ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 149279 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-27-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखा को मात्र हैन पुरै शरीर को ब्यायाम गर्ने बेला भैराछ चित्रे, दिन भरी चौतारी कुर्दा कुर्दा जिउ पुरै दुखिराछ

चौतारीलाई कुन मनहुसको आँखा लाग्यो चित्रे
हरी सरनम् !
रक्षा गर प्रभो !


 
Posted on 09-27-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यात्रामा तिमि...

खन्ड १:
मंसिरको महिना थियो - मिठो घामले मन चन्चल बनिरहने। म सेतो घोडामा थिएँ, तिमि कालो मा। रातो सारी र सबैथोक रातो - अथाह सुन्दर र मनमोहक, घुम्टो भित्रै सुँक्क सुँक्क गरिरहेकि। धेरै मानिसहरु (जन्ति) अगाडि पछाडि लागेका, सिद्धकाली डाँडाबाट तल झरिरहेको।
पुष लाग्यो। दिनहरु छोटा भैसके र चिसो काफि बढिसकेको छ। विहान बाहिर कठांग्रिने जाडो छ। न्यानो अँगालोलाई छाडेर तिमि उठ्न विवस् थियौ।
"मलाई पंधेरो सम्म साथि गैदिनुस् न - अंधेरो छ, डर लाग्छ।"
म पनि उठेँ। घर पछाडिको पंधेरोमा मुख धुइरहदा औँलाहरु जम्लान झैं थिए। फर्किएर तिमिले आगो जोरेउ र दैलानो पोत्न लाग्यौ। म खोले पकाइरहेथे। दाजुले दुध दुएर ल्यउनु भयो। मैले चिया पकाइसक्दा तिमि भन्दै थियौ-"खाँदै गर्नुस् है, मैले भ्याएको छैन"
म भन्दै थिए - "तिमि त्याहा जाडोमा काम गरिर'छौ, म चाहिं खाइरहनु?"

फेरि माघ लाग्यो। विहानै कोदाको ढिंडो र दुध खाएर हामी दाउरा खोज्न निस्कियौं। पटुकामा मकै भटमास् र सुठुनी राखेर - खाजालाई। सेरा खोला पारी दामाको भिरमा पुग्दा नौ बजिसकेथ्यो। दाजु भिरका रुखहरुमा चडेर सुकेका हाँगा झारिरहनु भएथ्यो। म बटुली रहेथें। तिमि काउसो छल्दै काँडाघारीबाट स-साना सुकेका मुडाहरु तानिरहेथ्यौ। तर ध्यान मतिरै थियो तिम्रो - "धेरै भिर तिर नजानुस् है।" एक बज्न लाग्दा टुप्पीको चौतारोमा मैले कुर्सिंग भारि बिसाएथें - तिम्रो डोको संगै र एकैछिनलाई सुसेली हाल्दै थकाई मारेथ्यौं -

आलुदम चाना
लाई राखौं मायाँ नि लै लै
लामो सम्झना।

फागुनमा एकझर पानी पर्यो। दाजुले तल्लो टाहारमा बाझो फुटाइसक्नु भयो। डल्ला फुटाउंदा फुटाउंदै तिमि एक्कासी चिच्यायौ। कोदालोको पासोले खुट्टाको बुढी औँठो फोरिछौ। म बनमारा माडेर लगाइदिरहेथें।
"कत्तिवेर लगाएको भन्या, कस्तो दुखिसक्यो।"
"दुख पाइस मंगले, आफ्नै ढंगले। अलिक आँखा हेरेर पो काम गर्नु पर्छ"

मकै छर्ने वेला हुन लाग्यो। चैतको नि १० गते भैसकेछ। "ए बुढा, मल नबोक्ने कि कसो यसपाली।" तिमि छेडछडमा थियौ। "विहे गरेपछि पनि सबथोक आफैंले गर्नु पर्ने?"
अनि भैसी गोठको १५-१५ भारी मल बोक्दा डवली गरो भरिन लागेथ्यो।
"अलिक पातलो हालान राम पियारी, पछि पुग्दैन फेरि।"
"मलाई के थाहा पुग्छ कि पुग्दैन - हजुरको वारी।"
"कस्को वारी रे?" मैले तिम्रो दुबै कानमा समाएर सुस्तरी निधारमा चुमिदिदा रातो गाला पारिरहेथ्यौ -
"कस्तो छिल्लिएको होला - मान्छेले देखे भने।"

बैशाख जेठ पनि गयो। असार लाग्यो। मकै लह लह भैसके। पानी पनि परिरहेछ। आज रोपाईं। म वाउसे - तिमि रोपाहार। अरु पनि धेरै छन्। हिलो छ्यापा छ्याप - खुब रमाइलो छ। कामचोर बाहुसेहरु देखेर तिम्रो कन्सिरि तातेछ -
"गफ मात्रै गर्ने - वाउसे गरेको गति चाहिं सप्पै खाल्डै खाल्डा।"
"रोपाहार धेरै भएछन् - सप्पै छोपिसके - के गर्ने त" - म बाहाना बनाइरहेथें।

भदौको अन्तिमतिर होला - गैरी खेतमा धान गोडीरहेथ्यौं - सिम सिम सिम सिम पानिसंगै - घुम ओडेर। धानको पातले कस्तो नमाज्जा संग मेरो देब्रे आँखा पाछ्यो।
"मलाई मात्रै भन्नु हुन्छ - आफैं बेहोसी हुनुहुन्छ। छिट्टो घर हिड्नुस् - सेक्नु पर्छ।"
अनि फटाफट घर गएर सेतो टालोमा तातो भातको डल्लो राखेर मेरो देब्रे आँखा सेकिदिरहेथ्यौ।

असोज लाग्यो। आज दशैंको टीका। तिम्रो विहानै देखि फुर्ति नै बेग्लै छ - वर्षीको पोथ्रो नाघ्ने दिन। बुवाले सबैलाई टीका र जमरा लगाइदिनु भयो। मैले पनि तिमिलाई टीका लगाइदिएँ-
"आयु द्रोण सुते श्रीयम् च दशरथे सत्रु क्षय राघवेऐश्वोर्य लहुसे गतिस्च पवने मानम् च दुर्योधनेसुर्यो शान्ती वलम् च हलधरे शक्ति च कुन्ती सुतेसज्ञानी विदुरे भव ती भवतम् कृतिस् च नरायणे
जयन्ती मङलकाली भद्रकाली कपालिनिनवदुर्गाक्ष नमो नम।"

कति हतारो तिमिलाइ उकालो लाग्न! म भन्दा अगाडि अगाडि पिपलडाँडा पुगेर गाइरहेथ्यौ -
"मैले के गरौंतिमि आऊँछौ किअर्कै बे गरौं।"
"गर्ने लाई कस्ले छेकेको छ र - तर मेरै अगाडि रुएको चाहिं यो आँखाले देख्न नपरोस्।"
म आइपुग्नासाथ तिमि उठिहालेउ। मैले दाहिने हात समाएर तानें र सल्लघारीको चिसो सुसाइमा एक्छिन् थाकाइ मार्दै म देखाइरहेथें-"उ तेहिं हैन पुग्नु पर्ने। भन्ज्यांग भएर कि सोझै जाने हो - आधा घन्टा मा त पुगिहालिन्छ नि - के को हतार!"

कार्तिक महिना हो। धान पाक्न लागिसक्यो। पहिला खर नै काट्नु छ। विहानै मेलाम पस्यौं।"कुरै कुरो छ यता त" - तिमि दिक्क मन्दै थियौ।मैले मेरो मेलो तिमिलाई दिएर तिम्रो मैले लिएँ।"यता पनि कुरो र'छ" - तिमिलाइ मेरो मेलो पनि अप्ठ्यारै लाग्यो।"काफ्ले जाउ - कुरो छैन" - म रिसाएझैं गरें। काफ्ले तिम्रो माइति गाउँ, तिम्रो पारो तात्ने नै भो - "काफ्ले ले हजुरको के नै बिगारेको छ र?"
"जिस्काएको नि नबुझ्ने मेरी लाटी बुढि!", फकाउन कति गारो हुन्थ्यो तिमिलाई।

पुन: मंसिर लाग्यो। जाडो खुव रमाइलो हुन्छ। सबै खेतहरुमा कुन्यु बनिसके। आजा डुंड खेतमा दाईँ गर्ने दिन। बिहान निद्रामै हुंदा मधुर आवाज आयो -
"ए कान्छा, उड बाबु। पुगेर कुखुरो भुत्ल्याउनु पर्छ। पराल छिरोल्ने मान्छे नि कम छन्।"
मेरि प्यारी आमाको कोमल स्वरले कता कता निद्रा पातलिएछ क्यारे। सायद कोल्टे फेरें हुंला - AIT Student Village 12 A 1 मा।

क्रमस्...

सुर् न ताल्।
 
Posted on 09-27-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, चौतारी कुर्दा कुर्दा पनि पूरै जिउ दुख्छ र भन्या? कि चौतारीलाइ पिठ्यूमा बोकेर यता उता गरिरा'हो?

चौतारीलाइ कुन मनहुसको आँखा लाग्यो रे?
आखाँको व्यायाम गर्ने आफू, दोष चैं कसलाइ लगाउन खोज्या नि?
 
Posted on 09-27-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सुन्तले जी ले निक्कै राम्रो यात्रा लेख्नु भएछ
छोटो मिठो अनी मौलिकता ले भरिपूर्ण
आफु नै त्यहा भये जस्तो महसुस भयो मलाई त
अरू कुरा अहिले न सोधौ क्यारे
धन्यवाद सुन्तले जी
अर्को अंक को प्रतिक्ष्यामा
 
Posted on 09-27-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो भन्नाले छोटो छोटो वाक्य भनेको है, यात्रा त लामै छ
 
Posted on 09-27-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho suntale le ta kya ramro katha lekhecha.

haina, eka raatko sapanama ek barsako kura dekhincha bhanya? mangsir dekhi mangsir samma. kya khatara sapana.

melo bhanya ke ho suntale?
 
Posted on 09-27-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो निष्कलंकको निर्मल जिन्दगी- सपनीमा मात्र भए नि देख्न पाए जीवन् धन्य हुन्थ्यो कि? पढेरै अनुभूत गर्नु पर्ने श्राप पाएको हुनु पर्छ कुनै जुनीमा।
कंक्रीटको जंगल वरिपरि ढुंगे मन र ब्यापरिक तन बीच हुर्कें, नक्कली वस्तु र नक्कलीहरि बाहेक असली त केही देख्न पाएन ( ठुल्दाई को म: म: बाहेक्)।
 
Posted on 09-27-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,

तिम्रो घर जाने बेला भएन साथी।

ड्युटी त कडा छ हाम्रो रिट्ठेको। बिहान देखि आएर चौतारी रुँगेर बस्छ।बरा मनहुस नजरको पनि कुरा गर्छ।

अब येसो चौतारीमा पुज लगाएर अछेता मन्साउने हो कि? तेसो गरे कसो होला?
 
Posted on 09-27-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर जाने ट्याम अझै भा'छैन उर्फी, पूजा लाउन चाँही जिम्माल बुढा तिर्थबाट आएपछी मात्र हुन्छ अब, आज चाँही चौतारीमा खुर्सानी, कागती झुन्ड्याएर जान्छु जाने बेला मा
 
Posted on 09-27-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्नताल,
कस्तो मुटु छुने गरि लेखेको बाबै हउरले त?!!! हजुरको टुक्रा टुक्रि हरु पढ्दा त मलाइ अहिले नै घरमा पुगु अनि सांझ बिहानको हातेमालो, घर दैलौ, चुलो चौको सम्हालु जस्तो लाग्छ:)
यहाको 'ब्रेकफास्ट' भन्ने जिनिसले दिक्क लागि सक्यो बरु चुलोमा आगो बालेर अदुवा राखेको चिया पकाउन रहर लाग्छ ।

'काफ्ले जाउ - कुरो छैन" - म रिसाएझैं गरें। काफ्ले तिम्रो माइति गाउँ, तिम्रो पारो तात्ने नै भो - "काफ्ले ले हजुरको के नै बिगारेको छ र?"
"जिस्काएको नि नबुझ्ने मेरी लाटी बुढि!", फकाउन कति गारो हुन्थ्यो तिमिलाई।''
ओ हो!!!!! हिहिहिहिहि.... माइतीलाइ भन्दिदा कल्लाइ रिस नउठा्ला त ? कति मिठो शैली !!

नमस्ते सबैलाइ है त :)
 
Posted on 09-27-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-27-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पर्भू!!!!!!!!!
************
भट्टीको कमाईले लाख बत्ती बालेकै हो,
२१ पत्ति खेलेरै जिन्दगी पालेकै हो।
तै पनि पर्भू, के कुरा मिलेन
जता ततै देख्छु म मुन्द्रे भिलेन।
कामनालाई भनेर मन पनि थपेकै थिएं,
भगबतीलाई शोभा थपि दिएको थिएं।
काली मात्र होइन महाकाली घुमेकै हो,
सीता र पार्बतीको बाटो धुकेकै हो।
तै पनि लक्ष्मी किन आइनन्,
सरस्वती त कहिलेइ दाहिने भइनन्
पर्भू कहाँ कसरी किन गल्ती भयो
मेरो मात्र किन यस्तो खल्ती भयो?
 
Posted on 09-27-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् ब्रोको खल्तिमा पक्कै प्वाल हुनु पर्छ जस्तो लाग्यो क्या मलाइ!

मिस दिदि नमस्ते,

दिप काजीको कथा पनि छिट्टै आउदैछ जस्तो छ। मुख देखाएर लेख्न बस्या छन् जस्तो छ।
 
Posted on 09-27-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,

हिन्दि फिलिमहरुको websites थाहा छ? यो धमाल भन्ने फिलिम हेरेको पूरा नै रहेनछ येस् मा (lucky 88.eigenstart.nl) त।
 
Posted on 09-27-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपको कथा उता आयिसक्यो नि । मज्जाको छ मैले त अघि नै पढेको तर त्या लेख्ने डर लाओ के । दिपजी हउरले कबिता लेख्न छोडेको हो :)
राहुल्दा हो त हउरको खल्तिमा प्वाल पर्याछ ?:) 
 उफ्रि नमस्ते गरे है त मुइले नि
 
Last edited: 27-Sep-07 03:16 PM

 
Posted on 09-27-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

joox.net/

मजे करो भाई !
 
Posted on 09-27-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी के छ? अनी हामी सञ्चै?
 
Posted on 09-27-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल जी, साह्रै राम्रो लाग्यो तपाईको लेख्ने शैली! अरु नि जाओस! हुन त पहाड तिरको जन जीवन सङ्ग त्यत्ति परिचित छुइन, तरपनि धेरै कुराहरु हाम्रो तराई तिरको जनजीवन सङ्ग पनि मिल्ने रहेछन्। धेरै राम्रो!

मिस: ओहो! माइतीलाई केहि भन्नै नहुने हो? नसकिने रैछ। :D

उफ्री नानी: त्यो हिन्दी फिलिमको वेवसाइटपनि रिट्ठेलाई नै सोध्नुपर्ने? हे हे हे! ओ रिट्ठे उफ्रीलाई www.joox.net भन्ने वेवसाइट हेर्नु भनेर भनिदेउ त! :P

राहुल दाई, चित्रे, दीप ज्यु, सान्नानी, ग्वाँचे, चना ब्रो अनि अरु सबैलाई मेरो नमस्ते!
 
Posted on 09-27-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol ha ha ha! aghi bhani sakechha. feri tyahi website bhanechha. LOL
 
Posted on 09-27-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेभाइ,
के त विश्वास लागेन ?? एकपटक त्यस्तै (सोधी)भनी हेर्नेहो कि?
रिठ्ठेजी हामी सन्छैछुम! यँहालाइ नि ? :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters