gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 145676 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-16-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका !!
 
Posted on 12-16-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन आजकाल नमे कहाँ मोर्यो, झत्तै आइज ओइ चौतारीमा यहाँ सबै जना भेला भएका छन मेरिज खेल्न
 
Posted on 12-16-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबजी सन्चै हुनुहुन्छ ? :)
सबै कता जानु भएछ नि ?
 
Posted on 12-16-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना हत्तेरिका भन्छन्, क्या मिहिनत गरेर सब नाम मा गीत लेख्या, नेपालमा हुदो हो त राष्ट्रा गान मा सेलेक्ट हुन्थें, यहाँं ताली को सट्टा गाली खाइयो बा--
 
Posted on 12-16-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर मिस् सञ्चै छु। तपैंलाई कस्तो छ?
खै अघि भर्खर एक हुल ठिटा-ठिटी पात बजाउँदै तल बजारतिर लाग्या देख्या' थिएँ। सायद त्यही हुलमा हिंड्या जस्तो छ यताका सबै जना पनि। :)
 
Posted on 12-16-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्त्रियगान मा विवाद आयो भुन्ने सुनेकिम मुइले त ।

हत्तेरिका!!! कस्तो मेहनत अरेओ त दोहर्याइ तेहर्याइ र पो हत्तेरिका!! भुनेकिम
 
Posted on 12-16-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि, हेत्तेरिका फेरि सन्तानले डाँडा काँडा ढाकुन् भन्ने आशीष दिन थाले भनेर भन्या हो है!!!
राहुलजीलाई त कहाँ भन्थें र? तपाईंको कथा र कविताको त पारखी पो हुँ नि।
 
Posted on 12-16-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पैला को राष्ट्र गान लेख्ने चक्रे (चक्र पाणी) नि माइलो रे, त्यो बिबादमा परया को राइटर नि माइला ( ब्याकुल्) रे, अब यो सोह्रै आना अच्छा लेख्ने राहुले नि माइलो पर्‍यो, सन्जोग भन्या, यही होइन र गांठे ?
 
Posted on 12-16-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढ्न भ्या'को कथाहुर!

गालउको लेखाई को त कुरै नगरम्। सललललल बग्नि, अनि कल्पना गर्न नि जान्नि हो! तर तेई हो, पहिलो पटक नेपाली मा साईन्स फिक्सन पढेकोले होला, के के अनौठो चईं ला'गो।

बिर्खेको मेजरनी फेरि! मेजरनी त के, जरसा'पकी रानी सा'पलाई नै लप्तानले भगाईदेको देखेको छु यथार्थमा! कठै जवान् लप्तानको ता कोर्ट मार्सल नै गर्देको हो के रे उस्बेला।

मास्टरनी नानी, आयुष्मती भएस्!
राहुले, गाना त राँरो, तर तो लयको ओरिजिनल गाना सम्झँदा पारो चढ्नि के!

आज जे होस् यम यस यन मा जिम्माले सँग नि चिनजान भो, खुशी छु मु त! ट्याक्र्याक्कै जोन ट्राभोल्टाको जु्म्ल्याहा भाइ जस्तो छ! मेरो त लोप परो! :p यस्सो जिस्काको, "ए पात्तेका बुढा! तिम्रा घराँ दाजु भाई छैनन्? अर्काऽ छोरोलाई यस्तरी जिस्क्याम्नी?" भुनेर पो गाली गरो! :D
 
Posted on 12-16-06 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा राहुले डुल्या हो
चौतारिको पिपल गन्या हो
यो सबै हाम्ले देख्या पनि हो
मेहनत देख्दा देख्दैनि चुप बस्या हो

तालि भन्ने कुरो तेसै काबझ्छ ?
सेलेक्ट हुनलाइ टोलि चाहिन्छ
राहुल मात्र भए देखि निर्विरोध हुन्थ्यो
माहिलो कि बिल्लाटाँस्दा दोधारमा पर्यो
(रिस उठे माफी )
:)

गालबजी दोहरो सास चलेकै छ ।
 
Posted on 12-16-06 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) पुन्टेदा
दुइहात जोडेर नमस्ते अरे है
 
Posted on 12-16-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MASTAR NI NAANI KO KURO NAI UCHCHA STARKO HUDO RAHECHHA, kaha hami jasto Laddu le bujhnu, kehi dina na sake ni dhanyabaad chai diu hai Miss.
 
Posted on 12-17-06 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपालको फ्यान
तर कविता लेख्ने कति रैछ ज्ञान

विस्व निकेतन गयको रे
नेपालिमा नेपाल टप गरेको रे

उहिलेका बोड टपर
अहिलेका इन्जिनिएअर् साब

३६ सालमा एस् एल् सि दियपनि भन्छन् आफुलाइ भाइ
चौतारिमा सबै मिलि स्वागत गरौ तर भन्छौ हामि राहुलदाइ
-----------

या कविता लेखनै आयन यार्, क्या र्‍याक भो

Amazing (झिल्के)
 
Posted on 12-17-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, राहुल बूडा पुनि आ'चन् हाँरो चौतारीमा! स्वागत र दण्डवत टक्राएँ राहुल दाइलाई। ऐले त हिजो बेल्काको बिजुली-पानीको सूरमा सपना देखिरा'होलान् के रे।
 
Posted on 12-17-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
गौततमजी सन्चै ?

हे हे हे के भुन्या होला बरै यि राहुलदाजीले । बांगो टिंगो कुरो गर्न का पाइन्छ राहुलादाजी हामी सोझा साझा चौतारीवासी सअ?
'kaha hami jasto Laddu le bujhnu'
जे भ'नि Laddu को धन्यवादलै WELCOME त गर्नै परो :)
 
Posted on 12-17-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ ले बुढा भने, कोइले बिजुलिपानीको भने, जस्ले जे भ्न नि राहुले नै हो क्या र । मिसा लाइ त गूड मर्निङ भन्नु नै पर्‍यो, नत्र हाम्रा नि क्रेडित कम हुन्छ, अर्का देशमा, भोकै बास् हुन्छ फेरी । हाम्रा टोलाँ भापो, यहाँ त बा बा खैरे काले, मधिसे र बांडरको मासु खाने क्या हाम्रा उत्तर तिरको बाहेक नभेटिने, के भा हो ? अनि अर्को कुरो नि, जङ्गे ले ३६ साल को एस् एल सी भने है, त्यो साल म त अंग्रेजी को क ख सिक्दै थिएं । ६ कक्षा सम्मा चोर चार गरेर पास् गरेको त्यो बेलां त ।
 
Posted on 12-17-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई मेरो तर्फबाट आइतबारे जदौ!!
लु राउलदाई नि आएछन् गाममा!
अब एउबाजि आएसि फेरि फिर्ता जान पाइँदैन नि बाबै! :)
 
Posted on 12-17-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!
जिम्मालबा, लङ ट्याम नो सि, सँचै ?
 
Posted on 12-17-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई मेरो तर्फबाट आइतबारे जदौ!!
 
Posted on 12-17-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संचै छु भन्नु परो बा ग्वाँचे!
बाँचेओ छु, एउमुठि सास साँचेओ छु! तिम्रो के छ नि?
लु यामे नि आएछ!

हा हा हा पुन्टे दाईको कुरो बल्ल देखि'रा! अब क्यार्नु त नि झन बुडो भ' र अर्को बुडालाई आँखा लाम्छौ बुडा तिमी। जे होस खुसि लाओ मुलाई नि चिनजान भा'कोमा :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters