[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 186248 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-11-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार माष्टरनि नानि!

यो बर्ख हजुरले भुराभुरिलाई तेति राउँरो पडाम्नु भा' अस्तो लाएन मलाई!
हेर्नुस त यो मोरो गोजि म बुडोको पार लाम्दैछ!

जिम्माल्निलाई बेशै छ होला। मकै कताटि छर्नु पानीको थोपो पर्या हैन आकाशाटि। नलि खुट्टो हेर्दा त उस्तै छ तर चाइन्जो बल भरिएर आ छ, कतिदिनलाई हो दैव जानुन! नातिनी तो केजाति एबिसि मात्तै हैन खानेकुराको उध्द्योग खोल्ने भन्दै थिन गोडा तिनेक दिन भओ देखेओ छैन! जेठाबा थला परे रे, " तो माष्टरनी म बुडो थला पर्दा नि भेट्न आइन" भन्दै थे।

रामे, चिप्ले, ठुलि,सान्नानि, मुन्नि (मेरो दुस्मन बुडाको नातिनी) सपैलाई जदौ अनि जोगिलाई चाईँ झटारो!
 
Posted on 05-11-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो अर्दा अर्दै ठुल्दाई टुप्लुक्क!

तारेमाम ठुल्दाई!
 
Posted on 05-11-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान बचाउ हुँदा हुँदा चिप्लु पनि??
 
Posted on 05-11-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया गयो मलेखु तरेर
किन रुने हो कुनामा बसेर ?
सलल मर्स्याङ्दि खोला
आज त शुक्रबार,
भट्टी छिरे कसो पो भेट नहोला ??

शुक्रबारे जदौ! यो बिर्खे माईलाको !!

उपस्थित ठुली देखि सानी, मिस देखि जिम्बाल र राहुल दाइ देखि चिप्लेढुङ्गा सम्मलाइ दर्सन है ।
 
Posted on 05-11-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, त्यो गीतले भर्खरैको नेपाल यात्रा सम्झायो। भीमविरागको अन्तरवार्ता हेर्ने मौका पाएको थिएँ। हेटौंडाका रहिछन् उनी, वास्तबिक नाम पनि बिर्सें । हेटौंडाको राप्ती किनारमा उनी र नारायणगोपाल एक साँझ मद्यपान गर्दै बस्दा रक्सीको बारे एक गीत लेख्न अनुरोध गरेका रहीछन्। त्यसैको फलस्वरुप यो गीत रचिएको रहिछ।
 
Posted on 05-11-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रेकफास्ट, भ्याक्युम् ,माईक्रोवेभ, रेन्ज, थ के भनेको हो चिप्लु? कुन भाषा हो त्यो? औरेजी स्कूलाँ भर्ना भा हो तिमि? जिम्माल बा कै प्रश्न सजिलो तिम्रो भन्दा त।
 
Posted on 05-11-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे च्या खायौ?
 
Posted on 05-11-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्सो कुरो केलाउँदा त, ब्वारी नानीले टुप्पी नै रिङगा'र तह पारि घरको काम अहर्‌याउँछे जस्ती छे हाँरो चिप्लुलै, कठै! :p
 
Posted on 05-11-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु त्यो अन्तर्वार्ता त मैले नि हेरेको थिएं। भर्खरै हो कि १० महिना जति अघि ? पुन: प्रशारण भएको हुन सक्छ। भीम बिरागको वास्तबिक नाम चाहिँ धन बहादुर् महर्जन हुन्। शायद ललितपुरको दक्षिण् भेगका ओरिजिनल किसान हुन।
अझ त्यो गीत को तेस्रो अन्तरा सबै भन्दा दर्द भरिको थियो, जुन नारयणदाई ले गीत् लामो भयो भनेर पछि हटाइ दिनु भो रे।

तिमीलाई सम्झिन पिएं,
अफुलाई बिर्सिन पिएं।
रक्सी को भ्रममा आफ्नै आँशु पिएं
आज भोली, हरेक साँझ जाँडिन थाले छ,
जिन्दगि देखि जिन्दगि आँतिन थाले छ।
 
Posted on 05-11-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो लु रामे ले नि बिहे अर्न नेपाल जान लाग्या?

अनि रामे नेपाल जान लाओ भनेर कपाल दु:खाउनि को को रइछन, हे दैव, के भा'को यो?



आकाशको नौलाख तारा म गन्न सक्तिन
मनको कुरो मुखमा ल्याइ म भन्न सक्तिन

साउने झरी त्यो कालो बादल हेर्नलाइ डर लागो
रामे पनि जाने रे भन्दा (मुख छोपि) रुन मन लागो


हे हे हे हे, भुलचुक लिनेदिने

तारेमाम गाम्लेहरु !!! मन्तयेक ला?
 
Posted on 05-11-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी खाए पनि पिए पनि ।
आजकाल ठुली सिकाको जस्तो चियामा केरा चोपेर खाने गरे देखि खाने र पिउने काम भको छ ।


हा हा पुण्टे दा...................यस्सो कुरो केलाउँदा त, ब्वारी नानीले टुप्पी नै रिङगा'र तह पारि घरको काम अहर्‌याउँछे जस्ती छे हाँरो चिप्लुलै, कठै! :p
 
Posted on 05-11-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) केटकटी धेरै जो भए को जिम्माल बा तइ भ'र अनिखेरि बाल अधिकार को कुरो बुझेसि मैले नि उनुरलै तेसै छोड्देकिम। फेरि त्यो के जाति गनतन्तर लौ तन्तर सप्पैको मर्यादा राखेर नारा जुलुस अर्न जामचम भन्नेथाले के रे अनिखेरिहुन्छनि त तिमुर लै तेसै चहिएको भ। भनेकिम।

जिम्माल बा, जिम्मालनि आमै ले बेसै छ अरे ?!! क्यार्न होला बाबै तेसो भुन्ने । गामघरको घरको हल्ला साच्चे पो हो भन्छु र?:)

त्यो के जाती बरुनदेउताको पुजा अरेसि पानी पर्थ्यो कि? लौ जिम्माल बा गाम्ले लै भनसुन हर्न पर्यो नत्र यो पाली मकै को ढिडो नि खान नपाम्ने हुन्च ।:)

नलि खुट्टो निको राउरो हुदै रे'छ खुसि लाओ। बरु बेला बेला डाउटर का गै राख्नु होला के रे । धामि झाक्रिको केइ भरोषा छैन के रे। रातो भाले र कालो बोका चढाउने भन्दा अर्को कुरो बक्दैनन,।

अब हउर कि नातिनि लै नि चौपारी इस्कूलआँ नाम लेखाइदिनुभण्छु के रे । कति हउर सअ परुढशिक्षा मा पढाम्ने हो र? ( मार्छिन कि नातिनी आइर फेरी)
चिप्ले र याहू सन्चै छ ?
 
Posted on 05-11-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तरकारीलै पनि देखेकिम है । के तरकारि पकाम भैराथ्यो अहिले पो झसंग भ'य । हिजो राति चन भीजार राकेकिम:)
 
Posted on 05-11-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, चिप्ले, राहुलदाइ, सान्नानी, माइल्नानी, ठुल्नानी, यामे, जिम्माल, जग्गे, फिरे सपैलाई फेरि नमस्ते ।

सपै छिमेकी नै परेचन् त । इन्डियन स्कूलबाट चक्रपथ निस्कने भिर थियो नि, हो चिप्ले त्यसकै छेउँतिर हो गुफा ।
 
Posted on 05-11-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे गाउँ फर्किने भन्या होइन ? कहिले हो त ?
 
Posted on 05-11-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे़ऽऽऽऽऽऽऽऽऽऽऽऽ
मरि लानु के छ र,
आज याँ छु,
भोली कल्लाइ था छ र!!
यो ज्यानको के भरऽऽऽ,
ये कान्छि च्वाप्प म्वाई खाम,
पर पर न सरऽऽऽऽऽऽऽऽ!!
सललल मर्स्याङ्ग्दि खोला
फेरि भेट होला नहोला!!
ठुलि, मुन्नि, राहुलदाइ र समस्त चौतारी बासीमा यो बिर्खे माईलाको शुक्रबारे जदौ!!! अनि जोगिलाई चाईँ झटारो! बज्जे जोगी तेस्को चिलिमले कप्डा जुम्मै जलिजावस!! : पि
 
Posted on 05-11-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मलाइ सन्चै छ ।
हउर लाइ कस्तो छ ?

ए रामे तिमि नेपाल जाने रे कहिले लाइ मिलायौ ?
लौ यसपाली त झ्याइ पार्ने हो कि क्या हो ?
 
Posted on 05-11-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेहरुलाइ !
हन आज त एकाबानै थुप्रै पो भेला भ‍ैसकेछन् ।
 
Posted on 05-11-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रामे गाउ फर्किने हो ।
अब १ महिना जति पनि छैन ।
यो अन्तिम महिनो बिछट्टै चापा चाप छ, राहुल दाइले भन्या जस्तो त्यो परिक्षा मोराले गर्दा ।
 
Posted on 05-11-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त सपै हापीसकैं यहाँ, आज नि अड्डमा अन्तिम दिन । २४ गते सीधा इस्तानबुल, २५ गते गाउँ !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters