[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १२२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 975]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 249245 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-13-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२२ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी , कृष्णकाले, Joshit आदिचौतारीबासी हरुलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 122 editions.

 
Posted on 07-16-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, शुभप्रभात, गूड् मर्निङ, तारेमाम, बोइनस दियस, बोन्जोइर, सलामवालेकुम, सत्स्रिकाल एन्ड सलाम

साउन त लाग्यो कैले लाग्ने भदौ
यै खुसीमा सप्पैलाई बुधबारे जदौ

हामी पनि टिका लगाउन त अब ल ! $२५ सम्म दक्षिणा दिन तयार ल !


 
Posted on 07-16-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा हउरको पालाँ जस्तो हो त एक सुकोले २ माना तेल आउने? हामी त एक सुको त के ५ रुप्पे नि टिप्दैनम बाटाँ खस्या
 
Posted on 07-16-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छुच्ची होइन नि सान्नानी दिदी, झन् हजुरलाई आर्को थाली बनाइदिना गाथें । तेल्ले पुग्दैन त कसरी पुग्छ भन्नु ?



 
Posted on 07-16-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रिठ्ठे बोरोले त पियालाई छाडेर माइली बूढीलाई दिल दिया हो कि क्या हो? " माइली के नखरे सोणी लगदे मैनु..." रे<<<

उत्तर: चेली, अहेम अहेम
उत्तर न. १ : पिया भनेको को हो ताअाअाअाअाअाअाअाअाआ? 

>>>माल्दाइले मार्नु होला है रिठ्ठे बोरोलाई!! <<<<<<

उत्तर न. २ : हो र जिम्माल बा? साच्चै हो?


 
Posted on 07-16-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 16-Jul-08 09:20 AM

 
Posted on 07-16-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह जिम्माल बा नि झुल्के छ। तारेमाम।


इस्टिरी लगाको दौरा सुरुवाल मा ? हिजो आइलभ यु भन्ने संग ट्याम दिनु भएको छ कि? निकै प्रफुल्ल देखिनु हुन्छ? ( फेरी सान्नन्नी प्रफुल्ल भन्ने को भन्ने होला? )

रिट्ठे लहरे, तारेमाम!
छु ख? के छ?

 

हैन मैले नबुझेको कुरा, टीका लगाइ दिनेलाई दख्खिना दिने कि लाउने लाई ? दसैंमा मान्यजनले टीका सहित् दक्षिणा दिने चलन छ ( खास मा जुवा मा हारेर टटु टाट पल्टेको हुने भएकोले बाटो खर्च दिने चलन हो त्यो)।


अरु चाड पर्ब मा त टिका लगाइ दिने ब्राम्हण पुजारी, गुरुजु, थकाली लाई पो हामी दख्सिणा चढाऔछौ।

लौ म टिका लगाइ दिउला, फ्री मा। इच्छा हुनेले दिए नाइं भन्दिन।
 


 
Posted on 07-16-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल ठुल्दाइ, फेरी पस्केको छु विवरण। पढ्नुहोस्, बुझ्नुहोस्, प्रतिकृया गर्नुहोस् अनी फेरी विवरण खोइ भनेर नसोध्नुहोस्।  

जिम्मालबासँगको भेटघाट
चौतारीमा जतिसुकै ग्रामीण परीवेशलाई समेटेर कुरा गरिए पनि चौतारीका गाम्लेहरु बीचको वास्तविक अन्तरकृया भने शहरी परीवेशमै हुने तथ्य सर्वबिदितै छ। नयाँ खर्क र बाल्टिनमोडमा ठुलै जमघट भएका थिए। अस्ती शनिबार भने ह्युस्टन (चौतारी सुहाँउदो नाम जुराउन सकिएन है, कसैले प्रयास गर्ने हो कि?) शहरमा जिम्मालबासँग भेट भयो। साझाका पुराना केही हस्तिहरुलाई बिगतमा मैले भेटेको भए ता पनि चौतारीबाट परिचित कसैलाई मैले भेटेको यो पहिलो पटक थियो।

शायद एक महिनै भएको थियो कि, हामीले भेट्ने भेट्ने भन्न थालेको। शुक्रबार दिउँसो साहूको ईन्टरनेट सुबिधाको सदुपयोग गर्दै भोलिपल्ट भेट्ने tentative योजना बन्यो। शनिबार बिहान जिम्मालबाको मिस्ड कल फर्काएपछि भेट हुने निश्चित नै जस्तो भयो। ब्यक्तिगत कामको शिलशिलामा म डेराबाट निस्किएँ। दिउँसो त्यस्तै १:३० बजेतिर स्वर्गीय नातिकाजीको गीत "पहाड बसी बनमा खेली हुर्ककी अकेली" भन्ने गीत क्यासेटमा बजिरहेको थियो, म भने गाडी रोक्ने तरखरमा थिएँ। फोनको घण्टी बज्न थाल्यो, जिम्मालकै होला जस्तो लागेको थियो, हो रहिछ। नजिकैको वालग्रीन्समा भेट्ने निर्णय भयो र करिब ५ मिनेट भित्रै म त्यहाँ पुगें। बाहिर एकदमै गर्मी भएकोले पसल भित्रै छिरें। केही बेरमै उनले बाहिरबाट फोन गरे। मेरो गाडी बाहिरैबाट चिनेर हो (अघिल्लो दिन मेरो गाडीको केही काम गर्नु पर्ने कुरा भएको थियो) वा पछाडिको सीटमा बिच्छ्याएको "पोखराको सम्झना" लेखेको गलैंचा देखेर हो, उनी त गाडीको छेवैमा उभिएका रहिछन्। "ल बल्ल भेट भयो" भन्दै हात मिलाइयो। अर्को दुई ठाउँमा रोकिनु पर्ने काम सकाए पछी केही बेर बसेर कुराकानी गर्ने योजना तय भयो।

मेरो गाडी अगाडि थियो, एकै तिर तीन वटा लेन भएको बाटोमा बाँया मोडे पछी म सबैभन्दा बाँयाको लेनमा थिएँ, उनले बिस्तारै बीचको लेनबाट मलाई उछिने र मैले पनि त्यसैबाट पिछा गरें। केही बेरमै डाँडाखर्क (Hillcroft Avenue, जहाँ दक्षिण एशियाली तथा मध्यपुर्वी मूलका ब्यवसायीहरुको बाहूल्य छ) पुगियो र गँजडी देउताको नाम भएको भोजनालयमा छिरियो।

फोन र साझाको ईमेलमा सामान्य कुराकानी हुनु बाहेक हाम्रो खास परिचय भएको थिएन। चाट र दोसा मगाइयो, र कुराकानी गर्न थालियो। चौतारीको लेखाइ हेर्दा लाग्थ्यो कि, यिनी पक्कै ५० काटेका होलान्। उनको कुरा गराइले त लाग्थ्यो, उनले मलाई ६० नै काटेको ठानेका छन्। दुबै जनाको अनुमान गलत ठहरिएछ। ब्यक्तिगत पृष्‍ठभूमी लगायत ट्यौसासको र केन्टकी (जहाँबाट केही महिना अघी म यता सरेको हुँ) सेरोफेरोको कुरा भए। साझा र बिशेष गरी चौतारीका पात्रहरुको कुराले अधिकांश समय लिनु कुनै आश्चर्यको कुरा थिएन। कतिपय पात्रहरुका बारेका केही रहस्य अनुतरित गर्ने कार्य पनि भयो।  यद्यपि, कसैले पनि कुनै पनि पात्रका वास्तविक नाम नलिनु एउटा अर्को रोचक पक्ष थियो, मानौं कि चौतारीमै कुरा भईरहेछ। चौतारीको बिहानीको चियाको सम्झना आयो। स्टाइरोफोमको एक एक कप चिया खाइयो। त्यसपछी सँगैको पसलबाट जिम्मालले केही सि.डि किने। भेटघाटको क्रम जारी राख्ने कुरा गर्दै आ-आफ्नो बाटो लागियो। उनले गाडी डाँडाखर्कतिर मोडे, मैले चाँही राजामार्ग ५९ दक्षिणतिर। क्यासेट साइड बि मा पल्टिएर रुबी जोशीको गीत बज्दै थियो, "मैले जस्तै तिमीले पनि माया लगाइ हेर।"   

ल यही हो, चौतारीको पात्रसँगको पहिलो भेटघाटको अनुभव।  

 
Posted on 07-16-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नजिम्काउन परेलीहरु उपस्थिति नै काफि छ बरु
नदेखाउ कुनै ईसारा छल्किनै आँटे मेरा ओठहरु

अभिवादन!

:) 

म नि आए मलाई पनि टिका लाइदिनु पर्यो। पैसा सैसा चाहिन्न आशिर्वाद दिए पुग्च ।

ल प्रिती  र चेली , म नि टिका लाइदिन्छु तिमुर लाई  । कोशेली के छ बरु ?  


 
Posted on 07-16-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चौतारीको लेखाइ हेर्दा लाग्थ्यो कि, यिनी पक्कै ५० काटेका होलान्। उनको कुरा गराइले त लाग्थ्यो, उनले मलाई ६० नै काटेको ठानेका छन्। दुबै जनाको अनुमान गलत ठहरिएछ। उनी त असी पुगेर बसी खानेबेलाका पो रैछन् " । हाहाहा

मास्टर्नी दिदी, हाम्ले दक्षिणा माग्या हाम्रोलागि हो त? चेलीबेटीलाई टिका लाइदिंदा खाली हात भयो भने लाइदिनेलाई पाप लाग्छ क्या! फेरि जाबो १ सुका, ५ रुप्या लिएर आफ्नै  दाजु-दिदीको बेईज्जत गर्नु नि त भएन नि!

ल हजुरलाई कोसेली :

  
Last edited: 16-Jul-08 09:28 AM

 
Posted on 07-16-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम
मिस दिदी सलामवालेकुम, कबिता राम्रो छ ! तर ओठ पनि छल्किन्छ र? अली बुझिन है, बुझाईदिनु हुन्छ कि !
मैला दाई के छ खबर? आज माइली बुढी खोइ ताअाअाअाआ?
 
Posted on 07-16-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la cheli, miss di hya bata choose garnu ke kosheli chahiyo. dipika, basanti, crezi, akashi, thuli haru pani aau hai chhito chhito chhana a-afno. :)


 
Posted on 07-16-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riththe ke chha saathi?

 

Last edited: 16-Jul-08 09:36 AM

 
Posted on 07-16-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta right most liye hai.

 
Posted on 07-16-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई t अ चारै जना मन पर्‍यो। क्या च्वाँक
कुन चाँही लाई उठाउँ भैराछ।
 
Posted on 07-16-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

चेली,

 आहा ! आँफ ! कति मिठो रहेछ हजुर त कस्तो नलोभी , प्रिती त कस्तो लोभी!

 धन्यवाद सिस - उसो भा दक्षिणा चै  उधारो त भोलि पर्सी माइली आमै सअ मागेर दिम्ला

 चिप्लेजी ,

भेटघाट त निकै रमाइलो हुदो हो है  त्यो पनि जिम्माल बा संग।  म चै अब त्यता तिर गए भने जिम्माल बा  जिम्माल्नी आमैलाई भेटेरै आम्नु पर्ला भन्ने सोचेकिम:)

रिठ्टे,

वालिकुम सलाम! ।  आम्दैन  लेख्न अनिखेरि  लेख्न मनलाग्छ अनिपछि  जे जे भाँती लेखेकिम के हिहिहिहि --  के भन्च रे अब बुझ्नेलाई चन्दन नबुझ्नेलाई खुर्पाको बिंड जस्तै जस्तै के ।

 


 
Posted on 07-16-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रिती मैले तिमिलाई लोभी भनेको हैन है । मलाई चै  सारी मनपर्च  !

 


 
Posted on 07-16-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दि चुच्ची
 
Posted on 07-16-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्स चुच्ची भनेको हैन है छुच्ची भनेको
 
Posted on 07-16-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, तपाईंले बनाउने म:मको पनि बिशेष चर्चा भएको थियो है, झन्डै लेख्न बिर्सिएको। 

 
Posted on 07-16-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चुच्ची कि छुच्चि  सिस?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters