[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ##चौतारी ७०##

[Please view other pages to see the rest of the postings. Total posts: 679]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE


[VIEWED 243040 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-17-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७०

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारीवासीहरूको वरियताक्रम:- (source: ठूली)

जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो



जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू



 
Posted on 08-21-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) किसमिस र अंगुरमा के समानता छ?
- अङ्गुरमा सियो घोच्यो भने रस निस्किन्छ, किसमिसमा निस्किन्न।

२)आलु-काउलि र काउलि- आलुको तरकारिमा के भिन्नता छ?
- आलु-काउलिमा आलुको मात्रा बढी हुन्छ, काउलिको कम र काउलि- आलुको तरकारिमा काउलिको मात्रा बढी हुन्छ आलुको कम।

३)साल र अग्राख भनेको के हो?
- बलियो काठ हुने रुखहरु।

४)बयरको झ्याङ हुन्छ कि रुख हुन्छ?
- झ्याङ।

५)काँक्रो बाहेक थाँक्रो चाहिने कुनै २ वटा तरकारिको बोटहरुको नाम भन्नुहोस?
- फर्सी, इस्कुस।
 
Posted on 08-21-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल नेप्चे बिस्तारै खाउ नत्र सर्केर तारा देख्लाऊ!

प्रश्न ढिलो सोध्छु अब। यो प्रश्न एस एम एस गर्नको लागि ...सरि... उत्तर दिनको लागि अझै केहि समय खुल्ला गरिएको छ!

तितौरी, थाँक्रो - लामो काठ वा दाउरा जस्तो चिज गाडिन्छ लहरा जाने बोटको लागि बाटो देखाउन त्यसलाई थाँक्रो भन्छन!

 
Posted on 08-21-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म जिजु बराजे रे। आबो गुरु को पनि बुइनि लाइ औन्टी न भने नातिनी भन्नु त?


जिम्माल बा,
मलाइ पो उल्टै बा रे। गुर्‍र्‍र्‍र

 
Posted on 08-21-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपनाको असिमीत चौर छ राम्रो
शीत रहर बनेर छरीएको देख्छु
अनन्त झैं लाग्छ जिन्दगी हाम्रो
जब रहर भरी तिमी छचल्किएको देख्छु
- - दीप


आम्मामामा, क्याss दामी अटोग्राफ दियो कि । म त खुशिले पाssगल भोयो होss। इहिहिहि दिप दाजै त कालेबुङ्ग गाको बेला मोज्जाले चिप्लेछ । छ नि!!! मो एउटा कुरो भन्छु लss

कसैले बोलायो भने
झ्याङवारी कि झ्याङपारी
दौडिनुहुन्न बाबै
त्यस्तssरी सासै नफेरी

सुस्तरी आउने भए
लुकि लुकि मै बोलाम्ला
फेरि चिप्लेर लोट्यो भने
काम्रो मै बाँध्दिम्ला

ज्याssssss, मलाइ लेख्नु आउदैन कि, रेलाँ नगर है, इहिहिहि

सप्पै जनालाइ जदौ भन्छु ल । मिस, बिर्खे, अन्तरे, हजुरहरुको कविता साssरो मोन पर्छ कि । लेख्नुस ल । अब जान्छु ल ।
 
Posted on 08-21-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न के भै राख्या छ चौतारिमा कुनै मेसो पाउन सकिन।
जे भए नि अच्छा भएकै होला। यो बुढो को अनुपस्थितिको नाजायज फाइदा उठाएन होला कसैले।
अब को १ घण्टा फ्री भाको ले मेरो तारेमाम् स्वीकार्नुस्। तारेमाम्।
 
Posted on 08-21-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तात्तो न छारोको उत्तरहरु, दिन्न अब। बहिस्कार!! आको नम्बर नि काटेसी, आफ्नै मामा दुश्मन निस्के जस्तो छ

नियमापत्ती!!
 
Posted on 08-21-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) किसमिस र अंगुरमा के समानता छ?
- अङ्गुरमा सियो घोच्यो भने रस निस्किन्छ, किसमिसमा निस्किन्न। :O
 
Posted on 08-21-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha gwaahe ko pani milena #1 ko tyo ta contrast ho hajurba le similarity sodhyaa ho hahaha milenaaaaaaaaaaaa
 
Posted on 08-21-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

९)हाम्रो धरानको बुढा सुब्बामा भको बाँस झ्याङको बिशेषता के हो?

तेस्को टुप्पो नै हुन्न। अनि त्यहा गएर आफ्नो नाम लेख्यो भने प्रेम अंअर हुन्छ रे। सुनेको तेहि हो क्यारे।
बाकी चाइ था छैन। जिन्दगी मा जम्मा २ चोटी त धरान पुगिएको छ। त्यही जन्मेर हुर्केको भए पो था होस त।
 
Posted on 08-21-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किसमिस र अंगुरमा के समानता छ? - ऐजन तारेस्वरी
२)आलु-काउलि र काउलि- आलुको तरकारिमा के भिन्नता छ? आलु काउलीमा आलु धेर काउली थोर हुन्छ भने काउली आलुमा काउली धेर आलु थोर हुन्छ पर्भो।
३)साल र अग्राख भनेको के हो? साल भन्या रुख भैगो अग्राख भन्य काठ हो क्यारे छिप्प्या --साझा का कोइ कोइ झैं
४)बयरको झ्याङ हुन्छ कि रुख हुन्छ? झ्याङ हुन्छ नी प्रभो झ्याङ -- बयर त ठीटी झै त हुन -- एउटा टिप्न खोज्यो दशौँ चिथोर्ने काँडा सहनु पर्ने --तेइ नी फेरी नटोकी कस्तो हो कस्तो -- देख्दा राम्रा लागेर लम्क्यो --
५)काँक्रो बाहेक थाँक्रो चाहिने कुनै २ वटा तरकारिको बोटहरुको नाम भन्नुहोस?

घिरम्ला र फर्सी पर्भो --- एउटा सिलिम् अर्को चिलिम-- अचेलका ठीटी झैँ
 
Posted on 08-21-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के चाल् पर्या हो आज यो गाम्मा।
मरेनी म त!
एसो एक् बिहान् आँखा झिम्क्याएको त गाम् भरिका
भुरा भुरी, तरुना तन्नेरि, बुढा बुढी, हजुर्बा
हजुरामा सब् का सब् अड्डा जमाएर हल्ला खल्ला
गरिबसेका।

हैन कत्ती गफाडी भएका हुन् गाम्लेहरु।
कसैले स्कुल् लाग्यो रे, कोहि प्रौढ सिक्ष्या,
कसैको साहुकोमा काम्, सब् गफै हो कि क्याहो,
चौतरो मा ओइरिने बाहेक् त
"ओरको सिन्को पर" सारेको झै मान्दिन भन्छु र।
अब यो सब् हल्ला कसरि पढिभ्याउने मुइले।

अब सबैको नाम् लिन नि दिन्भर् लाग्ला झै भो,
सबैलाई नमस्ते गरेँ,
दुबै हात् जोडेर, टाउको माथी पुर्याएँ।

बरु धेरै दिनमा पाल्नु भएकी टाएरा
भगवती लाई भने छुट्टै दर्सन् गरेँ है।
रक्छे गरे!
 
Posted on 08-21-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम अंअर हुन्छ रे। bhanyaa ke nepchaal jijubaraje ? ki अंगुर bhanna khojyaa daat nabhaa thote gijaa le
 
Posted on 08-21-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घिरम्ला र फर्सी पर्भो --- एउटा सिलिम् अर्को चिलिम-- अचेलका ठीटी झैँ khit khit khit
 
Posted on 08-21-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को झगडा?
अंगुर् र किस्मिसमा के फरक छ?
अंगुर् अंगुर् हो किसमिस किस मिस फरक् यति हो। तारेमाम्।
 
Posted on 08-21-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपदाइ म सङ नबोलेको माथि मैले सोधेको आन्सर् नगरेको

सुरनताल जि हैन त्यस्तो राम्रो राम्रो सुर ताल् मिलाएर कथ कबिता लेख्नु हुदोरेछ किन सुरन् ताल् भन्या आफुलाइ :D मेरो नि दर्शन् छ ल.
 
Posted on 08-21-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



४)हाम्रो धरानमा भानुचोकमा भाको भानुपाटले कुन हातमा किताब बोकेर कत्ता पट्टी फिर्केर बसेको छ?
left हातमा किताब बोकेर south पट्टी फिर्केर बसेको छ

९)हाम्रो धरानको बुढा सुब्बामा भको बाँस झ्याङको बिशेषता के हो?
- टुप्पो हुँदैन।
Last edited: 21-Aug-07 01:29 PM

 
Posted on 08-21-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली,

१) किसमिस र अंगुरमा के समानता छ?
- अङ्गुरमा सियो घोच्यो भने रस निस्किन्छ, किसमिसमा निस्किन्न। :ओ

प्रष्न आग्लाको कुरा, जवाफ् गाग्राको!

समानता को उत्तर् असमानता?

यो त उहिले जांच मा केहि नआएर गफ् देको जस्तो भो नि, "बसाई" उपन्यास् को प्रस्न आउँछ, "सोर्ग लोक् कस्को" लेख को उत्तर्।
 
Posted on 08-21-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache jaljalaa biratnagar ko po hola
 
Posted on 08-21-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले! धरानको उत्तर दिन त निसे बजियालाई नै बोलाउनु पर्ला! :)

धेरै जनाले तातो न छारो को धेरै सहि उत्तर दिनुभएको छ। अझै एकछिन पछि सहि उत्तरे दिने छु। एउटा कुरा निस्कियो उत्तरहरु बाट- "नेप्चे तराइ तिर र ग्वाँचे पहाड तिर हुर्केको हुन सक्ने प्रवल सम्भावना देखियो।" किन होला?

शब्बु आइछिन! शब्बु सोबर दीप यतै छ है बिचार गर!


लोल हरितालिके!
 
Posted on 08-21-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता सोध्या जबाफ दिनी त पसपतीमा माग्नेलाई पैसा देको जस्तो रे छ -- एउटालाई दियो पछी लाग्नेको ताँती -- हिने म त ---
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters