nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 144950 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-13-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम मा मुखिया बा र माष्टर्नि नानी (Miss_Me) लाई स्वागत छ। आम्दै गरुम है।
हैन के हो यो मुन्द्रेको माघमा मुइँसिर लागेको? लु चित्रे तिमी नि कति एक्लै बस्छौ बरु मैनाको बा सित कुरो अर्नु पर्ने भए म गरिदिउँला। यो माघाँ तिम्रो टुङ्गो लाउनु परो।
ल म नउशाको खेल खेल्न आउँछु, अलि प्रस्ट देखिने नउशा टाँसन है, बुढो भर हो कि यो आँखाले अलि ठम्म्याउन गारो पर्यो तिम्रो कुनै कुनै नऊशा।
 
Posted on 01-13-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रे केटो नि उठ्यो, आएन त। लाहुरे दाइलाइ बोलाउन गा हो कि।
 
Posted on 01-13-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, लाहुरेलाइ यता बोला'र एउदिन चौपाराँ नचाम्न पर्च । त्याँ चौपारीका दाइने पट्टीया कोखाँ यौडा पानी पर्दा ओत बस्नी स्यानो पाटी बनाम्नलै पैसो नी झार्न पर्च लाउरेसँ ट है !
 
Posted on 01-13-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तपाईँहरु सबैको मन ठुलो छ। मन भएसी हुन्छ। गामका चौतारा सौतारा चिन्नलाइ अनुदाने त चाहिन्न। एक फन्को नाच्दिनुस्!" भने भेट्दाखेरुन्।
 
Posted on 01-13-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो त हुन्तो, तै नी लौ मलयाट गामको लाउरे आओ भनेसी गाम्लेरू ले त्यसै छोड्न मानोइनन् कि भनेर नी ! आइयालेच भुने जसो अर्नि हो अरम्ला तो नि सबैका सल्लाले !
 
Posted on 01-13-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो सबैलाइ नमस्कार छ है ।

यां चाँतारीमा त बडो रमैलो पो रछ त । मलाई नाच्न गाम्न त आम्दैन तर रमैलोमा एकछिन् त बस्न पाइएला नि ।

तो क्यारे उकालोमा पनि हजुर मोटर जांदो रैछ भन्ने गीत गाम्न हो कसैले । मलाई सुन्न मन ला छ ।
 
Posted on 01-13-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ब्यानै उठेर यो पुषओ जाडाँ बुडीमाउ सित गफ अर्दै आगाओ अगि बसेर चा खाँदैथे, तेइबेला बाहिर एकहुल स्कुले केटाहुर चिच्याएको सुने। ‘के मोरेचन र हो ब्यानब्यानै’ भन्दै बाहिर हेरेको ‘तरालीहुरले उँभोबाट चेलु-चेंग्रा लेएर आका छन् रे’ भन्दै केटाहुर हुरुर्र दुगुर्दै पो रैचन्।
.

 
Posted on 01-13-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘ओए बुडी, खै ले ले मेरो टोपी कता छ? तरालीहुरले चेंग्रा लेका रैचन। एउटो लेउन परो हाम्ले नि’। बुडीले हाताँ टोपी थमाइदि अनि गल्बन्दी भिरेर घराट निस्केँ।

यस्पाली त यी पश्चिमाहुरले चेलु-चेंग्रा लेउन नि ज्याद्रै जो ढिलो अरे गाँठे। पैले पैले त पुष लाग्दा नलाग्दै कति बथान चेंग्रा झारिसक्ते हाम्रा गाम तिर। यस्पालि त लौ भोलि देखि माघ लाउँदैछ, बल्लतल्ल एक बथान लेइपुराए । आजकल यिनी तरालीहुरलाई नि ज्याद्रै जो दुख छ रे भन्चन उनका लेखतिर। ति कइँ नभा माउवादी भन्नी डाँकाहुरले बस्न टिक्न नदेएर धेरै जसो त उँभोबाट तल तिर झरिसके रे। तै नि कोइ कोइले तेतै बसेर अजै चेंग्रासेंग्रा पाल्नि रैचन्।

चेंग्रा राखेओ ठाममा पुग्दा त सप्पै गाम्लेहुर पुगिसकेर नि गतिला गतिला जति समाति सकेआ रैचन्। नमे, चित्रे, मुन्द्रे, दादा, बिर्खे जिम्माल, लाले सप्पै जो यईँ रैचन्, एकन्टा समाइसकेका। तो सिरे नि रमझम हेर्न भए नि आओ रैच, मासु-माछा खान्न के रे तेल्ले। सप्पैले जो चेंग्रा आँटेचन यस्पालि। हुन नि यिनी तरालीहुरआट चेंग्रा किन्न ज्याद्रै जो सजिलो। अइले भक्खरै तिर्न नि नपर्नि। उनीहुर चेंग्रा बेच्दै उँधो तराई सम्म पुगेर सप्पै बेचेर भेइएसी फर्किदा २-३ मैनै हुन्च। तेति बेला सम्म तिनका गाम तिर हिउँ पग्लेर अल्लि न्यानो नि हुन थालिसक्च रे। तिनीहुर घर तिर फर्किँदाखेरि बल्ल सप्पैकाँट पैसा उठाउँदै आउँचन्। तेतिबेलै तिरे हुनि।

आज त के अचम्म हो? तिनी मुखिया बा नि आएर दुइटा चेंग्रा अंठ्यार बसेआ रैचन्। यिनी मुखियाबा ले नि ज्याद्रै जो दुख पाए गाँठे जिउले नदेएर। बात का हुनुसम्मनका बिमारी। पैताला र नलीखुट्टाआ जोर्नि ज्याद्रै जो दुख्नि जैले नि, त्याँ माथि बातले चेपेओ बेला कैले कैले त मुत्न नि नसक्नी हुनि भएर आजकल धेरै जसो घराट नि निस्किन्नन। आज चैं तै निस्केचन् चेंग्रा भनेसी।

मैले नि नमेलाई छान्न लाएँ एउटो। केटो ज्याद्रै जो तकडा छ यस्तायस्तिआँ। नउचालिकन नि ठ्याक्कै जो अंदाज लाउन सक्च कति गरुङा छन यिनी चेलु-चेंग्रा भनेर। तेले छानेसि फरक पर्दैन लौ। घाटा त ज्यान गए परिन्न। एउटो काइदाओ चेलु छानेर त्याँसि तेइ भङ्ली दमिनिओ छोरोलाई डोराम्न लाएर घरतिर आएँ।
.

 
Posted on 01-13-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada, bhari chautari ma amla. ahiley abar bhacha. la ta dada
 
Posted on 01-13-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, काकाले त चैते दशैँलाई च्याङ्रा स्याङ्रा किनिसकेछन। ए काका, एउटा सपेटो मलाई है। अब
आफू त एक्लो मुन्छे सिङ्गै च्याङ्रो सिध्याउन पनि सउदिन। पोहोर साल सिङ्गै च्याङ्रो काटेर
सुकुटी बना'र दलिनाँ सिउरेर राख्याथेँ, त्यै सिरे जवईँ आ'र एउटा एउटा थुत्दै धोबिनीका तिर
गएर रउसीलाई चटनी बनाउदै अरेर सक्काए। तिनको बिहे भा'थेन केरे पोहोर साल त। खुसु
खुसु यिनी पनि त्यै धोबिनीकाँ त हो नि जानी। पुन्टेदाई र सिरे जवईँको कफुटेसन नै थियो
गाँठे।

:-)
-भउते
 
Posted on 01-13-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!!!!!!!! कुरो तस्तो पो र'च? ति धोबिनीको च्यात्त्या पेटिकोटाँ लुट्पुटिन जाँदा किन च्याङ्‌रा च्याङ्‌राऽऽऽ गनाउँछ भनेको त!

बेईमानी सिरे! धत्!
 
Posted on 01-13-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ काकाले त काइदाओ च्याउँरो घिच्या्र ल्याचन् ! ठूला जहानका मुन्छे त हैनन्, क्यार्न यत्रो बडेमान्को
च्याउँरो ले'राए यिनले ? बुडाका दाँतभे झन के अर्दाउन् ? माछा मासु भनेसी मुन थाम्नै नसक्नी यि पनि ।
हुन त काउलीयाँ त मुन थाम्न नसक्नी मुन्छे के को....च्याउँरो देखेसी कछाड नी नकसी दुकुर्दै ग'र लेरा'चन !

लु है काका एउडा खुट्टो मुलाइ नि चाइन्च ! लाले ले "तुच्च तुच्च" पारम्ला एउदिन यतै आउ भनिचन, त्यै ले'र जान पर्ला जानि बेलाँ ।नदिनी भे राति खोराँ आल्ली ठुलो भोटे ताल्चा लाउन नभुल्नू नि, अइल्यै भनिचु ! :)
 
Posted on 01-13-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो चित्रेको चित्रकारीले त दिमाखै घुमायो। कैले तीलका गेडा भुईमा छर्या जस्तो देखा'र "ल भन् त यो काँ?" भन्छ, कैले टपरीमा अचार पोख्या अस्तो नउसा देखौंच। यो नेपाल खाल्डोको के हरिबिजोक अर्या हो कुन्नी? बाटा घाटा नी कत्ती थोरै, आफ्नो गाम तिर जानी त बाटै गाएप पार्देच बा।

त्यो सिरे र पुन्टेकी धोबिनी त चिन्या चिन्या अस्तो लाग्यो है। यतै तिर आउनी सुरसार छ रे तेस्को।
"अउँरिकाँ काँ जान्छेस?" अनेर सोध्या त,
"आ, आफ्नो त बौन बाजे, पहिले पनि वासिङटन (धोबिघाट, washingtown dg, अहिले नी वासिङ्टन (washington dc)" रे।

हन काका, च्याङ्ग्रो त तगडा छ, के अर्चौ त? अब मिलार भाग लाउनी हो कि, छुट्टै छुट्टै बेच्नी हो, कि एक्लै हसुर्नी बिचार छ? जे भे नी, अरुले था नपाउन, माइला र मुन्द्रे लै पनि डाकम् अनि, एक दिन चैं तुच्च तुच्च पार्न पर्च है त।
 
Posted on 01-13-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dajai la ta ma ta chautari ma hashang pashang gardai, mukha ma makai chapau dai, paijukey. ghar ma mero bhihey ko kuro chaldai cha rey. bhihey ta garnei paroy yo sala.
hajurharu lai nimtho diula.
 
Posted on 01-13-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज दिउँसो देखुन चौतारिआँ आम आम लाग्या थ्यो , त्यो चित्रेको नऊशाले गर्नु गरो गाँठे!
चाइन्जो नऊशा चिन्दै गाको त मलाई त 'नजरबन्द' पो गरे। यि यस्तो भने मुलाई -

"SQL execution speed(ms): 15
You have posted the maximum limit of 20 messages in the last 24 hours.

Please do NOT register a new account.

Thank you"

अनि त्याँसि मेरो पालो कहिले आउँछ भन्दै पर्खँदा पर्खँदा यतिबेला भो यि क्यार्नु।

ल लालुपाते पनि आएछौ, लु रमाईलो गरुम अब।
 
Posted on 01-13-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana, dajai, khai ta dada? dhula kancha ka po gayeholan jasto cha. dula kancha gahra gaigui chalira sunethey.
 
Posted on 01-13-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, आर्को लालु नी आएचन्। बस बस, काकाले च्याङ्ग्रो मार हान्दैचन्, कस्तो मौकैमा आएचौ।
क्यार्न अप्ठ्यारो मानी रा' हो? सोधे भै हाल्च नी नेपालीआँ लेख्नी कसरी भनेर? पैला पैला त अली गाँड फाट्छ तर पछि पछि बानी बस्तै गे छि त नेपाली मै लेख्न रहर लाउदो रे च गाँठे। मलै नी यै चौतारीका दम्तरीहरुले सिकाका हुन्। त्यो मदन पुरस्कार पुस्तकालयको यान्त्रिक ठेगानामा जान पर्छ र सबकुरो त्यहि लेख्या हुन्छ।
एउडो कुरो चैं भअ न है। ह न चौताराँ भनेछि सब खार्या बोकै बोका मात्तैको भिड हुनी भो। लौ जा त। हु न त मै पनि एक हुँ। माइला नि हो के रे। लालु, भउते भैगए।
 
Posted on 01-13-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लालुपाते बाबु म बुडा को शुभकामना छ, राम्री हिस्सि परेकि दुलइ पाएस् । जन्ते बाख्रो खान मलाई पनि बोलाएस् नि । फेरि यी मुखिया बुडाको दाँतनै छैन के बोलाउने भनेर नबोलाउलास् नि । म जन्ते बाख्रो पाए पछि त नक्कलि दाँतै ले भए पनि खान्छु नि
 
Posted on 01-13-06 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यि नेपाली साइलाले कल्लइ खोजेका हुन् कुन्नि चैतारिमा, बोकै बोका पो जम्मा हुने भप भन्छन त ऐ गाठेँ । एउटी राम्रि नानी खोजेर लेरार नचाउनुनि त । नानी खोज्न त अरु चौतारे ले पनि त सगामथे नि त । कि कसो चौतारेहरु
 
Posted on 01-13-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्‍है मिठा मिठा गफ हुदोँ रेछ यहाँ त येसो हामिलाइ पनी चानस दिम मित्रहरु बरू मित्रहरूलाइ मेरो तरफबाट यो भेटी!
Enjoy!!!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters