चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर
साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।
७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!
यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
:) सबैलाइ नमस्ते ! अनि कान्छी लै स्वागत !:) गौतमबाउको कथा पढेर निकै रमाइलो लाग्यो :)
हुनत यहाँहरुलाइ अचम्म लाग्ला यो मिस॒मिले बेला न कुबेला के के लेख्छे भनेर । यो मेरो तर्फबाट सानो गन्थन “फटिंग्रे’ (छुवाछुतको सामाजिक कुरितीले पिडित तर मेरो मेरो हृदयमा सम्मानित)को अर्को अंश (सायद अपुर्ण नै होला भन्चु र—कुनै दिन मिलाएर फुर्सद हुदा पुरै राख्ने छु) *****************************************************************************
फटिंग्रे---
’प्लिज मेरो ममी बनदिनुस न आज’’ झस्किन्छु ,स्तब्ध हुन्छु,म भित्रको ममता उथुलपुथुल हुन्छ। म प्रति उस्को लगाव झन
झन बढेको पाउछु म। किन किन उस्लाइ छातिमा राखेर रुन मनलाग्छ । उ मेरि होइन तर मेरो मुटुमा बसेकि छे।उस्को
अनुहार मलिन हुदा मलाइ पिडा हुन्छ ।उस्को आँखामा आँशुमा देख्दा मेरो परेलि रसाएको पाउछु म। उस्को कुनै पनि अनुरोध नकार्न सक्दिन ।
‘’तिमी के भएकि?’’म नचाहादा नचाहदा पनि उ प्रति असहमति देखाउने प्रयासगर्छु।
‘’हेर सानो मान्छे ज्ञानी हुनपर्छ ।ठूलो ले भनेको मान्नु पर्छ ।‘’ एकतर्फि अधिकार प्रयोग गर्छु म। ‘’हस म हजुरले भनेको मान्छु।‘ ‘ल आज मेरो ममि बन्दिनुस न’ फेरि उहि शब्द दोहर्याउछे –
‘’किन?’’ मैले म भित्रको ममतालाई दबाउने कोशिस गर्दै प्रतिप्रष्न गर्छु।
उस्को निर्दोष आँखा मतिर घुमाउदै भन्छे-
‘‘आज अभिभावक दिवस अनि रिपोर्ट-कार्ड पनि दिने रे मिसले भनेको।‘’
‘’स्कूलमा बाबा ममि जानुपर्छ रे सबैको बाबा ममि आउछ अनि मेरो चै .....’’उ बिचमै रोकिन्छे ।मानौ उस्को गला अबरुद्द हुन्छ।
म अलमल्लमा पर्छु ।उस्को पिडालाइ सहन गर्न सक्ने क्षमता म भित्र छैन।मेरो मन दुइ टुक्रा हुन्छ ।म कसरी उस्को आमा
बनू ?!समाज, चळन, मेरो परिस्थिति ले मलाई औला तेर्स्याएको अनुभव गर्छु म।
अर्को मन उस्को विवसता र पिडालाइ महसुस गर्न थाल्छ ।मेरो मन कल्पिन थाल्छ, मेरो सानो साथले उ भित्र आत्मविस्वास
पलाउछ भने, म उस्लाइ किन साथ नेदउ त ? मैले उस्को स्कूल जानु पर्छ।यो नै मेरो उ प्रतिको सच्चा प्यार हो- चोखो ममता
हो ।सबै सामाजिक परिबन्धहरु रितिहरु मेरो लागि तुच्छ लाग्छन।मेरो परिस्थिति – त्यो त मेरो आर्जन हो , मेरो भावना मेरो
जदौ !! यो चौतारी हीरक महोत्सबमा चौतरी को श्रीङ्खला २५ तिरै हो क्या हो छिरेको | ७५ ओं भाग सम्म आइपुगियो | रमाइलो गर्दै गरम | फुर्सद मिलेमा चियाउँदै गरम्ला | सबैलाई जोडदार शुभकामना |
हेर्दा हेर्दइ हिरक मउसब मनाउने बेला भईसकेछ, हिजो जस्तो मात्रै लाग्छ चौतारीमा छिरेको। १७ औं- १८ औं भाग तिर हो क्यारे, यहि चौतरिको बाटो भएर मुग्लान जाँदै थे, जिम्माल बाले रोक्नु भयो, क्यार्न मुग्लान जान्छस यही चौतारीमा बस भन्नुभो। अली असहज लागेको थियो, कसरी बस्ने होला नयाँ ठाउँमा, कोइ पनि चिनेको मान्छे छैन, बोली भाषा पनि मिल्ने हो कि हैन आदी इत्यादी प्रश्नहरु मनमा खेले पनि हेरौ न त एक दुई दिन कस्तो हुँदो रहेछ चौतारीमा भनेर मुग्लान जाने पिरोगिराम पोस्ट्पोन गरेर यतै बसियो। मोहनि, शायद मोहनि नै भन्छन क्यारे, चौतारीले मोहनी नै लायो, सकिएन त्यसपछी चौतारी र चौतारीका गाउँलेहरुलाई छोड्न। समयसँगै धेरै साथीहरु बनाइयो, चौतारीमा सँगै हाँसियो, सँगै खेलियो, कहिले झगडा गरियो, कहिले झगडा भएको हेरियो, कथा कबिताहरु पढियो, गाना बजानाहरु सुनियो, एक दुई पल्ट कुखुरा पनि चोरियो। समग्रमा असाध्यइ रमाइलो गरियो अहिलेसम्म र अझै धेरै रमाइलो गर्नु त छँदैछ। अब यसरी नै १०० औँ, २०० औँ, हजारौं भागसम्म संगै रहन पाइयोस, सबै गाम्लेहरुलाई आज हिरक मउसबको उपलक्ष्यमा मेरो यही शुभकामना, हाम्रो चौतारीले यसरी नै जात, धर्म, लिंग, राजनिति, भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर 'हामी नेपाली' हौ भन्ने भावना भएका सबैलाई अनन्तसम्म छहरी प्रदान गरी रहोस। अन्त्यमा, चित्रे ब्रोले माथि टुप्पोमा टाँसेको गीतका केही हरफहरु सभार गर्दै मेरो सानो मन्तब्य यही टुंग्याउँछु, जय चौतारी! समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर
यो अङ्क चाहीँ अलि बिस्तारै दौडाउन पाए यसो कथा कविता पढेर आनन्द लिने साथ् साथै आफ्ना रचना नि राख्ने समय पाईंथ्यो कि झैं लाग्या छ। सकभर सबैले यो अङ्कमा आईकन मात्रै भ'का पोस्टिंग वा अरु बेलाका जस्ता एक लाईने कुराकानि अलि कम गर्न पाए यो अङ्कको आयु नि लम्बिन्थो र धेरै रचनाहरुले ठाउँ पाउँथे कि। कुरो नि एउडा।
आफुलाई त अझै फुर्या छैन, साहू बुढाले दला दलाई छन् र यसो यो अङ्क लम्ब्याउन पाए कसो राख्न नसकिएला त अन्त सम्ममा भन्नि सोचाई हो आफ्नु।
Good Morning gaamle haru taaaaaaaaaaaa. ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!
हिरक अभिबादन् गर्दै, यो मेला मा यो भेलामा अबेला नगर्दै जाम्, तारेमाम्। अनि अउटो कुरो नि- सबै घगडान राइटर फाइटरहरुले यसपाली आ-आफ्नो प्रस्तुती राख्ने नै छन्, चौतारीको बेगलाई रोक्न सकिन्न, अनि पढ्न भ्याइन्न,सिङ न पुच्छर् हुने हुन्छ।
त्यसैले चौतारीका बुज्रुक मित्रले सान दाई लाइ भनेर छुट्टै "बल्खु" गाम माग्ने हो कि? हाइ लाइट् चाहि चौतारीमा, पुरा भाग चाहिँ "हिरक बल्खुमा"। यसो गरे कसो होला।
छोटे मुह बडी बात- खें.... खें..... खें...... खें.......।
गोताएँको प्रस्तुती राम्रो लाग्यो। कथा बस्तु भन्ने हो भने खासै केही छैन सामान्य दिनचर्याको एउटा झलक सम्म हो तै पनि कुनै नया कुरा हो कि झैं गरी प्रस्तुतीले ध्यान समेटी रहने मात्र हैन पढीरहेको पंक्ति छोडेर अघिल्ला पंक्तिहरुमा के होला भन्ने होडमा मनलाई उक्साउँदो रहेछ।
लेखनको शक्ति भनेकै पाठकको मन माथि प्रस्तुतीको हावी हो जस्तो लाग्छ मलाई। गोताएँब्रोले आफ्नो लेखाईले मन मेरो बाँधे। खै के भनुँ? स्याबास।
चौतारीले दोस्रो बर्ष पार गरेछ। पहिले पहिले साझा खोल्दा खासै ध्यान नदिईने यतातिर। २६/२७ तिरको कुरो होला, एकदिन अड्डाँ बसेर साउको आँखा छल्दै काम चोर्ने बहानामा यसो एउटा छेउमा बसेर गाम्लेहरुको कुरा सुन्न थालेको, ईन्स्ट्यान्ट फ्यान भईयो। यसो अलिअलि कुरामा कुरा थप्न थालियो। चौतारीको विशेषता नै हो, छिरेपछी ठाउँ पाउन गारो भएन, छोड्ने मेसो मिलेन। हेर्दाहेर्दै रैथाने भईएछ। कहिल्यै नदेखेका मान्छेहरु आफ्ना लाग्न थाले। भरखर ७५ पुग्दैछ, भविष्यमा यसरी नै निरन्तरता पाईराखोस हजारौं भागहरुसम्म - मेरो शुभकामना।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.