ट्रास क्यान मा राख्दें। खाइवेरी महारानी फेरी बाहिर निस्की खाली प्लेट लिएर, प्लेट धोइ, अनी नजर चाँही पोको माथि परी हाल्यो। प्लेट राखेर कोठा तिर जाँदै गर्दा बाटोमा टक्क अडी अनी सि गेभ मि अ कोल्ड हार्ड लूक। मैले नि पुलुक्क हेरें। सवारि फेरी कोठा तिर भयो अनी फेरी ढ्याआमsssssss।

फिलिम पनि सक्यो अनी म कम्प्युटर चलाऊदै थिएँ, यस्तै पाँच बजेको थियो, मैसाब मेरो सामु आएर टक्क उभीइ, हातमा टकिया थियो। मैले केही सोच्न नपाईकन नै मलाई त्यै टकियाले हान्न थाली। सके सम्म त छेके, हादै थियो लगातार, एउटा चाँही मुखैमा लाग्यो, मेरो पाली पनि उस्को हात बाट टकिया खोसेर हान्दे मैले नि, मैने एक मारा वो भि सोलिड मारा भने जस्तै मुखै मा लाग्यो। अली जोडले नै लागेको जस्तो छ टुचुकै बस्यो। मुख चाँही रातो भैसकेको थियो अनी केही उपाय नदेखेपछी
उसले आफ्नो अचुक अष्त्र प्रहार गरी, अष्त्र मात्र हो र ब्रम्हाष्त्र नै हान्यो नि मलाई,  दुइटै आँखा बाट गंगा जमुना बहन थाल्यो उसको।

एकछिन सम्म त वास्ता गरिन, तर कतिन्जेल बच्न सकिन्छ र, आखिर ब्रम्हाष्त्र न पर्‍यो, फकाउनै पर्‍यो भनेर फकाउँन शुरु गरें। तिमी मलाई माया गर्दैनौ रे, उसलाई इउज गर्‍यो रे, केटाहरु त्यस्तै हो हुन्छ रे, केटी नफसेसम्म जे पनि किनी दिने रे अनी फसें पछी बिल माग्ने रे - ल अब भयो त। होइन बा होइन मैले त्यस्तो गर्न खोजेको होइन, यू नो, आइ डोन्'ट मिन ड्याट, अफ्कोर्स आइ लभ यू भन्दै फकाउन थालें। बल्ल बल्ल मानि मोरी। अनी भन्न थाली अघिनै किन नभनेको रे एस्तो, अघि नै
फकाउनु पर्छ रे मेरो दिनभरी टाईम वेष्ट भयो रे - ल भयो त जो चोर उसकै ठुलो स्वोर भनेको एही हो।

अनी राती के गर्ने प्लान बनाउन थाल्यो। जस्तो प्लान बनाएपनी पर्ने त आफ्नै खल्टी न हो। राती खाना नपकाउने रे ग्रोसरी जानु पर्छ, भोली जाउँला आज बाहिरै खाउँ है भने। मैले पनि मुसुक्क हाँस्दे अब के नै गर्न सकिन्छ र। सबै कुरा ठीक भैसकेको थियो मोरिले सामान खोइ, हनी भनेर सोधी। अब फर्साद परेन, फिर्ता गरिसकेको समान कहाँ छ भन्ने। के भन्ने भन्ने साँचो कुरा नै भन्दे। अचम्म उ रिसाइन अनी भनी ठिकै छ नि पहिला मल जाउँ सामान फेरी किनौं अनी खान जाउँला। मैले टाउको
हल्लाएँ। उठेर कोठा तिर जाँदै थियो के सोचेछ कुन्नी टक्क अडेर राती मुभि पनि जाउँ है, नयाँ फिलिम आको छ रे भन्यो, हुन्छ भन्नै पर्‍यो, हदैन भन्ने त कुरै भएन,  अनी कती खर्च हुन्छ भनेर हिसाब गर्दै बसें।

मल पुगियो, सामान किन्न थालियो, सबै अघी नै किनेको थियो। सर्प्राइजsssssssssss, यस पटक अघीको भन्दा दुई तिनवटा सामान बढी नै थियो। How did I not see that coming। अघी तिरेको भन्दा बढी नै तिर्नु पर्‍यो, एउटा बिल के मागेको थिएँ आपत नै आइलाग्यो। क्य्रासिएर ले Sir, Do yo want bill with you or in the bag भनेर सोधी। महारानी ले पनि म तिर हेरेर Do you want bill honey? भनेर सोधी। एसपल्ट चाँही मैले नै भन्दे in the bag।

 

Last edited: 12-Sep-08 04:07 PM

 
Posted on 09-14-08 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका जि
के गर्ने जती कन्ट्रोल गरे नि नहुने, मोरीले मोहनी नै लगाइ जस्तो छ, मुसुक्क हाँस्दिन्छे, त्यस्पछी कुछ कुछ भैहाल्छ - क्या करे कन्ट्रोल नै होता।

चना तरकारी जि
चना दाई दिपिका को प्रश्न को उतर कस्तो दिएको नि फेरी - झन भाई को सपोर्ट लिनु पर्ने मान्छे ले - के के भनेरा

ठुल्दाइ जि
बेइमान रे ल , किन बेइमान, बिहा गर्दिन भनेको थिएन नि बिहे गर्ने तर अहिले नगर्ने अली पछी गर्ने पो भनेको - त्यसइ रन्किदिने मान्छे पनि, बरु महिला संघ बनाएर अध्यक्ष मै हुनु पर्ला अनी के गर्छ हेरौला नि

स्प्रिङ्ग जि
पिरेम मा अहिले परेको हो त उहिले नै परेको, पिया ले अहिले मात्र चाल पाएको हेरन। मेने प्यार इस्के साथ क्युन किया यो हुनु पर्ने हो लोल

ब्रैन माल्फन्सन जि
पढिदिएको मा धन्यवाद, अरु पनि लेख्दैछु हेरौ के होला

डालास गाइ जि
लहरी साझामा आउँदैन भन्ने आशा छ, आएर पढ्यो भने त फेरी के होला कि लहरी जानुन कि भगवान जानुन,
मलाई पनि म लहरी को प्रेम मा परेको जस्तो लाग्छ, हाम्रो सोच कस्तो मिलेको है

यूयस नेपाली बोए जि
गजब लागेको मा धन्यवाद, प्रतिक्षा को फल मिठो हुन्छ भन्छन, प्रतिक्षा भन्ने मान्छे नचिनेर पो बर्बाद त, भोली सम्म आउछ अर्को भाग


अनी सबै पाठकहरुलाई पढिदिनु भएको मा धन्यवाद, भोली सम्मा मा अर्को  भाग टाँस्ने छु। 
 
Posted on 09-15-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा आफुले नै बिगारेको भए किन लहरिले यसो गरी र उसो गरी भनेको त बदमाश?
दही चिउरे कुरा गर्ने यो बौचा पनि लहरिको गाली भेट्यो जस्तो छ

यो चै चना दाइको लागि:
चना दाई, अब त मलाई पनि लहरेको भर लागेन। कुरा बदल्ने रहेछ यो बौचा। त्यसैले मेरो प्रश्न को जवाफ मलाई चित्त बुझ्यो 


 
Posted on 09-15-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका जि
पुरै बिगारेको मैले होइन, अलिकती दोष मेरो पनि छ भनेको, सबै चाँही होइन नि फेरी,
जहिले पनि दही चिउरा भन्या छ दही चिउरा होइन होला बरु धौ बजी होला

ल एकै छिन मै अर्को भाग आउँदै छ,


 
Posted on 09-15-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lekhdai jaam ...

nice nice very nice!!!!


 
Posted on 09-15-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ४ -


ऊ जिद्दी गर्न थाली, गरौ न के गरौ न बिहे - झसँग होश खुल्यो मेरो। ऊ कराइ रही, म त के भन्ने भन्ने दिमागले सोच्न छोड्यो मेरो, मुखबाट बोली नै फुटेन। रिङ्गटा लाग्या जस्तो भयो, नजिकै को कुर्सीमा गएर बसें। ऊ कराइ नै रही। किन नबोलेको के भयो तिमीलाई भन्न थाली। हनी आर यू ओके भन्निन, मैले नि ओके भने। बल्ल बोली फुट्यो। ऊ त अझै के बिचार छ त भन्न थाली। मैले पनि कुरा घुमाउन के को बारे भने अनी फुट्ट पसल भित्र छिर्न लागेको के थिएँ, तानेर बाहिर निकाली अनी जङिदै भनी हाम्रो बिहाको बारेमा के बिचार छ, बिहा गर्ने हो कि होइन, हो भने गर्नु पर्‍यो होइन भने आ-आफ्नो बाटो लाग्नु पर्‍यो पो भने बा। मैले पनि जिस्किदै त्यसो भए आ-आफ्नो बाटो लागु न त भनेर के मात्र भनेको थिएँ, ऊ त एत्रो एत्रो आँखा बनाएर के रे के भनेको रे भनेर रन्किन थालि। वरपर का मान्छेहरु घुर्न थाले, अनी मैले कमन बेबी इत्\'स अ जोक भनेर उसलाई आफुतिर ताने, ऊ त एस्तो जोक मनपर्दैन मलाई, खुरुक्क भन बिहे गर्ने होकी होइन रे।

अब केही उपाए नदेखेपछी सम्झाउन शुरु गरें। गर्ने नि किन नगर्ने तर अहिले नै किन गर्नु पर्‍यो, बिहे भनेको हतारमा गर्नु हुँदैन, अलिक पख, अनी गर्ने भने। किन अहिले नगरने अहिले गरेर के हुन्छ, अहिले नि गर्नै पर्छ, पछी पनि गर्नै पर्छ भने अहिले नै किन नगरने भन्छ बा। अब मेरो दिमाग कारण खोज्न तर्फ लाग्यो, भेट्यो पनि एउटा - के कुरा गरेको तिम्रो पढाई बाँकी नै छ, मैले पनि काम शुरु गरेको एक बर्ष त भयो, फाइनान्सियल्ली अली सेक्युर भए पछी गर्ने नि बिहे भने। ऊ त अझ पनि नाइ नाइ गरु त बिहे यो विन्टर मै गरु बिहे रे ल। अनी त झापारे मैले, अरु बेला झापार्न पैदइन, मौका पाको थियो मैले हान्दे चौका, कस्तो जिद्दी गरेको तिमीले, बिहा गर्ने भनेको बच्चाको खेल हो, तिम्रो पढाई पनि दुई सेमेस्टर मात्र बाँकी छ, अब मे मा तिमी ग्र्याजुएट हुन्छौ, अनी सोच्ने बिहे को कुरा। त्यती पनि कुर्न सक्दैनौ तिमी, कि मेरो विश्वाश छैन भनेर झपारे। आइ त्रस्ट यू भनी टाउको हल्लाई। अहिले पढाई मा ध्यान देउ, म पनि एही नै छु, कही भाग्ने बिचार  छैन मेरो तिम्रो छ कि भनेर सोधे। चुप लागेर बसी केही बोलिन। म दङ थिए उसलाई कन्भिस पार्न सकेको मा। म थप्दै गएँ। तिम्रो पहिलो प्राथमिकता भनेको पढाई हो, तिमी अमेरिका के गर्न आएको लभ गरेर बिहे गर्न आएको कि पढ्न आएको प्रतिप्रश्न गरे मैले। तिम्रो बुवा आमाको सपना हो तिमीले कालो कोट लगाएको हेर्ने अन्द इट्\'स माइ ड्रिम टु, थपे मैले मौका एही थियो किन बाँकी छोड्थे र मैले। आफ्नो हात माथि भएको  आभाष थियो मलाई, दिमाग टाईम मा चलेर देखेर खुशी पनि थिएँ।

धेरै बोल्न हुँदैन भन्थ्यो ठिकै रहेछ, एस्तो फोर्म मा थिएँ एस्तो राम्ररी ब्याटिङ गर्दै थिएँ चौका छक्का हान्दै थिएँ, मुख बाट बोल्न नहुने कुरा चिप्ल्यो, कसरी फुट्क्यो फुट्क्यो पत्तै पाएन, बर्बाद क्लिन बोल्ड। अब के कुरा भन्नु होला - त्यही नि - हामीले अहिले सम्म हाम्रो बारेमा घरमा भनेको छैन, पहिले घर मा भन्ने अनी मात्र अघी बढ्छ कुरा भनेर भने, अब भने भन्दा पनि फुट्क्यो, चिप्ल्यो, निक्ल्यो। लास्ट बलमा एक रन चाहिया थियो, जान्ने भएर वाइड गएको बलमा चौका हान्न खोजे, छोडेको भए गेम नै खल्लास थियो, हानियो इन्साइड एज लाग्यो बल ड्राग गरे आँफैले आफ्नो इस्टम्प मा अनी बोल्ड। मैले एसो मात्र के भनेको थियो उताबाट फटाक जवाब अैहाल्यो घर मा भनु रे अहिले नै रे। अहिले घरमा भनौ अनी विन्टर मा इंगेजमेन्ट अनी उसको ग्रजुएसन पछी बिहे गर्ने रे। प्लानिङ त गजबै थियो, हुँदैन भन्ने ठाउँ नै थिएन अल प्रूफ अनी के भन्ने भन्ने होइन त्यसो नगरु चट मग्नी पट बिहा गर्नु पर्छ अनी घरमा पनि अहिले होइन अली पछी नै भने हुन्न भनेर उसलाई सम्झाउन खोजे। आफ्नो हात चाँही अब तल परेको महशुस भैरहेको थियो मलाई, आट्याकिङ मा जानु भएन, आफुलाई बचाउने प्रयास यानी बिहा सके सम्म पछी सार्न प्रयासरत थिएँ।

ऊ त शुरु भै,
लहरी:  डु यू लभ मि ओर नट
लहरे:  एस, आइ डु
लहरी:  आर यू प्लेयिङ विथ मि
लहरे:  नोssssss हनी नोsssss
लहरी:  डु यू वान्ट टु म्यारी मि ओर नट
लहरे:  अफ कोर्स आइ वान्ट टु
लहरी:  सो व्हाट\'स योर प्रोब्लम
लहरे: प्रोब्लम सोब्लम केही नि होइन, म अहिले नै बिहा गर्न चाहन्न, अली वेट गरौ, अनी सोचौला भनेर भने

अनी शुरु भै, त्यही त म भन्दै छु, बिहे मेरो ग्राजुएसन पछी गरौ अहिले घरमा भनौ, घर मा भनेर के हुन्छ, घर मा त भन्नै पर्छ। कि तिम्रो नभन्ने बिचार छ। के म टाईम पास हुँ, तिमी केटा हरु - लभ गर्ने बेलाँ खुरुक्क गर्ने अनी बिहे गरौ भन्दा माथा ताट्ने। तिमीहरु किन रेस्पोन्सिबिलिटी बाट हट्छौ। मलाई इउज गर्न खोजेको हो तिमी भनेर रन्किन थालि। हैन मैले त्यसो भन्न खोजेको होइन भनेर उसको हात समाउन खोजे, छुनु पर्दैन मलाई कुनै अधिकार छैन तिम्रो भन्दै आसुँ झार्दै हिडि त्यहाँ बाट। म त्यही टक्क एक्छिन उभेर ऊ गएको हेरिरहे, अनी उसको पछी दौडीएँ म, मल बाहिर पुगिसकी ऊ त, म पनि पछी पछी लागे, बाहिर पुगेर यता उता हेरे देखिन मैले, कता खोज्ने त अब भनेर अली पर सम्म पुगे ऊ त बस मा चढेर लागि, कता हो आफुलाई थाहा छैन घर तिर त होलानी। म पनि आफ्नो गाडी तिर लागे, गाडीमा बसे अनी लागे घर तिर, आधा घण्टामा पुगियो म त, पुगेर मात्र के गर्ने, ऊ आइपुगेको छैन, बस बाट त एक घण्टा भन्दा बढी लाग्छ फेरी साँचो पनि छैन, बाहिर बसिरहे। एक घण्टा पछी आइपुगी महारानी, ढोका खोलेर भित्र छिरी, म पनि पछी पछी लागे।

ऊ त लुइँ लुइँ आफ्नो कोठा मा गै अनी ढोका ढ्याम्म। म ढोका बाहिर बसेर फेरी पनि सम्झाउन थाले। तिमी जाउ रे इट्\'स ओभर, आइ एम फेड अप विथ यू, फर्केर म्याडिसन जाउ अनी फेरी आउनु पर्दैन रे ल भयो त अब। सातो नै लियो नि मरो। भित्र बाट फेरी कराउन थाली, अब हाम्रो बाटो अलग छ, हामी सँगै हिंड्न सक्दैनौ, यू गो योर वे, आइ विल गो माइ वे भन्छ बा। एकचोटि त माथा तातेर हिडिदेउ जस्तो त लाग्या थियो फेरी जोश मा होश हराउन हुँदैन भनेर लास्ट ट्राइ हाने फकाउन - मैले पनि ब्रम्हास्त्र प्रयोग गरे, मेरो ब्रम्हास्त्र ले उल्ता मलाई हानी गर्छ कसरी भन्दा - मेरो ब्रम्हास्त्र भनेको उस्ले भनेको मान्ने हो। मैले सोधे ल तिमीले नै भन अब म के गरौ त। तुरुन्त जवाफ आइहाल्यो घर मा भन्ने हाम्रो बारेमा। हुन्छ ल त्यसइ गरौ भनेर भने, प्रोमिस मैले पनि प्रोमिस भने अनी बल्ल ढोका खोल्यो अनी रातो आँखा लिएर मुसुक्क हाँस्दै आसुँ पुछ्दै निस्की भन्ने है भन्दै, कम्ता नौटन्की छ। मलाई हग गरी अनी फेरी कहिले भन्ने भनेर सोधी, मैले नि भनौला नि एक दुई हप्ता पछी भनेर भने, हुँदैन आजै भन्ने भरे साँझ फोन गरेर हामी दुवैको घरमा भन्ने रे, हुन्छ भनेर टाउको हल्लाएँ अनी त के चाहियो उसलाई, आइ लभ यू हनी रे, त्यत्रो नौटन्की गरिसके पछी अहिले आएर आइ लोप यू रे, नसकिने बाssssssssss।

क्रमश:


 
Posted on 09-15-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले लहरी सँग नसक्ने भयो भने जस्ताइ गाम्लेले पनि लहरे सँग नसक्ने भयो बाsssssssss। आधुनिक किचकन्ने को जालोमा कालो हुने लहरे नि कस्तो, लहरे को बठ्याइं नि नबुझ्ने कन्ने कस्तो?

बुझ्न सकिन यो अम्रिका को लोप स्टोरी बाअाअ।


 
Posted on 09-15-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुल्दाइ हो हो यो लहरे लाई बुझ्न गार्हो रहेछ। बल्ल कुरा बुझिदइ छ अली अली। 
लहरे जे भए पनि हसायौ बिहानै। धन्यवाद बौचा।
 
Posted on 09-15-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lahare, Lahari le nachodne vai aba...Lahari ali jiddi nai raiche...aba sahanu paryo bro...Lahari lai chodne pani kura nagarau aba...I think you are in love with her..You both love each other..Keep it up....
 
Posted on 09-15-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखाइ दामी छ, इमान्दार, सरल र जस्ताको तस्तै बर्णन गरे जस्तो । हिम्मत चाहिन्छ आफ्नै बारे यसरी स्पष्ट लेख्न । आफ्नो गुणगाण गाउँदै सज्जन बनिटोपल्ने आम लेखक भन्दा नितान्त फरक ।

लहरेले यस्तो सोच्या होला, लहरीले यस्तो सोच्या होला, त्यसैले यस्तो भन्या होला, यस्तो भन्ठानेर यस्तो गर्या होला आदि इत्यादि कुरा यो कहानी पढ्दा मनमा खेल्ने रहेछ । लेखौ लेखौ लाग्याथियो त्यो भावना, विश्लेषण जस्तै, फेरी, यो कहानी पढ्ने सबैलाइ त्यस्तै भइरा' त होला नि भन्ठानेर यहि सानो सुझाव मात्रै दिन्छु अहिलेलाइ - ट र त मा अलि गोलमाल छ, सुधारे बेश हुनेथियो ।
 


 
Posted on 09-15-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O ho ho ba ba serial pani kaile bata katha lekhna thalecha , launa kya hasayo ko  

chanadai le bhaney jastai imandar ra saral prastuti ---lahare I can't wait to see what happens next --dheri ramro rahecha -- ani eauta kura ni timro lahari maiya ley yo katha  herdaina,  ?


 
Posted on 09-15-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lahare ko katha bata euta kura chahi prashta jhalkinchha,,, je jasto bhaya pani lahari le lahare lai sancho maya garchha.....tara lahare chahi garcha gardaina swayam lahare nai thaha chhaian jasto chha. Yo katha lahari le sajha ma napadhe pani usle chinne manchhe haru le padheko hola. Uni haru le lahiri lai khabar gari diyo bhane ke hunchha hola.


 
Posted on 09-15-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
ओह हो झन्डै ट्र्याजेडी परेको,तर एउटा प्रश्न त मलाई नि उठौन मुन लाग्यो, साचै बिहे नै गर्ने हो र भनेको? तर फेरी बिहे नगरे त मुटु कटक्क हुने गरी गरेको इन्वेस्ट्मेन्ट बाट खाली कपडा पसले र क्रेडिट कार्ड कम्पनी लाई मात्रै फाईदा हुने भयो नि त। लहरे त सुकेको खहरे हुने हो कि के हो।
अर्को भाग त कुर्नै पर्‍यो अब, आफु लाई सक्सक भाई सक्यो बिहे पो हुने हो कि होइन।
अस्तु 
 
Posted on 09-15-08 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ जि
त्यस्तो खासै केही पनि होइन ठुल्दाइ, अली ट्राइ गर्नु पर्छ सबै बुझिन्छ, इलाहाबादी एस्टाइल

दिपिका जि
त्यस्तो बुझ्न नसकिने त छैन म, के बुझियो अली अली हामीपनी सुनाउ न
जे भए पनि तपाईंलाई हसाउन सकियो, हास्नु भो। धन्यवाद तपाईंलाई पनि

डल्लस गाइ जि
छोड्ने त चान्स नै भएन नि, हो भन्या जिद्दी त के भन्ने, हो र भन्या मलाई पनि आइ एम इन लोप विथ लहरी जस्तो लाग्छ -

चना तरकारी जि
धन्यवाद चना दाई, गल्ती त पक्कै भएको छ, सकेसम्म सुधार्ने प्रयास गर्छु,

प्रेरणा जि
अब प्रेरणा जि र दिपिका जि हरु ले कथा लेख्न बन्द गरेपछी लेखौ न भनेर, मैले लेखेको देखेर तपाईंहरुले पनि लेख्नु हुन्छ कि -

अब मेरो लहरी मैया ले यो कथा हेर्यो भने त त्यही हो - क्रेडिट कार्ड घोट्नु पर्ने हुन्छ, कसरी भन्या रिसाइ हाल्छे फकाउनु पर्‍यो, फकाउन गिफ्ट चाहियो - गिफ्ट को लागि घोट्नै पर्‍यो कि कसो

प्रेम चोप्दा जि
के भनेको प्रेम जि आइ लोप हर क्या शंका नगरे हुन्छ, बिहे मात्र अली धिला गर्ने बिचार के मेरो,
तपाईंले भनेको जस्तो भयो भने त मेरो टाउकोमा एउटा पनि कपाल बच्दैन, एसो नहोश है, फेरी कपाल
भएन भने म राम्रो देख्दिन क्या

 

यु एस नेपाली बोए जि
गर्ने बिहे गर्ने - बिहे गरेन भने त इन्वेस्ट्मेन्ट खोलामा बगी हाल्यो नि, बाबा त्यतिका पैसा रे क्या
अर्को भाग छिट्टै आउछ ल।

बाँकी पढिदिनु हुने सबैलाई धेरै धेरै धन्यवाद, भोली बिहान सम्ममा अर्को भाग आउछ है,  


 
Posted on 09-16-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG lahare chhupa rustam

kasto majale lekheko salala bageko chha, interesting parale pani lekheko chha. timro kathale tanyo feri sajhama.


 
Posted on 09-16-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीती जि
धन्यवाद, साझामा मेरै कथाले तान्न सकेको मा म मख्ख छु,


अर्को भाग केही बेर मै


 
Posted on 09-16-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग

अब भन्न त भन्ने तर के भन्ने, कसरी भन्ने भनेर कुरा खेल्न थाल्यो मनमा। म आँखा चिम्लेर पल्टिराथे, महारानीको सवारि भयो कोठाबाट बाहिर, कती सुतिराsssss उठन के उठन प्लिज के कराउनथाली। एकछिन त वास्ता नगरि बस्याथे तर सकेन, ऊ कराइरही कस्तो भनेको नमान्ने मान्छे, बिहा नगर्दा त एस्तो छ बिहे गरेपछी के के हुने होला रे। हाँस्न मन लागेर कस्तो, मैले भन्नु पर्ने डायलग म माथि नै खनियो। उठेर एसो उस्लाई हेरेको त मेकअप सेकअप गरेर चिटिक्क परेर बसिरा रै, कहाँ जान लागेको मैले सोधिहाले। कही पनि होइन, भरे भन्ने भनेको होइन त्यही भएर रे। गजब छ, फोनमा कुरा गर्न, तिमीलाई मेकअप किन गर्नु पर्‍यो कि खुस्कियो। तिमीले एस्तो कुरा बुझ्दैनौ क्या भनेर फनक्क फर्केर गइ किचेन तर्फ। ह्या दिमाग खराब के बुझ्नु पर्या छ र बालै भएन नि - उठेर कम्प्युटर खोले। किन खोल्नु पर्‍यो कम्प्युटर - शुरु भैहाली, एसो मलाई खान पकाउन हेल्प गरे हुन्थ्यो नि, ल यो मासु काटिदेउ त रे। फोन कार्ड किन्न लाहो कि चाहिदैन फोन कार्ड, नगर्ने फोन नेपाल मा भनेर सोधे। एssss किन किन  १० जाने दुइटा किन रे, मैले पनि उस्कै कार्ड मागे आखिर उसैको काम गर्न ला त हो नि। कस्तो लोभी भएको तिमी, जाबो २० रुपैयाँ को कार्ड किन्न नि म सँग पैसा माग्न पर्छ है, अली बढी भएपो हो भन्ने जाबो २० खर्च गर्न तिम्रो टाउको बाट पसिना निक्लिन्छ है रे। बेकार मा कार्ड मागेको जस्तो लाग्यो, खुरुक्क आफ्नै कार्ड ले किने दुइटा कार्ड।

ऊ खान पकाइराथी, म टि.भी हेर्दै थिएँ, छिन्छिन मै घडी हेर्दै थिएँ, आज नौ मबजे हुन्थ्यो जस्तो लागेको थियो मनमा। उसलाई हेरे गीत गाउदै खाना पकाउदै कस्तो खुशी थियो ऊ अनुहार बाट प्रस्टै देखिन्थ्यो, उसै त राम्रो अनुहार उसमाथि मेकअप लाको - म आँफैले आँफैलाई प्रश्न गरे, किन म उसलाई दुखी देख्न सक्दिन, ऊ हाँस्दा मलाई रमाइलो लाग्छ, किन म उसले भनेको हरेक कुरा मान्छु, के प्रेम भनेको एही हो त। खै के खै के, एस्तै होला जस्तो लाग्यो, उठेर म पनि किचेन तिर लागे एसो तरकारी चलाइदीएँ, उस्को अनुहार मा एकछिन हेरे- के हेरेको, म आज कस्तो राम्रो देखेकी छु है रे। या ऊ लूक गोर्जियस् भनेर हग गरे मुखबाट हनी आइ एम नि सो लभ विथ यू भन्ने कुरानिक्ल्यो। कसरी निक्ल्यो निक्ल्यो थाहा नै भएन, ऊ त मक्ख पर्दै या आइ नो रे।

खाना पाक्यो, खाइवेरी सकेपछी एसो घडी हेरेको त नौ बजिसकेछ, फोन लगाएँ मेरो घरमा, इंगेज थियो, दुई तीन चोटि ट्राइ गरे लागेन। ऊ कराउन थाली कस्तो फोन कार्ड हो यो भनेको बेलामा, उसले उसको घर मा लागायो फोन लाग्यो, उठ्यो, कुरा सुरु भयो, अब त्यही नि सन्चो बिसन्चो। एकछिन पछी उसले कुरा निकाली मेरो बारे। सिरियस कुरा हुन थाल्यो, मेरो बारेमा भन्न थाल्यो, मेरो घर ठेगाना जे जे छ
सबै नि। उताबाट केटाको फोटो पठाइदेउ भन्दा अहिले ऊ सँगै कुरा गर्नुस् फोटो भोली पठाइदिन्छु भनेर फोन मलाई दिइ। फोन लिएँ, हल्लो, म लहरे अन्टी नमस्ते भनेर परिचय दिएँ। ऊ त मलाई अन्टी होइन मम्मी भन कि भन भन्न लागि, अब कहाँ बाट मम्मी भन्नु, अड लाग्छ नि, भनिन अन्टी नै भने। इन्टर्भ्यू शुरु भयो, घर कहाँ, घर मा को को छ, अमेरिका आएको कती भो, पढाई कती को छ, कहाँ काम गर्ने, एसतै यस्तै कुरा। अब मलाई सम्झाउन थाली, धेरै एसरी बस्नु भएन, चाडै बिहे गर्नु पर्छ,  अनी तपाईंलाई नि सहारा हुन्छ रे। मैले पनि हजुर यो सहारा भन्ने को हो चिन्दिन त म, को पर्‍यो यो सहारा भन्ने भनेर भने, अन्टी पनि झुकीइ कि क्याहो एकछिन चुप लागि, अनी एक्छिन पछी
हासो को फोहोरा छुट्यो, ज्वाँइ साब पनि कती मजाकिया रैछ रे। ज्वाँइ रे मलाई, बिहे हुने कहिले कहिले। भलाकुसारी भयो फोन राखियो। नाउ व्हाट डु यू थिन्क रे, कस्तो लाग्यो मेरो मम्मी भन्दै सोध्न थाली, तिमी जस्तै रैछ, धेरै ट्यार ट्यार बोल्नु पर्ने भन्दे, ऊ त धेरै जिस्किने होइन बरु तिम्रो घर मा फोन लागाउ भनी।

फोन लगाएँ लाग्यो बुवाले उठाउनु भयो सधैं जस्तै, अली छोटो कुराकानी पछी मम्मी सँग कुरा हुँदैथियो, ऊ त मलाई भन कि भन भन्दै घोच्न थाली, आफु यहाँ कसरी भन्ने भनेर सोच्दै थिएँ। कुरा गर्दा गर्दै मम्मीले बिहे को कुरा निकाल्नु भयो, केटी छ एकजना, राम्री छे, राम्रो घर कि
छे, फोटो पठाइदिउँ भनेर सोध्नु भो। मैले पठाइदिनुस् न त एकचोटी हेरौ न फोटो भन्दा महारानीको अनुहार हेर्न लायक को थियो। पछी मम्मी ले नै तिम्रो त्यहाँ कोही छ भने भने हुन्छ भन्दा मात्र कुरा फुट्यो। उसको बारेमा भने, ऊ मक्ख पर्दै सुन्दै थियो, फोटो माग्नु भयो,फोटो म पठाइदिउला अहिले उसैसँग कुरा गर्नुस भनेर उसलाई फोन दिएँ।

हल्लो मम्मी बोलिसिया हो, मम्मी नमस्ते म लहरी, कस्तो छ मम्मी तपाईंलाई, सञ्चै हुनुहुन्छ मम्मी तपाईं रे ल। मेरो मम्मी लाई त मम्मी का मम्मी भनेर बोलायो बाइ, मेरो मम्मी लाई मम्मी भनेर बोलाको सुनेर डाहा लाग्यो मलाई, डाहा लागेर के गर्ने केही गर्न सक्ने होइन। केही बेर उस्को पनि इन्टर्भ्यू भयो, ऊ त मम्मी तपाईं चिन्तै नलिनुस्, म सबै हेरिहाल्छु, म खाना पनि मिठै पकाउँछु त्यही भएर अली मोटाको हो ऊ रे, अली खर्च धेरै गर्छ, म कन्ट्रोल गर्दै छु रे लोल। कस्तो झुटो बोलेको यार मेरै अगाडि मेरै मम्मी सँग। मेरो बुवा सँग पनि छोटो कुराकानी भयो, ऊ त हस् ड्याडी हस् भन्दै कुरा गरी। फेरी फोन मेरो हातमा परेपछी मम्मी ले तिमीहरु दुबै लाई ठीक लाग्छ भने ठिकै छ भन्नु भयो अनी फोटो चाँही पठाइदिन फेरी भन्नु भयो। कुरा कानी सकेर फोन राखे, ऊ त दिस इज दि बेस्ट डे अफ माइ लाईफ रे, दिनभरी नौटन्की गरेर, रोएर कराएर अहिले आएर एसो पो भन्छ। अनी तिमीले मैले धेरै खर्च गर्छ भनेर किन झुठो कुरा गरेको भन्दा, हनी यू डोन्\'ट नो के एस्तो कुरा, अली इम्प्रेस पार्नु पर्‍यो नि, त्यही इम्प्रेस पार्न रे लौ, म त ट्वाँsssssssssss।


अब त ऊ आँफै फोन गर्छे घरमा, के कुरा गर्छे गर्छे, मम्मी का मम्मी भन्या छ मेरो मम्मी लाई फकाको छ यो पठाइदिउँ त्यो पठाइदिउँ भनेर। अब जती पठाएपनी घोट्ने त मेरै क्रेडिट कार्ड नै हो। अहिले त यस्तै छ जिन्दगी, बिहे हुने निश्चित छ, दुई बर्ष जती कुरौ भनेको सकिदैन जस्तो छ। लाईफ भनेको एस्तै रहेछ, अब अरु के नै लेख्न बाँकी रह्यो र, अब बिहे भयो भने सबैलाई बोलाउला नि हुन्न। अहिले लाई चाँही एती नै। अस्तु।

समाप्त  


 


 
Posted on 09-16-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब जती पठाएपनी घोट्ने त मेरै क्रेडिट कार्ड नै हो। "

LOL gajjab chha last part pani baucha ji e haina lahare ji e haina haina serial ji ;)

Last edited: 16-Sep-08 10:16 AM

 
Posted on 09-16-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नि लहरी त लहरे भन्दा नि बाठी पो निस्की । लहरे को खैरियत छैन । अहिले देखी क्रेडिट कार्ड मात्र होइन, हड्डी घोट्न नि थालनु पर्‍यो।

कहिले नि बिहे? टिकेस सिकेस त पठाइ दिने संभावना रहेन, आँफै ब्यबस्था गर्न पनि हड्डी घोट्नै पर्‍यो।

बडा सुन्दर सिर्जना छ, लहरे। बडे बडे मै हुं भन्ने लेखक पनि जलेर खरानी हुन बेर छैन, इर्ष्या ले। लेख्नु अझै लेख्नु। शुभकामना अनि सदभाव सधैं रहने छ।


 
Posted on 09-16-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Lahare & Lahari:

Lahare Lahari

.

 

Congrats to Lahare and your Lahareee :-)

Last edited: 16-Sep-08 10:34 AM

 
Posted on 09-16-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho lahare dai salam cha hajurlai ? real picture nai rakhidinuvayekoma thanks hai . saral ani mthas cha hajur ko story. bihe voj chai pakkai khana aaunuparla.
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters