ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 186665 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-25-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ते" होइन "ती" गर्दा ठिकै होला   लोल
 
Posted on 04-25-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथीहरु डसानमा परेको यो घाईतेको पनि स्वस्ती स्विकारीओस।
 
Posted on 04-25-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्लेहरुलाई एकमुस्ठ नमस्ते है
धेरै भेला भएछन खुशी लाग्यो लौ
दीपिकाजी ले गुनासो गर्नुभयो भनेर आएको नि अस्ती त्यस्तै भयो र जानुपर्ने भयो नि आज बेलुका चाँही आउनुहोला है उतै गीत सुन्दै कुरा गरौला
 
Posted on 04-25-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुरा नाम राख्नु पर्‍यो घडी पल्ला सबै जुरा'र जस्तै 'बल बहादुर बुढाथोकी' उर्फ 'बले'

 
Posted on 04-25-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सप्पै जनामा पुन: लालेमाम।


मदनवा जय राम जि के।


बलरामे स्वागत है।

स्प्रिङ्ग लाई वसन्ते नाम राखे कसो होला, एुटो कुरो नि।


रिट्ठे, बिस्टे, लहरे, दीपिका, सन्नानी सबैमा पहिलो राउण्डको जदौ।


१ घण्टा कच् कच् सुन्ने कार्यक्रम छ। त्यसपछी हाजिर हुंला।


 
Posted on 04-25-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले नि स्वस्ति गरे है दीप ब्रो !
त्यो डसान मा परेर दौड्या सीन झल झली आँखामा आयो मेरो त हिजो कथा पढ्दा ! लोल

 
Posted on 04-25-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो बसन्ती राइछ,
कस्तो छुत्त्याउन गार्हो भाको
हाम्रो के दोस एस्मा
कपाल पनि छोटै गरी काटेको छ, अनी पाइन्त लार
आयछी धोका त खाने नै भयो नि,
अनी अनुहार पनि लित्पोत गरेको छैन
अनी
 
Posted on 04-25-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नराम्रारी डसेछ के क्या हो,
एकै ठाउँ मा दुई चोटि डस्यो भने कस्तो हुन्छ होला है है है
 
Posted on 04-25-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ek round feri namaste.  lahare bau  jhukiyo lol.. la hajurharu le mero naam ko byawastha milaidinu paryo kripa garera  . ekchin pachi bhetumla la


 
Posted on 04-25-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ल भयो अब यो तिमी यो गर र म यो गर्छु जस्ता कुरालाई एक्छिन रेस्ट गर्न देउ, तिमीले भ्यएको बेलामा तिमी कार्यक्रम सुरु गर मैले भ्यएको बेलामा म सुरु गर्छु
हो भन्या रिट्ठे, भलाई को जमाना कहाँ रह्यो र है? 
बिस्टे हर्नुस न, म त कस्तो बिहान बिहानै गुनासो पोख्न थालेछु। हुन पनि नपोखी भएको थेन के गर्नु? नत्र त ना ना भाती दोष लगाउदा रहेछन।

पर्बत्या ज्यु, त्यो बेलामा त अन्तरे दाइले बोल्ने फुर्सद नै दिनु भएन अनी सोध्नै पाइएन न त गुनासो पोख्न नै, त्यही भएर हिजो मन मा आएको सबै खररर भन्देको हो है, अनी आज पनि नरिसाउनुस है।

राहुल दाई मेरो पनि नमस्कार।


 
Posted on 04-25-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रानी पौवा गा बि स वडा न्. ९ बस्ने बसन्ती कु. बस्नेत राख्दा कस्तो होला पुरा नाम
 
Posted on 04-25-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कठै दीपीका लाई ५-६ वटा गाना अन्तरे दाई ले एक्कै चोटि फर्माइस गरेपछी निस्सास्सिछिन ! त्यस्तो गर्नु हुन्थेन नि अन्तरे दाई ! नयाँ मान्छे लाई तर्साइदिने झन? लोल

 
Posted on 04-25-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ब्रो,
हिजो मैजुबालको कुरा उठाउँदा tragedy पर्ने कुरा सुन्नु पर्यो। शान्तीगोरेटो तिर पनि मन बहकिएको थ्यो प्रभो। त्यताहुँदीको के खबर होला?
 
Posted on 04-25-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोख्नु पर्छ पर्छ दिपिका गुनासो जती, थुपारेर राखे उकुस मुकुस हुन्छ।
'मन को कुरा लाई बांधी नराख, ढुसी पारी जाला टक्क फुकाई देउ'
यो गाना म 'ढुसी' त भन्दैन क्यार बिर्सें के भन्छ तेसैले ढुसी राखिदिये,आउने ले सच्याईदिनु होला
Last edited: 25-Apr-08 10:24 AM

 
Posted on 04-25-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या रिट्ठे, म त हास्दाँ हाँस्दाँ के भन्ने
दिपिका इन ट्रानीङ थियो त्यो दिन
तेही दिन अन्तरे दाई आएर ६ वटा गीत द्याङै राक्देउ
भनेको त दिपिका को साटो पुत्लो गएर के भन्ने 
 
 
Posted on 04-25-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शान्ति गोरेटो नि निकै गैन्थ्यो,तेता आफन्त हरु थिए दुई चार,अनी त्यहा जादा एसो कौसी तिर बाट ३६० दीईन्थ्यो,तेता नि हरियाली त थियो अली अली, तर के गर्नु पर्भु बुढो भईयो अब त बुढी ले जरा उखालिछिन, अहिले एक्चिन मा फोन आउन बेर छैन, अड्डा गर काम नगरेर
चौतारी मा बात मारेर बस्ने भनेर।
 
Posted on 04-25-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीको सदस्य म, यो चौतारीको सदस्य म
नेत्रे मेरो नाम
ह्याँ भा जती सप्पैलाई सलाम
 
Posted on 04-25-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसास्सेको मात्रै हो र रिट्ठे साथी, तालु बाट सास झन्डै खुस्केको

बिस्टे , गुनासो थुपारेर राख्ने बानी कहिले बसेन, अझ छ्या ढुसी नै पर्ने गरेर रे, संगत त्यस्तै थ्यो बच्चा देखिनै, मनमा लागेको कुरा त भनिदिने हो, तर अरुलाई मर्कै पर्ने गरेर चै होइन है फेरी

ह्य लहरे गफ दिने तिमी, त्यो अन्तरे दाई त जहिले पनि एक्कै चोटि एक मुट्ठा गीत लिएर आउनु हुन्छ, फेरी गीत पनि अहिले को हो र? झन्डै आँफै जन्मेका साल तिरको, अनी के गर्ने? सात्तो पुत्त्लो उड्यो रे उल्टो मलाई। तर देख्ने बित्तिकै त रिट्ठेले भनेको जस्ताइ निसस्सिएको चै हो


 
Posted on 04-25-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ट्या घर गर यसो भाउजु को हात को कफी खाने भन्या नि तेस्सै हुन' लाओ ! हन भाउजु ले पनि चौतारी पढ्नु हुन्छ कि कस्तो बिस्टे? नभये कसरी थाहा हुन्छ त अड्डाबाट चौतारी मा फलाक्या कुरो ?
नेत्रे लाई नि लालेमाम ! निक्कै गीत पो फुर्दै छ नेत्रे लाई? साहुनीले आँखा झिमिक्क पारीन कि कसो हँ नेत्रे?

 
Posted on 04-25-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हो आझ त सबै भेला भयी सकेछन।
सबैलाई जधौ है यो हर्केको।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters