deoneofakind
Replies to this thread:

More by deoneofakind
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Happy Birthday your Highness

[Please view other pages to see the rest of the postings. Total posts: 42]
PAGE: <<  1 2 3  
[VIEWED 18560 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-30-05 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heartly wishes His Royal Highness the Crown Prince hearty greetings and best wishes on HRH Crown Prince's 35th auspicious birthday

 
Posted on 01-04-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeah, hes the greatest motherfu**ker. He kills his brothers to poses his brother's land. He is devil's divine pet. We should drive him back in his jnunle of liars, murder. fu** u parus, muji
deoneofakind!
 
Posted on 12-11-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You can read the full sotry at www.sbsen.com

===================================
स्थानीय प्रशासन अपराध नियन्त्रणको कसीमा जाँचिनुपर्ने हो ! अपराध नियन्त्रणको अर्थ हो - अपराध हुनु पर्ूव अपराध हुनबाट नियन्त्रण । यसलाई दर्ुइ प्रकारको माध्यमबाट गरिनर्ुपर्छ । -१) प्रशासकको जनसर्म्पर्क र जनसहभागिता, -२) प्रहरीको सकारात्मक उपस्थिति र अन्य क्रियाकलाप । यी दुवै माध्यमको प्रयोग र परिचालनबाट आफ्नो प्रशासनिक कार्यकालमा कैयौँ अपराधीहरूमाथि अनुसन्धान र कार्यवाही भएका छन् । फलस्व/mप मेरो प्रशासनिक कार्यक्षेत्रभित्र मेरो उपस्थितिमा अपराध स्वतः जस्तै गरी नियन्त्रण हुने गथ्र्यो । छिटफुट घटना घटिहाले पनि परिश्रम र इमान्दारीपर्ूवक अनुसन्धान हुन्थ्यो र अपराधीहरू कार्यवाहीमा पर्थे । फलस्व/mप, शान्ति, सुरक्षा, अमन चयन उदाहरण लायक ढङ्गले स्थापित हुन्थ्यो ।
तर, कहिलेकाहीँ प्रहरीमै सम्मिलित राष्ट्रसेवकहरू प्रत्यक्ष -पदाधिकारीमै) र अप्रत्यक्ष -व्यक्तिगत) रूपमा गल्ती गर्थे । भूल गर्थे । अहङ्कार गर्थे । परिणाममा अपराधजन्य घटना घट्थे, त कहींँ श्री ५ को सरकारले प्रशासनिक क्षेत्रमा व्यक्तित्वको सही छनौट गर्नै सक्तैनथ्यो र प्रशासन प्रभावकारी ह्ुँदैनथ्यो अनि विभिन्न खालका घटना र अपराध हुन्थे । लुक्थे, हराउँथे । क्रोनिक भएर हराउँथे । यस्तोमा पनि परिश्रमका साथ अनुसन्धान गरिरहनर्ुपर्दथ्यो ।

२०३८ साल देशको लागि लाजमर्दो शु/mआत लिएर आयो । काठमाडौंबाट पोखरा घुम्न भनी आएका नमिता र सुनिता भण्डारी तथा मिरा पराजुली वैशाख २४ गते हराए । वैशाख २९ गते नमिताको लाश सेतीनदीमा फेला पर्‍यो । आषाढ ६ गते सुनिताको लास सेती नदीको तीर बगरमा फेला पर्‍यो । मिराको मर्दो हो वा जिउँदो पत्ता लागेन । केही दिनपछि वनपाले चूडामणिलाई पनि गोली हानी मारिएको लाश असार महिनाको पहिलो हप्तामै फेला पर्‍यो । यसले स्थिति अरू जटिल र भयावह हुन गयो । स्थानीय प्रशासन हत्यारा पत्ता लगाउन असफल रहृयो । पोखरा शहरको स्थिति अस्तव्यस्त भयो । गुण्डागर्दी यति बढ्यो कि, रात्री शिक्षालयहरूमा र बिहान सबेरैका शिक्षालयहरूमा महिलाहरू जान छाडे । सिनेमा हलहरूमा महिला दर्शकहरू पस्न छाडे । महिला तथा कमजोरहरू घरबाटै ननिस्केर आफ्नो सुरक्षा गर्न थाले । यस स्थितिमा श्री ५ को सरकारले त्यहाँ भइरहेका उच्चस्तरका अधिकारीहरूलाई स/mवा गर्नु तत्काल उपाय हुने साँेच्यो ।

यही कारणले भाद्र १७ गते कास्की जिल्लाको प्र.जि.अ.को काममा खटाइएँ । १८ गते बिहान साविक प्र.जि.अ. पद्मराज सुवेदीसँग विन्धवासिनी भगवतीको दर्शन गरी र्फकंदा, काखमा घर हुने पेण्टकमेज लगाएको पुजारी /mद्रनाथ बाहुनले सुवेदीसँग ठट्टा मजाक गर्‍यो । भन्यो - 'ती राँडीहरू मर्दा के ! राँडीहरूको चिलाउँदा हाम्रो सि.डी.ओ.को स/mवा भयो ।' सुवेदीले असजिलो मान्नुभयो । मैले उसको चालढाल हर्ेर्दै रहेँ । काठमाडौंमा श्री ५ का प्रमुख सचिवले गोप्य कुरामा भनेको सम्झेँ - 'विन्ध्यवासिनीको पुजारी कामुक छ रे । हरेक जातिका आइमाईको योनीको आकारप्रकार बताउँछ रे । हर्ेर्नू है ।' उसका कौवाका फुल खोज्ने आँखा र सुवेदीसितको स्तरहीन सम्बन्धका कुरा हेरेँ । यसै बेलादेखि नमिता, सुनिताको हत्यामा त्यस बाहुनप्रति मैले अनुसन्धान शु/m गरेँ ।

भाद्र २३ गते साँझ ५ बजे प्रहरी एस.पी., डि.एस.पी. र जिल्ला इन्स्पेक्टरलाई बोलाई पोखराको स्थिति र परिस्थिति बुझी पोखरामा हत्या अपराधहरू भइरहने र अपराधी पत्ता नलाग्ने भै आएका धेरै घटनाहरू छन्, तिनीहरूलाई मध्यनजर राख्दै अपराध कर्मी, गुण्डागर्दीलाई पर्ूण्ारूपमा र कडाइका साथ नियन्त्रण गर्ने । नमिता, मीरा, सुनिता र चूडामणिको हत्यारालाई उम्कन नपाउने गरी अनुसन्धान गर्ने, स्थानीय, प्रशासनबाट हुने सबै सहयोग सहभागिता मबाट हुनेछ । तपाईंहरू पछि हट्नु र डराउनुपर्दैन' भन्ने निर्देशन र हौसला दिएँ ।

भाद्र ३१ गते नमिता, सुनिताको हत्यारा पत्ता लगाउन चितवन मालका ख. रामप्रसादलाई कास्की मालमा स/mवा व्यवस्था मिलाई दिनुहुन भनी गृह मन्त्रालयलाई अनुरोध गरेँ । आश्विन ४ गते दाहिने साँप्रोमा पिलो आएर पुरानो कम्पाउण्डरद्वारा फोरी सफा गरी कपासको ठेँटी कोचेर बाहिर निस्कन नसके पनि बसेर गर्ने काम गर्दै बसेको थिएँ । ३.३० बजे 'सेती त्रिवेणी नजिक अलिकति माथितिर खोलामा दर्ुइ ठूला ढुङ्गाको कापमा बोरामा हाली राखेको एउटा पुरानो लास छ' भन्ने सूचना पाएँ । प्रहरी इन्स्पेक्टर राणालाई खबर गरी 'लास उठाए र आजै अस्पताल दाखेल गरी लासजाँच गराउनू । कुहेसडेको भए पनि लासको सनाखत हुन सक्छ कि - हर्ेर्नू, हेराउनू । त्यस्तो नभएमा बेवारिसी लासको सद्गत गराइदिनू, बोरा र बाँधेका रस्सीहरू अफिसमा राख्नू' भन्ने निर्देशन दिएँ ।

भोलिपल्ट आश्विन ५ गते ११ बजेसम्म प्रहरीबाट त्यसबारे केही खबर आएन र जिल्ला प्रहरीमा गई इन्स्पेक्टर र अरू १३ जना प्रहरी जुनियर अफिसरहरूलाई लिई र्‍यालेचौर जाने बाटो भएर भीरबाट झरी काली खोला गएँ । त्रिवेणी थोरै माथि अर्को खोलाको तीरमा बोरामा हाली मुख बाँधी फ्याँकेको पुरानो लासको स्थिति हेरेँ । त्यहाँ थाहा भयो - जनसर्म्पर्क अधिकारी मुकुन्द केशरी पाण्डेले आश्विन १ गते नै थाहा पाएका रहेछन् र २ गते बिहान इन्स्पेक्टर, सव इन्सपेक्टर १ जना, पुलिस १ जना र नीज जन सर्म्पर्क अधिकारी १ गई हेरेछन् । फुटेको बोराबाट देखिएर निस्केको लासको तल्लो हर जाँघका हाडहरू एउटा खुट्टा करङ्ग भएको, मासु माटो र बोरामा टाँस्सिई सकिएको अवस्थाको लास देखेछन् - बोरा खोली धोई पखाली हेरेछन् - यसरी हर्ेदा लास आइमाईको भन्ने यकिन गरेछन् । उनीहरूको भनाइमा लास कर्ुर्ने र पोष्र्टमर्टमहरू गराउने कुरा बेकार सम्झेर फर्केछन् ।

हिँजो ४ गते मैले दिएको निर्देशन बमोजिम प्रहरीले केही नगरी र आज पनि ११ बजेसम्म कुनै खबर नगरेकोबाट मलाई प्रहरी इन्स्पेक्टरलाई किन हिँजै लास उठाइएन - लासजाँच किन गराइएन -' भन्ने शङ्का लाग्यो । हिजोको मेरो निर्देशन बमोजिम काम नभएको कारणले गत राती खोलामा बाढी आएछ - लास छ भन्ने थाहा भएपछि प्रमाण गुमाउन खोज्ने गिरोहमध्ये कसैले राती वा कुनैबेला बाढीमा लास बगाइदिएछ । उनीहरूले १ गते र २ गते देखेको लासबारे जति कुरा गरे त्यति सुनेँ । त्यहाँ भए पाइएसम्मका हाडखोर बटुल्न लगाएँ । मैले पनि खोजेँ, खोजाएँ । संयोग बालुवामा पुरिएका २ वटा मासुका डल्ला, २ वटा करङ्ग, एउटा कम्मर जोर्नीको हाड फेला पर्‍यो । हातहातमा लिएर फर्कियौँ । म चढेको गाडीमै राखी अस्पताल पुर्राई इस्पेक्टर ओमविक्रम राणालाई 'जाँच गरेर प्रतिवेदन लिई मात्र आउनू । तपाईं राणा भएकोले डा. कुमार शमशेर राणाबाट लासको जाँच गराउन सजिलो होला, बस्नुस् । तपाईंले २ गते लास देख्नुभएको थियो, त्यसको आधारमा लासजाँच गर्राई प्रतिवेदन लिई आउनू' भनी छाडी फर्केँ । साँझ फोनमा लासजाँचको प्रतिवेदनबारे प्र.इ. राणाले ँलास महिलाको हो, वयस्क महिलाको हो । उमेर र मृत्युको कारण आदि सग्लो लास नहुँदा अनुमान गर्न सकिँदैन' भने ।

मैले सोधेँ -'लाश कति पुरानो रहेछ - सोध्नुभयो कि --' 'प्रतिवेदनमा त छैन । कुरा कुरामा ५ मैना जति पुरानो हुनर्ुपर्छ भन्थे डाक्टरले' भने । यो कुरालाई मन्त्रालयमा जानकारी दिएँ । मेरो ठहरमा मिरा पराजुलीको लास हुनर्ुपर्छ' भन्ने लाग्यो । अरू १ हप्तापछि यतातिर सोधखोज गर्दै बुझेँ । कुनै उमेर पुगेको महिला हराए मारिएको बुझिन आएन । यसले गर्दा पनि उमेर पुगेकी महिलाको लास, अनि बोरामा हाली नदीमा फ्याँकेको अवस्था, नमिता सुनिताको हत्या र लासको प्राप्तिबाट मिरा पराजुलीकै लास लाग्यो ।

'एउटा बाख्रो चितुवाले मारेको त गाउँभर थाहा हुन्छ भने काठमाडौंबाट गएका युवतीहरू मारिनु, हत्यारा पत्ता नलाग्नु, बोराको लास १ गते देखेर ४ गतेसम्म पनि प्रशासनमा जाहेर नगर्नु, ४ गते नै लास ल्याई पोष्टमार्टम नगराउनु, ४ गते राती सो लास बाढीले बगाउनुबाट अत्यन्त ठूलो र प्रभावशाली गिरोहबाट यो हत्या भएको छ । पुराना धेरै अनुसन्धानकर्ता त सरूवा भैसके । एउटा ज.स.अ. पाण्डे छन् । उनी र प्रहरी इन्स्पेक्टर पनि प्रभावमा परी ४ गते बोराको लासको संरक्षण गरेनन् । यो गिरोह सक्रिय र उपस्थित छ' भन्ने लाग्यो । र, अरू र्सतर्कताकासाथ अनुसन्धान गर्नुपर्छ' भन्ने विचार बनाएँ ।

आश्विन ९ गते ७.३० बजे वनपालेका हाकिम जिल्ला वन कार्यालयका डी.एफ.ओ. ललितरत्न शाक्यकहाँ गएँ । 'नमिता, सुनितामाथिको अपराध नदेखे, थाहा नपाएको भए तपाईंका पाले चूडामणिको हत्या हुने नै थिएन । मर्नुभन्दा पहिले उसले त तपाईंलाई भनेकै हुनर्ुपर्छ साथी ! यो केशमा अनुसन्धान पूरा गर्न चाहन्छु । सहयोग गरिदिनुस्' भनी सम्झाई बुझाई गरेँ । 'तपाईं हामीजस्तो युवक राष्ट्रसेवक यस्तो क्रुर जङ्गली जनावरको राज्यमा झैं यति ठूलो अपराध भएको देखे जानेर बस्न हुँदैन । कुनै दिन, हाम्रो परिवारमा पनि यस्ता घटनाहरू घट्न सक्छन् । त्यसबेला समाजको आवश्यकता पर्दछ' भनी सहयोग गर्न विनम्रतापर्ूवक आग्रह र अनुरोध गरेँ । हात मिलाएँ । भोलिपल्ट १० बजे पनि दिउँसो डी.एफ.ओ. शाक्यलाई बोलाई कुराकानी गरेँ । उनीसँग व्यक्तिगत मित्रता बढाउने सिलसिलालाई अगाडि बढाएँ ।

१५ गते विहीबार डि.आइ.जी. चन्द्रवीर र्राई आएछन् । सोझै जिल्ला प्रहरी कार्यालयमा गई भीमबहादुर तामाङ्गको हत्या बारेको मिसिल हेरेछन् । 'नमिता सुनिताको हत्यातर्फकति प्रगति भयो - के कसरी अनुसन्धान हुँदैछ --' जस्ता कुराहरू सोधेछन् । अरू केके भने भन्ने त थाहा भएन । काठमाडौं झिकाइएको कर्मचारी आई अनुसन्धानको शैली र गतितर्फबुझी फिर्ता भएको कुरालाई खास अवरोध खडा नभएसम्म केही शङ्का गर्न उचित ठानिनँ । अव्यक्त भावनामै राखेँ । डी.एफ.ओ.लाई सर्म्पर्क गरेँ- 'साथी ! कति प्रगति भयो सुन्न पाऊँ' उनले भने पर्सि बिहान भेट्छु - नमिता, सुनिता र चूडामणि तीनैजनाबारे केही न केही खबर ल्याउँछु ।'

आश्विन १७ गते गृह सचिव विष्णुप्रताप शाहले अञ्चलाधीशलाई 'सि.डी.ओ.लाई काठमाडौं पठाइदिनू' भन्नुभएछ । थाह पाई भोलि जाने निधो गरी प्रतिवेदनका रूपमा नमिता, सुनिता, चूडामणिको हत्या सम्बन्धमा दिनभर र रातीसम्म कुराहरू बुझदै सङ्कलन गर्दै गरेँ - सहायक अञ्चलाधीश दामोदर उपाध्यायले भन्नुभयो -'के कसको आदेश निर्देशनमा हो - समयमै प्रहरीले हत्यारा पत्ता लगाउन सकेन, दबाउँन नै खोजेको छ भन्ने जनसाधारण समेतको मनमा परेको छ । हामी यस केशमा सफल हुन सक्ने अवस्था छैन ।' आज बिहान डी.एफ.ओ. आउने भनेको आएनन् । तर, पनि साँझ रातीसम्म बसी बुझेसम्मका कुराहरू सङ्कलन गरी गृह सचिवलाई जानकारी दिने प्रतिवेदन तयार पारेँ । प्रहरीबाट लास बरामद अर्थात् मौका तहकिकात गर्दा खडा गरेको लासको प्रकृति मुचुल्का र अस्पतालको पोष्टमार्टम प्रतिवेदन बाझिएको छ । जस्तै - प्रहरीको प्रकृति मुचुल्कामा सुनिताको योनीबाट रगत निस्केको, च्यातिएको भन्छ भने पोष्र्टमर्टमले माछाले खाएको भन्छ - खाएको माछाले नै हो भन्ने डाक्टरलाई थाहा हुने कुरा हैन ! साथै, माछाले खाएको भए मृत्युपछि खाएको हुनर्ुपर्छ र मृत्युपछि खाएकोमा रगत आउनुपर्दैन । चूडामणिको प्रकृति मुचुल्कामा काँखीमुनि एकातिर पाँच पैसा छिर्ने प्वाल अर्कोतर्फलोटा छिर्ने भ्वाङ्ग भन्छ भने, पोष्र्टमर्टममा गिद्धले खाएको भ्वाङ्ग भन्छ । गिद्धले नै खाएको भन्ने डाक्टरले थाहा पाउने कुरा हैन । साथै, लासको शरीरको अन्त पनि गिद्धले खाएको हुनुपर्ने - छैन । त्यस्तै चूडामणिकी स्वास्नीलाई प्रहरीबाट 'चूप लागे तिमीले आवश्यक धन पैसा सबै पाउँछ्यौ र दुःख पर्दैन भनी आश्वासन दिएको -उनले भन्छिन्), प्रहरीले यस सम्बन्धी चासो राख्ने भद्र भलादमीलाई दुःख दिएको, शहर बजार गाउँगाउँमा खडा गरेको आतङ्क, गुण्डागर्दीलाई नियन्त्रण नगरी भयावह स्थिति सिर्जना हुन र बढ्न दिएको आदिआदि कारणले यो घटनालाई गण्डकी अञ्चल स्तर र कास्की जिल्लास्तरका प्रशासन, तथा प्रहरीले दबाउने प्रयास गरेको देखिन्छ । अथवा अञ्चलाधीश गणेशमान श्रेष्ठ, डी.आइ.जी. चन्द्रबीर र्राई, डाक्टर कुमार शमशेर राणा, जनसर्म्पर्क अफिसर मुकुन्दकेशरी पाण्डेहरूलाई यस हत्या काण्डबारे जानकारी रहेको हुनर्ुपर्छ । साथै, यिनीहरू बाहेकमा शाही सेनाका कर्र्णोल क्षेत्रविक्रम शाह र डी.एफ.ओ. ललितरत्न शाक्यलाई पनि थाहा हुनर्ुपर्छ भन्ने सुनिन्छ र देखिन्छ पनि । के कसको निर्देशन र स्वार्थमा यो भइरहेको छ - त्यसतर्फभने यो प्र.जि.अ. अनभिज्ञ र अन्दाज गर्न क्षमताहीन छ । यी सबै कुराहरू पोखरा शहर बजारका आम जनताबाट सुने, विश्लेषण गरेका निष्कर्षहुन् तर उनीहरू आफै हत्या गर्नमा भने संलग्न देखिन्नन् ।

दशी प्रमाणहरू दबाउन, बिगार्न र फुस्सा पार्न प्रहरीले समयदेखिनै क्रियाकलाप गरेको देखिन्छ । तर्सथ, यही पृष्ठभूमिमा प्रहरी प्रशासनको माध्यमबाट यो परिस्थितिमा मबाट हत्यारा पत्ता लगाउने कार्यमा सफलता सम्भव देखिराखेको छैन..... ।' आदि । भोलिपल्ट आश्विन १८ गते ११ बजे वायुयानबाट काठमाडौं आएँ । १ बजे मन्त्रालयमा गई गृह सचिवलाई भेटेँ । प्रतिवेदन बुझाएँ । यस सम्बन्धी बुँदा बुँदामा सोध्नुभयो । सुन्नुभयो । भोलि बिहान घरमा बोलाउनुभयो । भोलिपल्ट आश्विन १९ गते ७ बजे नै पुगेँ । निर्देशन दिने सिलसिलामा 'अनुसन्धान ध्यानपर्ूवक गर्नू, सबैसँग मिलेर गर्नू' भन्नुभयो । विदा भएर प्लेनबाटै ११.३० बजे पोखरा फर्केँ ।

आश्विन ३० गते साँझ ६ बजे डी.एफ.ओ. ललितकहाँ गएँ । उहाँले 'म आफै त हत्याबारे पूरा कुरा जान्दिन जान्ने मान्छे बाहिर छ । लिन पठाउनर्ुपर्छ । बाटा खर्च चाहिन्छ । के गर्ने - भन्नुभयो । मैले 'बाटा खर्च लिनुस्' भनी गोजीमा भएको ५ सय रुपैयाँ दिएँ । उहाँले लिनुभयो र भन्नुभयो -'शायद चाँडै खुल्छ । मैले खास मान्छे पत्ता लगाइसकेँ' धन्यवाद ! दिएर फर्केँ । मेरो मनमा आशा पल्हाएको अनुभव गरेँ ।

कार्तिक ४ गते १२ बजे डा. कुमार शमशेर राणाजीलाई 'नमिता, सुनिता, चूडामणिको हत्याको अनुसन्धानमा सहयोग गर्नुहोस् डा. साहेव ।' भनी सहयोगका लागि आग्रह गरेँ । उहाँले मैले देखेको कुरा त पोष्र्टमर्टम रिपोर्टमा लेखेकै छु नि ! भनी बुज्रुकाइँ छाट्नुभयो । कुरा बुझेपछि अरू बढी शरण परिनँ । साँझ ५ बजे अञ्चलाधीशका नङ्ग मासु पोखरा नगर योजनाका प्लानर पदमबहादुर क्षेत्रीलाई बोलाई भेटेँ । अनुसन्धानका कुरा चलाएँ । उहाँले चिप्ला कुरा गरेर टार्नुभयो । म पनि व्यक्तिगतरूपमा अनुग्रह प्राप्त गर्न चाहन्नथेँ । यसपछि उहाँहरूसँग फेरि कुरा गरिनँ ।

कार्तिक ९ गते दिउँसो अञ्चलाधीशले भन्नुभयो -'सुनिताहरूको हत्यारा पत्ता लगाउने कार्य म गरिरहेको छु । यस्तो अचूक माध्यम पाएको छु । तपाईं सक्नुहुन्न, म सक्छु ।'

'वास्तवमा, यो केशले राष्ट्रलाई नै हल्लाइ दिएको छ । यस्तो ठूलो केशको अनुसन्धान हजुरबाटै भए सुहाउँछ पनि' मैले भनेँ । 'भोलिदेखि मेरो अनुसन्धान शुरू हुन्छ । तपाईं पनि बस्ने' 'हवस् ।' भोलिपल्ट कार्तिक १० गते कार्यालयीय काम गर्दै थिएँ । २ बजे उहाँको फोन आयो -'आउनुस् त ।' तुरन्तै उठी अञ्चलाधीशको कार्यालयमा गएँ । त्यहाँ स्याङ्जाको प्र.जि.अ., एउटा मोटो मान्छे तीन सिटे सोफामा लम्पसारै भएर अडेसिएर बसेको थियो । अञ्चलाधीशलाई नमस्ते गरेर उसका नजिक गएर बसेँ । एकछिनपछि सेनाको कर्र्णोल छत्रविक्रम शाह र जनसर्म्पर्क अधिकारी पाण्डे हरू आउनुभयो । केही मिनेटपछि एस.पी. पनि । 'जन्तु ! उही जन्तु !' भन्ने कुरा गरे जनसर्म्पर्क र स्याङ्जाली प्र.जि.अ.ले गरिरहे । 'नयाँ प्रयोग गर्न लागेको ।' अञ्चलाधीशले भन्नुभयो । मैले 'हवस् ।' भनेँ । उहाँले एस.पी. तिर फर्केर भन्नुभयो - 'यहाँ ठिक छैन, डी.आइ.जी. साहवको कोठामा जाउFm एकान्त ठाउँ बेश हुन्छ ।' 'हवस् । त्यहीँ ठिक हुन्छ ।' एस.पी. रामविनोद सिंहले भन्नुभयो ।

यसपछि त्यहाँको बैठक उठ्यो । अञ्चलाधीश बाहिर निस्कनुभयो । हामी पछिपछि निस्क्यौँ । दर्ुइ गाडीमा बसी पर्ूवतिर लाग्यौँ । अलिकति गएपछि उत्तर लाग्यौँ । राम्रो प्यागोडा शैलीको बर्ूजावाला भवन आयो - त्यही रहेछ डी.आइ.जी.को कार्यालय ओल्ह्र्यौं । भित्र पस्यौँ । दक्षिणी भागमा एउटा ठूलो कोठा रहेछ । स्व. श्री ५ महेन्द्रको सेनाको पोशाकमा रहेको र रानी रत्नको भव्य फोटाहरू आँखामा परे । खुशी लाग्यो - मन रमायो । अर्कोपट्ट िवर्तमान राजा श्री ५ वीरेन्द्र र रानी ऐर्श्वर्यको भव्य फोटोहरू देखा परे । प्लाष्टिकका फूलमालाहरू लगाएका फोटाहरू तुलना गरेर हर्ेदा त 'जिउँदा राजा रानीको फोटोमा माला ! स्वर्गीय राजाको फोटोमा माला छैन ! हो ! पोखरामा उल्टा कामहरू नै भइरहेका छन् भन्ने मेरो मनमा लाग्यो । तर, सबै फोटाहरूमा धुलो मैलो बढी फोहोर - शायद फोहोरी खेलको पर््रदर्शन होला' भन्ने लाग्यो ।

अञ्चलाधीश, कर्र्णोल, एस.पी., दक्षिण कुनामा, स्याङ्जाको सि.डी.ओ. र म, उत्तर कुनामा, पर्ूव कोणमा मोहडा गरी दर्ुइ जना नयाँ मान्छेहरू बसे । ती दर्ुइमा एउटा गाले, झुपुल्ले, कपाले, मोटो छोटो, अग्लो गुरूङ्ग । अर्को ठिक उल्टो - दुब्लो पातलो सिखुटे चुच्चे बाहुन । बाहुनको पिठ्युँमा झोला थियो । प्लाष्टिकको रस्सीवाल खकनजस्तो गरी दर्ुइ कुममा भिर्ने झोला । कोखामा राखेर बस्यो । मोटो गुरुङ्गले बन्ािएर बसेपछि भन्यो 'तिमीले आफ्नो गुरुलाई बोलाऊ ।' सिखुटे बाहुनले भन्यो - 'दिनमा गुरुलाई बोलाउने गरेको छैन, राती भए हुन्थ्यो । ....... गुरुले आज्ञा हुन्न कि -' 'हुन्छ, बोलाउन, म जान्दछु नि ।'

'धूप हाल्नर्ुपर्छ ।'

'म धूप ल्याएको छु । गरे हुन्छ ।' गोजाबाट एक प्याकेट धूप बत्ति झिकेर दियो ।

सिखुटे बाहुन अलि बनिएर कार्पेट माथि बस्यो । झोला खोल्यो । लामो रूद्राक्षको माला झिक्यो । भूइँमा राख्यो । डल्लो पारेर गुटमुटाएर राखेको सेतो धोती पटुका झिक्यो ।

'के पटुका फर्ेनपर्छ -' गुरुङ्गले सोध्यो ।

'अँ ।' उसले भन्यो

'त्यसो भए त्यो ढोका खोली भित्र गएर लुगा फर्ेर्नुस् ।' एस.पी.ले भने । ऊ गयो । दुवै मिनेटमा मैलो पटुकाको कछाड बेरेर, मैलो कालो पेण्ट हातमा लिएर आयो । पुरानै ठाउँमा बस्यो । हामी सबैलाई जुत्ता खोल्न लगायो । सबैले बाहिर आई जुत्ता खोल्यौँ । भित्र फर्केर बस्यौँ ।

मोटे गुरुङ्गले आदेश गर्न थाल्यो । दुब्लो बाहुनले टुनामुना शुरू गर्‍यो । टोपी राख्यो, रुद्राक्ष काखमा राख्यो । धूप बालेर मन्त्र भन्न थाल्यो मनमनै । ओँठ चलेको देखिन थाल्यो ।

उता गुरुङ्ग कर्ुर्सर्ीीथि नै पलेँटी कँसेर बस्यो । एउटा धूप बाली मनमनै टुनामुना मन्त्र गर्न थाल्यो । दूवैले सँगसँगै टुनामुना गर्न थाले । निष्पट्ट सुनसान कोठामा, ती दर्ुइको अनुहार, आकृति र प्रकृति, प्रवृत्तिमा हामी सबैका नजर केन्द्रित भए । गुरूङ्गले मन्त्र पढिसकेपछि बालेको धूप पछाडि लगेर सङ्गठन चार्ट टाँगेको प|mेममा घुसार्‍यो अनि आँखा लगाएर निष्पट्ट भएर बस्यो ।
उता बाहुनले रुद्राक्षको माला लगायो, अनि केके जप्यो । चार पाँच मिनेटपछि बुरुक्क उप्रिmयो, थेँचार्रियो र बस्यो अनि उलुलुल्ल आवाज निकालेर करायो, दर्ुइ हातका औँला लडाएर भाँच्दै बायाँ ढल्केर - ज्रि्रो ल्याम् ल्याम् पार्दै उलुल्ल गर्दै भन्यो - 'हेर । मनुवा म भनेको पृथ्वीतलको मालिक वासुकी नाग हूँ । ..... हेर के भन्छस् । ....... मनुवा भन् ।' मोटो गुरुङ्गले अञ्चलाधीशलाई हेरेर भन्यो -'के सोध्ने -'
उहाँले भन्नुभयो- 'निरा मरेकी छ कि छैन -' मलाई त बल्ल पो थाहा भयो - 'नाटक नम्बर 'एक' अर्थात् निरा, नमिता सुनिताको हत्या काण्ड धामी बसालेर सोधी पत्ता लगाउने प्रयास रहेछ यो !'
एस.पी. साहबले भने 'निरा पराजुली मरेकी छ कि जिउँदै छ -'

बाहुनले भाँच्चिंदै ल्यामल्याम ज्रि्रो पार्दै कराउँदै, हातका औँला लडाउँदै भन्यो - 'हेर हेर मनुवा चिठी आएको छ कि छैन -'

'चिठी आएको छैन मर्दो ज्यूँदो छुट्टाएर भन ।'

'१०/१५ दिनभित्रमा चिठी आउनेछ । त्यसबाट सबै थाहा लाग्नेछ, हेर मनुवा ।'

यसैबेला उलुलुलुल्ल गरेर गुरुङ्ग जोडले करायो - जोश बल तेजको बलियो मान्छे जोडले काम्दा त्यो डि.आइ.जी.को निवास नै थर्केको भान हुन्थ्यो । कर्ुर्सर्ीीथि नै 'हेर, हेर मनुवा म भनेकी आदिशक्तिबाट उत्पत्ति भयाकी भगवती हूँ' भनेर काम्यो । घरै थर्कायो । सुनसान घरभित्र सबै चुपचाप रहेको, साँझ पर्दै गएको बेला, त्यो दृश्य आकर्ष लागेन । भयङ्कर लाग्यो । घरमात्र हैन जमिनै थर्केजस्तो लाग्यो ।

'म मरेको मसान ल्याएर तेरो दाहिने काँधमा राखिदिन्छु, त्यही मसाने हवाबाट सबै खुल्नेछ जे सोध्नु छ सोधी हेर । मनुवा, सुनिताको मसान घुम्न गएको छ । खोजी ल्याइदिन्छु । हेर ! हेर !!' गरेर विस्तारै नर्मल अवस्थामा आइबस्यो ।

अर्को बाहुनले ज्रि्रो ल्यामल्याम पार्दै थियो । 'तेरो कुममा मलाई खेल्न दे है - म मरेका मान्छेको हावा ल्याएर तेरो कुममा राखिदिन्छु' गुरुङ्गले भन्यो ।

'हेर मनुवा यो दिनमा मसान सबै खेल्न गएको छ, आउँदैन, हेर मनुवा ! यो मध्यान्ह हो' बाहुनले भन्यो र ज्रि्रो भित्रायो । काम्न छोड्यो र बस्यो ।

'पख बस १५ मिनेट जति, मेरा गुरुले खोजेर ल्याउनुहुन्छ । पर्खेर बस ।'

आनाकानी गर्दै 'दिनमा हुँदैन, दिनमा म गुरु बोलाएको छैन' भन्दै बसिरह्यो । २० मिनेट जति बस्दा पनि गुरुङ्गको कुराअनुसार हावा आएन ।

'लौ त ! भरे गर्नुपर्ला' भन्दै अञ्चलाधीश उठ्नुभयो । हामी सबै उठ्यौँ ।

'तैपनि एकछिन बसौँ' भनी जन सर्म्पर्कले रोक्यो । म भने अफिसमा बढी व्यस्तता छ भनी कार्यालयमा फर्की काम हर्ेन थालेँ ।

साँझ ७.३० बजे पुनः जम्मा भयौँ । दिउँसोजस्तै गरेर बस्यौँ । मोटे गुरुङ्ग र दुब्ले बाहुन कोचमै बसेर फर्माउन थाले 'मास, खरानी, बेसार, चामल, फूल र धूप चाहिन्छ ।' प्र.जि.अ. निवास नजिक भएकोले मकहाँबाट लिई आउनू भनी अञ्चलाधीश कार्यालयको पियनलाई भनेँ । कुरैकुरामा बार्‍ह सत्ताइस कुरा हुँदा २० मिनेट जति गएपछि आवश्यक सामान आइपुग्यो । बाहुन कार्पेटमा झरी बस्यो । गुरुङ्ग कर्ुर्चीमै । गुरुङ्गले धूप बाल्यो, बलेको धूप हातमा लिएर म्याम् म्याम्, म्याम् म्याम् गरेकोजस्तो ओठ चलाएर मन्त्र गर्‍यो । आफू वरिपरि घुमाएर बाल्दै गरेको धुवाँवाला धूपलाई मैलो चुरोटका ठूँटावाला एस्ट्रेमा ठडायो । धूपले कोल्टे परेर धूवाँ दिन थाल्यो ।

दुब्लो बाहुनले चामलमा खरानी बेसार मिसायो । मन्त्र जप्न थाल्यो । ओँठ चलायो । खरानीको मिसावट हातमा, निधारमा, कुममा र छातीमा लगायो । फूल लिएर अगाडि पछाडि एउटा कागजमा पुजा गर्‍यो अनि पानी भरिएको जगमा फूल हाल्यो । ढोग्यो अनि रुद्राक्षको माला घाँटीमा लटरम्म पार्‍यो । एक मिनेट जति माला लगाई झिक्यो र अगाडि राख्यो ।

सलाई कोरेर धूप बाल्यो । जप गर्न थाल्यो अघिजस्तै । १ मिनेट जति जप गर्‍यो । रुद्राक्षको माला बत्तीको धूवाँमाथि घुमाइघुमाई धुवाँर्‍यो । घाँटीमा लगायो अनि सोझो ढाड पारेर बस्यो । मन्त्र, टुनामुना गर्‍यो । १ मिनेटसम्म उलुलुल्ल उलुलुल्ल गर्दै दिउँसोजस्तै गरी औँला गाँसेर, लडाउँदै, दायाँबायाँ कोल्टे पर्दै भन्यो - 'हेर ! हेर !! मनुवा ............... म ............ पृथ्वीको मालिक ........... वासुकी .................नाग हूँ । ........... हेर हेर ..................... मनुवा । .................... हूँ ! हूँ !!'

गुरुङ्गले सोध्यो -'के छ - भन्नुपर्‍यो ।' 'हेर हेर मनुवा ........ म सुनिताको मसान ......हावालाई ........... ल्याइदिन्छु । जे सोध्नु छ सोध मनुवा । सबै कुरा थाहा पाउलास् ।।' बाहुनले काम्दै भन्यो । तुरुन्तै हुँक्का छोडी, छोडी आइमाईको जस्तो रूञ्चे आवाजमा रुन थाल्यो अनि अया गर्दै ...... कराउन , चिर्रिन ..... थाल्यो । सुनितालाई मार्दाखेरि उसले भोगेको कष्ट पर््रदर्शन गरेको जस्तो भान भयो । हामी सबै निश्चल भएर हेरी राख्यौँ । एकछिनमै बक्न थाल्यो -'म केके गरुँला, कत्रो मान्छे हुँला भनेर पढ्दै थिएँ । ...... घुम्न आएका बेला मलाई फकाएर ठूलो घरमा लगे अनि पाँच जनाले छुरी हानेर मारेका हुन्' भनेर हूँ हूँ गरी रुन थाल्यो ।

'कसरी मारे - त्यहाँ कसरी लगे - त्यो कसको घर हो - मार्नेहरू कस्ता र कोको थिए -' अञ्चलाधीशले सोध्नुभयो ।

'सिनेमा हर्ेन भनेर त्यो घरमा ल्याए । माथिल्लो तलामा लगेर पालैपालो करणी गरेपछि घर पछाडि रुखको आडमा लगी छुरी हानी मारे । घर चिन्दिन ठूलो घर हो, त्यो घरभन्दा दर्ुइ घरमाथि होटल छ । मार्ने ५ जना थिए । एउटा वनको पिउन पनि थियो । ऊ कहिले हामीतिर कहिले गुण्डातिर गथ्र्यो । ...... उसलाई पनि पछि मारी दिए ।'

'को हुन् ती पाँचजना - कस्ता थिए - नाम बताऊ ।'

'एउटा थानाको पुलिस अफिसर हो, नाम जान्दिन, अरूले सर भन्थे, एउटा त्यो पिउन, अरू ३ वटा गुण्डा हुन्, नाम जान्दिन ' भन्दै फेरि रुन थाल्यो ।

एस.पी. साहवले सोधे - 'पुलिस अफिसर कस्तो थियो - नचिनेका मान्छेसँग कसरी सर्म्पर्क भयो - त्यस दिन कहाँबाट त्यहाँ आयौ -'

यसैबेला मोटे गुरुङ्ग उलुल्ल गर्दै दिउँसोजस्तै गरी काम्यो र फलाक्यो - 'हेर ! हेर ! हेर ! म भनेकी सृष्टिकर्ता ! ............ आदिशक्तिबाट उत्पत्ति भएकी त्रिलोककी महाशक्ति भगवती हूँ । हेर ! हेर ! हेर ! सुनिताको मृत आत्माको हावा ल्याएर यो धामी खेलाइ दिन्छु । जे सोध्नर्ुपर्छ सोध ' भन्दै उलुल्ल गर्दै रोकियो । उतापट्ट िबाहुन भने रोइरहेको थियो ।

एस.पी. साहवले फेरि दोहोराए - 'पुलिस अफिसर अरू अफिसरहरू कस्ता थिए - कसरी तिनीहरूसँग गयौ । भन हामी त्रि्रो हत्या गर्नेहरूलाई सजाय गर्र्छौं ।'

'हेर ! हेर !! हेर !!! मलाई घुमाउन लगे । अघिल्लो दिनहरूमा पनि भेट भएको थियो । प्रेम भावना बस्न गयो । सिनेमा हर्ेन भनेर त्यो घरमा लगे । उपल्लो तलामा लगे । एकछिनपछि घर पछाडि रुखका आडमा लगी चुपी हानी मारे । मान्छेको नाउँ जान्दिन । पुलिस अफिसर गोरोगोरो छ, दाहिने गालामा कोठी छ, मझौला अग्लो छ, अरूले सर भन्थे, एउटा गुण्डा कालो र घुङ्ग्रे कपाल भएको थियो । अरूको याद भएन ' भन्दै बाहुन आइमाईको स्वरमा रुँदै रह्यो ।

'मीरा र त्रि्रो बहिनी के भए -'

'उनीहरू पहिल्यै छुटेका थिए, मारिसकेका छन् तिनै गुण्डाले 'रुँदै रह्यो ।

'तिमीलाई किन लगे - त्यहाँ करणी गरे कि गरेनन् -'

'सिनेमा हर्ेन भनी लगे । त्यहाँ लगेपछि करणी गरे । सबैले गरे । किन यसो गर्‍यौ - भन्दा राती १ बजे मलाई मारे' भन्दै रोइरह्यो ।

अब गुरूङ्गले नेतृत्वदायी प्रश्न गर्न थाल्यो -'सिनेमा हर्ेन गएको कि, भिडीओ हर्ेन गएको -'

बाहुनले रूञ्चे स्वरमा हातका औँला लडाउँदै भन्यो 'भिडीओ हर्ेन गएको ।'

कस्को घरमा - श्यामकृष्णको घरमा हो कि र्-र्'

अँ श्यामकृष्णको घरमा हो ।'

'के दर्ुइतले घर छ -'

'अँ दर्ुइतले घर छ ।'

'मारेको घरको पछाडि वरको रूख छ -'

'अँ वरको ठूला पात भएको दूध आउने रूख छ ।'

'मारेर फाल्न बोकेर लग्यो -'

'अँ पाँच जनाले बोकेर लगे र सेती नदीमा फँ्याकिदिए ।'

'के छुरी नै हानेको -'

'हो, छुरी हानी हाल्यो छातीमा, म बेहोस भइहालेँ । छुरीले हानी मारेको हो ।'

मलाई त्यो सब नाटक फोस्रो, रद्दी, नीच नाटक मन परेन र भनेँ- 'गुरूङ्ग तपाईंले यसरी नेतृत्वदायी प्रश्न नगर्नुस् । यस्तो बेफ्वाकको कुरा गरेर के फाइदा - जबकि पोष्टमार्टममा छुरी हानेको देखिएको छैन ।' अञ्चलाधीशले मेरो मुखमा हर्ेनुभयो । तर, केही भन्नुभएन ।

गुरूङ्गले मलाई केही भनेन । तर, बाहुनलाई भन्न थाल्यो -'हेर सुनिता ...... साँचोसाँचो बता ....... नत्र मैले तँलाई यहीँ बाँधेर राख्छु, जान दिन्नँ ......। टन्न बाँधेर राख्छु । भन साँचो कुरा ।'

बाहुनले रूञ्चे स्वरमा भन्यो 'मैले आज जे भनेँ यत्ति हो ...। मेरो वैतरणी भएको छैन ... म वितारामा परेकी छु । मेरो वैतरणी भयो भने म खुशी हुन्छु । सबै कुरा सत्यसत्य भन्नेछु,, फेरि भन्नेछु । आज म भन्न सक्तिनँ.....। म अपठ्यारामा परेकी छु ।'

'तँ बोल्ने को होस् - ..... सत्य कुरा भन, वैतरणी हुन्छ ।' मोटे गु/mङ्गले सबैको दम भएझैँ गरेर कड्किँदै भन्यो ।

'म सुनिता हुँ । मेरो वैतरणी भएपछि सबै कुरा भन्छु, अैले म अपठ्यारोमा परेकी छु, भन्न सक्तिनँ ।' /mञ्चे स्वरमै भन्यो । 'अँ..अँ.... अँ अँ ।' गर्‍यो । आइमाईको स्वरमा रोयो अनि टक्क रोकियो । आँखा च्यायो । पुलुक्क हेरेर अञ्चलाधीशलाई भन्यो -'हवाको कुरा कति साँचो, कति झुटो । म जान्दिनँ हजुर, हजुरहरूले सुनिबक्स्यो होला त्यही हो ।' एस.पी. साहबले सोधे -'तपाईंलाई अघि भनेको कुरा सबै सम्झना छ -' उसले भन्यो -'छ ।'

कर्र्णोल शाहले सोधेपछि अघि काम्दै रुँदै गरी भनेको कुरा दोहोरायो । तर, पुलिस अफिसरको कुरा भनेन । मैले सोधेँ - 'सबै सम्झना छ भन्नुभयो तर पुलिस अफिसरको बारे भन्नुभएन ।' 'त्यो त सम्भिmन्न' भन्यो । यसैबेला बत्ती निभ्यो । सबै उठ्यौँ । लाइटको सहाराले उसले मालासाला झोलामा हाल्यो । सबै बाहिर निस्क्यौँ ।

गुरुङ्ग र बाहुनलाई गेष्ट हाउसमा खाना खाई त्यहीँ सुत्न भनी पठाएँ । अञ्चलाधीश, कर्र्णोल, जनसर्म्पर्कहरू अञ्चलाधीशकहाँ गए । एस.पी. र म प्र.जि.अ. निवासमा आयौँ । बस्यौँ । यो नाटकबारे विचार विश्लेषण गर्‍यौँ । एस.पी.ले मलाई सोधे - 'यो नाटक किन र केको लागि -'

'तपाईंलाई कस्तो लाग्यो त -' मैले सोधेँ ।

'मलाई त अञ्चलाधीशले पुलिसलाई पFmसाउन प्लट बनाउँदै त छैनन् - भन्ने लाग्छ ।'

'एस.पी. साहब । तपाईं र म सुनिता, नमिता हत्याकाण्डले जनसमाज बिथोलिएपछि खटाइएका कर्मचारी हुनाले अञ्चालधीशले हामीप्रति विश्वास राख्दैनन् । हत्याकाण्डबारे, अञ्चलाधीश, डि.आइ.जी., डी.एस.पी., र अञ्चलाधीशका खास मान्छेहरूलाई थाहा छ । तर, उनीहरूका मानिसका मालिक हुनाले दवाइ आएका छन् । हामीहरू अपराध अनुसन्धानमा लाग्यौँ । यो थाहा भएपछि हाम्रो ध्यान अन्त मोड्न, द्विविधामा पार्न, अन्यौलको स्थिति सिर्जना गरी देखाउन र हामीलाई दिग्भ्रमित पार्न खेलिने नाटक षडयन्त्रमध्ये यो एउटा नीच नाटक हो । हामी यस्ता प्लटलाई बेवास्ता गरी अनुसन्धानमा हाम्रै विवेक र बुद्धिले अगाडि बढ्नर्ुपर्छ । जबसम्म हामी जिम्मेवारी बोकिरहेका हुन्छौँ । समय र परिस्थितिले साथ दिएसम्मै यस्ता षडयन्त्रसँग संर्घष्ा गर्दै बढ्नर्ुपर्दछ ।.... प्रशासन र राजनीति तथा समाजको सहयोग लिन यी शक्तिलाई परिचालन म गर्छर्ुु तपाईं प्रहरी शक्तिलाई सही परिचालन गरी अनुसन्धानमा अगाडि र उपयोगमा ल्याउनुहोस् ।' प्रहरी शक्तिले साँच्चिकै काम गरिदियो भने अपराधी पत्ता लागी छाड्नेछ तर साहव ! हत्याको समयका डि.आ.इ.जी., डी.एस.पी.हरूकोे प्रभाव प्रहरी शक्तिमा परिरहन हुन्न । त्यो च्याप्टर क्लोज -ती दिन गए) भएको पारी नयाँ विचार र नयाँ प्रयास लिई अगाडि बढ्न प्रहरी शक्तिलाई परिचालन गर्नुपर्छ नत्र हामीलाई प्रहरी शक्तिबाटै धोका हुनेछ ।'

'म नयाँ शुरुआत गरेर प्रहरी शक्ति परिचालन गर्छर्ुु भएको प्रगति, कार्यशैली वा उठाउनुपर्ने कदमबारे दैनिक यसैबेला अनुभव र विचार आदानप्रदान गर्ने गरौँ ।' यस्तै सरसल्लाह र प्रशासन, प्रहरी, पञ्चहरू तथा र्सवसाधारण जनताको सहयोगमा हाम्रो स्तरबाट हाम्रो विवेक विचारमा आफ्नै ढङ्गले अनुसन्धान कार्य जारी राखौैँ ।

अञ्चलाधीशको टुनामुनावाला न�
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters